राजस्व बाँडफाँडमा प्रदेश सरकार र स्थानीय तहबीच विवाद

राजस्व बाँडफाँडमा प्रदेश सरकार र स्थानीय तहबीच विवाद

मङ्गलबार, ०५ कार्तिक २०७६

प्रदेश ३ का स्थानीय तह र प्रदेश सरकारबीच नदी तथा खनिजजन्य पदार्थ संकलन र उपयोगको राजस्व बाँडफाँडमा विवाद उत्पन्न भएको...

प्रदेश ३ डेंगीबाट सबैभन्दा बढी प्रभावित

प्रदेश ३ डेंगीबाट सबैभन्दा बढी प्रभावित

बिहिबार, २६ भदौ २०७६

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगी संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ। ...

प्रदेश ३ : १७ विधेयक पारित गरी बर्खे अधिवेशन अन्त्य

प्रदेश ३ : १७ विधेयक पारित गरी बर्खे अधिवेशन अन्त्य

बुधबार, २५ भदौ २०७६

प्रदेश ३ को प्रदेश सभाको बर्खे (चौथो) अधिवेशन १७ वटा विधेयक पारित गरी अन्त्य भएको छ। बुधबार बसेको बैठकमा सभामुख...

प्रदेश ३ को राजधानी हेटौंडानै हुनुपर्छ : कमल थापा

शुक्रबार, २० भदौ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडानै हुने दावी गरेका छन्। अध्यक्ष थापाले प्रदेश...

शिक्षामा सहयोग गर्न जर्मनसँग प्रदेश ३ को आग्रह

शिक्षामा सहयोग गर्न जर्मनसँग प्रदेश ३ को आग्रह

बिहिबार, १९ भदौ २०७६

प्राविधिक शिक्षाको विकास र विस्तारमा सहयोग गर्न जर्मनीसँग प्रदेश ३ सरकारले आग्रह गरेको छ। नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरसँग विहीबार प्रदेशको राजधानी हेटौंडामा भएको भेटमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस्तो अनुरोध गरेका हुन्।

३ प्रदेशले संविधान दिवस भव्य रूपमा मनाउने तयारी

३ प्रदेशले संविधान दिवस भव्य रूपमा मनाउने तयारी

सोमबार, १६ भदौ २०७६

पाँचौँ संविधान दिवसलाई प्रदेश ३ सरकारले भव्यरूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुको समेत उपस्थितिमा आज बसेको बैठकले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

समायोजनका कारण जिल्ला अस्पताल चपेटामा

समायोजनका कारण जिल्ला अस्पताल चपेटामा

आइतबार, १५ भदौ २०७६

समायोजनका कारण प्रदेशअन्तर्गत रहेका जिल्ला अस्पतालहरू चपेटामा परेका प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमध्ये अधिकांशले संघ रोजेका कारण अस्पतालहरू चपेटामा परेका उनको भनाइ थियो।

कश्मीरको विषयमा सत्ता–प्रतिपक्ष चर्काचर्की

कश्मीरको विषयमा सत्ता–प्रतिपक्ष चर्काचर्की

मङ्गलबार, १० भदौ २०७६

प्रदेश सभामा भारत प्रशासित जम्मू–कश्मीरको बिषयलाई लिएर प्रदेश ३ को सत्ता पक्ष र प्रतिपक्षीबीच चर्काचर्की भएको छ। प्रदेश सभा बैठकमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदले सरकारले काश्मीरबारे नबोलेको भन्दै विरोध गरेभने नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदहरुले सरकारको बचाउ गरेका थिए।

विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

सोमबार, २० साउन २०७६

प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशालाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। सोमबार हेटौंडा औद्योगिक क्षेत्रस्थित माटो परीक्षण प्रयोगशालामै विषादी अवशेष परीक्षण प्रयोगशालाको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे।

प्रदेश ३ को पाँच स्थानमा बिषादी प्रयोगशाला

प्रदेश ३ को पाँच स्थानमा बिषादी प्रयोगशाला

शनिबार, १८ साउन २०७६

प्रदेश ३ सरकारले पाँच स्थानमा बिषादी अवशेष नियमन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेश राजधानी हेटौंडाको माटो तथा मल परीक्षण प्रयोगशाला, ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न लागेको हो।

प्रदेश ३ का मुख्य न्यायाधिवक्ता थपलियाले लिए शपथ

प्रदेश ३ का मुख्य न्यायाधिवक्ता थपलियाले लिए शपथ

आइतबार, १२ साउन २०७६

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियाले शपथ लिएका छन्। मुख्य न्यायाधिवक्ता थपलियालाई प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलको विशेष उपस्थितिमा आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

मुख्य न्यायाधिवक्तामा थपलिया सिफारिस

मुख्य न्यायाधिवक्तामा थपलिया सिफारिस

शुक्रबार, १० साउन २०७६

प्रदेश नम्बर ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता थपलियालाई सिफारिस गरेका हुन्।

प्रदेश ३ को ३९ प्रतिशत बजेट फ्रिज

प्रदेश ३ को ३९ प्रतिशत बजेट फ्रिज

शुक्रबार, १० साउन २०७६

प्रदेश ३ सरकारको गत आर्थिक वर्ष ०७५/७६ को कुल बजेटको करिब ६१ प्रतिशत खर्च गर्न सफल हुँदा ३९ प्रतिशत बजेट फ्रिज भएको छ। कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाखमध्ये ६०.६८ प्रतिशत अर्थात् २० अर्ब ६५ करोड ७२ लाख ३६ हजार सात सय ९३ रुपैयाँ मात्र खर्च भएको हो।

अत्यावश्यक सवारीको रकम फ्रिज नहुने निर्णय

अत्यावश्यक सवारीको रकम फ्रिज नहुने निर्णय

सोमबार, ०६ साउन २०७६

प्रदेश नम्बर ३ सरकारले दमकल, एम्बुलेन्स तथा शववाहन खरिद गर्न सशर्त अनुदान स्वरुप प्रदान गरेको रकम फ्रिज नहुने निर्णय गरेको छ। सोमबार बसेको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले तीन कार्यविधि, एक नियमावली, एक निर्देशिका स्वीकृत गर्ने पनि निर्णय गरेको छ।

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

शनिबार, २८ असार २०७६

बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो।

अहिलेसम्म ४५ प्रतिशत, ६० पुग्ने अनुमान

अहिलेसम्म ४५ प्रतिशत, ६० पुग्ने अनुमान

बिहिबार, २६ असार २०७६

चालु आर्थिक वर्षको असार २४ सम्ममा प्रदेश ३ ले ४५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। यो आव सकिन ६ दिन बाँकी हुँदा प्रदेशले १५ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ बजेट खर्च गरेको छ। यो कुल बजेटको ४४.८९ प्रतिशत हो।

सदस्यसचिव भण्डारीद्वारा पदभार ग्रहण

सदस्यसचिव भण्डारीद्वारा पदभार ग्रहण

मङ्गलबार, २४ असार २०७६

नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवको रुपमा सूर्य भण्डारी नियुक्त भएका छन्। ३ नम्बर प्रदेश सरकारले भण्डारीलाई प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो।

प्रदेश नं ३ का स्थानीय तहले राजश्व बाँडफाँट गरेनन्

प्रदेश नं ३ का स्थानीय तहले राजश्व बाँडफाँट गरेनन्

मङ्गलबार, १७ असार २०७६

चालू आर्थिक वर्षको करीब अन्त्यसम्म आइपुग्दा पनि प्रदेश नं ३ का १०० बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँड गरेका छैनन्। राजश्व बाँडफाँड नभएपछि प्रदेशसभाअन्तर्गतको लेखा समितिले उपसमिति बनाएर स्थानीय तहमा स्थलगतरूपमा अनुगमन गर्न पठाएको छ।

काठमाडाैं सफाइ गर्न प्रदेश सरकारले १२ वटा ब्रुमर उपलब्ध गराउने

सोमबार, १६ असार २०७६

प्रदेश ३ सरकारले काठमाडौं उपत्यकाको सफाइका लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समयभित्रै ब्रुमर उपलब्ध गराउने घोषणा गरेका हुन्।

मुख्यमन्त्री र सभामुखकाे एउटै स्वरः हेटौंडा नै स्थायी राजधानी

मुख्यमन्त्री र सभामुखकाे एउटै स्वरः हेटौंडा नै स्थायी राजधानी

आइतबार, १५ असार २०७६

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताएका छन्। पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताएका छन्।

बजेट बहुमतले पारित

बजेट बहुमतले पारित

शुक्रबार, १३ असार २०७६

प्रदेश ३ को आर्थिक वर्ष ०७६/७७ को बजेट प्रदेश सभामा बहुमतले पारित भएको छ।

भौतिक पूर्वाधारलाई सबैभन्दा बढी, आर्थिक मामिलालाई कम

भौतिक पूर्वाधारलाई सबैभन्दा बढी, आर्थिक मामिलालाई कम

मङ्गलबार, १० असार २०७६

प्रदेशसभाको बैठकले जलचर संरक्षणको व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पारित गरेको छ।

प्रदेश प्रहरी प्रमुख बस्नेतले सम्हाले कार्यभार

प्रदेश प्रहरी प्रमुख बस्नेतले सम्हाले कार्यभार

आइतबार, ०८ असार २०७६

तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले आइतबार कार्यभार ग्रहण गरेका छन्। महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण, काठमाडौंबाट सरुवा भई प्रदेश प्रहरी कार्यालय आएका बस्नेतलाई प्रहरी अधिकृतहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रदेशको बजेटप्रति विपक्षीको तीव्र असन्तुष्टि

प्रदेशको बजेटप्रति विपक्षीको तीव्र असन्तुष्टि

बुधबार, ०४ असार २०७६

प्रदेश ३ सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटप्रति विपक्षी दलहरुले तीव्र असन्तुष्टि जनाएका छन्।

मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

शुक्रबार, २४ जेठ २०७६

प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन्।

प्रदेश ३ को नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेश ३ को नीति तथा कार्यक्रम सार्वजनिक

बिहिबार, १६ जेठ २०७६

केही महत्वकांक्षी नीतिहरू प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि तय गरेको छ। दुई वर्ष प्रदेशभित्र रहेका महानगरपालिकाका कुनैपनि घर खरको छानोरहित बनाउने नीति लिएको प्रदेश सरकारले छोरी बुहारी छात्रवृत्ति कार्यक्रममार्फत महिलालाई शिक्षामा सबल बनाउने तयारी गरेको छ।

जिडिपीमा प्रदेश ३ को अंश सर्वाधिक

जिडिपीमा प्रदेश ३ को अंश सर्वाधिक

मङ्गलबार, १४ जेठ २०७६

मुलुक पूर्णरुपमा संघीय संरचनामा गएको चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जिडिपी)मा प्रदेश ३ को अंश सबैभन्दा धेरै देखिएको छ। प्रशासनिक रुपमा संघीयता दुई वर्षअघि नै लागू भए पनि बजेटरी हिसाबले लागू भएको यो वर्षदेखि हो।

सुरुङ मार्गको ‘ललिपप’

सुरुङ मार्गको ‘ललिपप’

मङ्गलबार, १४ जेठ २०७६

नेपाल जस्तो भौगोलिक विषमता भएको मुलुकमा सुरुङ मार्ग वरदान सावित हुनेमा दुईमत छैन। अबको युग सुरुङ मार्गको पनि भनिन्छ। तैपनि खालि भाषण र प्रक्रियामै सीमित यस्ता विकासे कामले जनउत्साह बढाउन सक्दैन।

बजेटअघि नै स्थायी राजधानी तोक्न माग

बजेटअघि नै स्थायी राजधानी तोक्न माग

शुक्रबार, ०३ जेठ २०७६

प्रदेश ३ को आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट भन्दा अघि नै स्थायी राजधानी तोक्न सांसदहरुले माग गरेका छन्। प्रदेश सभामा विहिबार स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिबारे छलफलमा सहभागी हुँदै सांसदहरूले मतदानको मिति यथाशीघ्र तोक्न माग गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुयाँलले स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधिबारे छलफलका लागि प्रस्ताव गरेपछि सांसदहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

पर्यटन, उद्योग, वन, भौतिक पूर्वाधार, शिक्षालाई उच्च प्राथमिकता

पर्यटन, उद्योग, वन, भौतिक पूर्वाधार, शिक्षालाई उच्च प्राथमिकता

बिहिबार, ०२ जेठ २०७६

प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयक २०७६ पेस गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बुधबार विधेयक प्रदेशसभामा पेस गरेका हुन्। ‘प्रदेश समृद्धिको आधारः श्रम, सिर्जना, उत्पादन र रोजगार’ भन्ने नारा राखिएको विधेयकमा २२ वटा सिद्धान्तका बुँदा र २८ वटा प्राथमिकताका बँुदा तोकिएको छ। १८ पेज लामो विधेयकमा कूल ६१ बुँदामा समेटिएका छन्। पर्यटन, उद्योग, वन, भौतिक पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिइएको विधेयकमा आन्तरिक तथा वैदेशिक लगानी नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ। भ्रष्टाचारमा शून्य सहनशीलता, समग्र शासन प्रणालीमा दण्डहीनताको अन्त्य गर्ने लक्ष्य लिएको सरकारले सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने समेत उल्लेख गरेको छ।

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

बुधबार, ०१ जेठ २०७६

भक्तपुरमा मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ। प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भक्तपुर अस्पतालमा बुधबार कार्यक्रमको उद्घाटन गरे।

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

मङ्गलबार, ३१ बैशाख २०७६

प्रदेश ३ को स्थायी राजधानी तत्काल तोक्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ। प्रदेशसभामा धेरै सांसदले पटक–पटक माग गरे पनि राजधानीसम्बन्धी विषय उपेक्षा गरिएको भन्दै कांग्रेसले बैठक नै अवरुद्ध गरेको हो।

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेश सभा अवरुद्ध

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेश सभा अवरुद्ध

सोमबार, ३० बैशाख २०७६

प्रदेश नम्बर ३ को स्थायी राजधानीको तत्काल माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ। प्रदेश सभामा धेरै सांसदहरुले पटक–पटक माग गरेपनि राजधानीसम्बन्धी बिषयलाई उपेक्षा गरिएको भन्दै कांग्रेसले बैठक नै अवरुद्ध गरेको हो।

धादिङबाट ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

धादिङबाट ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

आइतबार, २९ बैशाख २०७६

प्रदेश ३ ले ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ अभियान धादिङबाट सुरु गरेको छ। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकटेलले शुक्रबार एक कार्यक्रमबिच सो अभियान उद्घाटन गरेका हुन्। निरोगीको स्वास्थ्य परीक्षणका लागि सुरु यस कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोग र त्यसको जोखिमबारे समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको मन्त्री जम्मकटेलले बताए। ‘राज्य भनेकै गरिबका लागि हो, दुःख पाएका जनताका लागि हो,’ उनले भने, ‘आफ्नो शरीरमा के रोग छ भनेर जँचाउन नसक्ने र खर्च नहुनेहरूलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको हो।’

प्रदेश ३ ले ५० अर्बको बजेट ल्याउने

प्रदेश ३ ले ५० अर्बको बजेट ल्याउने

मङ्गलबार, १७ बैशाख २०७६

प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ। चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो।

प्रदेश सरकार–एनआरएनएबीच सम्झौता

प्रदेश सरकार–एनआरएनएबीच सम्झौता

बिहिबार, १२ बैशाख २०७६

नमुना आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्न प्रदेश ३ सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए))बीच सम्झौता भएको छ। बुधबार हेटौंडामा आयोजित कार्यक्रममा प्रशोधन सुविधासहितको नमुना आधुनिक कृषि परियोजना सञ्चालन गर्न उक्त सम्झौता गरिएको हो।

५० स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति

५० स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति

मङ्गलबार, १० बैशाख २०७६

प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शववाहन र दमकल किन्न स्वीकृति दिएको छ। प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले आवश्यकताअनुसार प्रचलित कानुनबमोजिम खरिद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो।

सुदूरपश्चिम र प्रदेश ३ सरकारको एक/एक करोड सहयोग

सुदूरपश्चिम र प्रदेश ३ सरकारको एक/एक करोड सहयोग

बुधबार, २० चैत २०७५

प्रदेश २ का बारा र पर्सामा गत आइतबार आएको हावाहुरीका कारण भएको धनजनको क्षतिप्रति प्रदेश सरकारहरूले दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेका छन्। सोही क्रममा सुदूरपश्चिम तथा प्रदेश ३ सरकारले आ–आफ्नो तर्फबाट एक÷एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले एक कराेड सहयाेग गर्ने

हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले एक कराेड सहयाेग गर्ने

मङ्गलबार, १९ चैत २०७५

प्रदेश ३ सरकारले बारा र पर्सा हावाहुरीले क्षति पुर्याएका पीडितहरूलाइ तत्काल एक कराेड रुपैयाँ सहयाेग गर्ने भएकाे छ।

'स्थायी राजधानी र नाम चाँडै'

'स्थायी राजधानी र नाम चाँडै'

शनिबार, ०२ चैत २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी अधिवेशनभित्र प्रदेशले स्थायी राजधानी र नाम पाउने विश्वास दिलाएका छन्। शुक्रबार हेटौंडामा प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला समितिद्वारा आयोजित बजेट कार्यान्वयन र प्रगति विषयक अन्तक्र्रियामा उनले चैत दोस्रो सातादेखि सुरु हुने तेस्रो अधिवेशनले स्थायी राजधानी र नाम तय गर्ने उल्लेख गरे।

दूधाैलीकाे माटोमा अम्लीयपन बढ्यो

दूधाैलीकाे माटोमा अम्लीयपन बढ्यो

आइतबार, २६ फागुन २०७५

प्रदेश ३ स्थित सिन्धुलीको दूधौली नगरपालिकामा सरकारले सुरु गर्न लागेको व्यावसायिक चक्लाबन्दी खेती गर्ने भनिएको जग्गाको माटोमा अम्लीयपन भएको पाइएको छ। किसानले रासायनिक मलको अत्याधिक प्रयोग गरेको उक्त खेतबारीको माटो परीक्षण गर्दा माटोमा अम्लीयपनको मात्र बढी देखिएको हो।

‘सहकारीको परिवर्तनले समृद्धिको सपना पूरा हुन्छ’

‘सहकारीको परिवर्तनले समृद्धिको सपना पूरा हुन्छ’

शनिबार, २५ फागुन २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक परिवर्तनसँगै सहकारी क्षेत्रले काम र लगानीमा परिवर्तन ल्याए समृद्धिको सपना पूरा हुने बताएका छन्। जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरद्वारा आयोजित दुईदिने कार्यशाला गोष्ठीको शुक्रबार हेटौंडामा उद्घाटन गर्दै उनले सहकारी बचत र ऋण लगानीबाटै माथि उठ्न ढिला गर्न नहुनेमा जोड दिए।

रसुवागढी नाका जोड्ने दुबै सडकलाई प्राथमिकता : मुख्यमन्त्री पौडेल

रसुवागढी नाका जोड्ने दुबै सडकलाई प्राथमिकता : मुख्यमन्त्री पौडेल

सोमबार, १३ फागुन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवैतर्फको सडकको व्यवस्थापन गर्नुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। नाका अवलोकनका लागि आइतबार रसुवागढी पुगेका मुख्यमन्त्री पौडेलले दुवै सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। वार्षिक रूपमा अर्बौं राजस्व उठ्ने गरे पनि सडकको दुरवस्था देखेर उनले दुःख व्यक्त गरे।

गाउँपालिका प्रदेश समिति गठन, अध्यक्षमा पोखरेल

गाउँपालिका प्रदेश समिति गठन, अध्यक्षमा पोखरेल

मङ्गलबार, ०७ फागुन २०७५

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ समितिको अध्यक्षमा ईश्वरचन्द्र पोखरेल चुनिएका छन्। मंगलबार दोलखाको किर्नेटार बजारमा सम्पन्न प्रदेशभरिका गाउँपालिका जनप्रतिनिधिको सम्म्मेलनले पोखरेललाई चयन गरेको हो।

प्रभावकारी काम गरेको मुख्यमन्त्री पौडेलको दाबी

प्रभावकारी काम गरेको मुख्यमन्त्री पौडेलको दाबी

बुधबार, ०१ फागुन २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सक्नेजति काम प्रभावकारीरूपमा काम गरेको भन्दै सरकारको बचाउ गरेका छन्। प्रदेश सरकारले प्रथम वार्षिकोत्सवको अवसरमा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले मंसिरदेखि मात्र वास्तविक काम गर्न पाएको दाबी गरेका छन्।

महासंघ र प्रदेश ३ सरकारबीच सहमति

महासंघ र प्रदेश ३ सरकारबीच सहमति

आइतबार, २० माघ २०७५

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र र प्रदेश ३ को सरकारबीच सार्वजनिक–निजी साझेदारी कार्यक्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रदेश ३ सरकारले प्राथमिकताका साथ अघि बढाएका कार्यक्रममा बहुवर्षीय साझेदारी गर्ने उद्देश्यका साथ महासंघले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

प्रदेश सरकारले मनायो पहिलोपटक सहिद दिवस

प्रदेश सरकारले मनायो पहिलोपटक सहिद दिवस

बिहिबार, १७ माघ २०७५

प्रदेश ३ को सरकारले बुधबार पहिलोपटक सहिद दिवस मनाएको छ। प्रदेश राजधानी हेटौंडास्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरेर सरकारले दिवस मनाएको हो। स्मारकस्थित सहिदहरूको प्रतिमामा माल्यार्पण गर्नुअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए। सभाअघि प्रभातफेरी गरिएको थियो।

प्रदेश सरकारले मनायो पहिलोपटक शहीद दिवस

प्रदेश सरकारले मनायो पहिलोपटक शहीद दिवस

बुधबार, १६ माघ २०७५

तीन नम्बर प्रदेश सरकारले पहिलोपटक धुमधामका साथ सहिद दिवस मनाएको छ। प्रदेशको राजधानी हेटौंडा ११ स्थित सहिद स्मारकमा रहेको प्रतिमामा माल्यार्पण लगायत बिशेष कार्यक्रम गरि दिवस मनाइएको हो। कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माण गर्न सहिदहरुले देखाएको बाटोमा हिड्नुको विकल्प नभएको बताएका छन्। ‘समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा गर्न हामी अघि बढिरहेका छौं’, उनले भने, ‘केही वर्ष भित्रमा नै सम्पन्न, सुखी र समृद्ध बन्ने छ।’

राजनीतिक नाराले समृद्धि आउँदैन : मुख्यमन्त्री पौडैल

राजनीतिक नाराले समृद्धि आउँदैन : मुख्यमन्त्री पौडैल

सोमबार, १४ माघ २०७५

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक नाराले समृद्धि नआउने बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापमा सरकारी कार्यालयका प्रमुखहरुसँगको भेटमा मन्त्री पौडेलले मुलुकको समृद्धिका लागि काम गर्नु पर्ने बेला आएको बताए।

'अब आर्थिक क्रान्ति आवश्यक'

'अब आर्थिक क्रान्ति आवश्यक'

आइतबार, १३ माघ २०७५

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले राजनीतिक क्रान्तिको कुरा छाडेर आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिएका छन्। एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको शनिबार १९ औं वार्षिक साधारण सभामा बोल्दै उनले भर्खरै फेरिएको शासन प्रणाली संस्थागत गर्नुपर्ने बताए।

Ncell Footer Ad