प्रदेशकै पहिलो मत्स्य महोत्सव बर्षाका कारण सारियो

प्रदेशकै पहिलो मत्स्य महोत्सव बर्षाका कारण सारियो

शनिबार, २६ पुष २०७६

प्रदेश ५ कै पहिलो मत्स्य महोत्सव रुपन्देहीमा आजबाट हुने भनिएको मत्सय कृषि तथा माघी महोत्सव २०७६ बर्षाका कारण माघ १...

‘प्रदेश र स्थानीय सरकार छन् भन्ने संघीय सरकारलाई थाहा नै छैन’

‘प्रदेश र स्थानीय सरकार छन् भन्ने संघीय सरकारलाई थाहा नै छैन’

आइतबार, ०६ पुष २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानको मर्मअनुसार तीनवटै सरकारले राजकीय अधिकारको प्रयोग एवम् राज्य सञ्चालन गर्नुपर्ने बताएका छन्। ...

बंगलादेशसँग व्यापार बढाउन प्रदेशको पहल

बंगलादेशसँग व्यापार बढाउन प्रदेशको पहल

आइतबार, ०६ पुष २०७६

प्रदेश १ सरकारले प्रदेशमा उत्पादित वस्तुको बंगलादेश निर्यात बढाउन पहल थालेको छ । बंगलादेशमा नेपाली उत्पादनको बजार सम्भावना केलाउँदै निर्यातमा...

उदयपुरमा प्रदेशकै उत्कृष्ट ‘मदन भण्डारी स्मृति सभाहल’

उदयपुरमा प्रदेशकै उत्कृष्ट ‘मदन भण्डारी स्मृति सभाहल’

शुक्रबार, ०४ पुष २०७६

१ नं. प्रदेशकै उत्कृष्ट र महत्वपूर्ण आयोजना निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभाहल तथा अतिथि गृह’ सदरमुकाम गाईघाटमा समयअगावै सकिने भएको...

'प्रदेशको हकमा हस्तक्षेप नगर'

'प्रदेशको हकमा हस्तक्षेप नगर'

बिहिबार, २६ मङि्सर २०७६

मन्त्रिपरिषद् बैठकले २०७६ जेठ २३ मा प्रदेश २ मा पर्ने सागरनाथ वन विकास परियोजनालाई द टिम्बर कर्पोरेसन अफ नेपालमा मर्ज गरी छुट्टै वन निगम भनी कम्पनी दर्ता गर्ने निर्णय लिएको थियो। त्यसविरुद्ध परेको रिटमा निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश भएको हो।

प्रदेशको बजेट पनि सडकमै

प्रदेशको बजेट पनि सडकमै

सोमबार, २३ मङि्सर २०७६

खोटाङ (क) र (ख) प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको अढाई–अढाई करोड बजेटको अधिकांश अंश सडक निर्माण र स्तरोन्नति शीर्षकमा छुट्याइएको पाइएको छ। अढाई करोड बजेट खोटाङ (क) का १६ वटा योजनाका लागि विनियोजन गरिएकामा त्यसमध्ये नौवटा योजना सडक निर्माण तथा मर्मत सम्बन्धी रहेको खोटाङ (क) का प्रदेशसभा सदस्य राजन राईले बताए।

यस्तो छ उपनिर्वाचन हुने क्षेत्रको अंकगणित

यस्तो छ उपनिर्वाचन हुने क्षेत्रको अंकगणित

बुधबार, ११ मङि्सर २०७६

मुलुकमा अहिले उपनिर्वाचनको तातो छ। कास्की २ को संघीय संसदको चुनाव सबै भन्दा केन्द्रमा रहेको छ। नेकपाका नेता रवीन्द्र अधिकारी जो पर्यटन मन्त्रीको जिम्मेवारीमै रहेको बेला हेलिकप्टर दूर्घटनामा परेपछि खालि हुन गएको यो क्षेत्रको निर्वाचन परिणाम राष्ट्रिय राजनीतिको चश्मा बन्ने आँकलन भैरहेको छ।

प्रदेश प्रमुख परियारले गरे पदभार ग्रहण

प्रदेश प्रमुख परियारले गरे पदभार ग्रहण

बुधबार, २० कार्तिक २०७६

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन्। बुधबार विहान जनकपुर आइपुगेका प्रमुख परियारले प्रदेश सरकाको मधेश भवन पुगेर पदभार सम्हाले।

गृहमन्त्रीलाई सिडिओको प्रश्नः हामी प्रदेशप्रति जिम्मेवार हुने की केन्द्रप्रति? पोजिसन के हुने?

गृहमन्त्रीलाई सिडिओको प्रश्नः हामी प्रदेशप्रति जिम्मेवार हुने की केन्द्रप्रति? पोजिसन के हुने?

मङ्गलबार, १९ कार्तिक २०७६

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा देखिएका चुनौतीहरु समाप्त भएको बताएका छन्। गृह मन्त्रालय र प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मुलुकलाई अस्थिरता र बिघटन तर्फ धकेल्ने प्रयास समाप्त भई शान्ति सुरक्षा सुदृढ भएको दाबी गरेका हुन्।

सातै प्रदेशमा ‘सप्तरंग–२’ हुँदै

सातै प्रदेशमा ‘सप्तरंग–२’ हुँदै

मङ्गलबार, १९ कार्तिक २०७६

सातै प्रदेशमा ‘सप्तरंग–२’ हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग–२’ हुने जानकारी गराएको थियो।

प्रदेश प्रमुख हटाएर सरकारले सहमति तोड्यो : सभापति देउवा

प्रदेश प्रमुख हटाएर सरकारले सहमति तोड्यो : सभापति देउवा

सोमबार, १८ कार्तिक २०७६

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले प्रदेश प्रमुख हटाएर गलत काम गरेको बताएका छन्। उनले सरकारको यो कदमको भत्सर्ना गर्ने प्रतिक्रिया दिए।

दुई विधेयक प्रमाणीकरण

दुई विधेयक प्रमाणीकरण

बिहिबार, १४ कार्तिक २०७६

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाबाट केही हप्ताअघि पारित भई आएका दुई विधयेक आज प्रमाणीकरण गरेकी छन्।

राजस्व बाँडफाँटमा प्रदेश–तह विवाद तीव्र

राजस्व बाँडफाँटमा प्रदेश–तह विवाद तीव्र

बुधबार, ०६ कार्तिक २०७६

प्रदेश ३ का स्थानीय तह र प्रदेश सरकारबीच नदी पैदावर तथा खनिज पदार्थ संकलन र उपयोगको राजस्व बाँडफाँटमा विवाद उत्पन्न भएको छ। प्रदेशका सबै क्रसर उद्योग मापदण्डविपरीत रहेको बताउँदै आएको प्रदेश सरकारलाई स्थानीय स्थानीय तहले राजस्वसमेत निकै कम बुझाउँदै आएका छन्।

हप्किडोमा प्रदेश नं ५ उत्कृष्ट

हप्किडोमा प्रदेश नं ५ उत्कृष्ट

सोमबार, ०४ कार्तिक २०७६

परिवर्तन गाउँपालिकामा भएको शहीद स्मृति हप्किडो राष्ट्रिय प्रतियोगितामा प्रदेश नं ५ पहिलो भएको छ। आइतबार सम्पन्न उक्त प्रतियोगितामा प्रदेश ५ ले आठ स्वर्ण पदक जितेको छ ।

अत्यधिक बर्षाका कारण उत्तर प्रदेशमा १५ को मृत्यु

अत्यधिक बर्षाका कारण उत्तर प्रदेशमा १५ को मृत्यु

सोमबार, १३ असोज २०७६

भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

प्रदेश योजना आयोगको दरबन्दी स्वीकृत

प्रदेश योजना आयोगको दरबन्दी स्वीकृत

सोमबार, १३ असोज २०७६

प्रदेश नं ५ सरकारले प्रदेश योजना आयोगका लागि आफ्नै साङ्गठनिक संरचनाको दरबन्दी स्वीकृत गरेको छ। आयोगमा यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्मचारीसहित व्यवस्थापन हुँदै आएको थियो।

तमोर करिडोरसहित ठूला योजना फेरि प्रदेशमा

तमोर करिडोरसहित ठूला योजना फेरि प्रदेशमा

मङ्गलबार, ३१ भदौ २०७६

संघीय सरकार मातहत सञ्चालन हुने योजना तथा कार्यक्रम राष्ट्रिय योजना आयोगले रातो किताबमा समावेश गर्छ। तमोर करिडोरसहित देशभरका १२ वटा सडक योजनालाई मन्त्रालयले अन्य उत्तर–दक्षिण सडक योजनाको ३३७०११६९ शीर्षकमा समावेश गरेर कार्यक्रम पठाएको छ। जुन प्रदेश सरकारमार्फत सञ्चालन हुने योजना हुन्।

एन्फा एकेडेमी र महेन्द्र एकेडेमी सेमिफाइनलमा

एन्फा एकेडेमी र महेन्द्र एकेडेमी सेमिफाइनलमा

सोमबार, ३० भदौ २०७६

प्रदेशस्तरीय यु–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा केडेमी धरान र महेन्द्र मेमोरियल फुटबल एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन्।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत, नेताले बोल्ने कम सुन्ने बढी

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत, नेताले बोल्ने कम सुन्ने बढी

बिहिबार, १९ भदौ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत हुने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा भदौ २४ गतेबाट सुरु हुने हिमाल, पहाड, तराई–मधेस (हिपतम) जागरणको दोस्रो चरणको अभियान ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत हुने जानकारी दिएका छन्।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले दिए तीजको शुभकामना

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले दिए तीजको शुभकामना

सोमबार, १६ भदौ २०७६

मुख्यमन्त्री पौडेलले तीजका अवसरमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त समेत गरेको छ

'कृषि मुलूकमा समृद्धि बन्छ :  मुख्यमन्त्री पौडेल'

'कृषि मुलूकमा समृद्धि बन्छ : मुख्यमन्त्री पौडेल'

शनिबार, १४ भदौ २०७६

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताएको छ। मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका बिभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि भएको कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको दिगो आर्थिक विकास र समृद्धि कृषि उद्यमबाट मात्र सम्भव रहेको बताए

संघीय कानुन ढिलाइले अझै उल्झन

संघीय कानुन ढिलाइले अझै उल्झन

बुधबार, ११ भदौ २०७६

प्रदेश १ को संसद्ले मंगलबार प्रदेश लोकसेवा विधेयक पारित गरेको छ। विधेयक पारित भएसँगै अब प्रदेशमा कर्मचारी भर्नाको बाटो खुलेको छ। यद्यपि, त्यसका लागि संघीय सरकारले दुई वटा ऐन बनाउनुपर्नेछ। हाल संघीय संसद्मा छलफल भइरहेको निजामति सेवा ऐन र संघीय लोकसेवा ऐन नबनेसम्म भने प्रदेश लोकसेवा आयोगको काम अघि बढ्न सक्ने छैन।

पहिरोमा परिवार गुमाएकालाई राहत

पहिरोमा परिवार गुमाएकालाई राहत

शनिबार, ०७ भदौ २०७६

१ नम्बर प्रदेश सरकारले पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई राहत प्रदान गरेको छ।

१० जिल्लालाई ५०–५० लाख

१० जिल्लालाई ५०–५० लाख

बिहिबार, ०५ भदौ २०७६

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक प्रदेश बनाउन प्रदेशका सबै जिल्लामा अर्गानिक नमुना गाउँ निर्माण गर्न थालेको छ।

प्रदेशको शान्ति सुरक्षामा प्रजिअकै भूमिका बढी

प्रदेशको शान्ति सुरक्षामा प्रजिअकै भूमिका बढी

आइतबार, ०१ भदौ २०७६

प्रदेशको शान्ति सुरक्षा कायम गर्नका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) कै महŒवपूर्ण भूमिका राखेर विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। प्रतिनिधिसभाको बैठकले हालै पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले शान्ति सुव्यवस्था, अपराधको रोकथाम र नियन्त्रणको सन्दर्भमा सिडिओले प्रदेश प्रहरीलाई आदेश दिने व्यवस्था गरिएको छ।

प्रदेशका मुख्य सचिव प्रदेश लोकसेवाबाट बनाउन नसकिने

प्रदेशका मुख्य सचिव प्रदेश लोकसेवाबाट बनाउन नसकिने

मङ्गलबार, २८ साउन २०७६

सरकारले प्रदेशका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव प्रदेश निजामतीबाट बनाउन नसकिने स्पष्ट पारेको छ।

प्रदेश सांसद र मुख्यमन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रदेश सांसद र मुख्यमन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर हुने

आइतबार, २६ साउन २०७६

प्रदेश २ मा सरकारको काम, कारबाहीबाट असन्तुष्ट तथा भ्रष्टाचारलगायत विषयमा प्रदेश सांसदले मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सक्ने भएको छ। प्रदेशसभामा उठेका सवाल सम्बोधन गर्न सरकारले चासो नदेखिएपछि प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरी यस्तो व्यवस्था कायम गरिएको हो। ‘मुख्यमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित महŒवपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा समय निर्धारण गर्न सक्नेछ,’ प्रदेशसभा कार्य सञ्चालन नियमावली (पहिलो संशोधन) २०७६ को नियम ५६ मा उल्लेख छ।

प्रदेशका कर्मचारीलाई संघमै रोक्ने चलखेल

प्रदेशका कर्मचारीलाई संघमै रोक्ने चलखेल

बिहिबार, २३ साउन २०७६

प्रदेशमा समायोजन भइसकेका कर्मचारीलाई विभागले पुनः संघमै फर्काउन प्रयास गरेपछि प्रदेश सरकारका प्रतिनिधि रुष्ट भएका छन्।

प्रदेश जाँदै गाईजात्रा

प्रदेश जाँदै गाईजात्रा

मङ्गलबार, २१ साउन २०७६

गाईजात्राको अवसरमा राजधानीमा केन्द्रित रहने गाईजात्रे विशेष कार्यक्रम यस वर्ष देशभर आयोजना हुने भएको छ । ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक कार्यक्रम सात प्रदेशमा हुँदैछ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक गाईजात्रे विशेष कार्यक्रमबारे आयोजक ब्राण्ड वर्थले जानकारी गराएको थियो ।

प्रदेश सरकारको अगुवाईमा चौतारामा बहुप्राविधिक शिक्षालय

प्रदेश सरकारको अगुवाईमा चौतारामा बहुप्राविधिक शिक्षालय

मङ्गलबार, १४ साउन २०७६

महाविद्यालयको अवधारणा अन्तर्गत प्रदेश नं. ३ सरकारको अगुवाइमा सदरमुकाम चौतारामा स्थापित दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय यसै शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ।

दुर्घटनाको जोखिम बढ्दो

दुर्घटनाको जोखिम बढ्दो

शनिबार, ०४ साउन २०७६

सवारी दुर्घटनाको हिसाबले प्रदेश नम्बर ३ उच्च जोखिममा रहेको पाइएको छ । प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७५/०७६ मा चार सय ७६ जनाको मृत्यु भएको छ । यस अवधिमा प्रदेश ३ मा सात सय ७० वटा सडक दुर्घटना र सात सय ५० जना घाइते भएका छन् । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सबैभन्दा बढी संख्या चितवन जिल्लामा रहेको छ । एक वर्षको अवधिमा चितवनमा एक सय ४६ जनाको मृत्यु भएको छ ।

उपचार खाेज्न प्रदेशबाहिर

उपचार खाेज्न प्रदेशबाहिर

बिहिबार, २६ असार २०७६

गौरीगंगा नगरपालिका–७ मटुकौनाका रणबहादुर बमले छोरी राधिकाको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याए। डाक्टरले चार दिन अस्पतालमै राख्दा पनि रोगको निदान हुन सकेन। अन्ततः उपचार सम्भव नभएको भन्दै बिरामीलाई भारतको लखनउ रेफर गरियो। त्यहाँ रणबहादुरले ६० हजार भारतीय रुपैयाँ खर्च गर्दा पनि उपचार सम्भव भएन। केही सीप नलागेपछि एम्बुलेन्स रिजर्भ गरेर लखनउबाटै उनले बिरामी छोरीलाई बाँकेको कोहलपुर पु¥याए। कोहलपुरमा ४० हजार रुपैयाँमै राधिकाको उपचार सम्भव भयो।

सबै अधिकार प्रदेश र स्थानीय तह दियौंः मन्त्री पण्डित

सबै अधिकार प्रदेश र स्थानीय तह दियौंः मन्त्री पण्डित

मङ्गलबार, १० असार २०७६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दावी गरेका छन्।

सरकारले जनविरोधी काम गरेको छैनः मुख्यमन्त्री शाही

सरकारले जनविरोधी काम गरेको छैनः मुख्यमन्त्री शाही

आइतबार, ०१ असार २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता विरोधी समूहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनविरोधी काम नगरेको दावी गरेका छन्। उनले संघीयतालाई धरापमा पार्ने उद्देश्यसहित अर्नगल प्रचार भइराखेको बताउँदै त्यसतर्फ सचेत रहन आग्रह गरे।

विधेयकप्रति सत्तारुढ सांसदकै असहमति

विधेयकप्रति सत्तारुढ सांसदकै असहमति

बुधबार, २९ जेठ २०७६

राष्ट्रियसभाद्धारा पारित प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति प्रतिनिधिसभाका सांसदहरुले असहमति जनाएका छन्।

पार्टीलाई झक्झक्याउँदै दोलखा कांग्रेसमा पुनःसंरचना

पार्टीलाई झक्झक्याउँदै दोलखा कांग्रेसमा पुनःसंरचना

सोमबार, २७ जेठ २०७६

आमकार्यकर्ताले अपेक्षाअनुरूप प्रदेश, निर्वाचन क्षेत्र, स्थानीय तह र वडामा नयाँ संरचनाअनुसार पार्टी समिति गठन नगरीकनै नेपाली कांग्रेसको एकमहिने जागरण अभियान शनिबार सम्पन्न भएको छ।

सातै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र

सातै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र

बिहिबार, १६ जेठ २०७६

सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि वन तथा वातावरण क्षेत्रमा हुने कार्यक्रमका लागि १५ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आवको बजेट पेस गर्दै तीनवटै सरकारका लागि वन तथा वातावरण संरक्षण गर्न १५ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेका हुन्।

प्रदेश र स्थानीय तहलाई सर्त अनुदान

प्रदेश र स्थानीय तहलाई सर्त अनुदान

बुधबार, १५ जेठ २०७६

सरकारले प्रदेशका लागि ५५ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। यस्तै स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड अनुदान दिने भएको छ।

प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने

प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने

सोमबार, ०६ जेठ २०७६

संग्रहालय सञ्चालन र नियमनका लागि कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। आइकम नेपाल राष्ट्रिय समितिले ४१ औं अन्तर्राष्ट्रिय संग्रहालय दिवसका अवसरमा आयोजना गरिएको गोष्ठीमा सहभागीले संग्रहालय सञ्चालन गर्न कानुन निर्माणसँगै प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङगले संग्रहालयको विकास र व्यवस्थापन गर्न सके पर्यटकको माध्यमबाट सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार हुने धारणा राखे।

सात सय १३ स्थानमा पुग्यो बैंक

सात सय १३ स्थानमा पुग्यो बैंक

बुधबार, ०४ बैशाख २०७६

सरकारले देश संघीयतामा गएपछि अघि सारेको यो अभियानलाई सार्थकता दिन पूर्वाधार निर्माणलगायतमा सहयोग पु-याउँदै आएको छ। सरकारले २०७३/७४ देखि स्थानीय स्थानमा वाणिज्य बैंक पु-याउने अभियान थालनी भएको हो ।

कुस्तीमा प्रदेशकै दबदबा

कुस्तीमा प्रदेशकै दबदबा

शनिबार, ३० चैत २०७५

आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत कुस्तीमा प्रदेशको दबदबा कायमै रहँदा स्वर्ण पदकमा प्रदेश–२ र सुदूरपश्चिम प्रदेशले वर्चस्व कायम गरेका छन्। पुरुषततर्फ प्रदेश–२ ले कुल ६ स्वर्ण र ३ रजत जित्दा महिलामा सुदूरले पनि ६ स्वर्ण, ३ रजत र एक कांस्य पदक आफ्नो बनाउन सफल भयो। सुदूरले पुरुषतर्पm पनि २ रजत र चार कांस्य पदक प्राप्त गरेको छ।

प्रदेश सरकारको आँखा वनमै

प्रदेश सरकारको आँखा वनमै

मङ्गलबार, २६ चैत २०७५

गत असोज पहिलो हप्ता सुदूरपश्चिम प्रदेशको प्रदेशसभाले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी जंगलमा राजधानी बनाउने निर्णय गर्‍यो। जंगल मासेर राजधानी बनाउने कार्यको वन तथा वातावरणविद्का साथै सर्वत्र विरोध भयो। तेघरी यहाँको प्रमुख धार्मिक पर्यटकीय स्थल गोदावरी क्षेत्रसँगै जोडिएको भावर क्षेत्रको जंगल हो।

'प्रदेशलाई अधिकार दिन सरकार चुक्यो'

'प्रदेशलाई अधिकार दिन सरकार चुक्यो'

सोमबार, ११ चैत २०७५

संसदको तस्रो अधिवेशन सकिँदा पनि जनसरोकारका विषयमा उत्तरदायी बन्न नसेको निष्कर्ष निकालेको छ। आजको कांग्रेस संसदीय दलको बैठकले सरकारले मूल्य वृद्धि र महँगी नियन्त्रणमा गर्न नसकेको आरोप लगाएको छ।

संघमा समायोजित कर्मचारी असारसम्म प्रदेश र स्थानीयमै रहने

संघमा समायोजित कर्मचारी असारसम्म प्रदेश र स्थानीयमै रहने

सोमबार, ०४ चैत २०७५

समायोजनपछि प्रदेश र स्थानीय तहमा ठूलो संख्या कर्मचारीको अभाव हुने भएपछि सरकाले तत्काल कर्मचारीको अभाव टार्न प्रदेश र स्थानीय तहबाट संघमा समायोजन गरिएका कर्मचारीलाई असारसम्म प्रदेश र स्थानीय तहमै राखिने भएको छ।

प्रदेश १ : मन्त्रीसँग सत्तारुढ सांसद नै असन्तुष्ट

प्रदेश १ : मन्त्रीसँग सत्तारुढ सांसद नै असन्तुष्ट

बुधबार, २९ फागुन २०७५

प्रदेश १ का मन्त्रीहरुको कार्यशैलीप्रति सत्तारुढ नेकपाकै सांसदहरुले तीव्र असन्तोष प्रकट गरेका छन्। प्रदेश सरकारका मन्त्रीहरु स्वेच्छाचारी र अनियन्त्रित बनेको, मन्त्रालयको काममा भन्दा उद्घाटन र घुमघाममै रमाएको भन्दै सांसदहरुले मुख्यमन्त्री शेरधन राईलाई उनीहरुको शैली सुधार्न खबरदारी गरेका हुन्।

स्थायी राजधानीका लागि सबै भूगोल समेट्न सुझाव

स्थायी राजधानीका लागि सबै भूगोल समेट्न सुझाव

सोमबार, २० फागुन २०७५

प्रदेशको अस्थायी राजधानी बुटवललाई स्थायी राजधानीका रूपमा स्वीकार नगर्ने भन्दै प्रदेशका पुछारमा रहेका दुई जिल्ला बाँके र बर्दिया यसको विपक्षमा छन्। पायकमा स्थायी राजधानी नतोकिए फरक प्रदेश (कर्णाली प्रदेश) मा जाने चेतावनी दिँदै आएका यी दुई जिल्लाले राजधानी तथा नाम सिफारिस गर्न गठित समितिलाई पनि सोहीअनुसारको चेतावनी दिएका छन्। ‘बुटवल राजधानी स्वीकार्न कुनै पनि हालतमा सक्दैनौं, यदि यो विषयमा विवेक अपनाइएन भने कर्णाली प्रदेशमा गाभिन्छौँ।

प्रदेश एकमा ३१ प्रजातिका गुराँस

प्रदेश एकमा ३१ प्रजातिका गुराँस

सोमबार, २० फागुन २०७५

प्रदेश नम्बर १ का पहाडी जिल्लामा ३१ प्रजातिका गुराँस पाइएका छन्। पाँचजना विज्ञले अनुसन्धान गर्दा यो तथ्य पत्ता लागेको हो। देख्दा आकर्षक र औषधीय महत्व राख्ने गुराँसको चर्चा साहित्यमा पनि विभिन्न विम्बका रुपमा गरिएको छ। धार्मिक कार्यसँगै पाहुनाको स्वागतमा पनि गुराँस फूल प्रयोग हुन्छ।

नाम र राजधानीबारे सुझाव लिन सांसदहरू जिल्लामा

नाम र राजधानीबारे सुझाव लिन सांसदहरू जिल्लामा

शुक्रबार, १० फागुन २०७५

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समिति बिहीबारदेखि जिल्ला दौडाहमा जाने भएको छ। समितिले ६ महिनापछि बल्ल रायसुझाव संकलनका लागि प्रश्नावली तयार गरी सांसदको टोली जिल्ला पठाएको हो। १२ वटा जिल्लामा सुझाव संकलनका लागि ६ वटा टोली बनाइएको छ।

लाइसेन्स वितरण प्रदेशस्तरमा लाने तयारी

लाइसेन्स वितरण प्रदेशस्तरमा लाने तयारी

मङ्गलबार, ०७ फागुन २०७५

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउन प्रदेश मातहतमा लाइसेन्स छपाइको जिम्मेवारी दिने तयारी गरेको छ। सवारी साधन अनुमति पत्रको आवेदनको संख्या विगतको भन्दा पाँच गुणासम्म बढ्न थालेपछि विभागले प्रदेश स्तरमा छपाउने कार्य अघि बढाउन लागेको हो। हाल लाइसेन्स छपाइ तथा वितरणसम्बन्धि सम्पूर्ण काम यातायात व्यवस्था विभागले गर्दै आइरहेको छ।

प्रदेश  पुगेका आयोजना फेरि संघमा

प्रदेश  पुगेका आयोजना फेरि संघमा

मङ्गलबार, ०७ फागुन २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु बजेटमार्फत प्रदेशमा हस्तान्तरण गरिएका आयोजनामध्ये करिब आधा दर्जन संघीयताको मर्मविपरीत केन्द्रमा तानेको छ। सरकारले प्रदेश र स्थानीय तहलाई बजेटमार्फत विभिन्न वर्गीकरणका आधारमा चालु आयोजनाहरु हस्तान्तरण गरे पनि भौतिकले बलपूर्वक केन्द्रमै तानेको हो।

Ncell Footer Ad