अतिक्रमणले सुस्तावासी दशकौंदेखि पीडामा

अतिक्रमणले सुस्तावासी दशकौंदेखि पीडामा

मङ्गलबार, २६ कार्तिक २०७६

भारतीय पक्षको सीमा अतिक्रमणका कारण सुस्तावासी वर्षौंदेखि प्रताडित छन्। २०२२ सालमा बस्ती बसाइएको सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८०...

मिर्गौला रोगीका पीडा

मिर्गौला रोगीका पीडा

आइतबार, १७ कार्तिक २०७६

सरकारले मिर्गौला रोगीको उपचार निःशुल्क गर्ने भने पनि कतिपय बिरामी आवश्यक औषधि खरिद गर्न अपुग रकम आफैं तिर्न बाध्य भएको...

सहकारी पीडितलाई तिहारमा पनि पीडा

सहकारी पीडितलाई तिहारमा पनि पीडा

मङ्गलबार, १२ कार्तिक २०७६

सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ। गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम...

कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

शनिबार, १८ असोज २०७६

मलेसियामा पाँच वर्ष रोजगारी गरेर बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका सुमन श्रेष्ठको मुहार खुसीले बलेको थियो । उनलाई लिन...

पीडा पोख्दै द्वन्द्वका घाइते

पीडा पोख्दै द्वन्द्वका घाइते

शनिबार, ०४ असोज २०७६

जंगलमा घाँस काट्न गएका बेला भेटिएको बेवारिसे बम खेलाउँदा १७ वर्षे सुरेन्द्र खत्रीले दुवै हात गुमाए। नाडीमुनि दुवै हात नभएका खत्रीको शरीर र आँखाभित्र बमका छर्रा अझै बाँकी छन्। उनी भन्छन्, ‘शल्यक्रिया गरेर छर्रा निकाल्दा आँखा नदेखिने र शरीरमा अन्य असर हुने डरले पीडा बोकेरै हिँडेको १३ वर्ष भयो।’

' कहिल्यै निको नहुने घाउ'

' कहिल्यै निको नहुने घाउ'

सोमबार, ०२ भदौ २०७६

एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

सरकारले बिर्सियो, पीडितको पीडा उस्तै

सरकारले बिर्सियो, पीडितको पीडा उस्तै

आइतबार, १९ साउन २०७६

२०७१ साउन १७ गते। अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्याउने गरी जुरे पहिरो निम्तिएको दिन। पाँच गाउँ सुलुत्त सुनकोसी नदीमा विलय गराउँदै एक सय ४५ जनाको एकै चिहान बनाएको जुरे पहिरोको शुक्रबार (साउन १७) पाँच वर्ष पूरा भएको छ। बर्खामा उर्लिएको सुनकोसी नदी लगातार ११ घन्टासम्म टम्म थुनेर विशाल कृत्रिम ताल बनाएको पहिरोले अन्तर्राष्ट्रिय समुदायकै ध्यान खिचेको थियो। दिन, महिना र वर्ष बित्दै जाँदा जुरे पहिरो बिर्सिइँदै गएको छ।

प्रदेश सरकारको तयारी फितलो

प्रदेश सरकारको तयारी फितलो

सोमबार, ०६ साउन २०७६

वर्षा सुरु भएसँगै पहाडमा पहिरो र तराई बाढीको पीडा थपिएको छ। हरेक वर्षको प्राकृतिक विपत्तिबाट जनधनको ठूलो क्षति हुने गरेको छ। तर प्राकृतिक विपत्तिमा परेकालाई उद्धार गर्ने र राहत पु¥याउने मामिलामा निकै ढिलाइ हुने गरेको छ, त्यसमाथि अव्यवस्थित पनि। अहिले संघीय सरकार मात्रै होइन, प्रदेशमा सरकार पनि अस्तित्वमा छ। मुलुकको राजधानीबाट उद्धार र राहतमा ढिलाइ भइरहेको गुनासो आइरहँदा प्रदेश सरकारको भूमिकासमेत असाध्यै फितलो देखिएको छ।

वाग्मतीभित्रका पीडा

वाग्मतीभित्रका पीडा

मङ्गलबार, १७ असार २०७६

काठमाडौँबाट १५ किमिउत्तर शिवपुरी राष्ट्रिय निकुन्जस्थित वागद्वारबाट सुरु वाग्मती नदीलाई राजधानीको सभ्यताका रूपमा वर्णन गरिएको छ। समृद्ध राजधानीको आधार वाग्मती नदी नै हो भन्न सकिन्छ। इतिहास साक्षी छ–राजधानीवासीको खानेपानी स्रोत वाग्मती र यसका सहायक नदी नै हुन्। कुनै समय उपत्यकाका फाँटहरूमा सिँचाइको प्रमुख माध्यम वाग्मती नै थियो।

हाज्लेउडलाई टोलीमा नपरेको पीडा

हाज्लेउडलाई टोलीमा नपरेको पीडा

शुक्रबार, ३१ जेठ २०७६

अस्ट्रेलियाका तीव्र गतिका बलर जस हाज्लेउडले आफूलाई टोलीमा छनोट नगरेको पीडामा इङ्ल्यान्डमा जारी विश्वकप कमै मात्र हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

सांगीतिक उर्जा जगाउँदै शान्ति

सांगीतिक उर्जा जगाउँदै शान्ति

शुक्रबार, १७ जेठ २०७६

‘पीडामा लेखिएका गीतहरू साँच्चिकै मेलोडियस् हुन्छन्। सायद मेलोडियस गीतहरू अब सुन्न पाइँदैन होला’, केही दिनअघि कालिकास्थानस्थित नेपालयमा गीत रिहर्सल गरिरहेकी गायिका र संगीतकार शान्ति ठटाल भन्दै थिइन्, ‘नयाँ पुस्ताका कलाकारले मेलोडियस गीतहरू तयार पार्न सकेका छैनन्।’ आज शुक्रबारदेखि आयोजना हुन लागेको ‘पलेँटी’ शृंखला अन्तर्गत ‘सेलिब्रेटिङ शान्ति ठटाल्स् म्युजिकल जर्नी’ कार्यक्रममा संगीतकार ठटाल गायिका विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानसाथ प्रस्तुत हुँदैछिन्। चौथौ पटक ‘पलेँटी’ शृंखलामा देखिन लागेकी उनी रिहर्सलमा दुई गायिकाहरूलाई प्रोत्साहित गर्दैछिन्।

सामाजिक सुरक्षाबिनै काम गर्नुपर्ने वाध्यता

सामाजिक सुरक्षाबिनै काम गर्नुपर्ने वाध्यता

बिहिबार, २१ चैत २०७५

करिब ६ दशक निरन्तर काम गरेर पनि जागिर छोड्ने बेला रित्तो हात हुने भएपछि सडक मजदूरहरू चिन्तित बनेका छन्। भौतिक तथा यातायात मन्त्रालयको सडक विभागअन्तर्गत कार्यरत करिब ३ हजार सडक मजदूरले आफूहरूले नेपाल सरकार मातहत काम गर्दै आए पनि विभेदको सिकार हुनुपरेको र आफ्नो गुनासो सुनिदिने कोही नभएको दुःखेसो पोखेका छन्।

हुन्डरीमा बाँचेकाको पीडा, जीवन धान्ने कसरी

हुन्डरीमा बाँचेकाको पीडा, जीवन धान्ने कसरी

बुधबार, २० चैत २०७५

हावाहुरीले ‘संसार’ उडाएपछि फेटा गाउँपालिका–६ पुरैनियाकी ३५ वर्षीया नूरजहाँ खातुनको दुई रात अनिँदो बितेको छ। न राहत, न खाना, न पानी। आँखामा दुई रातदेखि निद्रा परेको छैन। ‘घर छैन र कसैले त्रिपाल पनि उपलब्ध गराएको छैन,’ खातुन भन्छिन् – ‘चाउचाउ र बिस्कुटको भरमा दुई दिनदेखि बाँचिरहेकी छु। उनलाई केही सहृदयीले चिउरा र सख्खर उपलब्ध गराएका छन्। तर चिउरा खान खोज्दा घाँटीमा अड्किने गरेको उनले बताइन्। खातुनको परिवारका सबै ठूला सदस्य अस्पतालमा उपचार गराउँदै छन्।

सहयाेगमा जुटाैँ

सहयाेगमा जुटाैँ

मङ्गलबार, १९ चैत २०७५

बारा र पर्सामा आइतबार बेलुकी आएको भयानक हावाहुरीले गरेको जनधन क्षतिले मुलुकलाई गम्भीर पीडामा पारेको छ। थोरै समय चलेको हावाहुरीले तराई–मधेसका यी दुई जिल्लामा गरेको यति धेरै क्षति देशमा सम्भवतः पहिलोपटक भएको हो। हाम्रो मुलुकमा कुनै न कुनै प्राकृतिक विपत्ति सामना गरिरहनुपरेको भए पनि तराई–मधेसमा यसरी हावाहुरी आएको अहिलेसम्म थाहा थिएन। सुक्खा खडेरी लाग्नु, बाढी आउनु र हिउँदमा शीतलहरको सामना गर्नु नियमितजस्तै थिए तर यो घटनाले भविष्यका निम्ति हावाहुरीले ल्याउनसक्ने सम्भावित विपद्बारे पनि तयारी गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

जब आँसुले कपोल भिजायो

जब आँसुले कपोल भिजायो

शनिबार, ०९ चैत २०७५

मेघाको कायापलट गर्ने अमेरिकन धुरन्धर शिक्षक वायने डेयरले आफ्नोे पुस्तक ‘योर सेक्रेट सेल्फ’मा टर्मिनलको ट्रेनझै एउटा ट्रेन भित्रिन्छ, अर्को निस्किन्छ, एउटाले अर्काको ठाउँ लिन्छ। एकपछि अर्को ट्रेन आउने जाने गर्छ। यो प्रक्रिया दिनभरि नै चल्ने गर्छ त्यसरी नै मानिसको मन मस्तिष्कमा हरेक दिन हजारौं कुरा आएर भरिने गर्छ भनी लेखेका छन्। मानिसको जीवन यात्रामा धेरै मानिस भेटिन्छन्, विभिन्न घटना घट्ने गर्छन्। विभिन्न समस्याको सामना मानिसले गर्ने गर्छ। तीमध्ये मानिसले धेरैजसो कुरा समयको अन्तरालसँगै झुल्छन् या सपनासरि मन मस्तिष्कबाट हराएर जान्छ। तर, केही कुराले यस्तो अमिट छाप छोडेर जाने गर्छ कि कुनै मानिससँगको भेटघाट, उसको हृदयस्पर्शी व्यवहार एवम् केही घटनाले पछिसम्म प्रभाव पार्ने गर्छ वा जीवनशैलीमा टर्निङ प्वाइन्टमा उभ्याइदिन्छ। मानिसको जीवनशैली नै बदलिदिने गर्छ।

नगदे बाली वर्षौंको उधारो

नगदे बाली वर्षौंको उधारो

मङ्गलबार, ०७ फागुन २०७५

२०७३ सालमा खेती गरेको उखुको २०७५ साल बित्न लाग्दासमेत सरकारी अनुदानबापतकै भुक्तानी नपाएपछि किसान सडकमा उत्रिएका छन्। सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवनमा सर्लाही, महोत्तरी र रौतहट गरी तीन जिल्लाका किसानले उखुको लाँक्रे जुलुस प्रदर्शन गरेका छन्। उखु किसान सम्बद्ध विभिन्न संगठनको आह्वानमा मंगलबारदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम घोषणा भइसकेको छ।

काम पाइँदैन, के खाने ?

काम पाइँदैन, के खाने ?

सोमबार, ०६ फागुन २०७५

शिरमा टोपी। झुस्स फुलेका दाह्री। सिन्धुपाल्चोकका ६० वर्षीय महेन्द्र पुरी काँधमा नाम्लो राखेर शनिबार बौद्धमा बसिरहेका भेटिए। उनी भारी बोक्ने कामको पखाईमा थिए। उनले भिडभाडमा हेताउता हेरे। तर, उनलाई कसैले पनि कामका लागि बोलाएनन्। त्यसपछि उनी निरास बने।

कोही सुक्ने त्रासमा, कोही काट्ने चटारोमा

कोही सुक्ने त्रासमा, कोही काट्ने चटारोमा

बुधबार, ०९ माघ २०७५

सर्लाहीमा देशकै सबैभन्दा बढी उखु खेती हुन्छ। यहाँ यस वर्ष २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती भएको जानकार बताउँछन्। जिल्लामा तीनवटा चिनी उद्योग छन्। एउटै जिल्लाभित्र पनि उखु किसानको व्यथा भने फरकफरक छ।

जब मृत्यु नाच्यो

जब मृत्यु नाच्यो

सोमबार, ३० पुष २०७५

कसैको मृत्यु उसका आफन्तका लागि पीडादायी हुन्छ। किनकी उसको मृत्युमा आफन्त बिलौना गर्छन्। तर स्वयं मृत्युका लागि मृत्यु कस्तो होला ? यो कल्पना भन्दा बाहिरको कुरा हो। मृत्युको यो भोगाई केबल मृत्युलाई मात्र थाहा हुन्छ। राजधानीको नयाँवानेश्वरस्थित थापागाउँमा रहेको कुन्ज थिएटरमा आइतबार अलिक फरक दृश्य देखियो। अनुहारमा कालो र सेतो रंग पोतेर कालो वस्त्रमा देखिएका दुई महिला र दुई पुरुष आफूलाई ‘मृत्युको कामदार’का रुपमा चिनाउँदै नाचिरहेका थिए।

ठेलाले धानेको जिन्दगी

ठेलाले धानेको जिन्दगी

शनिबार, २१ पुष २०७५

अशिक्षा, गरिबी र पीडालाई चिर्दै ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनालाई साकार पार्ने कार्य मजदुर पुस्ताका लागि कतिको चुनौतीपूर्ण हो त्यो देविलालभन्दा राम्ररी कसलाई थाहा हुन सक्छ र !

अझै गिरहत शासनमा हरुवा/चरुवा

अझै गिरहत शासनमा हरुवा/चरुवा

शनिबार, १४ पुष २०७५

सप्तरीको सुरुङ्गा नपा–१ तेत्तरी गाउँका ७० वर्षीय रामदेव सदाले ६ दशकभन्दा बढी भयो, गिरहत (जमिनदार)को घरमा हरुवा (हलो जोत्ने) र चरुवा(गाई–भैँसी चराउने) काम गरेको। जीवनको ऊर्वर समय अरुका लागि खर्चेका उनी अहिले भने ‘रामभरोसा’ जिन्दगी बाँचिरहेका छन्। त्यो पनि जिन्दगी जस्तै जर्जर झुपडीमा।

डाक्टर भट्टराई

डाक्टर भट्टराई

शनिबार, ०७ पुष २०७५

डा. भट्टराई यति वेला निकै छटपटिएका छन्, सुधार गृहमा राखिएको अम्मलीजस्तो। नामका अगाडिको डा. शब्दले उनलाई झन् धेरै पीडा दिएको छ। न त उनी विद्यावारिधिका डाक्टर न मेडिकल डाक्टर नै ! विचरा उनले गरेका पनि खासै केही थिएनन्।

द्वन्द्वपीडितको पीडा घटेको छः दाहाल

द्वन्द्वपीडितको पीडा घटेको छः दाहाल

बुधबार, ०५ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन्।

आशैआशमा जीवन जाने डर

आशैआशमा जीवन जाने डर

सोमबार, २६ कार्तिक २०७५

भूमिगत सशस्त्र समूहको त्रासले विस्थापित भएका ११ वर्ष बितिसक्यो। त्रासले गाँस, बास र कपास खोसिएसँगै विस्थापित बासिन्दा बराहक्षेत्र वडा नं. ३ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको जग्ग्गा ओगटेर बसे।

मलेसिया जेलमा रहेका हरिबहादुरको परिवारको पीडा

मलेसिया जेलमा रहेका हरिबहादुरको परिवारको पीडा

शनिबार, १७ कार्तिक २०७५

पैसा कमाउँछु र परिवार खुसीको साथ चलाउँछु भन्ने उदेश्य सबैको हुन्छ। त्यहि उदेश्य थियो नुवाकोट बर्सुन्चेतका हरिबहादुर घलेको पनि। मनभरी खुसीका फूलहरु फुलाउँदै दुई लाख रुपैयाँ ऋण लिएर वि.सं. २०५७ सालमा मलेसिया हानिएका थिए।

रसुवाको पीडा

रसुवाको पीडा

बुधबार, २४ असोज २०७५

हिमाली जिल्ला रसुवा राजधानीबाट नजिक भएर पनि विकासका निकै दृष्टिले पछि परेको छ । भूकम्पपछि त यहाँको जनजीवन झनै खस्केको छ । भूकम्पले माववीय, भौतिक मात्र नभई सांस्कृतिक, आर्थिक, क्षेत्रमा पनि ठूलो क्षति भएको छ । प्राकृतिकरूपमा पनि धेरै नोक्सानी भएको छ ।

भौतारिँदै विदेश, पछुताउँदै स्वदेश

भौतारिँदै विदेश, पछुताउँदै स्वदेश

बिहिबार, ०७ भदौ २०७५

गल्छी गाउँपालिका–४ भदौरेका राजेन्द्र प्याकुरेललाई विदेश गएर धेरै पैसा कमाउने धोको थियो। टिनको छानामुनिको ओत छाडेर उनी २०७१ सालमा मलेसिया हानिए।

बेपत्ताका परिवारको पीडा : ‘न सास न लास’

बेपत्ताका परिवारको पीडा : ‘न सास न लास’

मङ्गलबार, १२ असार २०७५

अछाम साँफेबगर नगरपालिका–९ का मीनबहादुर रावलले २०६८ साउन १७ गते ‘म घर फर्किदै छु’ भनेर भारतबाट फोन गरे। तर उनी अहिलेसम्म घर पुगेका छैनन्। ‘यताबाट निस्किए है भनेर फोन गर्नुभएको थियो, आजसम्म घर पुग्नुभएको छैन’, श्रीमती बसुन्धरा रावलले सुनाइन्– ‘घर परिवारले बाटो हेर्दा हेर्दा थाकिसक्यौ।’ रावलले पटक–पटक गरी ४५ बर्षको उमेरसम्म २० बर्ष जति भारतमा काम गरेर बिताए। पछिल्लो पटक करिब चार बर्ष भारतमा नोकरी गरेपछि उनी घर फर्कदै थिए।

कवितामा मुगालीको पीडा

कवितामा मुगालीको पीडा

शनिबार, ०९ असार २०७५

दामोदर पुडासैनी ‘किशोर’ दुई दशकअघि नै नेपाली साहित्यका फाँटमा देखा परेका प्रतिभा हुन् । ‘उज्यालो खोजिरहेको घाम’ उनको नयाँ कविता संग्रह हो ।

वैदेशिक रोजगारको पीडा : पहिला घाइते, दोस्रोपटक अशक्त

वैदेशिक रोजगारको पीडा : पहिला घाइते, दोस्रोपटक अशक्त

मङ्गलबार, ०५ असार २०७५

वैदेशिक रोजगार सोचेजस्तो सहज छैन्। त्यही भयो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रामप्रसाद आचार्यलाई।

पीडा तथा गुनासाको सम्बोधन !

पीडा तथा गुनासाको सम्बोधन !

बिहिबार, ३१ जेठ २०७५

निजामती कर्मचारीलाई राजनीतिक चाकडीउन्मुख गरेर नैतिक मनोबल गिराउन उद्यत न्यायपरिषद्लाई तुरुन्त खारेज नगर्ने हो भने स्वतन्त्र न्यायपालिका र निजामती कर्मचारीको मनोबल क्रमशः गिर्दैजाने निश्चित छ ।

‘भित्री पीडा आफैले मात्र बुझेका छौं’

‘भित्री पीडा आफैले मात्र बुझेका छौं’

मङ्गलबार, २२ जेठ २०७५

विश्वविख्यात कमेडियन चार्ली च्याप्लिनले आफ्नो पुस्तक ‘माइ अटोबायोग्राफी’मा जीवनलाई आफूले हेर्दा त्रासदी र अरुले हेर्दा रमाइलो लाग्ने बताएका छन् । उनले भनेका छन् ‘जीवन एउटा त्रासदी हो जब यसलाई नजिकबाट नियालिन्छ।

इराक घटनामा मारिएका परिवारको पीडा पुस्तकमा

इराक घटनामा मारिएका परिवारको पीडा पुस्तकमा

मङ्गलबार, २२ जेठ २०७५

वैदेशिक रोजगारी र त्यससँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहँदै पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ ।यसैक्रममा विदेशी लेखकलाई समेत नेपालीले रोजगारीको क्रममा विदेशमा भोगेका घटना रुचि लाग्न थालेका छन् । यस्तै उदाहरण हो– अ गर्ल फ्रम काठमाडौंं ।

भूकम्पबाट बिस्थापितका पीडा

भूकम्पबाट बिस्थापितका पीडा

आइतबार, १६ बैशाख २०७५

सरकारले बल्लबल्ल भूकम्पका कारण बिस्थापित भएकालाई अन्यत्र सुरक्षित ठाउँमा बसोबास गर्न भन्दै जग्गा किन्न दुई लाख रुपियाँ दिने निर्णय गरेको छ तर न उक्त दुई लाखले जग्गा आउने अवस्था छ न त जग्गा आइहाले पनि गरिखाने अरु आधार नै त्यहाँ उपलब्ध छ । यस्तो अवस्थामा बिस्थापितका लागि यो सरकारी सहयोग ‘निल्नु न ओकल्नु’ सावित भएको छ । रसुवाको यार्सा–४ स्थित यस्तै बिस्थापितका बस्ती यो पीडाको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

मङ्गलबार, ०४ बैशाख २०७५

बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी भए। उनीले त्यतिबेला राजनीतिक यात्रा थालेका थिएनन्। सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ।

निःशुल्क उपचारका नाममा पीडा थपियो

निःशुल्क उपचारका नाममा पीडा थपियो

मङ्गलबार, २७ चैत २०७४

निःशुल्क उपचार सुविधा पाउने आसमा जिल्ला अस्पताल धादिङबेसी पुगेका नीलकण्ठ नगरपालिका–९ काफलपानीका तुलबहादुर परियारलाई उपचार होइन पीडा थपिएको छ।

निःशुल्क उपचारका नाममा पीडा मात्रै

निःशुल्क उपचारका नाममा पीडा मात्रै

शुक्रबार, २३ चैत २०७४

निःशुल्क भन्ने साथ मानिसहरू जतिसुकै टाढा र जुनसुकै महत्वपूर्ण काम पन्छाएर सेवा लिन आतुर रहन्छन्। जतिसुकै धन सम्पति होस तर निःशुल्क सेवाको सदुपयोगमा लाग्ने गर्छन्।

‘प्रादेशिक महोत्सव’ मा राजधानी नबनाउँदाको पीडा र आक्रोश

‘प्रादेशिक महोत्सव’ मा राजधानी नबनाउँदाको पीडा र आक्रोश

बिहिबार, ११ माघ २०७४

संघीयता कार्यान्वयका लागि सरकारले हालै स्थायी प्रादेशिक राजधानी कायम गर्दा मुलुकका थुप्रै ठाउँमा बन्द, हड्ताल र प्रर्दशन गरियो। प्रादेशिक राजधानीबाट बञ्चित हुन पुगेको नेपालगन्जमा स्थानीय उद्योग वाणिज्य संघले भने बन्द, हड्ताल र प्रर्दशनको सट्टा प्रादेशिक महोत्सव सञ्चालनको तयारी ग-यो।

झरी र हिमपातले भूकम्प पीडितलाई झन् पीडा

झरी र हिमपातले भूकम्प पीडितलाई झन् पीडा

बुधबार, १० माघ २०७४

तेस्रो हिउँद अस्थायी टहरोमा गुजारिरहेका भूकम्प पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन्। हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरोमा ठिही निम्त्याएको छ भने ह्वात्तै जाडो बढ्दा मध्ये तथा वेँसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

राजधानी गुम्दाको पीडा : हामीमाथि ऐतिहासिक अन्याय भयो

राजधानी गुम्दाको पीडा : हामीमाथि ऐतिहासिक अन्याय भयो

बुधबार, ०३ माघ २०७४

नेपाली कांग्रेसकै सभापतिले नेतृत्व गरेको सरकारले डोटीको ऐतिहासिक बिरासत खोस्दै ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकिदियो। गणतन्त्रका लागि लडेको आफ्नै पार्टीले गरेको निर्णय उनलाई ‘ऐतिहासिक अन्याय’ लाग्यो।

अचानक मृत्युको चिठी पाउँदा झन् पीडा

अचानक मृत्युको चिठी पाउँदा झन् पीडा

सोमबार, २४ पुष २०७४

खिमुमाया पाठक पतिको अवस्था र सत्यतथ्य थाहा पाउन विगत १८ वर्षदेखि प्रतीक्षामा छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षले उनका पति ढाकाराम पाठकलाई बेपत्ता पारेको थियो। बेपत्ता पारिएका पतिको लास वा सास नपाउँदा काजकिरियासमेत नगरेकी खिमुमायालाई बेपत्ता छानबिन आयोगले हालै पठाएको चिठीले थप पीडा दिएको छ।

समानुपातिक पद्धतिमा विकृति : बन्दसूचीको पीडा

समानुपातिक पद्धतिमा विकृति : बन्दसूचीको पीडा

आइतबार, २३ पुष २०७४

समावेशी र समानुपातिक पद्धति जसलाई चाहिएको हो त्यसैबाट यसको विरोध गराउने काम सुरु भएको छ । समावेशी र समानुपातिक प्रणाली राम्रो भए पनि अहिले यसलाई विकृत बनाउने प्रयास भएको छ ।

हँसिला सुन्दरीको पीडा

हँसिला सुन्दरीको पीडा

बुधबार, १९ पुष २०७४

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानमा झन्डै दुई दशकयता क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । अघिल्लो साता मात्र त्यहाँ एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका सम्पन्न भएको छ । त्रिवि मैदानमा पहिले आयोजना हुने प्रतियोगिता र अहिले हुने प्रतियोगितामा व्यापक परिवर्तन भएको छ ।

वृत्तचित्रमा पार्किन्सन्स पीडा

वृत्तचित्रमा पार्किन्सन्स पीडा

शुक्रबार, १४ पुष २०७४

फिल्म ‘हाँसी देऊ एक फेर’ को सुटिङमा लड्नुपर्ने दृश्यमा अभिनय अभिनेता मदनकृष्ण श्रेष्ठको ढाड दुख्यो । तर, दुखाइलाई बेवास्ता गर्दै  सुटिङ जारी राखे । त्यो सुटिङ सकिएको केही महिनापछि ‘हिंसा अन्त्य अभियान’का लागि प्लेनमा नेपालगञ्ज जाँदा उनको दाहिने काँध हात दुख्यो ।

‘बोर्डर’मा सीमानाको पीडा

‘बोर्डर’मा सीमानाको पीडा

बिहिबार, १३ पुष २०७४

नेपाल र भारतको सिमानामा बस्ने बासिन्दाले भोग्नुपरेको समस्या र त्रासदीलाई विषय बनाएर रवीन्द्र कार्की लिखित उपन्यास ‘बोर्डर’ सार्वजनिक भएको छ । राजधानीमा गत शनिकार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, कवि विप्लव प्रतीक, पत्रकार फणिन्द्र संगम, डोलेन्द्र थापालगायतले पुस्तक सार्वजनिक गरे ।

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

आइतबार, ०९ पुष २०७४

रातुको बगरमा ढुंगा खोज्ने निचुले कान्छाले एकदिन हरियो ढुंगा फेला पार्छ । देखिरहेको ढुंगाभन्दा फरक ढुंगाले निचुलाई कौतुहल बनाउँछ । उसले त्यो ढुंगा आफ्नी श्रीमतिलाई देखाउँछ । पालैपालो सबैले हेर्छन् । ढुंगालाई कसैले हिरा भन्छन् त कसैले यसलाई अमूल्य वस्तु भन्ठान्छन् ।

खै त पीडितमा पीडा साटिएको अनुभूति ?

खै त पीडितमा पीडा साटिएको अनुभूति ?

बुधबार, १८ असोज २०७४

स्वीकार्यता, पीडितको पीडा साट्ने, पीडामा मलम लागेको अनुभूति र सन्तुष्टि प्रदान गर्ने पीडितकेन्द्रित कार्यप्रणाली एवं भविष्यमा त्यस प्रकारका ज्यादती नदोहोरिने सुनिश्चितताले मात्र आयोगको औचित्य पुष्टि हुनेछ।

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

मङ्गलबार, १० असोज २०७४

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो । तर, अहिले यो गीत विरलै सुनिन्छ । संगीत र प्रविधिमा आएको परिवर्तनले दशैं र तिहारका गीतमा माया पिरती, दुःख, व्यथाका भावले स्थान पाएका छन् ।

‘बल्ल पीडा सुन्ने मुखिया पायौं’

‘बल्ल पीडा सुन्ने मुखिया पायौं’

मङ्गलबार, १० असोज २०७४

पूर्व गल्थो, दक्षिण गागन र पश्चिम सहजा नदीले घेरिएको छ औरही गाउँपालिका । यादव बाहुल्य यो गाउँपालिकामा साह, सिंह (दनुवार), मुसहर, चमार र डोम जातिको मिश्रित बसोवास छ । दुई दशकदेखि थेग्रिएर बसेको पीडाको भारी गाउँका ‘मुखिया’ (अध्यक्ष) समक्ष बिसाउन जनता अतुर छन् ।

द्वन्द्वपीडितलाई पीडामाथि पीडा

द्वन्द्वपीडितलाई पीडामाथि पीडा

बिहिबार, २९ भदौ २०७४

पीडित परिवारका सदस्यहरूले दुव्र्यवहार, पारिवारिक एवं सामाजिक बहिष्करण, अवहेलना, मनोवैज्ञानिक आघात, अवसरहरूबाट वञ्चितीकरण, सामाजिक विभेद, अपहेलनाजस्ता उत्तिकै कहालीलाग्दा पीडा खेपिरहेका छन् ।

Ncell Footer Ad