गाउँपालिकाद्वारा बजार अनुगमन

गाउँपालिकाद्वारा बजार अनुगमन

बुधबार, ०४ भदौ २०७६

खाँडादेवी गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटललगायत अनुगमन गरेको छ। गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठसहित सात निकायका प्रतिनिधि र...

वित्त र बिमा ओरालो लाग्दा बजारलाई झड्का

वित्त र बिमा ओरालो लाग्दा बजारलाई झड्का

सोमबार, ०२ भदौ २०७६

वित्त, निर्जीवन बिमा र जीवन बिमा समूह उच्च गतिमा ओरालो लाग्दा साताको पहिलो दिन सेयर बजारमा झड्का लागेको छ। यस...

बजारमा ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’

बजारमा ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’

मङ्गलबार, २८ साउन २०७६

लेखक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ। पुस्तकमा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा...

‘खेलाडी सरुवा बजारमा मेरो प्रभाव छैन’

‘खेलाडी सरुवा बजारमा मेरो प्रभाव छैन’

शनिबार, १८ साउन २०७६

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलाडी सरुवा बजारमा आफ्नो कुनै प्रभाव नभएको प्रतिक्रिया दिएका छन्। सिजनपूर्वको अभ्यासका लागि म्युनिख भ्रमणमा रहेको...

सहकारी बजार प्रवर्द्धका लागि सहयोग गर्छौं : प्रधानमन्त्री

सहकारी बजार प्रवर्द्धका लागि सहयोग गर्छौं : प्रधानमन्त्री

शुक्रबार, १७ साउन २०७६

ओलीले ठूलो मात्रामा कृषि उत्पादन गर्न जोड दिँदै सहकारीमार्फत गरेको उत्पादनको बजार अभाव हुन नदिने बताए। ‘सहकारीले स्केल अफ प्रोडक्सन बढाउनुपर्छ,’ उनले भने, ‘उत्पादनले बजार पाएन भने प्रवद्र्धनमा सघाउछौं।’

तरकारीको भाउ छुनै नसकिने ! यस्तो छ वास्तविक बजार मूल्य

तरकारीको भाउ छुनै नसकिने ! यस्तो छ वास्तविक बजार मूल्य

सोमबार, ०६ साउन २०७६

यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो।

२०९ प्रतिशतसम्म महँगियो भान्सा

२०९ प्रतिशतसम्म महँगियो भान्सा

आइतबार, ०५ साउन २०७६

भारी वर्षा, विषादी परीक्षण लगायत कारणले बजारमा तरकारीको भाउ अकासिएको छ। गतवर्षको तुलनामा तरकारीको मूल्य दुई सय नौ प्रतिशत सम्म र गत हप्ता भन्दा श प्रतिशतसम्म बढेको छ।

घट्यो नेपाली  लाेकबाजाको बजार

घट्यो नेपाली लाेकबाजाको बजार

बुधबार, २५ असार २०७६

राजधानीको क्षेत्रपाटी आसपासको व्यस्त क्षेत्रमा रहेका सटरहरूमा धमाधम विभिन्न नेपाली वाद्यवादनहरू उत्पादन भइरहेको छ। नेपाली परम्परागत वाद्यवादनहरु उत्पादनलाई निरन्तरता दिइरहेका वाद्यवादन व्यवसायीहरू यसको व्यापार बढ्न नसकेको प्रतिक्रिया दिन्छन्।

लगानी थपियो, बजार बढेन

लगानी थपियो, बजार बढेन

बुधबार, १८ असार २०७६

दुई तिहाइको सरकार बनेपछि मुलुकमा पूर्वाधार विकास निर्माणले गति लिनेमा सबै विश्वस्त थिए। सडक, सिँचाइ, जलविद्युतलगायत पूर्वाधार परियोजना सुरु हुने आसमा सिमेन्ट तथा डण्डी उत्पादन उद्योगमा धमाधम नयाँ लगानी थपियो।

पुँजी बजारमा हस्तक्षेप हुन सक्छ : अर्थमन्त्री खतिवडा

पुँजी बजारमा हस्तक्षेप हुन सक्छ : अर्थमन्त्री खतिवडा

मङ्गलबार, १७ असार २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन्। अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट पारे।

‘क्लिनफिड’ का पक्षमा

‘क्लिनफिड’ का पक्षमा

बिहिबार, १२ असार २०७६

सरकारले विज्ञापन बजार व्यवस्थित गर्न ‘विज्ञापन ऐन, २०७६’ को मस्यौदा तयार गरेर संसद्मा छलफल सुरु गरेको छ। प्रस्तावित ऐनमा टेलिभिजनमार्फत प्रसारित हुने च्यानलहरू ‘क्लिनफिड’ अर्थात् विज्ञापनबिना हुनुपर्ने व्यवस्था गरिएको छ। ऐनको दफा ६ मा भनिएको छ– ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्नेछ।’ उक्त दफाको उपदफा २ मा विदेशी विज्ञापन नेपालका सञ्चारमाध्यमले डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ। यसअघि केपी ओली नै प्रधानमन्त्री हुँदा २०७३ साउनमा मन्त्रिपरिषद्ले २०७४ साउन १ देखि ‘क्लिनफिड’ लागू गर्ने निर्णय गर्दै ‘राष्ट्रिय आमसञ्चार नीति २०७३’ स्वीकृत गरेको थियो। विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन प्रसारण गर्न नपाउने नीति लागू गर्ने निर्णय गरे पनि ओलीपछिको सरकारले यसलाई कार्यान्वयन गरेन।

कृषि बिमा प्रभावकारी कार्यान्वयन माग

कृषि बिमा प्रभावकारी कार्यान्वयन माग

सोमबार, ०२ असार २०७६

जिल्लाको दक्षिणी क्षेत्रम उत्पादन हुने तरकारीमध्ये २९ प्रतिशतभन्दा बढी तरकारी काठमाडौंको कालीमाटी निर्यात गरिन्छ। काठमाडौं, पोखरा, नारायणघाटलगायत बजारलाई लक्षित तरकारी उत्पादन गर्दै आइरहेका धादिङका अधिकांश किसान कृषि बिमाबारे अनविज्ञ छन्। तरकारीको पकेट क्षेत्रका रुपमा मानिने धादिङका किसान तरकारी त उत्पादन गर्छन् तर विभिन्न कारणले क्षति भए कहाँ गएर कसरी बिमा गर्ने भन्नेबारे जानकार छैनन्।

बजारको तरकारी उपभोग गर्दैनन् उस्ताका बासिन्दा

बजारको तरकारी उपभोग गर्दैनन् उस्ताका बासिन्दा

मङ्गलबार, १४ जेठ २०७६

केही अघिसम्म सदरमुकाम बेसीसहर वा नजिकैका बजारहरु खुदी, भुलभुले र ङादीबाट हरिया तरकारी र फलफूल किनेर उपभोग गर्दै आएका उस्ता गाउँका बासिन्दा हिजोआज गाउँबाटै त्यस्ता वस्तु बिक्री गर्न सक्ने भएका छन् । मस्र्याङ्दी गाउँपालिका–७ उस्ता गाउँका बासिन्दाले गाउँमै सामूहिक रुपमा हरिया तरकारी फलाउन थालेपछि उनीहरु बिक्री गर्न सक्ने अवस्थामा पुुगेका हुन् । उस्ता र उस्ताबेंसी क्षेत्रका जनजाति, दलित, बिपन्न परिवारका २१ जना कृषकले समूह बनाएर सामूहिक खेती गरेका छन् । गाउँबेंसी पौरखी कृषक समूह गठन गरेर ३५ रोपनी क्षेत्रफलमा मौसम अनुसारका तरकारी फलाउन थालिएको समूहकी अध्यक्ष उमा घले बताउँछिन् । उनका अनुसार, कृषकले काउली, बन्दा, फर्सी, काँक्रो, गोलभेंडा, बोडीलगायत तरकारी र फलफूल खेती गरिएको छ ।

चल्तीका फेसन

चल्तीका फेसन

सोमबार, ०६ जेठ २०७६

फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्। फेसनका लागि सेलिब्रेटीलाई फलो गर्नेको जमात पनि बढेको छ।

तरकारी बोकेरै बजार पुर्‍याउँछन् किसान

तरकारी बोकेरै बजार पुर्‍याउँछन् किसान

शुक्रबार, २२ चैत २०७५

साँखुस्थित खुलालटारका रमिला राई गत आइतबार जोरपाटी, नारायणटारमा तरकारी बेच्न ल्याउनको लागि तीन प्लास्टिक तरकारी लिएर बसमा चढ्नको लागि उनकै तरकारी बारी अगाडि गएर रोडमा बस कुरिन। आधा घण्टासम्म कुर्दा बल्ल साँखुको एउटा बस आयो।

थामियो शेयर बजार

थामियो शेयर बजार

आइतबार, १७ चैत २०७५

शेयर बजार बढ्ने क्रम आज थामिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ।

एलजीको डोर रेफ्रिजेरेटर

एलजीको डोर रेफ्रिजेरेटर

शुक्रबार, २४ फागुन २०७५

एलजीले आकर्षक डिजाइनका इन्भर्टर टेक्नोलोजीको सिगल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ।

महँगो भान्सा

महँगो भान्सा

शनिबार, १८ फागुन २०७५

बजारमा यतिबेला रातो आलुको थोक मूल्य किलोको २० देखि ३० रुपैयाँ छ। पोहोर पनि यो बेला आलुको मूल्य यही थियो। त्यस्तै प्याजको थोक मूल्य पनि पोहोर र अहिले एकैनास अर्थात् किलोको २५ देखि २८ रुपैयाँ छ।

बढ्यो सुनको मूल्य, अझै बढ्ने संकेत

बढ्यो सुनको मूल्य, अझै बढ्ने संकेत

मङ्गलबार, १४ फागुन २०७५

मंलगबार प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले बढेर ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बेनेलीको तीन नयाँ मोटरसाइकल

बेनेलीको तीन नयाँ मोटरसाइकल

मङ्गलबार, १४ फागुन २०७५

कम्पनीको बिक्रेताहरु बुटवल, पोखरा, बिर्तामोड, चितवन, इटहरी, नेपालगन्ज, भक्तपुर, सुर्खेत, दाङ, हेटौंडा र जनकपुरमा रहेको कम्पनीले जनाएको छ। बेनेलीले १३५ देखि ६०० सिसीसम्मका मोटरसाइकल उत्पादन गर्छ।

बाल्ट्राका स्मार्ट टेलिभिजन

बाल्ट्राका स्मार्ट टेलिभिजन

मङ्गलबार, १४ फागुन २०७५

इलेक्ट्रोनिक उत्पादन ब्रान्ड बाल्ट्राले विभिन्न रेन्जका स्मार्ट फोरके युएचडी टेलिलभिजन बजारमा ल्याएको छ।

हुन्डाईको नयाँ स्यान्ट्रो भित्रियो

हुन्डाईको नयाँ स्यान्ट्रो भित्रियो

सोमबार, ०६ फागुन २०७५

नेपालको लागि हुन्डाई मोटरको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुन्डाई पुनः नेपाली बजारमा भित्र्याएको छ।

बजार बेथिति

बजार बेथिति

मङ्गलबार, ०१ माघ २०७५

नारायणहिटीमा राजा छैनन्, बजारमा भने छन्। खुला बजार अर्थतन्त्रले प्रत्येक उपभोक्तालाई राजा मान्छ। यी राजा सन्तुष्ट भएनन् भने बजारमा कोही पनि टिक्न सक्दैन। तिनलाई बजारबारे जानकार बनाउन सक्नुपर्छ। उनीहरूले मनपर्ने वस्तु उपभोग गर्न पाउनुपर्छ।

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार दोहोरो अङ्कले बढ्यो

सोमबार, ३० पुष २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ।

होर्डिङ बोर्डले कुरूप बन्दै बजार

होर्डिङ बोर्डले कुरूप बन्दै बजार

आइतबार, २२ पुष २०७५

जिल्लाको मुख्य प्रवेशद्वार मानेभन्ज्याङ गाउँपालिकाको हर्कपुरदेखि सदरमुकामसम्म राखिएका मदिराका ठूलाठूला लाइट बोर्ड र होर्डिङ बोर्डले बजारलाई कुरूप बनाएका छन्। मदिरा कम्पनीहरूले विज्ञापनका लागि राखेका त्यस्ता बोर्डहरूले बजारको पहिचान र मौलिकतामा असर पुर्‍याएका छन्।

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा

आइतबार, २२ पुष २०७५

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ।

सुन्तलाले बजार पाएन, बोट मर्ने समस्याले किसान चिन्तित

सुन्तलाले बजार पाएन, बोट मर्ने समस्याले किसान चिन्तित

बुधबार, १८ पुष २०७५

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को स्राङका इन्द्रबहादुर मगरको बारीभरी लटरम्म सुन्तला फलेको छ। घरै वरिपरी दुई रोपनी जग्गामा लगाइएको सुन्तलाले पाखा नै पहेलो बनाएको छ। पहेलै भएर फलेका सुन्तला बारीभरी नै झरेको छ भने केही बस्तुभाउलाई पनि खुवाउने गरेको मगरले बताए।

कालिमाटीको तरकारी बजार

कालिमाटीको तरकारी बजार

बुधबार, १८ पुष २०७५

आजभन्दा करिब बीस/पच्चीस वर्ष अगाडि निर्माण भई सञ्चालन भइरहेको यो कालिमाटीको तरकारी बजार त्यति बेला नेपाल र नेपालीहरूका लागि एउटा बेग्लै र नौलो कुरा थियो। सुरुका केही वर्षहरू यो बजार व्यवस्थित र सफासुग्घर थियो। सायद त्यति बेला त्यो बजारको रेखदेख र नियन्त्रणमा विश्व खाद्य संस्था (एफएओ) को पनि संलग्नता थियो क्यारे। तर हिजोआज त्यो बजारको हालतमा भने धेरै ह्रास आइसकेको देखिन्छ।

दुर्व्यसनी युवाका कारण बजार असुरक्षित,

दुर्व्यसनी युवाका कारण बजार असुरक्षित,

बुधबार, १८ पुष २०७५

खोटाङको दिक्तेल बजारमा कुलतमा फसेका युवाका गतिविधि चुनौती बन्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन्। प्रहरी सेवालाई थप प्रभावकारी बनाउन गुनासो र सल्लाह लिन जिल्ला प्रहरी कार्यालय (खोटाङ)ले समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन्।

अधिकांश खाद्यवस्तु गुणस्तरहीन

अधिकांश खाद्यवस्तु गुणस्तरहीन

मङ्गलबार, १७ पुष २०७५

बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोक्ता खाद्य वस्तु गुणस्तरहीन भेटिएका छन्। उत्पादक तथा बिक्रेताको लापर्बाहीका कारण खाने तेल, घिउ, पानी, दूध, मिठाइ, चाउचाउ, दालमोठ, पिठो, मसला लगायत खाद्य वस्तु दूषित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

बटर उद्योग सञ्चालनपछि बदामलाई गाउँमै खपत

बटर उद्योग सञ्चालनपछि बदामलाई गाउँमै खपत

आइतबार, ०८ पुष २०७५

गाउँमै प्रशोधन उद्योग स्थापना भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा उत्पादित बदामले बजार पाएको छ। जापानी नागरिक कोतोबुकीनाकाको एकल लगानीमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडामा पिनट्स बटर उत्पादक उद्योग स्थापना भएपछि स्थानीय किसानले उत्पादन गर्दै आएको बदामले गाउँमै बजार पाएको हो।

नेपाली वस्तुको ‘नेपाली’ बजार

नेपाली वस्तुको ‘नेपाली’ बजार

शुक्रबार, ०६ पुष २०७५

नेपाली समाजमा तुलनात्मक रूपमा उद्यमशीलता वा व्यावसायिकताको कमी छ। धेरै समयसम्म जीविका चलाउने हिसाबमा चलेका नेपाली आर्थिक क्रियाकलापहरू व्यावसायिक बन्ने क्रममा आज पनि प्रयासरत त छन् तर निरुत्साहित अवस्थामा छन्।

भान्सा आफ्नै बनाऔँ

भान्सा आफ्नै बनाऔँ

शुक्रबार, २८ मङि्सर २०७५

मुलुकले बजार उदारीकरणको नीति लिएको तीन दशक पुगेको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिको बहुदलीय सरकारले राज्य नियन्त्रित अर्थनीतिलाई परिमार्जन गर्दै उदारीकरणको नीति अपनाएको थियो। यो नीति मुलुक र जनताका लागि फाइदाजनक रह्यो वा रहेन ? धेरै पटक बहस र पैरवी भएका छन् र अझै पनि हुनेछन्। बजार उदारीकरणका बारेमा जसले जुन धारणा राखे पनि सत्य के हो भने यसले मुलुकको अर्थतन्त्र विस्तारमा भने सहयोगी भूमिका निर्वाह गरेको छ।

कार्बनको बजार र व्यापार

कार्बनको बजार र व्यापार

बिहिबार, २७ मङि्सर २०७५

विसं २०७५ को दीपावलीको छेको पारेर नयाँ दिल्लीको प्रदूषण तहलाई नियन्त्रण गर्ने उद्देश्यले छिमेकी मित्रराष्ट्र भारतको उच्च अदालतले सार्वजनिक महत्वको सरोकार भन्दै जम्मा दुई घण्टा मात्रै पटका पड्काउने लगायतका आतिसबाजी गरी राष्ट्रिय चाड मनाउने आदेश जारी ग-यो। यद्यपि जनस्तरबाट त्यसको पालना नभएको र तोकिएको समयभन्दा बढी ‘रमाइलो’ गरेर नयाँ दिल्लीको आकाशमा कार्बनको मात्रा र घनत्व बढेको समाचार आमसञ्चारका माध्यममा केही दिनसम्म छाइरह्यो।

बजार अध्ययन गर्न समिति

बजार अध्ययन गर्न समिति

शुक्रबार, २१ मङि्सर २०७५

वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर चर्को रुपमा बढाउन सुरु थालेपछि आर्थिक गतिविधि विस्तारमा समस्या आउने आँकलन गर्दै सरकारले यसको समग्र अध्ययन गर्न समिति गठन गरेको छ।

अग्नि इनर्जीको पोर्टेबल जेनेरेटर बजारमा

अग्नि इनर्जीको पोर्टेबल जेनेरेटर बजारमा

बिहिबार, १३ मङि्सर २०७५

अग्नि इनर्जीले महिन्द्राको पाँच केभिए क्षमताको पोर्टेबल जेनेरेटर बजारमा ल्याएको छ। तीन लाख ७५ हजार रुपैयाँ मूल्यको ‘पोर्टेबल डिजल जेनसेट’ घरदेखि साना उद्योगसम्मका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।

छठ बजारमा कन्दमुलको बिक्री

छठ बजारमा कन्दमुलको बिक्री

सोमबार, २६ कार्तिक २०७५

अन्य समय खासै नदेखिने समानहरुको छठको पूजा सामग्रीको रुपमा बिक्री बढेको छ। कन्दमुलमा गनिने सुथरी, अरुई, मुला, छठिया बोडी, अदुवा, निंबु, भोगटे, बइर, फर्सी, पानको पात, केरा, उखु जस्ता समान बेंच्ने सयौं पसलहरु वीरगन्जको मुख्यबजार क्षेत्रमा थापिएका छन्। ति पसलहरुमा किनमेल गर्नेहरुको भीड त्यतिकै बढेको छ।

चियाको ब्रान्ड प्रवद्र्धन गर्न माग

चियाको ब्रान्ड प्रवद्र्धन गर्न माग

मङ्गलबार, २० कार्तिक २०७५

नेपाली चियाको ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्योगीले माग गरेका छन्। नेपाली बगानमा अर्गानिक चिया उत्पादन भए पनि चियाको ब्राण्डिङ नहुँदा अन्तर्राष्ट्रिय बजारमा उचित मूल्य पाउन नसकेको बताए।

ग्रामीणदेखि सहर बजारसम्म म्याद गुज्रिएका सामग्री

ग्रामीणदेखि सहर बजारसम्म म्याद गुज्रिएका सामग्री

बुधबार, १४ कार्तिक २०७५

चाडपर्व नजिकिएसँगै ग्रामीणदेखि सहरक्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पदार्थ बिक्री भइरहेको पाइएको छ। नियमित अनुगमन नहुँदा त्यसको प्रभाव यस क्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पर्दाथको व्यापार फस्टाएको छ।

अचार घरको स्वादिष्ट खान्की

अचार घरको स्वादिष्ट खान्की

शनिबार, ०३ कार्तिक २०७५

२५ वर्षअघि महिला उद्यमी संघमा अचार बनाउने तालिम लिएपछि हजुरी बिष्टले अचार उत्पादन गर्न थालिन् । अहिले नेपालमा राम्रो अचार बनाउने उद्यमीमध्ये ‘अचार घर’ पनि पर्छ । नेपाली स्वादका अचारहरुका लागि यो निकै प्रख्यात छ । नेपालमा विदेशी अचारहरु लोकप्रिय र रुचाइएका छन् तर नेपालीले बनाएको नेपाली स्वाद आउने अचारहरु भने बजारमा किन्न पाइँदैनन् ।

दसैंको चहलपहलसँगै महँगी अकासियो

दसैंको चहलपहलसँगै महँगी अकासियो

मङ्गलबार, ३० असोज २०७५

दसैंको चहलपहल बढेसँगै दसैंका लागि चाहिने सामग्री किनमेल गर्नेको बजारमा भीड बढेको छ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोकलगायत स्थानमा आवश्यक सामग्री किनमेल गर्नेको भीड लागेको हो।

उत्पादनको दिगो विकास बजार पहुँच गर्न समझदारी

उत्पादनको दिगो विकास बजार पहुँच गर्न समझदारी

बिहिबार, २५ असोज २०७५

विपन्न वर्गका हस्तकला उद्यमीको उत्पादनको दिगो विकास र बजार सम्मको पहुँच स्थापना गर्न गरिवी निवारण कोष र चौधरी फाउन्डेसनबीच सहकार्य हुने भएको छ।

समृद्धिलाई गफमा सीमित नगरौँ

समृद्धिलाई गफमा सीमित नगरौँ

बिहिबार, २५ असोज २०७५

बजारमा सवैखाले उपभोग्य सामग्रीको भाउ बढेको छ । यसको अर्थ पोहोर परारको तुलनामा महँगी थपिएको पनि उपभोक्ताले बिर्सिएका छैनन् ।

सडक पेटीमा दसैं सस्तो बजार (भिडियो)

बुधबार, २४ असोज २०७५

चाड पर्व नजिकिएसँगै सडक पेटीमा सस्तो बजारको चहल पहल पनि बढ्न थालेको छ। सामान्य आम्दानी भएका नेपालीका लागि सस्तो बजारले राहत दिएको उपभोक्ताको भनाइ छ। क्रय शक्ति कम भएकाहरुलाई यस प्रकारका बजारले सहयोग गरेका छन्।

‘नेपाली मोबाइल बजार बढी प्रतिस्पर्धी’

‘नेपाली मोबाइल बजार बढी प्रतिस्पर्धी’

बिहिबार, १८ असोज २०७५

चीनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हुवावे टेक्नोलोजीको नेपालका लागि देशीय निर्देशक जोयस झुले अन्य मुलुकको तुलनामा नेपालको मोबाइल बजार बढी प्रतिस्पर्धी भएको भन्दै नेपालमा लगानी बढाउने बताएका छन्।

चाडपर्वलाई लक्षित गरि बजार र यातायत अनुगमन

चाडपर्वलाई लक्षित गरि बजार र यातायत अनुगमन

बुधबार, १७ असोज २०७५

दशैं तिहारलाई लक्षित गरि स्थानीय प्रशानले  जाजरकोटमा बजार र यातायातका क्षेत्रमा  अनुगमनलाई तिव्र पारेको छ।

दसैमा के के बेच्दैछ खाद्य संस्थानले ? (भिडियो)

सोमबार, ०८ असोज २०७५

सधैंजसो दसैंलाई लक्षित गरि नेपाल खाद्य संस्थानले काठमाडौं लगायत प्रमुख सहरहरुमा सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने गर्छ। यस वर्ष पनि संस्थानले दसैं बजारको तयारी गरिसकेको छ। संस्थानका सूचना अधिकारी शंकर सापकोटाका अनुसार संस्थानका बिक्री डिपोमा यसपालि दाल, चामल, गेडागुडी, चिनी, तेल, नुन, गहुँ,  कर्णालीको सिमी, फापर आदि सुपथ मूल्यमा किन्न पाइनेछ।

एक डलर किन्न १ सय १६ रुपैयाँ

एक डलर किन्न १ सय १६ रुपैयाँ

बुधबार, २७ भदौ २०७५

एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १६ रुपैयाँ २३ पैसा तिर्नुपर्ने भएको छ।

अनुगमनपछि २० प्रतिशतले घट्याे तरकारीको मूल्य

अनुगमनपछि २० प्रतिशतले घट्याे तरकारीको मूल्य

शुक्रबार, ०८ भदौ २०७५

बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ। केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो।

सुनको कालोबजारी

सुनको कालोबजारी

बुधबार, ०६ भदौ २०७५

बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो।

Ncell Footer Ad