वीरगन्ज करिडोरमा छड चोर्ने गिरोह पक्राउ

वीरगन्ज करिडोरमा छड चोर्ने गिरोह पक्राउ

बिहिबार, ०५ भदौ २०७६

उद्योगबाट उत्पादित छड निकासी गर्दा तौलमा गडबड गरी चोरी गर्ने ठूलो गिरोहलाई फेला पार्न प्रहरी सफल भएको छ। ...

राजस्व घोटाला छानबिन गर्न समिति

राजस्व घोटाला छानबिन गर्न समिति

आइतबार, ०१ भदौ २०७६

नदीजन्य पदार्थको निकासीबापत उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारे अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन...

साढे १२ अर्बको तेल निर्यात

साढे १२ अर्बको तेल निर्यात

आइतबार, २६ साउन २०७६

आर्थिक वर्ष ०७५/७६ मा खाने तेल भारततर्फ निकासी हुन थालेपछि नेपाली तेल उद्योगले १२ अर्ब ६७ करोड ९४ लाख २२...

निल्नु न ओकेल्नु

निल्नु न ओकेल्नु

आइतबार, १९ साउन २०७६

नेपालगन्जका व्यवसायी खालिद हुसेन अन्सारी निकै तनावमा छन्। १५ वर्षदेखि जडीबुटी कारोबार गर्दै आएका उनी नेपाल र भारतीय सरकारका अव्यावहारिक...

वन कार्यालयको राजश्व वृद्धि

वन कार्यालयको राजश्व वृद्धि

शुक्रबार, १७ साउन २०७६

डिभिजन वन कार्यालय ओखलढुंगाले वनपैदावर निकासी बाट अघिल्लो वर्ष भन्दा ३४ लाख ४१ हजार सात सय ७३ रुपैयाँ ७० पैसा बढि राजश्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा वनपैदावर निकासीबाट ५४ लाख ४३ हजार राजश्व सङ्कलन गरेको छ।

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

सोमबार, ०९ बैशाख २०७६

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

१५ सय मेट्रिक टन जडीबुटी थन्कियो

१५ सय मेट्रिक टन जडीबुटी थन्कियो

शुक्रबार, ०६ बैशाख २०७६

भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ। नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो।

पाकिस्तानद्वारा एक लाख केजी कपाल चीन निकासी

पाकिस्तानद्वारा एक लाख केजी कपाल चीन निकासी

मङ्गलबार, ०८ माघ २०७५

पाकिस्तानले पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी किलोग्राम मानव कपाल चीनतर्फ निकासी गरेको छ। पाकिस्तानको राष्ट्रिय सभामा शुक्रबार यससम्बन्धी जानकारी गराइएको थियो। राष्ट्रिय सभामा जानकारी गराइएअनुसार पछिल्लो पाँच वर्ष अवधिमा पाकिस्तानले चीनतर्फ एक लाखभन्दा बढी केजी मानव कपाल निकासी गरेको छ।

व्यापार घाटा साढे ४ खर्ब, निकासी १०.७ प्रतिशत बढ्दा आयात भने ३८ प्रतिशत बढ्याे

व्यापार घाटा साढे ४ खर्ब, निकासी १०.७ प्रतिशत बढ्दा आयात भने ३८ प्रतिशत बढ्याे

बिहिबार, १३ मङि्सर २०७५

चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ। आर्थिक वर्ष२०७५/७६को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयात कै छ। पेट्रोलियम आयतको उच्च बृद्धिले व्यापार घाटा बढाउँदै गएको छ।

मुस्ताङबाट २६ हजार भेंडाच्यांग्रा बाहिरिए, ३५ करोड कृषकको हातमा

मुस्ताङबाट २६ हजार भेंडाच्यांग्रा बाहिरिए, ३५ करोड कृषकको हातमा

बुधबार, ०७ कार्तिक २०७५

दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेंडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेंडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेंडाच्यांग्रा निकासी भएको छ।

विराटनगर जुट मिल्स सञ्चालनमा, सुतली निकासीको तयारी

विराटनगर जुट मिल्स सञ्चालनमा, सुतली निकासीको तयारी

आइतबार, २८ असोज २०७५

लामो खिचातानी र विवादवीच व्यवसायिक उत्पादन थालेको विराटनगर जुट मिल्सले सुतली निकासीका तयारी गरेको छ। एक महिना पहिलेदेखि  परीक्षण उत्पादन थालेको मिल्सले उत्पादन गरेको सुतली भारत निर्यात गर्ने तयारी भइरहेको जानाएको छ।

निकासी कर नउठाउन अन्तरिम अादेश

निकासी कर नउठाउन अन्तरिम अादेश

शुक्रबार, १८ साउन २०७५

विराटनगरस्थित पुनरावेदन अदालतको इलाम इजलासले जिल्लाबाट हुने वनजन्य, कृषिजन्य र खानीजन्य वस्तु निकासी कर नउठाउन जिल्ला समन्वय समितिलाई उत्प्रेषण परमादेशयुक्त निषेधाज्ञा जारी गरेको छ।

रोकिएन अवैध ढुंगा निकासी

रोकिएन अवैध ढुंगा निकासी

शुक्रबार, २२ असार २०७५

दुई दशकपछि विकास निर्माण र जनताको समस्या सुल्झाउन चुनिएका जनप्रतिनिधिले वन र नदी किनारलाई गरिखाने भाडो बनाएका छन् । स्थानीयका समस्यालाई नजरअन्दाज गर्दै उनीहरू धमाधम अवैध ढुंगा र बालुवा निकासीमा लागेका हुन्।

भारतमा निकासी रोकिँदा गाेलमेंडा  किसान निराश

भारतमा निकासी रोकिँदा गाेलमेंडा किसान निराश

मङ्गलबार, १९ असार २०७५

भारतले नेपालको टमाटर निर्यातमा रोक लगाएसँगै टमाटर बिक्री हुन नसकेपछि किसानहरु निरास बन्न थालेका छन् ।

वन मासेर ढुंगा–बालुवा निकासी

वन मासेर ढुंगा–बालुवा निकासी

सोमबार, ११ असार २०७५

साँघुुरो सडक । सडकको दुवै लेनमा नदीजन्य पदार्थ बोकेका गाडी । स्कुल र सरकारी गाडी फाट्टफुट्ट छन् । पैदलयात्रु सवारीको चेपबाट सडक छिचोल्न खोज्दैछन्।

पञ्चकन्याको स्टिल ट्यांकी भारत निकासी

पञ्चकन्याको स्टिल ट्यांकी भारत निकासी

आइतबार, १३ जेठ २०७५

मुलुकको प्रतिष्ठित व्यापारिक एवं औद्योगिक घरानामध्येको एक पञ्चकन्या ग्रुपले स्टेनलेस स्टिल ट्यांकी भारत निकासी गर्न थालेको छ। पञ्चकन्याका स्टिल ट्यांकीको माग भारतको पटना, लखनउ, कोलकाता जस्ता सहरमा समेत हुन थालेको कम्पनीले जनाएको छ।

वैकल्पिक लोकमार्गको आडमा तयारी गिट्टी भारत निकासी

वैकल्पिक लोकमार्गको आडमा तयारी गिट्टी भारत निकासी

मङ्गलबार, २५ बैशाख २०७५

त्रियुगा नगरपालिका–७ चुहाडेमा ‘धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना (पूर्वी खण्ड) निर्माण सामग्री प्रशोधन प्लान्ट’ लेखिएको बोर्ड झुन्डिएको छ। बोेर्डको पछाडिपट्टि ठूलो प्लान्ट ‘क्रसर उद्योग’ सञ्चालित छ। चुरे वनसँगै टाँसिएर सञ्चालित क्रसर उद्योगको अभिलेख जिल्ला घरेलु तथा साना उद्योग कार्यालय उदयपुर (गाईघाट) मा छैन।

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

बिहिबार, २० बैशाख २०७५

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खनन्का लागि अनुमति लिन निकुञ्ज प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ।

अदुवा निकासी सकसको पाठ

अदुवा निकासी सकसको पाठ

मङ्गलबार, २३ माघ २०७४

एकातर्फ राजनीतिक र प्रशासनिक क्षेत्रमा सरकार गठन र प्रदेश सरकार गठनका मुद्दाहरू तातो बहसका सामग्री बनेका छन् । यस बेला भने उद्योग र वाणिज्यको क्षेत्रमा अदुवा भारत निकासीमा यसपटक आएको अवरोध त्यस्तै तातो मुद्दा बनेको थियो । व्यवसायीले अदुवा भन्सार बिन्दुमा पु¥याएर पनि फेरि गोदाममा फर्काएर ल्याउनुपरेको थियो ।

फेरि रोकियो अदुवा निकासी

फेरि रोकियो अदुवा निकासी

आइतबार, ०७ माघ २०७४

नेपालको अदुवा निकासीमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। विभिन्न बहानामा भारतीय भन्सारका कर्मचारीले अदुवा निकासी हुन नदिँदा झापाको काँकडभिट्टास्थित भन्सार कार्यालयको यार्डमा अदुवा लोड भएका गाडी १३ दिनदेखि थन्किएका छन्।

निकासी नहुँदा करोडौको अदुवा थन्कियो

निकासी नहुँदा करोडौको अदुवा थन्कियो

बुधबार, ०३ माघ २०७४

जिल्लाका किसानहरुले उत्पादन गरेको करोडौको अदुवा समयमै निकासी नहुँदा थन्किएको छ। किसानहरुले उत्पादन गरेको अदुवा निकासी नहुँदा ब्यापारीले गोदाममा र किसानहरुको बारीमै थन्किएको हो।

१३ प्रजातिका जडीबुटी निकासी

१३ प्रजातिका जडीबुटी निकासी

बुधबार, २६ पुष २०७४

हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्न थालिएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायत प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी निकासी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन

ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन

बिहिबार, १५ भदौ २०७४

सरकारले वर्षात्‌को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन। चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ। खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्‍याएको छ।

भारत निकासी गर्न लागिएको चाइनिज मोवाइल जफत

भारत निकासी गर्न लागिएको चाइनिज मोवाइल जफत

मङ्गलबार, ०४ माघ २०७३

सर्लाहीको त्रिभुवन नगरबाट भारततर्फ लैजादै गरिएको ठूलो परिमाणको चाइनिज इन्टेक्स मोवाइल प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैधरुपमा भारततर्फ नुन निकासी

अवैधरुपमा भारततर्फ नुन निकासी

मङ्गलबार, २१ मङि्सर २०७३

भारतबाट किनेर ल्याएको नुन अवैध रुपमा उतै निकासी हुने गरेको छ। भारतको तुलनामा नेपालमा नुन प्रतिकिलो करिब ११ रुपैयाँ सस्तो भएपछि अवैध ढंगले भारततर्फ नै नुन निकासी हुन थालेको हो।

मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

आइतबार, १४ कार्तिक २०७३

हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अदुवा निकासी गर्न महासंघको आग्रह

अदुवा निकासी गर्न महासंघको आग्रह

आइतबार, १९ भदौ २०७३

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको सुदूर पूर्वाञ्चल र सुदूर पश्चिाञ्चलका उद्यमी व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र नेपालस्थित भारतीय राजदूतावासका पदाधिकारीबीच शनिबार भारतीय राजदूतावासमा अदुवा निकासीमा देखिएका समस्याबारे छलफल भएको छ।

अदुवा निकासी रोकिँदा किसान मर्कामा

अदुवा निकासी रोकिँदा किसान मर्कामा

शनिबार, १८ भदौ २०७३

नेपाली अदुवामा हानिकारक विषादी पाइएको भन्दै भारतीय पक्षले लिन छाडेपछि सयौं किसान र व्यापारी मारमा परेका छन्। मध्य सिजनमै अदुवा निकासी रोकिएपछि कुहिने डरले किसानलाई सताएको छ। काँकडभिट्टा नाकाबाट मंगलबारयता अदुवा निकासी रोकिएको छ।

रोकिएन गिट्टी र बालुवा चोरी निकासी

रोकिएन गिट्टी र बालुवा चोरी निकासी

सोमबार, १७ साउन २०७३

इटहरी- सरकारले असारदेखि तीन महिनासम्म मुलुकभरका नदीबाट ढुंगा, गिटी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाएपनि सुनसरी–मोरङका कतिपय नदीबाट चोरी–निकासी निरन्तर भइरहेको छ। दुवै जिल्लाका खोलाबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

ढुंगा-गिट्टी निकासी रोकियो

ढुंगा-गिट्टी निकासी रोकियो

मङ्गलबार, ०७ असार २०७३

जिल्लाका खोलाहरूबाट ढुंगा–गिट्टी, बालुवा उत्खनन र बिक्री–वितरण रोकिएको छ। सरकारको निर्णयअनुसार हरेक असारदेखि भदौ मसान्तसम्म खोलाबाट ढुंगा-गिट्टी र बालुवा निकाल्न रोकिएको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए।

Ncell Footer Ad