यौन दुर्व्यवहारको आरोपमा भारतमा पूर्वमन्त्री पक्राउ

यौन दुर्व्यवहारको आरोपमा भारतमा पूर्वमन्त्री पक्राउ

शुक्रबार, ०३ असोज २०७६

युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ। ...

पूर्वमन्त्री सिंहको निधन

पूर्वमन्त्री सिंहको निधन

शुक्रबार, १० साउन २०७६

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका निवासी उनकाे आज बिहान ६ बजे आफ्नै निवासमा निधन...

भ्रष्टाचार अभियोगमा अल्जेरियाका पूर्वमन्त्रीलाई जेल सजाय

भ्रष्टाचार अभियोगमा अल्जेरियाका पूर्वमन्त्रीलाई जेल सजाय

मङ्गलबार, २४ असार २०७६

अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ। पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई...

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

मङ्गलबार, ०१ साउन २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार...

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

बुधबार, २३ जेठ २०७५

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन्।

पूर्वमन्त्री शाहीको निधन

पूर्वमन्त्री शाहीको निधन

आइतबार, २० जेठ २०७५

पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

बुधबार, ०२ जेठ २०७५

प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताएका छन्।

पूर्वमन्त्री ढकाल र फिजीका अर्थमन्त्रीबीच भेट

पूर्वमन्त्री ढकाल र फिजीका अर्थमन्त्रीबीच भेट

मङ्गलबार, ०१ जेठ २०७५

पूर्वमन्त्री तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशियाका अध्यक्ष एकनाथ ढकाल र फिजीका अर्थमन्त्री ऐयाज़ साइद खैयुमसंग भेट बार्ता भएको छ।

पूर्वमन्त्री पाण्डेको हस्तक्षेपबाट नेवाको कारबाही फिर्ता भएको खुलासा

पूर्वमन्त्री पाण्डेको हस्तक्षेपबाट नेवाको कारबाही फिर्ता भएको खुलासा

बिहिबार, २७ बैशाख २०७५

तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर पाण्डेले कारबाहीका लागि सिफारिस भएको एक गैरसरकारी संस्थालाई दबाब दिई कारबाही फुकुवा गराएको पाइएको छ।

महान्यायाधिवक्तामा पूर्वमन्त्री खरेल

महान्यायाधिवक्तामा पूर्वमन्त्री खरेल

बुधबार, ०९ फागुन २०७४

महान्यायाधिवक्तामा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री अग्नि खरेल नियुक्त भएका छन् । महान्याधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् ।

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

आइतबार, ०७ माघ २०७४

पाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा साद ए अल नैमीबीच भेटवार्ता भएको छ। नेपाली जनसम्पर्क समिति कतारको कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहा पुगेका लेखकले कतारका श्रममन्त्री नैमीसँग मन्त्रालयमै भेट गरेका हुन्।

एक बहालवालासहित चार पूर्वमन्त्री मैदानमा

एक बहालवालासहित चार पूर्वमन्त्री मैदानमा

सोमबार, १८ मङि्सर २०७४

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का २०४८ सालदेखि नियमित संसद्मा छन् । पटक–पटक मन्त्री भइसकेका खड्काले सुर्खेत क्षेत्र नम्बर–१ बाट अहिलेसम्म चुनाव हार्नुपरेको छैन । खड्का पाँचौंपटक यो क्षेत्रबाट चुनाव लड्दैछन् ।

७ बहालवाला मन्त्री, २५ पूर्वमन्त्री भिड्दै

७ बहालवाला मन्त्री, २५ पूर्वमन्त्री भिड्दै

बिहिबार, ०७ मङि्सर २०७४

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरू मध्ये ७ बहालवाला मन्त्री छन् भने २५ पूर्व मन्त्री छन् । पूर्व मन्त्रीमध्ये वामदेव गौतम, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी उपप्रधानमन्त्रीसमेत भइसकेका छन् । पूर्वमन्त्रीहरूमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय फोरम र राजपाका उम्मेदवारहरू रहेका छन्।

पूर्वमन्त्री पुन चढेको गाडीमा बम विस्फोट

पूर्वमन्त्री पुन चढेको गाडीमा बम विस्फोट

शनिबार, २५ कार्तिक २०७४

चुनावी प्रचार प्रसारमा हिडेका माओबादी नेता तथा पूर्वमन्त्री वर्षमान पुनको गाडी एम्बुसमा परेको छ । बिहान करिब १०ः३० बजे जिनावाङको सुखाओढारबाट घर्तिगाउँ तिर आउदै गर्दा माडिगाउँपालिका १ भित्ताबाङमा एम्बुसमा परेको हो । करिब ५० मिटर टाढाबाट तार ओच्छाएर एम्बुस पड्काइएको थियो । एम्बुस बिष्फोट हुँदा पुनको गाडीमा सामान्य क्षति पुगेको छ ।

कास्की–१ मा बहालवाल मन्त्री र पूर्वमन्त्री भिड्दै

कास्की–१ मा बहालवाल मन्त्री र पूर्वमन्त्री भिड्दै

शुक्रबार, १७ कार्तिक २०७४

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर एकमा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बहालवाला कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाको निर्वाचनका लागि  मनोनयन दर्ता गराएका हुन् ।

पूर्वमन्त्री दत्त कांग्रेस प्रवेश

पूर्वमन्त्री दत्त कांग्रेस प्रवेश

शनिबार, ११ कार्तिक २०७४

पूर्व मन्त्री एबं माओवादी केन्द्रका नेता नन्दन कुमार दत्तसहितका नेताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्। मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिंदै गर्दा दल अदलवलले तीब्रता पाइरहेका बेला दत्तसहितका नेता कांग्रेस प्रवेश गरेका हुन।

तीन पूर्वमन्त्री आमनेसामने, राणालाई तामाङको चुनौती

तीन पूर्वमन्त्री आमनेसामने, राणालाई तामाङको चुनौती

बिहिबार, ०९ कार्तिक २०७४

साढे तीन दशक लामो आफ्नो राजनीतिक यात्रामा तत्कालीन राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले २०६४ को संविधानसभा निर्वाचनमा पहिलो हार चाखे । २०३१  सालमा पञ्चायतकालीन राजनीति सुरु गरेर २०४६ को परिवर्तनपछिका तीनवटै संसदीय निर्वाचन जितेका राणालाई हारको स्वाद चखाएर राष्ट्रिय स्तरमै चर्चित बनेका थिए, तत्कालीन माओवादीका जिल्ला नेता दावा तामाङ।

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

मङ्गलबार, ३१ असोज २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको महाराजगञ्ज कपनमार्गस्थित निवासमा निधन भएको हो ।

पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक

पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक

शनिबार, २१ असोज २०७४

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक परेको छ। उनकी ८२ वर्षीया आमा टंककुमारी ढकालको शनिबार चितवनस्थित चितवन कलेज अफ मेडिकल साइन्समा उपचारका क्रममा बिहान ९ बजे निधन भएको हो।

राजविराज नगरपालिकामा मेयरका उम्मेदवार पूर्वमन्त्री

राजविराज नगरपालिकामा मेयरका उम्मेदवार पूर्वमन्त्री

शनिबार, २४ भदौ २०७४

नेकपा माओवादी केन्द्रका तर्फवाट सप्तरीको राजविराज नगरपालिकाका मेयर उम्मेदवार अनिस अन्सारी पूर्व राज्य मन्त्री हुन्। २०५३ सालमा उनी श्रम राज्य मन्त्री भएका थिए। मधेसवादी राजनीतिसँग लामो आबद्धता रहेको अन्सारी मेयर पदको टुङ्गो लागेपछि मात्र माओवादी प्रवेश गरेका हुन्।

खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा, डेढ अर्ब घोटाला

खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा, डेढ अर्ब घोटाला

बुधबार, १४ भदौ २०७४

नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ। निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे नागरिकलाई विस्तृत जानकारी दिएका हुन्।

सामूहिक बलात्कारको आरोपमा पूर्वमन्त्री पक्राउ

सामूहिक बलात्कारको आरोपमा पूर्वमन्त्री पक्राउ

बिहिबार, ०३ चैत २०७३

भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक पूर्वमन्त्री सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। एक महिनादेखि प्रहरीको खोजी लिस्टमा रहेका पूर्वमन्त्री गायत्री प्रजापतिलाई उत्तर प्रदेशको राजधानी लखनऊबाट बलात्कार आरोपमा बुधबार पक्राउ गरिएको प्रहरीको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ।

सरकार निर्वाचनबाट डरायो: पूर्वमन्त्री पोखरेल

सरकार निर्वाचनबाट डरायो: पूर्वमन्त्री पोखरेल

बुधबार, ०४ फागुन २०७३

एमाले नेता तथा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनबाट भाग्न खोजिरहेको दावी गरेका छन्।

एमाले सङ्घीयता खारेज गर्ने खेलमा: पूर्वमन्त्री किराँती

एमाले सङ्घीयता खारेज गर्ने खेलमा: पूर्वमन्त्री किराँती

बुधबार, २० पुष २०७३

नेकपा (माओवादी केन्द्र) प्रदेश नं– १ का इन्चार्ज तथा सचिवालय सदस्य गोपाल किराँतीले नेकपा(एमाले) सङ्घीयता खारेज गर्ने खेलमा लागेको आरोप लगाएका छन्।

पूर्वमन्त्री शेर्पाको जाहेरीमा छोरा गणेश पक्राउ

पूर्वमन्त्री शेर्पाको जाहेरीमा छोरा गणेश पक्राउ

बुधबार, २० पुष २०७३

अखिल क्रान्तिकारीका नाममा धाकधम्की दिएको भन्दै पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले आफ्नै छोरा गणेश शेर्पा बिरुद्ध किटानी जाहेरी दिएका छन । महानगरीय प्रहरी वृत्त गौशालामा शेर्पाले दिएको जाहेरीका आधारमा मंगलबार गौरीघाट प्रहरी वृत्तको टोलीले गणेशलाई पक्राउ गरेको छ ।

भेटीले मात्र प्रदेश धान्न  सकिँदैन : पूर्वमन्त्री यादव

भेटीले मात्र प्रदेश धान्न सकिँदैन : पूर्वमन्त्री यादव

बिहिबार, १८ कार्तिक २०७३

जनकपुरस्थित जानकी मन्दिरको भेटीबाट प्राप्त हुने आम्दानीले २ नम्बर प्रदेश धान्न नसकिने सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम पूर्वमन्त्री हरिनारायण यादवले बताएका छन्।

राष्ट्रिय सम्मानसहित पूर्वमन्त्री घिमिरेको कुशको शव बनाएर अन्त्यष्टि

राष्ट्रिय सम्मानसहित पूर्वमन्त्री घिमिरेको कुशको शव बनाएर अन्त्यष्टि

शुक्रबार, १४ असोज २०७३

छ दिन पहिले गत आइतबार सवारी दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसहति बेपत्ता तीनजनाको अन्त्यष्टी गरिएको छ। कुशको शव बनाएर तीनैजनाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो।

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

मङ्गलबार, २१ भदौ २०७३

पूर्वमन्त्री श्याम सुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला गीता ढकाल हत्याकाण्डकी आरोपी भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रीमती हत्या आरोपमा कारागारमा रहेका सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालासँगै आरोपी रहेकी तारा रेग्मीलाई गुप्ताले धम्काएका हुन्।

पूर्वमन्त्री गुप्ता पक्राउ

पूर्वमन्त्री गुप्ता पक्राउ

सोमबार, २० भदौ २०७३

काठमाडौं- पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरकी एक महिला उद्यमीलाई धम्काएर पैसा मागेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन

पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन

आइतबार, १२ भदौ २०७३

काठमाडाैं- पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन भएकाे छ। उनी प्रजातान्त्रिक जनमुक्ति पार्टीका संस्थापक नेता थिए। महाेत्तरी जिल्लामा जन्मिएका उनी पछिल्लाे समय अादिबासी जनजाति अान्दाेलनका अगुवाइ थिए।

ऐन संशोधनदेखि सेज स्थापनासम्मको काम गरेंः पूर्वमन्त्री पाण्डे

ऐन संशोधनदेखि सेज स्थापनासम्मको काम गरेंः पूर्वमन्त्री पाण्डे

बुधबार, २६ साउन २०७३

पाल्पा– पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आफू मन्त्री भएपछि गरेका कामहरुको समीक्षा गरेका छन्। गृह जिल्ला पाल्पाको तानसेनमा आयोजना गरिएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले ऐन कानुनको संशोधनदेखि ठूला औद्योगिक क्षेत्र स्थापना गर्नेसम्मका कामहरु आफूले सम्पादन गरेको बताए।

पूर्वमन्त्री मङ्गलसिद्धि मानन्धरको निधन

पूर्वमन्त्री मङ्गलसिद्धि मानन्धरको निधन

शुक्रबार, १७ असार २०७३

काठमाडौँ-सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको ७५ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको छ।

Ncell Footer Ad