पशुपति समाधिस्थलमा सिमेन्टको संरचना रोक्न माग

पशुपति समाधिस्थलमा सिमेन्टको संरचना रोक्न माग

बुधबार, २५ भदौ २०७६

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक लगाइनुपर्ने सांसदहरुले माग गरेका छन्।

पशुपतिसहित देशभरका शिवालयमा घुइँचो

सोमबार, १६ भदौ २०७६

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले...

ओझेलमा नरहरिनाथ स्मृति पुस्तकालय

ओझेलमा नरहरिनाथ स्मृति पुस्तकालय

सोमबार, २० साउन २०७६

पशुपतिको मृगस्थलीमा रहेको योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्राहलयको अस्तित्व ओझेलमा परेको छ। ...

काठमाडौंमा ‘रअ’ प्रमुखका ४० घण्टा : पशुपतिको दर्शनदेखि थकाली खानासम्म

काठमाडौंमा ‘रअ’ प्रमुखका ४० घण्टा : पशुपतिको दर्शनदेखि थकाली खानासम्म

मङ्गलबार, ०७ साउन २०७६

भारतीय खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाईसिस बिंग’ (रअ) का प्रमुख सामन्त गोयल शनिबार साँझ ३ दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं...

जीर्ण विश्वरूपा मन्दिर

जीर्ण विश्वरूपा मन्दिर

शनिबार, १४ असार २०७६

भूकम्प गएको चार वर्ष बित्दा पनि राजधानीको पशुपति मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर मन्दिर जीर्ण अवस्थामा छ।

पशुपतिकाे  सम्पत्ति १ अर्ब २९ करोड नगद,  ९ किलो  सुन,  ३ सय १६ किलो चाँदी

पशुपतिकाे सम्पत्ति १ अर्ब २९ करोड नगद, ९ किलो सुन, ३ सय १६ किलो चाँदी

बुधबार, २२ जेठ २०७६

पशुपतिनाथ मन्दिरमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ।

पशुपति दर्शन गर्ने निहुँमा हतियारसहित छिरेका भारतीय प्रहरीको टोली पक्राउ

पशुपति दर्शन गर्ने निहुँमा हतियारसहित छिरेका भारतीय प्रहरीको टोली पक्राउ

शनिबार, ११ जेठ २०७६

अनुमतिविना हातहतियारसहित पोशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ। पशुपति मन्दिर दर्शन गर्ने निहुँमा मकवानपुरको हेटौंडा आइपुगेका भारतीय प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको हो।

तस्बिरमा हेर्नुहोस् पशुपतिमा साधु सन्त

तस्बिरमा हेर्नुहोस् पशुपतिमा साधु सन्त

सोमबार, २० फागुन २०७५

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पशुपति क्षेत्रमा भक्तजनहरुको भिड छ। शिवरात्रिको लागि आएका साधुहरुको पनि पशुपति क्षेत्रमा भिड रहेको छ। शिवरात्रिमा हरेक वर्ष नेपाल र भारतका विभिन्न स्थानबाट साधु सन्त आउने गर्छन्। उनीहरुलाई बाटो खर्च सहित विदा गर्ने परम्परा रहिआएको छ।

आज शिवरात्रि, पशुपतिलगायत देशभरका शिवालयमा भीड

आज शिवरात्रि, पशुपतिलगायत देशभरका शिवालयमा भीड

सोमबार, २० फागुन २०७५

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

शिवरात्रिकाे तयारी अन्तिम चरणमा (भिडियाे)

शनिबार, १८ फागुन २०७५

हिन्दुहरुको महानचाड महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष देशभित्र र वाहिर गरी करिब दश लाख दर्शनार्थीले मन्दिर दर्शन गर्ने अनुमान गरेको छ।

नागा बाबाको दर्शन

नागा बाबाको दर्शन

शनिबार, १८ फागुन २०७५

शिवरात्रीका बेला पशुपतिनाथ मन्दिर परिसरमा तमाशा र हाँसोको पात्र हुने यिनीहरु अत्यन्तै सहज, सौम्य र गम्भीर रुपमा प्रकट भएर गम्भीर जीवनदर्शनको गहन पक्षमा छलफल गर्ने गरेको पाइयो।

पशुपतिमा किरिया बस्नै सकस

पशुपतिमा किरिया बस्नै सकस

सोमबार, २८ माघ २०७५

पशुपति क्षेत्र विकास कोषले नियमित सरसफाई र पानीको सुविधा दिन नसक्दा पशुपतिको किरियापुत्री सेवा केन्द्रमा किरिया बस्नेहरुलाई सकस भएको छ। कोष र सेवा केन्द्रले सरसफाई नगर्दा किरिया बस्न गाह्रो भएको किरियापुत्रीको गुनासो छ। किरियामा बस्दै आएका धिराज बानियाँले सरसफाई नहँुदा दुर्गन्धले किरिया बस्न नसकेको जानकारी दिए। ‘जहाँतही फोहोर फालिएको छ। फोहोरले गर्दा शौचालय छिरिनसक्न छ,’ उनले भने, ‘दुर्गन्धले किरिया बस्न सकेका छैनौं। दुर्गन्ध झेलेर बल्लबल्ल ११ दिनसम्म त धानियो।’ उनका अनुसार कोठाहरु पनि साह्रै नै फोहोर छन्। त्यसमाथि बाँदरबाट बच्न पनि कठिन भएको हुँदा बाहिरसमेत ढुक्कले बस्न नसकिएको किरियापुत्रीहरु बताउँछन्।

पशुपतिमा कंक्रिटको संरचना हटाउन बेवास्ता

पशुपतिमा कंक्रिटको संरचना हटाउन बेवास्ता

सोमबार, ०७ माघ २०७५

पशुपति क्षेत्र विकास कोषले पशुपतिको मृगस्थलीमा मापदण्डविपरित बनाएको संरचना हटाउने निर्देशन पाएको महिनादिन बित्दा पनि हटाएको छैन । पुरातत्व विभागले गत पुस २ गते कोषलाई मापदण्डविपरित बनाइएको पैदलमार्ग हटाउन निर्देशन दिएको थियो ।

पशुपतीमा बाला चतुर्दशी (फाेटाे फिचर)

पशुपतीमा बाला चतुर्दशी (फाेटाे फिचर)

बिहिबार, २० मङि्सर २०७५

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन्।

पशुपतिमा तीजकाे राैनक (फाेटाे फिचर)

पशुपतिमा तीजकाे राैनक (फाेटाे फिचर)

बुधबार, २७ भदौ २०७५

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बुधबार बिहानैदेखि भीड लागेको छ।

पशुपतिनाथमा भक्तजनको भीड

पशुपतिनाथमा भक्तजनको भीड

बुधबार, २७ भदौ २०७५

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बुधबार बिहानैदेखि भीड लागेको छ।

सम्बन्ध बलियाे हुन 'पिपल टु पिपल कनेक्सन' अावश्यक : माेदी

सम्बन्ध बलियाे हुन 'पिपल टु पिपल कनेक्सन' अावश्यक : माेदी

शुक्रबार, १५ भदौ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतको सम्बन्ध बलीयो हुन 'पिपल टु पिपल' कनेक्सन हुन आवश्यक रहेको बताएका छन्।

डा. देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

डा. देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

मङ्गलबार, ०५ असार २०७५

पित्तथैलीको क्यान्सरका कारण सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ मंगलबार अन्त्येष्टि गरिएको छ।

यस्तो देखियो 'मगन्ते मुक्त' पशुपति क्षेत्र (भिडियो)

बुधबार, २१ चैत २०७४

पशुपतिनाथ मन्दिर क्षेत्रमा वुधबार सहयोगापेक्षी (मगन्ते) देखिएनन्। पशुपति वरपर उल्लेख्य संख्यामा 'मागन्ते' देखिने भएता पनि 'मगन्ते' मुक्त क्षेत्र घोषणा गरेर उनीहरुलाई स्थानान्तरण गरेपछि पशुपति दर्शनार्थीले उनीहरुको सास्ती व्यहर्नु परेको छैन।

पशुपति क्षेत्र मगन्तेमुक्त घोषित

पशुपति क्षेत्र मगन्तेमुक्त घोषित

बुधबार, २१ चैत २०७४

पशुपति क्षेत्रलाई मगन्ते र असहायरहित क्षेत्र घोषणा गरिएको छ। यो घोषणासँगै अब पशुपति क्षेत्रमा मागन्ते र असहाय देख्नुपर्ने छैन।

पशुपति 'मगन्ते' मुक्त क्षेत्र घोषणा

पशुपति 'मगन्ते' मुक्त क्षेत्र घोषणा

मङ्गलबार, २० चैत २०७४

पशुपति क्षेत्रलाई सहयोगापेक्षी (मगन्ते) मुक्त क्षेत्र घोषणा गरिएको छ। सोमबार पशुपति परिसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पशुपतिलाई मगन्ते मुक्त क्षेत्र घोषणा गरेका हुन्।

पशुपति विकास कोषको नाममा

पशुपति विकास कोषको नाममा

बिहिबार, ०३ फागुन २०७४

पशुपतिनाथमा विगत वर्षभन्दा यस वर्ष फरक अनुभूति र अनुभव रह्यो । विगतमा सुरक्षाकर्मीहरूले लाइन व्यवस्थापनमा अलि ध्यान दिएको महसुस हुन्थ्यो । तर यस वर्ष भने यदाकदा सुरक्षाकर्मीहरू देखिन्थे र स्काउटका कपडा लगाएका साना भाइबहिनीहरू पनि यदाकदा देखिन्थे । एक जना बहिनीले करिब ३०÷४० जनालाई साइड लगाएर अनेक बहानाबाजी गरेर लाइनमा घुसाइन् । मेरै अगाडि एक हुल घुसेर मलाई थर्काइदिए । लाइन बसेको साढे ३ घण्टापश्चात् करिब ११ बजेतिर मन्दिर प्रवेश गर्न पाइयो।

पशुपति क्षेत्रमा अब गाँजा र लागुपदार्थ निषेध

पशुपति क्षेत्रमा अब गाँजा र लागुपदार्थ निषेध

आइतबार, १४ माघ २०७४

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ। यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि यो अभियान शुरु गरेको हो।

‘पशुपति’ मा नीताको ‘हुर्रे’

‘पशुपति’ मा नीताको ‘हुर्रे’

बुधबार, १० माघ २०७४

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’को दोस्रो गीत ‘पशुपति’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा फिल्म युनिट र पत्रकारमाझ गीत सार्वजनिक गरियो।

प्रदेश तीनको मुख्य मन्त्री मै बन्छु : पशुपति चौलागाईं

प्रदेश तीनको मुख्य मन्त्री मै बन्छु : पशुपति चौलागाईं

सोमबार, ०३ पुष २०७४

पशुपति चौलागार्इं एमाले पोलिटब्युरो सदस्य हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका उनको छवि एमाले भित्र हठी स्वभाव सँगै निष्ठा र त्याग पनि हो। अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै हालको ३ नम्बर प्रदेशका प्रायः जिल्लाहरु जोडिएको पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाईलाई एमाले भित्र यो प्रदेशको सम्भावित मुख्य मन्त्रीका रुपमा हेर्नेहरु थुप्रै छन्। २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटा र अहिले दोलखा २ बाट प्रदेश सभा सदस्य जितेका ५७ बर्षिय चौलागाई संग नागरिकन्युजका लागि रमेश खतिवडाले गरेको कुराकानीः

सिन्धुपाल्चोक २ मा पशुपति सम्शेरको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक २ मा पशुपति सम्शेरको प्रारम्भिक अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति समशेर राणाले प्रारम्भिक अग्रता लिएका छन् ।

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

आइतबार, ०३ मङि्सर २०७४

प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्।

पशुपति सम्शेरको भोट माग्दै रेखा थापा

पशुपति सम्शेरको भोट माग्दै रेखा थापा

बिहिबार, ३० कार्तिक २०७४

चर्चित नायिक रेखा थापा बिहीबार साँगाचोक, भीमटारस्थित पिछडिएका अल्संख्यक समुदाय माझी गाउँमा भेटिइन। पर्दामा देखिइरहने उनलाई प्रत्यक्ष भेटेपछि स्थानीय माझी समुदायका महिला र बालबालिकाले घेरिहाले। आदरपूर्वक नमस्ते गर्दै उनले महिलाहरुसँग भलाकुसारी गरिन्। सञ्चो, बिसञ्चो र गाउँका दुःख, सुख सोधिन्। स्थानीय केटाकेटीसँगै परिचय गर्दै पढाइबारे जानकारी लिइन्।

पशुपति शम्सेरको मनोनयन दर्ता गराउन सिन्धुपाल्चोक पुगिन् रेखा थापा

पशुपति शम्सेरको मनोनयन दर्ता गराउन सिन्धुपाल्चोक पुगिन् रेखा थापा

आइतबार, ०५ कार्तिक २०७४

वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। ढिलोगरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए।

भद्रगोल पशुपति क्षेत्र

भद्रगोल पशुपति क्षेत्र

शुक्रबार, ३० भदौ २०७४

सहरवासी शान्ति खोज्दै मन बहलाउन समेत पुग्ने पशुपतिनाथ क्षेत्र अहिले अस्तव्यस्त बसपार्कजस्तै भएको छ । पशुपति मन्दिर आसपास क्षेत्रमा जताततै अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ भइरहेको देखिन्छ ।

राप्रपा फुट्यो, नयाँ पार्टी दर्ता गर्न पशुपति शमशेर निर्वाचन आयोगमा

राप्रपा फुट्यो, नयाँ पार्टी दर्ता गर्न पशुपति शमशेर निर्वाचन आयोगमा

आइतबार, २२ साउन २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएको छ। पशुपति शमशेर राणा केही नेता र सांसद सहित पार्टीबाट अलग्गिएका हुन्। राणाले नयाँ दल दर्ताको लागि निर्वचन आयोगमा निवेदन समेत दिएका छन्। नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राख्ने गरी उनले आयोगमा निवेदन दिएका छन्।

'पशुपति' पछि 'धनपति'

'पशुपति' पछि 'धनपति'

आइतबार, १४ जेठ २०७४

अघिल्लो फिल्ममा फिल्म 'पशुपति' बनेर दर्शक रिझाएका खगेन्द्र लामिछाने लगभग उही टिमका साथ 'धनपति' बनेर आएका छन्। 'पशुपतिप्रसाद' बाट सहकार्य सुरु गरेका निर्देशक दीपेन्द्र के खनाल र अभिनेता खगेन्द्र लामिछानेको जोडी डेढ वर्षपछि फिल्म 'धनपति' लिएर दर्शकमाझ आएको हो ।

पशुपति पुराण

पशुपति पुराण

शनिबार, २३ बैशाख २०७४

०६५ मा माओवादी नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा भारतीय भट्ट हटाएर नेपाली पुजारी नियुक्त हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल को कुर्सी हल्लिएको थियो। पशुपतिमा विवाद निम्त्याएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।

पशुपति जंगलमा व्यापारिक पार्क

पशुपति जंगलमा व्यापारिक पार्क

मङ्गलबार, २२ चैत २०७३

काठमाडौं-पशुपति क्षेत्र विकास कोषले गौशालाको ऐतिहासिक भण्डारखाल जंगल मासेर व्यापारिक प्रयोजनका लागि पार्क बनाउन थालेको छ । कोषले अहिले जंगल परिसरमा झन्डै तीन मिटर चौडाइको तीन किलोमिटर ट्रयाक निर्माण गरिरहेको छ ।

पशुपति क्षेत्रमा नाफामुखी मेला

पशुपति क्षेत्रमा नाफामुखी मेला

मङ्गलबार, २४ फागुन २०७३

पशुपति क्षेत्र विकास कोषले विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रमा जभाभावी व्यापारिक मेला सञ्चालन गर्ने ठेक्का दिँदा दर्शनार्थीलाई असहज भएको छ। हिन्दूहरूको आस्थाको धरोहर पाशपत क्षेत्रको संवेदनशीलता ख्याल नगरी व्यापारिक मेला गर्दा परिसरमा फोहोरमैला र कोलाहल बढेको छ।

पशुपति विकास बृहत् गुरुयोजना बन्दै

पशुपति विकास बृहत् गुरुयोजना बन्दै

शुक्रबार, ०६ फागुन २०७३

पशुपति क्षेत्रको विकास बृहत् गुरुयोजना निर्माण सुरु भएको छ। गुरुयोजना निर्माणका लागि गरिने कार्यशाला शृंखलाको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे।

पशुपति प्रसाद

पशुपति प्रसाद

बुधबार, २६ माघ २०७३

संसारभरका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको जग्गा केही जिम्मेवार पदाधिकारीको स्वार्थमा विभिन्न संस्था तथा व्यक्तिलाई बाँड्ने तयारी गरेको समाचारले जोकोहीलाई दुःखी बनाउँछ।

पशुपति मुरारका भन्छन्– ‘अब आर्थिक क्रान्ति जरुरी’

पशुपति मुरारका भन्छन्– ‘अब आर्थिक क्रान्ति जरुरी’

शनिबार, २३ पुष २०७३

नेपाल विकासोन्मुख राष्ट्र भएकोले उद्योगधन्दा विस्तारको प्रशस्त रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताएका छन् । निजी क्षेत्र लामो समयदेखिको राजनीतिक सङक्रमणबाट गुज्रिएर आएकोले आर्थिक क्रान्तिको बाटोमा अगाडि बढ्नतर्फ लाग्नुपर्ने अध्यक्ष मुरारकाले बताएका छन्।

पशुपति पेन्ट्समा आगलागी

पशुपति पेन्ट्समा आगलागी

सोमबार, २७ मङि्सर २०७३

विराटनगर-९ स्थित पशुपति पेन्ट्स उद्योगमा आगलागी भएको छ। उद्योगको कार्यालयमा आज दिउँसो १२ बजे आगलागी भएको हो। प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डिङ गरेर टाल्ने क्रममा आगलागी भएको थियोे।

पशुपति क्षेत्र सिसिटिभी निगरानीमा

पशुपति क्षेत्र सिसिटिभी निगरानीमा

सोमबार, २० मङि्सर २०७३

पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। पशुपति मन्दिर परिसर अब सिसिटिभीको निगरानीमा रहने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए।

रोकिएन पशुपति परिसरमा अवैध निर्माण

रोकिएन पशुपति परिसरमा अवैध निर्माण

आइतबार, ०५ मङि्सर २०७३

मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा अवैध निर्माण गरिरहेको छ। गौशालास्थित पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा थालेको भवन निर्माण कार्य रोक्न कोष, पुरातत्व विभाग र प्रहरीले दिएको निर्देशनसमेत नटेरी जारी छ।

पशुपति क्षेत्रका २१ सम्पदा पुनर्निर्माण सुरु

पशुपति क्षेत्रका २१ सम्पदा पुनर्निर्माण सुरु

आइतबार, २८ कार्तिक २०७३

भूकम्पमा क्षतिग्रस्त पशुपति मन्दिर परिसरका २१ सम्पदा पुनर्निर्माण हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको बजेटबाट पशुपति परिसरका मठमन्दिर र सत्तलको जीर्णोद्धार र पुनर्निर्माण हुन लागेको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए ।

मुखर्जीको भ्रमण र पशुपति दर्शन

मुखर्जीको भ्रमण र पशुपति दर्शन

बिहिबार, १८ कार्तिक २०७३

भगवान् शिवका सहस्रौँ नाम महादेव, शिव, भोलेबाबा, शङ्कर आदिमध्ये ‘पशुपति’ पनि एक हो । पशुका पति भएका हुनाले उहाँ पशुपति नामले पनि कहिनु हुन्छ । पशुपतिलाई अझ आदरभाव गर्दा ‘नाथत्व’ पनि विस्तारै जोडिन पुग्यो र ‘पशुपतिनाथ’ आदरवाचक शब्द बन्न पुग्यो ।

मुखर्जीले पशुपति दर्शन गर्ने

मुखर्जीले पशुपति दर्शन गर्ने

बुधबार, १० कार्तिक २०७३

काठमाडौं-भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण क्रममा पशुपतिनाथ दर्शन गर्ने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले कात्तिक १७–१९ नेपाल भ्रमण गर्ने निश्चित भएसँगै पशुपति क्षेत्र विकास कोष भारतीय राष्ट्रपतिको पशुपतिनाथ दर्शनको तयारीमा जुटेको छ।

पशुपति क्षेत्रमा अवैध निर्माण

पशुपति क्षेत्रमा अवैध निर्माण

बिहिबार, १३ असोज २०७३

मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोष क्षेत्रमा पर्ने राजधानीको गौशालास्थित श्री पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा भवन निर्माण गरिरहेको खुलेको छ ।

‘पशुपति परिसरभित्र नेपालले नै पुनर्निर्माण गर्छ’

‘पशुपति परिसरभित्र नेपालले नै पुनर्निर्माण गर्छ’

आइतबार, २६ भदौ २०७३

भूकम्पबाट क्षति पुगेका पशुपतिनाथ मन्दिर परिसर भित्र रहेका मठमन्दिरलगायत सत्तलको जीर्णोद्धार र पुनर्निर्माण नेपाल आफैंले गर्ने भएको छ । पशुपति परिसर बाहिरका मठमन्दिर तथा सत्तलको जीर्णोद्वार र पुनर्निर्माण भारतलाई दिने प्रक्रिया अगाडि बढेको भए पनि परिसरभित्र भने नेपाल आफैंले गर्ने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताएका छन् ।

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान (फोटो/भिडियो)

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान (फोटो/भिडियो)

मङ्गलबार, २१ भदौ २०७३

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन्। ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad