पर्सामा डुबेर थप एक बालकको मृत्यु

पर्सामा डुबेर थप एक बालकको मृत्यु

बुधबार, ०१ साउन २०७६

पर्सामा बाढीमा डुबेर थप एक बालकको मृत्यु भएको छ। यसअघि पनि १४ बर्षमुनिका २ बालकको यसपालिको मुसलधारे पानीले ल्याएको बाढीमा...

पर्सामा बाढीबाट मर्नेको संख्या ३ पुग्यो

पर्सामा बाढीबाट मर्नेको संख्या ३ पुग्यो

सोमबार, ३० असार २०७६

पर्सामा बाढीमा बगेर मृत्यु हुनेकाे संख्या ३ पुगेको छ। यसअघि दुई जना बालकको बाढीमा बगेर मृत्यु भएकोमा सोमबार बिहान वीरगन्ज...

पर्सामा झुण्डिएको अवस्थामा दुई महिलाको शव फेला

पर्सामा झुण्डिएको अवस्थामा दुई महिलाको शव फेला

सोमबार, ३० बैशाख २०७६

जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ २९ गते (आइतबार) छिपहरमाई गाउँपालिका ३ का रमेश मुखिया बिनकी श्रीमती २२ वर्षीया बिन्दी देवी...

विपद् जोखिम न्यूनिकरणको पूर्वतयारी कति ?

विपद् जोखिम न्यूनिकरणको पूर्वतयारी कति ?

सोमबार, १८ चैत २०७५

आइतबार साँझ बारा - पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। बारा, पर्सा, रौतहटजस्ता जिल्लामा आएको हुन्डरीले धेरैको बेहाल...

हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

सोमबार, १८ चैत २०७५

बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २६ जनाको नाम सार्वजनिक गरेको छ। मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ।

हावाहुरीले दुई मिनेटमा खण्डहर बन्यो पुरैनिया

हावाहुरीले दुई मिनेटमा खण्डहर बन्यो पुरैनिया

सोमबार, १८ चैत २०७५

आईतबार साँझ ७ बजे तिर दुई मिनेट चलेको हुरीले फेटा गाउँपालिका-३, पुरैनिया गाउँ खण्डहर बनेको छ। पुरैनिया निवासी ७२ वर्षीय सफी मोहम्मदले भने, "एक्कासी आगोको गोला जस्तो सट्टै आयो केही थाहा भएन, दुई मिनेटजति अन्धकार भयो, पछि देख्दा त गाउँ नै ध्वस्त भईसकेछ।"

हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याइयो

हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याइयो

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको हेलिप्टर मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

बारा, पर्सामा हावाहुरीको वितण्डा (फोटो फिचर)

बारा, पर्सामा हावाहुरीको वितण्डा (फोटो फिचर)

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।

हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २८ पुग्यो, उद्दारमा तीनै सुरक्षा निकाय परिचालन

हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २८ पुग्यो, उद्दारमा तीनै सुरक्षा निकाय परिचालन

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।

धानको बाेरा लाेड गरिएकाे ट्रकमा तस्करीको कपडा

धानको बाेरा लाेड गरिएकाे ट्रकमा तस्करीको कपडा

मङ्गलबार, २२ माघ २०७५

पर्साको ठोरीमा प्रहरीले धानको बोरा लोड गरिएको ट्रकबाट आइतबार साँझ १९ पोका कपडा बरामद गरेको छ। उक्त कपडाको मूल्य २२ लाख रुपैयाँ पर्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ठोरी हुँदै चितवनको नारायणगढ जाँदै गरेको लु १ ख ३३१० नम्बरको ट्रक पर्साको निर्मल वस्तीबाट एक सय पाँच बोरा धान लोड गरेर हिँडेको थियो। प्रहरीले इलाका प्रहरी कार्यालय ठोरीअगाडि रोकर जाँच गर्दा १९ वटा पोकामा कपडा फेला परेको हो।

चामल मिलमा आगलागी

चामल मिलमा आगलागी

शनिबार, २९ मङि्सर २०७५

पर्सामा एक चामल मिलमा आगलागी भएको छ। सखुवाप्रसौनी गाउँपालिका–४ सोलकपुरस्थित स्थानिय ग्यासुदिन मियाँको  चामल मिलमा शनिबार बिहान आगलागी भएको भएको हो।

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

बिहिबार, १३ मङि्सर २०७५

पर्सामा यो वर्ष धानको उत्पादन बढेकाे छ। गत वर्षको तुलनामा ९.१२ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हाे।

छिमेकी महिलामाथि बलात्कार

छिमेकी महिलामाथि बलात्कार

बिहिबार, ०६ मङि्सर २०७५

पर्सामा एक महिला अाफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छन्। पर्साको छिपहरमाई गाउँपालिकाकी एक महिलालाई घरमा कोही नभएको मौकाछोपी छिमेकी ३२ वर्षीय राजकुमार यादवले बलात्कार गरेका हुन्।

पर्साका होटल र पर्यटन व्यवसायी संगठित

पर्साका होटल र पर्यटन व्यवसायी संगठित

सोमबार, २५ भदौ २०७५

पर्साका होटल र पर्यटन व्यवसायी संगठित भएका छन् । वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीको भेलाले बुद्धिप्रसाद (हरि) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको हो।

डुबेर दुई बालकको मृत्यु

डुबेर दुई बालकको मृत्यु

बुधबार, २० भदौ २०७५

पर्सामा पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो।

पर्सा निकुञ्जभित्र मेलाको विषयमा विवाद

पर्सा निकुञ्जभित्र मेलाको विषयमा विवाद

बुधबार, ०२ साउन २०७५

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने रामभौरी भथास्थित श्री दुग्धेश्वरनाथ महादेव मेलालाई प्रभावित पार्ने गरी निकुञ्ज प्रशासन तथा स्थानीय प्रशासनले निर्णय गरेको भन्दै विरोध भएको छ।

पर्सा ३ मा फोरम नेपालका रौनियार निर्वाचित

पर्सा ३ मा फोरम नेपालका रौनियार निर्वाचित

सोमबार, २५ मङि्सर २०७४

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार हरिनारायण प्रसाद रौनियार निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीलाई १ हजार ३ सय ५९ मतको अन्तरले पराजित गरेका छन्।

पर्सा २ मा फोरम नेपालका श्रीवास्तव विजयी

पर्सा २ मा फोरम नेपालका श्रीवास्तव विजयी

सोमबार, २५ मङि्सर २०७४

पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ बाट संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार विमल श्रीवास्तव निर्वाचित भएका छन् । फोरम नेपालका तर्फबाट प्रतिस्पर्धा गरेका उनले आफ्नो निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियालाई १ हजार ४ सय ६५ मतको अन्तरले पछाडि पार्दै जित हात पारेका हुन्।

पर्सा १ मा फोरम नेपालका प्रदीप यादव निर्वाचित

पर्सा १ मा फोरम नेपालका प्रदीप यादव निर्वाचित

आइतबार, २४ मङि्सर २०७४

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव भारी बहुमतले निर्वाचित भएका छन्। संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार यादवले आफ्ना निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका पूर्व सांसद अनिल कुमार रुङ्ग्टालाई ४ हजार ६ सय ५१ मतको अन्तरले पछाडी पर्दै विजयी भएका हुन्।

पर्सा अपडेट: प्रदेश सभामा नेकाका दुई जना विजयी

पर्सा अपडेट: प्रदेश सभामा नेकाका दुई जना विजयी

आइतबार, २४ मङि्सर २०७४

पर्सा जिल्लामा पनि फोरम नेपालले अग्रता लिएको छ । परम्परागत रुपमा नेपाली कांग्रेसको पकड रहँदै आएको यो जिल्लामा प्रदेश सभा सदस्यमा फोरम नेपालका उम्मेदवारले राम्रो मत पाएका छन् । अहिलेसम्म घोषित तीन प्रदेश सभा सदस्यमा दुई मा नेपाली कांग्रेस र एकमा फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

पर्सा निकुञ्जमा बाघको संख्या बढ्यो

पर्सा निकुञ्जमा बाघको संख्या बढ्यो

बिहिबार, ०८ भदौ २०७४

बस्ती स्थानान्तरणले मानवीय क्रियाकलापमा कमी आयो। पानीका स्रोतहरू सुरक्षित भए। यसको प्रभाव बाघको संख्यामा परेको हो।

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

शुक्रबार, ०८ बैशाख २०७४

एउटा एक सिंगे गैँडालाई समातेर विशेष तरिकाले चितवनको राष्ट्रिय निकुञ्जमा पठाएको भोलिपल्ट रौतहटको वनमा थप दुईवटा गैँडा देखिएपछि जिल्ला वन कार्यालयले रौतहटसम्म वन्यजन्तु आरक्ष केन्द्र वा वन्यजन्तु संरक्षण केन्द्र अथवा वन्यजन्तु विशेष संरक्षण क्षेत्र विस्तारको पहल थालेको छ।

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

बिहिबार, २७ माघ २०७३

पार्टीको माहाधिवेशन सकिएको ११ महिनापछि बिहीबार नेपाली काँग्रेसको पर्सामा १३ औं जिल्ला अधिवेश हुँदैछ । माहाधिवेशन पहिले नै करिब एक बर्ष अगाडी २०७२ माघ २५ भित्र गर्नुपर्ने जिल्ला अधिवेशन आन्तरिक गुटबन्दीले ढिलो गरी हुन लागेको हो।

पर्सा काँग्रेसको अधिवेशनः वर्चश्वको लडाइँ

पर्सा काँग्रेसको अधिवेशनः वर्चश्वको लडाइँ

बिहिबार, २० माघ २०७३

नेपाली काँग्रेस पर्साको जिल्ला अधिवेश पार्टीको महाधिवेशन सकिएको ११ महिना बितिसक्दा पनि हुन सकेको छैन। स्थानीय नेताहरुले जिल्ला अघिवेशनलाई ‘वर्चश्व कायम गर्ने’ अवसरको रुपमा लिएपछि ३ पटक मिति तोकेर पनि पार्टीको जिल्ला अधिवेशन हुन नसकेको हो।

Ncell Footer Ad