‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

बुधबार, २९ साउन २०७६

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ। ...

सिमेन्ट बोकेको ट्रक दुर्घटना

सिमेन्ट बोकेको ट्रक दुर्घटना

सोमबार, १६ असार २०७६

नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ। ...

पूर्वीनवलपरासीको चौधरी ग्राम उद्योगमा बम विस्फाेट !

पूर्वीनवलपरासीको चौधरी ग्राम उद्योगमा बम विस्फाेट !

बुधबार, ०४ बैशाख २०७६

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) का डीएसपी रमेश थापाले बताएअनुसार केही व्यक्तिले बाेतलमा बारुद भरेर उद्योगभित्र फालेक थिए। ...

परिवार भेट्न आएका विप्लवका जिल्ला इन्चार्ज समातिए

परिवार भेट्न आएका विप्लवका जिल्ला इन्चार्ज समातिए

मङ्गलबार, १२ चैत २०७५

जिल्ला इन्चार्ज ज्ञवालीलाई  नवलपरासीको बर्दघाटबाटै पक्राउ गरिएको नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए। ...

नवलपरासीमा उधारोमा उखु क्रसिङ सुरु

नवलपरासीमा उधारोमा उखु क्रसिङ सुरु

सोमबार, २८ माघ २०७५

नवलपरासीका चिनी मिलले उखु क्रसिङ सुरु गरेका छन्। मिलहरु सञ्चालनमा आए पनि किसानले उखु उधारोमै बेच्नुपर्ने भएको छ। गत वर्षकै भुक्तानी नपाएका प्रतापपुरका किसान सुधामा कोइरीले यसपालि पनि उधारोमा उखु बेच्न बाध्य भएको बताए। ‘पोहोरकै उखुको पैसा अहिले पनि पाएका छैनौं। अहिलेको त कहिले हो कहिले,’ कोइरीले भने। पोहोरकै पैसा नपाएपछि किसानले उखु काट्ने खेताला र मिलसम्म लैजाने ढुवानी भाडाका लागि ऋण खोजेर काम चलाएका छन्।

खेतमै सुक्न थाल्यो उखु

खेतमै सुक्न थाल्यो उखु

बुधबार, १६ माघ २०७५

सरकारले उखुको मूल्य तोकेसँगै चिनी उद्योग सञ्चालन हुने आशमा नवलपरासीको प्रतापपुर–६ गुठीप्रशौनीका बच्चाराज भरले गत बुधबारदेखि उखु काट्न सुरु गरे। १५ कट्ठामा लगाइएको उखुमध्ये बच्चाराजले सात–आठ कट्ठाको उखु काटिसकेका छन्। खहुरेर तयारी अवस्थामा राखिएका करिब १० क्विन्टल उखु उनले बिक्रीका लागि लैजान पाएका छैनन्। ‘उद्योग खुलेकै छैनन्, काटेको उखु खेतमै सुक्ने भयो,’ भरले दुखेसो पोखे।

सिङ्गो गाउँनै एक व्यक्तिको नाममा दर्ता

सिङ्गो गाउँनै एक व्यक्तिको नाममा दर्ता

शनिबार, ०७ पुष २०७५

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी हुँदा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको एकल नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर रहस्य खुलेको हो।

दुर्घटनामा १ जनाको मृत्यु, चार घाइते

दुर्घटनामा १ जनाको मृत्यु, चार घाइते

मङ्गलबार, ०४ मङि्सर २०७५

नवलपरासीको नवलपुरमा सोमबार राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

मङ्गलबार, ०६ कार्तिक २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

आइतबार, ०४ कार्तिक २०७५

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

बुलिङटार र रामपुरमा नेपाल बंगलादेश बैंक

बुलिङटार र रामपुरमा नेपाल बंगलादेश बैंक

बुधबार, २४ असोज २०७५

नेपाल बंलादेश बैंक लिमिटेडले नवलपरासीको बुलिङटार र सल्यानको रामपुर कालीमाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नवलपरासीको अरुणखोलामा बस दुर्घटना, नौ घाइते

नवलपरासीको अरुणखोलामा बस दुर्घटना, नौ घाइते

शनिबार, २० असोज २०७५

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।

कावासोतीमा बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

कावासोतीमा बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

शनिबार, १३ असोज २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ।

नवलपरासी पश्चिम र पूर्वमा ७० प्रतिशत मतदान

नवलपरासी पश्चिम र पूर्वमा ७० प्रतिशत मतदान

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ७० प्रतिशत मतदान भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सबै मतपेटिका मतगणनास्थल सदरमुकाम परासीस्थित आर्दश माविमा ल्याउने क्रम जारी रहेको नवलपरासी पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए। आज रातिसम्म सबै मतपेटिका संकलन गरी दलहरुको सहमतिअनुसार मतगणना शुरु गरिने उनले बताए।

रुपन्देहीबाट नवलपरासी सर्दै क्रसर व्यवसायी

रुपन्देहीबाट नवलपरासी सर्दै क्रसर व्यवसायी

मङ्गलबार, २४ साउन २०७४

रुपन्देहीमा ढुंगागिट्टीको चलखेल गर्ने समूह पछिल्ला केही वर्ष यता नवलपरासीमा सक्रिय भएका छन्। रुपन्देहीका खोलानालामा मनपरी उत्खनन् र निकासी रोकिएपछि व्यवसायीका आँखा नवलपरासीका खोलानालामा परेको हो।

विदेशबाट बढी शव आउनेमा नवलपरासी

विदेशबाट बढी शव आउनेमा नवलपरासी

आइतबार, १५ फागुन २०७३

मंसिर २० गते विहान १० बजे। बर्दघाट नगरपालिका–११ विजयपुरका अमृत चौधरी (१७) ले फेसबुक खोल्दा उनका बाबु यमनारायण (३५) अनलाइन थिए। ड्युटी जाने हतारमा रहेका यमनारायणले लामो समय च्याट गर्न पाएनन्। 'राम्रोसँग बस्नू, आफ्नो ख्याल राख्नू,' बाबुसँगको अन्तिम कुराकानी सुनाउने क्रममा गला अवरुद्ध पार्दै अमृतले भने, 'त्यो नै बुबासँगको अन्तिम कुराकानी भयो।'

नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो:  राजमार्गमा यातायात ठप्प

नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो: राजमार्गमा यातायात ठप्प

आइतबार, २६ मङि्सर २०७३

ट्रकको ठक्करले पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको पुल भाच्चिएपछि नवलपरासीको दलदलेमा यातायात आवागमन आज आइतबार बिहानदेखि ठप्प भएको छ। नारायणगढबाट बुटबल जाँदै गरेको ना ६ ख ३०१७ नम्बरको ट्रक पुलमा ठोक्किएर पल्टिएको थियो। ट्रक हटाएपनि पुलमा क्षति भएका कारण गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जनाएको छ।

Ncell Footer Ad