छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

आइतबार, ०५ जेठ २०७६

साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। मकवानपुरको मनहरि गाउँपालिकास्थित निजी विद्यालयमा एलकेजीमा अध्ययनरत छात्रालाई बलात्कार...

बलात्कार आरोपमा पक्राउ

बलात्कार आरोपमा पक्राउ

बिहिबार, ०२ जेठ २०७६

बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका...

बालिका बलात्कार आरोपमा एक पक्राउ

बालिका बलात्कार आरोपमा एक पक्राउ

बुधबार, ०१ जेठ २०७६

एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। ...

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

सोमबार, ०९ बैशाख २०७६

ज१त ३९५८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा कौडेना गाउँपालिका –६ सक्रौल निवासी राधे रायकी ४ वर्षीया छोरी पूजाकुमारीकाे घटनास्थलमै मृत्यु भएको...

ढुंगाले लागेर बालिकाको मृत्यु

ढुंगाले लागेर बालिकाको मृत्यु

आइतबार, १० चैत २०७५

इलाम नगरपालिका–८ मा ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ। नगरपालिकाको सिङफ्रिङ नजिकै गरिमा टोलको कच्ची सडक खन्नेक्रममा ढुंगा लडेर लाग्दा स्थानीय देवी नेउपानेकी १३ वर्षीया छोरी एलिसाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सामूहिक बलात्कार आरोपमा चार पक्राउ

सामूहिक बलात्कार आरोपमा चार पक्राउ

आइतबार, १० चैत २०७५

काभ्रे मण्डनदेउपुर नगरपालिका–७ की १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा काभ्रे प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मण्डनदेउपुर–६ का २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नगरपालिका–७ का २१ वर्षीय रामकुमार राई र इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय चाउरे भनिने सुनिल दनुवार छन्।

आगलागीमा परी दुई बालिकासहित तीन जनाको मृत्यु

आगलागीमा परी दुई बालिकासहित तीन जनाको मृत्यु

शनिबार, ०९ चैत २०७५

शनिबार दिउँसो सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परी दुई बालिका र एक महिलाको मृत्यु भएको छ।  धनगढीमाई नगरपालिका–१४ अमिलटार स्थित दीपक धमलाको घरमा भएको आगलागीमा परी उनकी ६ वर्षिया छोरी दीक्षा धमला र छिमेकी नित्यराज पोखरेलकी ७ वर्षिया छोरी रितु पोखरेलको मृत्यु भएको हो।

आफन्तबाटै बलात्कृत हुन्छन् बालिका

आफन्तबाटै बलात्कृत हुन्छन् बालिका

बिहिबार, ०७ चैत २०७५

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका डिभर्ना अमिलेका ६५ वर्षीय हजुरबुबाले फागुन ३ मा आफ्नै पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे। हजुरबुबाले घरमा कोही नभएको मौकामा नातिनीमाथि बारम्बार जबरजस्ती करणी गर्दै आइरहेको खुल्यो। बालिकाको आमाले उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आरोपी हजुरबुबालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। – मालिका गाउँपालिका ५ म्याग्दीका ५३ वर्षका एक बावुले आफ्नै १२ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा भदौ ९ मा पक्राउ परे। बाबुले घरमा कोही नभएको मौकामा छोरीलाई पटक–पटक बलात्कार गर्ने पीडित बालिकाले प्रहरीमा उजुरी दिइन्। छोरीको जाहेरीपछि बलात्कार आरोपी बावुलाई म्याग्दी प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।

तीन वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

तीन वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

बुधबार, ०६ चैत २०७५

नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो।

बालिकामाथि यौन दुर्व्यवहार

बालिकामाथि यौन दुर्व्यवहार

शनिबार, ०२ चैत २०७५

सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ।

बालिकालाई सेल्फ डिफ्यान्स

बालिकालाई सेल्फ डिफ्यान्स

शनिबार, ०२ चैत २०७५

बालिकामाथि हुने हिंसाबाट बच्न यहाँका विद्यालयमा आत्मरक्षा (सेल्फ डिफ्यान्स) सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ। बालिकालाई विद्यालयमै पुगेर सैद्धान्तिक र प्रयोगात्मक अभ्याससहित हिंसाबाट जोगिने उपायका बारेमा प्रशिक्षण प्रदान गर्न थालिएको हो।

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

मङ्गलबार, २१ फागुन २०७५

तेह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन्।

विद्यार्थीमाथि यौन दुर्व्यहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

विद्यार्थीमाथि यौन दुर्व्यहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

बिहिबार, १६ फागुन २०७५

आफैँले पढाउने चार बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो।

दुर्घटनामा घाइते बालिकाको मत्यु

दुर्घटनामा घाइते बालिकाको मत्यु

बिहिबार, १६ फागुन २०७५

रौतहटमा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक बालिकाको मृत्यु भएको छ। घाइते ४ वर्षीया कैलरिन राईको उपचारका क्रममा मृत्यु भएको हो।

ट्याक्टरले किच्दा बालिकाको ज्यान गयो

ट्याक्टरले किच्दा बालिकाको ज्यान गयो

मङ्गलबार, ०७ फागुन २०७५

ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ। स्कुलबाट फर्किरहेकी खोटेहाङ गाउँपालिका–५ बड्कादियालेकी १३ वर्षीया बालिकालाई मंगलबार बालुवा बोकेको ट्याक्टरले किचेको हो। ट्याक्टरको अगाडिपट्टि बसेकी बालिका अकस्मात भुइँमा खसेकी थिइन्। सोही ट्याक्टरको पांग्रामुनि उनी परेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीले घटनाबारे जानकारी दिएका हुन्।

टिपरको ठक्करबाट बालिकाको मृत्यु

टिपरको ठक्करबाट बालिकाको मृत्यु

आइतबार, ०५ फागुन २०७५

निस्दी गाउँपालिका–७, पाल्पामा टिप्परको ठक्करबाट ५ वर्षिय बालिकाको मृत्यु भएको छ। रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ९ वर्षिय ममिता सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हनुमन्ते खोलामा बालिकाको शव फेला

हनुमन्ते खोलामा बालिकाको शव फेला

शनिबार, २६ माघ २०७५

भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा शनिबार एक बालिकाको शव फेला परेको छ। सूर्यबिनायक नगरपालिका ५ राधेराधेस्थित हनुमन्ते खोला किनारामा नामथर वतन नखुलेकी अन्दाजी ८/१० वर्ष जस्तो देखिने बालिकाको शव सडेकाे अवस्थामा अनुहार समेत पहिचान गर्न नसकिने अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

यौनहिंसामा परेकी बालिका अध्ययनबाट वञ्चित

यौनहिंसामा परेकी बालिका अध्ययनबाट वञ्चित

बिहिबार, २४ माघ २०७५

सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ। तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन सकिनन्।

बालिका बलात्कार गर्ने रङ्गेहात पक्राउ

बालिका बलात्कार गर्ने रङ्गेहात पक्राउ

सोमबार, २१ माघ २०७५

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले यहाँका एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोहि ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बालिकामाथि यौन दुर्व्यवहार गरी भाग्दा युवकको मृत्यु

बालिकामाथि यौन दुर्व्यवहार गरी भाग्दा युवकको मृत्यु

आइतबार, १३ माघ २०७५

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले लखेट्दा एक युवकले ज्यान गुमाएका छन्। बालिकामाथि दुर्व्यबहार गरेको थाहा पाएर गाउँलेले हल्ला गरेपछि भाग्दा भिरबाट खोलाकिनारमा खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

पाँचथरमा ६ वर्षीय बालिका बलात्कृत

पाँचथरमा ६ वर्षीय बालिका बलात्कृत

शनिबार, १२ माघ २०७५

जिल्लाको कुम्मायक गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। शुक्रवार राती कुम्मायक गाउँपालिका–२ की ६ वर्षीय बालिका बलात्कृत भएकी हुन्।

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

मङ्गलबार, ०८ माघ २०७५

चितवनको राप्ती नगरपालिका वडा नम्बर १३ का दुई चेपाङ बालिका अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका छन्। राउसिराङ गाउँकी १० वर्षीया र नयाँघर गाउँकी १७ वर्षीया बालिका आइतबार दिउँसो अज्ञात व्यक्तिबाट कुटिएका हुन्।

बालिका बलात्कार तथा हत्यामा धर्मपितालाई जन्मकैद

बालिका बलात्कार तथा हत्यामा धर्मपितालाई जन्मकैद

मङ्गलबार, ०१ माघ २०७५

धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

मङ्गलबार, ०१ माघ २०७५

काभ्रेपलाञ्चोककाे मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् ।

बजार हिडेकी बालिका डेढ महिनादेखि बेपत्ता

बजार हिडेकी बालिका डेढ महिनादेखि बेपत्ता

मङ्गलबार, १७ पुष २०७५

उदयपुरकी एक बालिका डेढमहिनादेखि सम्पर्कविहीन भएकी छिन्। कटारी बजार जान्छु भनेर हिडेकी नगरपालिका नगरपालिकाको सबभन्दा टाढा र बिकट वडा १४ नं. लेखानीकी १५ वर्षीया सीता दाहाल अहिलेसम्म घर नफर्केको परिवारजनले जनाएको छ।

बालिकामाथि सामूहिक बलात्कारको प्रयास

बालिकामाथि सामूहिक बलात्कारको प्रयास

शुक्रबार, २१ मङि्सर २०७५

रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रवार बेलुकी करिब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ। देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो।

माइक्रोबसको ठक्करबाट काठमाडाैंमा बालिकाकाे मृत्यु

माइक्रोबसको ठक्करबाट काठमाडाैंमा बालिकाकाे मृत्यु

बिहिबार, २० मङि्सर २०७५

काठमाडौं महानगरपालिका–२६ सरकारीधारामा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

आगोले डढेर बालिकाको मृत्यु

आगोले डढेर बालिकाको मृत्यु

बिहिबार, १३ मङि्सर २०७५

मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीय बालिकाको विहिबार मृत्यु भएको छ।

मन्दिरमै जन्मियो बच्चा

मन्दिरमै जन्मियो बच्चा

मङ्गलबार, ०४ मङि्सर २०७५

राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले बच्चा जन्माएकी छन्।  स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै बालिकालाई जन्म दिएकी हुन्।

बलात्कारीको निसानामा बालिका

बलात्कारीको निसानामा बालिका

आइतबार, १८ कार्तिक २०७५

भक्तपुरको चाँगुनारायणमा अपागंता भएकी १३ वर्षीया बालिका गत सोमबार सामूहिक बलात्कारको शिकार भएकी छिन्।

तीन वर्षीया बालिका बलात्कृत

तीन वर्षीया बालिका बलात्कृत

सोमबार, ०५ कार्तिक २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ मा तीन वर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार आइतबार बेलुका छिमेकी १२ वर्षीय बालकले ती बालिकालाई बलात्कार गरेका हुन्।

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

शुक्रबार, ०२ कार्तिक २०७५

धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन्। मृत्युहुनेमा धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

दक्षिण अफ्रिकामा बलात्कारको घटना बढ्दोे, बालिकालाई आत्मरक्षाको तालिम

दक्षिण अफ्रिकामा बलात्कारको घटना बढ्दोे, बालिकालाई आत्मरक्षाको तालिम

मङ्गलबार, ३० असोज २०७५

दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठामा आजभोलि बालिका ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्। उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नुपर्छ भन्ने सिक्दैछन् । थाबिसाङ स्कुलमा आत्मरक्षा र बलात्कारबाट जोगिन अभ्यास सिकाइने गरिएको छ।

बालिकालाई गर्भवती बनाएको अभियोगमा पक्राउ

बालिकालाई गर्भवती बनाएको अभियोगमा पक्राउ

सोमबार, २९ असोज २०७५

जिल्ला प्रहरी कार्यालय भोजपुरले बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका १२ बाट १६ वर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा सोही स्थान २८ वर्षीय सुनिल श्रेष्ठलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत २३ गते पक्राउ परेका श्रेष्ठविरुद्ध म्याद थप गरी  अनुसन्धान थालिएको छ।

बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

सोमबार, २९ असोज २०७५

गत भदौ ५ गते बलात्कृत भएकी साढे ६ वर्षीय एक बालिकाको उपचारका लागि सहयोग रकम जुटेको छ। आर्थिक अवस्थाले कमजोर उनको उपचारमा खर्च अभाव भएको समाचार प्रकाशित भएपछि सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो।

१४ बर्षीय बालिका बाबुबाटै बलात्कृत

१४ बर्षीय बालिका बाबुबाटै बलात्कृत

मङ्गलबार, २३ असोज २०७५

रोल्पा नगरपालिकामा १४ वर्षीय एक बालिका आफ्नै बुवाबाट बलात्कृत भएको घटना बाहिर आएको छ। पीडितका अनुसार उनी आफ्नै बुवाबाट पटक पटक यौन शोषणमा परेकी थिइन। गत भदौमा आफ्नै बुवाले दुर्व्यवहार गर्न सुरु गरेपछि बालिका भागेर दाङ आफन्तकोमा गएकी थिइन।

बालिका र किशोरीका समस्याबारे बहस हुने

बालिका र किशोरीका समस्याबारे बहस हुने

मङ्गलबार, २३ असोज २०७५

सातौ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा नेपालभरबाट ९ सय किशोरीहरुले आफ्नै सवालमा सामुदायिक रेडियोमा बहस गर्ने भएका छन्। यो वहस असोज २५ मा हुने छ। गल्र्स टेकओभर (किशोरीको नेतृत्व) मा हुने आधा घण्टाको बहसमूलक कार्यक्रममा किशोरीहरुले समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे सम्वाद गर्ने लागेका हुन्।

भीरबाट खसेर बालिकाको मृत्यु

भीरबाट खसेर बालिकाको मृत्यु

शुक्रबार, १२ असोज २०७५

बडिमालिका नगरपालिका–४ मा भीरबाट खसेर एक जना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ४ की १५ वर्षीया पूजा चदारा छिन्। भैंसीका लागि घाँस काट्न गएको बेला गाउँ नजिकैको भाँटीकुणा भीरबाट खसेर पूजाको घटनास्थलमै मृत्यु भएको स्थानीय नरेन्द्र नाथले जानकारी दिए।

बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा एक पक्राउ

बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा एक पक्राउ

बुधबार, १० असोज २०७५

मृत भेटिएकी १० वर्षीय बालिका श्रीया सुनारको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ। सुनारलाई उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्कार पछि हत्या गरेको खुल्न आएको छ। पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। बालिका बस्दै आएको घरबाट २ मिनेटको दुरीमा घर भएका पौडेल ४ बर्षीय बच्चाको बाबु समेत हुन्।

जुम्लामा १२ वर्षीया बालिका बलात्कृत

जुम्लामा १२ वर्षीया बालिका बलात्कृत

सोमबार, ०८ असोज २०७५

जुम्लाको हिमा गाउँपालिका ३ लडास्थित सल्लाघारी जंगलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। सोही वडाकै एक किशोरले ललाई फकाई गरेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। बलात्कृत हुने तिला गाउँपालिकाकी बालिका हुन्। हिमा गाउँपालिका ३ मा रहेको ठिगाली थानमा जात्रा लागेको समयमा ललाई फकाई गरेर बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ।

बालिका करणी गरेकाे अभियाेगमा एक पक्राउ

बालिका करणी गरेकाे अभियाेगमा एक पक्राउ

आइतबार, ०७ असोज २०७५

१२ वर्षीय बालिकालार्इ जबरजस्ती करणी गरेकाे अाराेपमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ।

घरमै असुरक्षित बालिका

घरमै असुरक्षित बालिका

शनिबार, ०६ असोज २०७५

देउमाई नगरपालिकाकी १३ वर्षीया बालिकालाई घरज्वाइँ बसेकै फुपाजुसमेतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको उजुरी शुक्रबार जिल्ला प्रहरी कार्यालय इलाममा प-यो।

बलात्कृत बालिकाको उपचारमा समस्या, राज्यले एनजिओ गुहार्‍यो

बलात्कृत बालिकाको उपचारमा समस्या, राज्यले एनजिओ गुहार्‍यो

सोमबार, १८ भदौ २०७५

स्वास्थ्य जनताको मौलिक हक हो भनेर कानुनमा लेखिए पनि दुर्गम गाउँकी एउटी गरिब, अबोध दलित बालिका बलात्कृत भए पछि आर्थिक अभाबले उपचार समेत गर्न नसक्ने अबस्थामा छिन्। अधिकारसहित काम गर्नेगरी चुनाव जितेका जनप्रतिनिधि गाउँभरी छन् तर बालिकाले खर्च नहुँदा उपचार पाएकी छैनन्।

बलात्कारको जोखिममा बालिका बढी

बलात्कारको जोखिममा बालिका बढी

आइतबार, १७ भदौ २०७५

दैलेखकी ८ वर्षीया रीना (नाम परिवर्तन) का सहोदर दाजु दाङमा टिपर चलाउँथे। उनले बहिनी रीनालाई पढाइका लागि भन्दै दाङमै ल्याउने इन्तजाम गरे ।

बालिका अपहरण गरेर लैजाँदै गर्दा पक्राउ

बालिका अपहरण गरेर लैजाँदै गर्दा पक्राउ

मङ्गलबार, १२ भदौ २०७५

आफ्नै घरआँगन पनि असुरक्षित हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैनन्। तर, मोरङको उर्लाबारी नगरपालिका–६ राधिका मावि नजिककै सोमबार साँझ एक ४ वर्षीया बालिका आफ्नै आँगनमा खेल्दै गर्दा अपहरणमा परिन्। ‘साँझमा आफ्नै साथीहरूसँगै खेल्दै गर्दा अन्य साथी भाग्न सफल भए,’ पीडित बालिकाका पिता कमलकुमार घिमिरेले भने, ‘तिनै भागेका छोरीका साथीले घरमा आएर एक जना अंकलले कृतिकालाई बोकेर लाँदै हुनुहुन्छ भनेपछि हामी दौडिएर छोरी खोज्न गयौं।’

घरबाट चोरी भएकी बालिकाको शव भेटियो

घरबाट चोरी भएकी बालिकाको शव भेटियो

सोमबार, ११ भदौ २०७५

औरही नगरपालिका १ बाट अपरिचित व्यक्तिले चोरेर लगेको ७ महिने बालिकाको शव फेला परेको छ। औरही ७ घर भएका संतोष साहको ७ महिने छोरी सोनालीलाई आईतबार साँझ औरही १ स्थित फेन्सी पसलबाट अपरिचत व्यक्तिले चोरेर लगेको थियो।

दुई बालिकाको मृत्यु

दुई बालिकाको मृत्यु

मङ्गलबार, ०५ भदौ २०७५

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा आज दोदा नदीमा डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा १४ वर्षीया अञ्जली चौधरी र १० वर्षीया माला राना रहेका छन्। साथीसँगै माछा मार्न गएका दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

१३ वर्षीया बालिका बलात्कृत

१३ वर्षीया बालिका बलात्कृत

आइतबार, २० साउन २०७५

पछिल्लो समयमा एकपछि अर्को बलात्कारका घटना हुन थालेका छन्। देशैभर दिनहुँ कोही न कोही बलात्कारको सिकार भैरहेका छन्।

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

बिहिबार, १७ साउन २०७५

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्।

पाँच वर्षीय बालिका बलात्कार प्रयास, ४५ वर्षीय पुरुप पक्राउ

पाँच वर्षीय बालिका बलात्कार प्रयास, ४५ वर्षीय पुरुप पक्राउ

आइतबार, १३ साउन २०७५

पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।