नेपालको दोस्रो लामो पुल निर्माण सम्पन्न

नेपालको दोस्रो लामो पुल निर्माण सम्पन्न

बुधबार, १३ कार्तिक २०७६

नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ। दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल...

आठ वर्षमा पनि बनेन कान्द्रा नदीको पुल

आठ वर्षमा पनि बनेन कान्द्रा नदीको पुल

सोमबार, ०४ कार्तिक २०७६

कान्द्रा नदीमा ३० महिनामा पुल बनाउन लामा–साल्पा–शेर्पा–बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का सकारेको थियो। २०७० मंसिर ३० गते सम्झौता...

म्याद जुग्रियो, पुल बनेन

म्याद जुग्रियो, पुल बनेन

आइतबार, २६ असोज २०७६

ठेकेदारको ढिलासुस्तीले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलाको मोटरेबल पुल निर्माणको काम अलपत्र परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र...

काम कम, भुक्तानी बढी

काम कम, भुक्तानी बढी

शुक्रबार, १७ असोज २०७६

तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २ सय १२ रुपैया ९३ पैसा भ्याट सहित ठेक्का...

६ वर्षमा पनि बनेन पुल

६ वर्षमा पनि बनेन पुल

बिहिबार, १६ असोज २०७६

यो पुलको ठेक्का डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको निर्माण कम्पनीले पाएको हो। ठेक्का लागेको ६ वर्षमा पुलको जगसमेत निर्माण कम्पनीले नहालेपछि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले निर्माण कम्पनीका प्रतिनिधि र संघीय सांसद यज्ञराज सुनुवारलगायत सरोकारवालासँग छलफलका लागि बैठक राखेका थिए।

पुलको माग गर्दै २५ दिनदेखि अनशन

पुलको माग गर्दै २५ दिनदेखि अनशन

बुधबार, १५ असोज २०७६

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ। अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए।

जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

बुधबार, १५ असोज २०७६

जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ।

ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका

ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका

मङ्गलबार, १४ असोज २०७६

ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ। पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार रहेको उद्धारकर्मीले आंशका गरेका छन्।

६ लेन सडकः पुलको ठेक्का लगाउन विभागबाटै ढिलाई

६ लेन सडकः पुलको ठेक्का लगाउन विभागबाटै ढिलाई

शुक्रबार, १० असोज २०७६

कन्सलटेन्टले निर्माण गरेको तीन वटा पुलको सर्भे र डिजाइनलाई सडक विभागले अध्ययनमै राखेका कारण ठेक्का प्रक्रिया लम्बियो ।

पुल सञ्चालनमा आयो तर श्रमिकले अझैं पाएनन् ज्याला

पुल सञ्चालनमा आयो तर श्रमिकले अझैं पाएनन् ज्याला

मङ्गलबार, ३१ भदौ २०७६

पुल सञ्चालनमा आइसक्दा पनि निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिले कामको ज्यालाको हिसाव किताव चुक्ता नगरेको साकेला गाउँपालिका–५ मात्तिमकी कामदार चन्द्रकला राईले बताइन्।

व्यक्तिगत लगानीमा दुई पुल निर्माण

व्यक्तिगत लगानीमा दुई पुल निर्माण

मङ्गलबार, ३१ भदौ २०७६

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन्। पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरिएको हो।

वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री

वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री

शुक्रबार, २० भदौ २०७६

नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन्। विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ।

चार पुल सञ्चालन हुँदा स्थानीयलाई राहत

चार पुल सञ्चालन हुँदा स्थानीयलाई राहत

शुक्रबार, १३ भदौ २०७६

दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन्। तुलसीपुर–लमही सडकखण्ड अन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताए।

२५ मिटरको पुल बनाउन आठ वर्ष

२५ मिटरको पुल बनाउन आठ वर्ष

मङ्गलबार, १० भदौ २०७६

पुल निर्माण अलपत्र पारेर ठेकेदार फरार भएपछि सडक विभागले इसान कन्स्ट्रक्सन कम्पनीलाई कालो सूचीमा राखेको छ।

बेलहिया–बुटवलमा अपाङ्गतामैत्री आकाशे पुल

बेलहिया–बुटवलमा अपाङ्गतामैत्री आकाशे पुल

शुक्रबार, ०६ भदौ २०७६

सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहियादेखि बुटवलसम्मको ६ लेन सडकमा नौ वटा आकाशे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ११ वटा बन्ने क्रममा छन्।

ठेकेदारको ढिलासुस्तीले पुल अलपत्र

ठेकेदारको ढिलासुस्तीले पुल अलपत्र

शुक्रबार, ०६ भदौ २०७६

ठेकेदार कम्पनीले खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काम अलपत्र पारेको छ। २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल ठेकेदारको कारण अलपत्र परेको हो।

साप्सुखोला पुल अन्तिम चरणमा

साप्सुखोला पुल अन्तिम चरणमा

मङ्गलबार, ०३ भदौ २०७६

खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अलपत्र परेको यो पुलको काम ठेकेदारको प्रतिनिधि फेरेर अन्तिम चरणमा पु-याइएको हो।

म्याद गुज्रेको २१ महिनापछि पुल बन्यो

म्याद गुज्रेको २१ महिनापछि पुल बन्यो

सोमबार, ०२ भदौ २०७६

म्याद गुज्रेको २१ महिनापछि खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला पुल सञ्चालनमा आएको छ। ठेकेदारको ढिलासुस्तीका कारण २०७४ साल कात्तिकमै म्याद गुज्रिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलाको पुल निर्माणको काम ढिला गरी पूरा गरिएको हो।

बाढीले फेरि पुल बगायो, पूर्ण रुपमा बाटो अवरुद्ध

बाढीले फेरि पुल बगायो, पूर्ण रुपमा बाटो अवरुद्ध

शुक्रबार, ३१ साउन २०७६

पर्यटकीय महत्व बोकेको सुन्दर ताल फोक्सुण्डो जाने पदमार्ग पर्ने काठेपुलहरु बाढीले बगाएपछि बाटो पुर्णरुपमा अवरुद्द भएको छ।

पुल बनाउन पहल

पुल बनाउन पहल

शनिबार, २५ साउन २०७६

मनसुनको सुरूआतसँगै मैनावती नदीमा आएको बाढीले दर्जनौं गाउँसँग सहरको सम्पर्कविच्छेद हुन्छ। तैरिन सक्नेहरू तैरिएर वारपार गर्छन्। तैरिन नसक्नेहरू नदीको वारिपारि रोकिएर भगवान् पुकार्छन्। बलकावाका सोयव अनवरले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अलपत्र मैनावती पुलका कारण आफूहरूले खप्दै आएको दुःखान्त सुनाए।’

पुल बगाउँदा सकस

पुल बगाउँदा सकस

शनिबार, २५ साउन २०७६

अविरल वर्षासँगै आएको बाढीले तिला नदीमाथिको पुल बगाएपछि स्थानीय तीन किलोमिटर पैदल यात्रा गरेर वैकल्पिक पुल प्रयोग गर्न थालेका छन्। नदीमा पानीको बहाव बढेर तर्न नसकिने भएकाले बाध्य भएर तीन किलोमिटर हिँडेर अर्को पुल प्रयोग गर्नु परेको हो।

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार

शुक्रबार, २४ साउन २०७६

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ। ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो। पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा गर्नुपर्छ।

टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल

टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल

मङ्गलबार, २१ साउन २०७६

भ्याटबाहेक कुल सात करोड ७८ लाख ९९ हजार पाँच सय २० रुपैयाँमा निर्मित सो पुल ९० दशमलव ५ मिटरको रहेको छ।

‘सोलुदूधकुण्ड’मा धमाधम बेलिब्रिज

‘सोलुदूधकुण्ड’मा धमाधम बेलिब्रिज

शुक्रबार, १७ साउन २०७६

सडकको पहुँच पुगेको केही वर्ष भएको तामाखानीस्थित लोदिङ खोलामा मोटरबेल पुल नहुँदा सर्वसाधारण बर्खामा सास्ती खेप्दै आएका थिए। उनीहरुले मात्र हैन, ज्वालामाई देवीको मन्दिर पुग्ने दर्शनार्थीले पनि हैरानी भोग्नुपर्ने बाध्यता थियो।

दुई महिनामै रोशी पुल भासियो

दुई महिनामै रोशी पुल भासियो

आइतबार, ०५ साउन २०७६

निर्माण भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ। कराष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो।

कमजोर पुलबाटै सवारी वारपार

कमजोर पुलबाटै सवारी वारपार

बुधबार, २५ असार २०७६

पोखरा प्रवेशको मूल नाका विजयपुर खोलाको डाइभर्सन बगेपछि लेखनाथ क्षेत्रमा रोकिएका धेरै सवारीसाधनलाई कमजोर भनिएको पुलबाटै पार गराइएको छ। अधिक भार बोकेका सवारी भने अहिले पनि लेखनाथ क्षेत्रमै रोकिएका छन्।

मदन भण्डारी लोकमार्गमा १२ वटा पुल थप्नुपर्ने

मदन भण्डारी लोकमार्गमा १२ वटा पुल थप्नुपर्ने

शुक्रबार, २० असार २०७६

साबिक धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा वैकल्पिक लोकमार्ग भई हाल मदन भण्डारी लोकमार्गमा परिणत राष्ट्रिय गौरवको आयोजनामा १२ वटा पुल थप्नुपर्ने भएको छ।

बाढीले निर्माणाधीन पुल बगायो

बाढीले निर्माणाधीन पुल बगायो

सोमबार, ०९ असार २०७६

यो भेगका बासिन्दाको आउजाउ गर्ने बलियो आधार त्यही पुल थियो। ‘यो असारसम्म सक्ने गरी पुल निर्माणको म्याद थपिएको हो। तर, सकिने अवस्था थिएन

ठेक्का सम्झौता भएको १० वर्षपछि पुल

ठेक्का सम्झौता भएको १० वर्षपछि पुल

शुक्रबार, ३१ जेठ २०७६

पश्चिम रोल्पालाई सदरमुकामसंग जोड्ने माडी खोलाको मोटरेवल पुल ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न हुदैछ।

चौधवटा पुल निर्माण कहिले ?

चौधवटा पुल निर्माण कहिले ?

सोमबार, २७ जेठ २०७६

नारायणगढ–मुग्लिन खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो। सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ। तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन।

गुल्मीमा करोडौंका पुल अलपत्र

गुल्मीमा करोडौंका पुल अलपत्र

सोमबार, ०६ जेठ २०७६

जिल्लाको उल्ली खोला पुल समयमै बनेको भए यतिबेला सवारी आवतजावत गर्थे। अहिले अलपत्र पुल स्थानीयको आँगन बनेको छ। पुलमा गाउँलेले गहुँ झाँट्छन्। गहुँ झाँट्दै गरेका रुरु गाउँपालिका–५, बम्घाका श्याम बोटेले पुल बन्ने छाँट नभएको बताए। ‘ठेकेदार आउन छाडे पुल अलपत्र रह्यो,’ उनले भने, ‘ढलान गरेको आधा पुलले आँगनको काम गरेको छ।’

पुलको सार्वजनिक सुनुवाइमा ठेकेदार अनुपस्थित

पुलको सार्वजनिक सुनुवाइमा ठेकेदार अनुपस्थित

आइतबार, ०५ जेठ २०७६

साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने तावा खोलाको पुलको विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी नै अनुपस्थित भएका छन्। ठेक्का सम्झौता भएको वर्ष दिन बित्न लागेकाले साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने पुलको विषयमा प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरले आयोजना गरेको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी अनुपस्थित भएका हुन्।

पुल निर्माणमा चरम लापरवाही, ७ वर्षमा २० प्रतिशत मात्र काम

पुल निर्माणमा चरम लापरवाही, ७ वर्षमा २० प्रतिशत मात्र काम

बिहिबार, ०२ जेठ २०७६

दयपुर र खोटाङलाई जोड्ने मुख्य सडक नाकामा पर्ने सुनकोसीको फोक्सिन्टार स्थित पक्की मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सुरु भएको ७ वर्ष पुग्न लाग्दासम्म अलपत्र परेको छ। गएको चैत २० गते नै सम्पन्न हुनु पर्ने पुलको काम हालसम्म २०प्रतिशत भन्दा बढी हुन नसक्दा दुई जिल्लाबासी उपभोक्तालाई आउजाउमा समस्या पर्दै आएको छ।

कमला नदीको पुल निर्माणबाट पप्पुलाई हटाइयो

कमला नदीको पुल निर्माणबाट पप्पुलाई हटाइयो

मङ्गलबार, १७ बैशाख २०७६

आठ बर्षदेखि ठेक्का अलपत्र परेको यहाँको कमला नदीमा निर्माणधिन पुलको लुम्बिनी कन्ट्रक्सनले निर्माणको जिम्मा लिने भएको छ।

तुईनको विकल्पः दुई वर्ष बित्यो तर पुल बनेन

तुईनको विकल्पः दुई वर्ष बित्यो तर पुल बनेन

शुक्रबार, १३ बैशाख २०७६

सदरमुकाम गमगढीदेखि छायानाथ रारा नगरपालिका वडा–१३ र १४ लाई जोड्न मुगु कर्णालीमाथि पक्की पुल बनाउन दुई वर्ष अघिदेखि निर्माण सुरु गरिएपनि अहिलेसम्म पुल बन्न सकेको छैन।

१० वर्षमा पनि बनेन त्रियुगाको शिवाई पुल

१० वर्षमा पनि बनेन त्रियुगाको शिवाई पुल

बिहिबार, १२ बैशाख २०७६

उदयपुरको सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बनाउन थालेको आउँदो असारमा १० वर्ष पुग्दैछ। तर, अहिलेसम्म पुलको १३ मध्ये ९ वटा स्मान मात्र ठडिदैछ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्नेगरी ०६७ असार २३ गते सम्झौता भएको हो।

डुंगा र ट्युबको भरमा जीवन

डुंगा र ट्युबको भरमा जीवन

मङ्गलबार, १० बैशाख २०७६

अधिकतर नदीमा पितापुर्खाको पालादेखि सञ्चालनमा रहेका डुंगा झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गरिरहेका छन्।

भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

बुधबार, ०४ बैशाख २०७६

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले भर्खरै भत्किएको पुलको निरिक्षण गरेका छन्। निरिक्षणको क्रममा उनले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको बताए।

बाढीले पक्की पुल बगाउँदा ५ जना घाइते

बाढीले पक्की पुल बगाउँदा ५ जना घाइते

सोमबार, ०२ बैशाख २०७६

बडिगाढ खोलाको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो । पुल भत्किएपछि च्यापिएर निर्माण व्यावसायी क्रृषिराम इटानी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतलले बताए ।

पुल सक्ने प्रतिबद्धता कागजमै सीमित

पुल सक्ने प्रतिबद्धता कागजमै सीमित

बुधबार, १३ चैत २०७५

२०७४ साल फ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा गरिएको प्रतिबद्धता अनुसार रेग्मीटारस्थित साप्सु खोलाको पुल गत असारमै तयार हुनुपर्ने हो। तर, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लमो साप्सु खोलाको पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन।

कर्णाली प्रदेशलाई भारतसँग जोड्ने छोटो दुरीमा पुल

कर्णाली प्रदेशलाई भारतसँग जोड्ने छोटो दुरीमा पुल

आइतबार, ०३ चैत २०७५

साबिक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले दशकौंअघि पैदल यात्रा गरेको परम्परागत बाटो अब सडक सञ्जालमा जोडिने भएको छ। कैलाली र सुर्खेत जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले यो बाटोलाई सडक सञ्जालसँग जोड्ने भएको हो।

ओखलढुंगाको रामपुरमा पुल बन्ने

ओखलढुंगाको रामपुरमा पुल बन्ने

बुधबार, २२ फागुन २०७५

मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा र मुख्य व्यापारिक केन्द्र रामपुर बजार जोड्न पुल बनाउने योजना अघि बढाइएको छ। रामपुर र प्राप्चाको बीचमा रहेको मोलुङ खोलामा ७ सय ५६ मिटर लामो झोलुंगे पुल निर्माण गर्ने तयारी थालिएको हो।

तेस्रोपटक म्याद गुज्रिँदा पनि पुल अधुरै

तेस्रोपटक म्याद गुज्रिँदा पनि पुल अधुरै

बिहिबार, २४ माघ २०७५

तेस्रो पल्ट थप भएको म्याद गुजिँरदा समेत खोटाङको रेग्मीटारस्थित साप्सु खोला पुल निर्माण सम्पन्न हुन सकेको छैन। सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने उक्त पुलको तेस्रो पल्ट थपिएको म्याद गत मंसिरमै सकिएको छ।

पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, पटकपटक सवारी दुर्घटना, मर्मतको पहल हुन सकेन

पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, पटकपटक सवारी दुर्घटना, मर्मतको पहल हुन सकेन

बिहिबार, २४ माघ २०७५

राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण बनेका छन्। पुलमा यात्रा गर्दा पनि हल्लिएर आवाज आउने भएपछि यात्रा जोखिमपूर्ण बनेको यात्रुको भनाइ छ। थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाको सिमानामा रहेको गणेशखोलाको पुल जीर्ण अवस्थामा छ।

सडक तथा पुल निर्माणमा व्यापक अनियमितता, स्थानीयद्वारा कामकाज अवरुद्ध

सडक तथा पुल निर्माणमा व्यापक अनियमितता, स्थानीयद्वारा कामकाज अवरुद्ध

सोमबार, ०७ माघ २०७५

रौतहटमा अबाैँ बजेटका सडक तथा पुल निर्माण कार्यमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले कामकाज अवरुद्ध पारेका छन् । नियमन गर्ने निकाय सहरी विकास तथा भवन निर्माण विभागका उच्च पदस्थ कर्मचारीकै मिलोमतोमा उक्त सडक तथा पुल निर्माण कार्यमा व्यापक अनियमितता भएपछि स्थानीयले कामकाज अवरुद्ध पार्दै अख्तियारमा उजुरी दिनको लागि छलफल गरिरहेका छन्।

कागजमा ‘सम्पन्न’ पुलको छानबिन गर्दैै अख्तियार

कागजमा ‘सम्पन्न’ पुलको छानबिन गर्दैै अख्तियार

आइतबार, ०६ माघ २०७५

गरुडा नगरपालिकाकोले गत वर्ष कामै नभई तीनवटा पुलको रकम निकासा गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। गत वर्ष संघीय सरकारले उक्त नगरपालिकाको वडा नम्बर १ र ६ मा तीनवटा पुल बनाउन ९० लाख रुपैयाँ बजेट पठाएको थियो। नगरपालिकाका मेयर इन्दुप्रसाद यादवको निर्देशनमा पुलको कामै नभई रकम निकासा भएको तथ्य उपमेयर रंगिलादेवी जयसवालले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिइन्।

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

बुधबार, ०२ माघ २०७५

सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन– बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण करिब नौ वर्षदेखि अलपत्र छ।

धराप बन्दै राजमार्गका पुल

धराप बन्दै राजमार्गका पुल

शनिबार, २८ पुष २०७५

महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

अझै बनेन सर्भिस ट्रयाक र पुल

अझै बनेन सर्भिस ट्रयाक र पुल

सोमबार, २३ पुष २०७५

कोटेश्वर– कंलकी सडक खण्ड तयार भएको पनि एक महिना बितिसक्यो। आठ लेनको सडक खण्ड आकर्षक र मनमोहक देखिन्छ। तर, सोही सडकसँगै जोडिएका आधारभूत सर्भिस ट्रयाक, ओभरहेड ब्रिज, जेब्राक्रस, ट्राफिक लाइट, मिडियन लगायतका ‘सडक फर्निचर्स’ अझै तयार भएका छैनन्। जसका कारण पैदलयात्रु अलमल पर्ने मात्र होइनन्, जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन्।

खोरुङ्गा खोेलाको पुल उद्घाटन

खोरुङ्गा खोेलाको पुल उद्घाटन

आइतबार, १५ पुष २०७५

निर्माणाधिन पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याङ्लुङ फेदाप सडक खण्डमा पर्ने खोरुङ्गा खोलामा फेदाप गाउँपालिकाले निर्माण गरेको अस्थायी पुलको उद्घाटन गरिएको छ।

Ncell Footer Ad