बिचौलियासँग किन्दै खाद्य

बिचौलियासँग किन्दै खाद्य

मङ्गलबार, १० मङि्सर २०७६

किसानले धान बेचेको एक–डेढ महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिकको खाद्य संस्थान)ले धान खरिद सुरु गरेको छ। धान...

धानमा दाना नलागेपछि के खाने भन्ने चिन्ता

धानमा दाना नलागेपछि के खाने भन्ने चिन्ता

आइतबार, ०८ मङि्सर २०७६

भेरीगंगा नगरपालिका–९ की तुल्सी डाँगीले यो वर्ष १० कट्ठा जमिनमा गरिमा जातको धान खेती गरिन्। स्थानीय एग्रोभेटबाट बीउ ल्याएर खेती...

राजापुरमा धान नपाएपछि कैलालीमा धान खरिद गर्दै चामल कारखाना

राजापुरमा धान नपाएपछि कैलालीमा धान खरिद गर्दै चामल कारखाना

बिहिबार, ०५ मङि्सर २०७६

बर्दियाको राजापुरस्थित आधुनिक चामल कारखानाले कैलालीको टीकापुरमा धान खरिद सुरु गरेको छ। राजापुर क्षेत्रमा लक्ष्यअनुसार आवश्यक धान खरिद गर्न नसकेपछि...

धानको बाला नलागेपछि किसान चिन्तित

धानको बाला नलागेपछि किसान चिन्तित

बिहिबार, २८ कार्तिक २०७६

‘धेरै फल्छ भनेर पाँच सय रुपैयाँ किलो तिरेर सात किलो किनेर लगाएँ, अहिले बिउ जति पनि उत्पादन छैन’ उनले भने।

धानको मूल्य निर्धारण

धानको मूल्य निर्धारण

बुधबार, २७ कार्तिक २०७६

खाद्यसंस्थान, राजापुरले धान खरिद प्रक्रिया सुरु गर्न बुधबार धानको मूल्य निर्धारण गरेको छ। खाद्य मूल्य निर्धारण समितिले धान खरिद गर्न धानको मूल्य निर्धारण गरेको हो।

बिचाैलियासँग धान किन्छ खाद्य संस्थान

बिचाैलियासँग धान किन्छ खाद्य संस्थान

बुधबार, २० कार्तिक २०७६

पहिले दलालले किसानबाट सस्तोमा धान खरिद गर्ने र पछि त्यही धान संस्थानले महँगोमा खरिद गर्ने गरेको पाइएको छ। यसमा दलाल र खाद्य संस्थानका कर्मचारीको मिलेमतो रहेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले देखाएको छ।

किसानलाई धान काट्ने चटारो

किसानलाई धान काट्ने चटारो

आइतबार, १० कार्तिक २०७६

असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेपछि भक्तपुरे किसानलाई धान काट्ने चटारो परेको छ। तिहार नजिकिँदै जादा एकाबिहानैदेखि उनीहरुले समूहसमूहमा मिलेर धान काट्न थालेका छन्।

धानमा धोका

धानमा धोका

मङ्गलबार, ०५ कार्तिक २०७६

सरकारले उत्पादन धेरै हुने, मीठो र बास्नादार भन्दै सिफारिस गरेको गरिमा जातको धान लगाएका किसानले धोका पाएका छन्। विगतमा पनि सरकारले सिफारिस गरेका विभिन्न खाद्य बालीका बीउ प्रयोग गरेका किसानले यस्तै धोका पाएका थिए। सरकारले उन्नत जात भनेर लगाउन सिफारिस गरेका मकै, गहुँ, धानलगायत खाद्य बालीका बीउले उत्पादन राम्रो नदिएको र बोटमा फसलै नलागेका धेरै उदाहरण छन्। अहिले पनि गरिमा जातको धान लगाएका किसानले यस्तै धोका पाएका हुन्। सरकारले उत्पादकत्व बढी हुने भनेर सिफारिस गरेको भन्दै कैलाली, कञ्चनपुर, चितवनलगायत जिल्लाका किसानले यो वर्ष यही जातको धान लगाएका थिए। उत्पादन बढी हुने आशामा रहेका किसान धानमा बालै नलागेपछि अहिले निराश भएका छन्।

धान नकाट्न केन्द्रको आग्रह

धान नकाट्न केन्द्रको आग्रह

आइतबार, ०३ कार्तिक २०७६

जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन्। धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन्।

प्रदेश १ पनि फौजी किराको चपेटामा

प्रदेश १ पनि फौजी किराको चपेटामा

बिहिबार, ३० असोज २०७६

पाकेर धान काट्ने बेलामा फौजी किराको प्रकोपले बाला भुँइभरि भयो। उनले हत्तपत्त धान काटेर भित्र्याउन थाले। धान ५० पाथी मात्र भयो। ‘एक वर्षलाई खान पुग्ने धान फल्छ भन्ने आशा थियो, फलेको पनि राम्रो थियो,’ उनले भने, ‘तर किराले सखाप पा-यो। राज्यले किसानलाई हेरिदिनुपर्छ।’

किसानलाई धान भित्र्याउने चटारो

किसानलाई धान भित्र्याउने चटारो

बुधबार, २९ असोज २०७६

कैलाली र कञ्चनपुर जिल्लाका किसानलाई यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ।

धानको बाला नलागेपछि किसान चिन्तित

धानको बाला नलागेपछि किसान चिन्तित

बिहिबार, १६ असोज २०७६

दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान एक सय दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन्। बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन।

फलेन उन्नत जातको धान, किसान चिन्तित

फलेन उन्नत जातको धान, किसान चिन्तित

मङ्गलबार, १४ असोज २०७६

नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जातको धान नफल्दा कैलाली, कञ्चनपुरका किसान चिन्तित छन्। मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै किसानले गरिमा जातको धान रोपेका थिए। धान फलेर पाक्ने समय भइसक्दा पनि धानमा बाला नलाग्दा किसान भने चिन्तित बनेका हुन्।

गरिमा धानमा बाला लाग्न शुरु

गरिमा धानमा बाला लाग्न शुरु

मङ्गलबार, १४ असोज २०७६

जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्न थालेको छ। बाहिर आइनसके पनि भित्री भागमा बाला देखिन थालेको हो। बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि किसानले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।

भारतीय ‘गरिमा’ जातको धानमा बाला लागेन, पाँच हजार किसान मर्कामा

भारतीय ‘गरिमा’ जातको धानमा बाला लागेन, पाँच हजार किसान मर्कामा

सोमबार, ०६ असोज २०७६

उन्नत जात भनेर विक्रि गरिएको ‘गरिमा’ जातको धानको विउमा बाला नलाग्दा ५ हजार नेपाली किसान मर्कामा परेका छन्। भारतबाट आयात गरिएको उक्त विउ नेपालमा १३ हजार ४ सय किलो बिक्री गरिएको थियो। उक्त धान प्रयोग गर्ने किसानहरु मर्कामा परेका हुन्।

घरेलु मदिराको प्रभाव: पाथीकाे धान ६०, कोदो सय रुपैयाँमा कारोबार

घरेलु मदिराको प्रभाव: पाथीकाे धान ६०, कोदो सय रुपैयाँमा कारोबार

बुधबार, २५ भदौ २०७६

कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ। स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन्।

सय केजी धान चोरी गर्ने जेल चलान

सय केजी धान चोरी गर्ने जेल चलान

मङ्गलबार, ०३ भदौ २०७६

सय केजी धान चोरी गर्ने इटहरीका एक युवा जेल चलान भएका छन्। इटहरी वडा नं. १० का २२ वर्षीय हेमनारायण चौधरी जेल चलान भएका हुन्।

रसुवामा ७४ प्रतिशत रोपाइँ

रसुवामा ७४ प्रतिशत रोपाइँ

बिहिबार, १६ साउन २०७६

रसुवामा ७४ प्रतिशत रोपाइँ सकिएको छ। धान रोपाइँ हुने क्षेत्रमा पर्याप्त पानी परेपछि धान रोपाइँले गति लिएको हो। गत असार १६ गतेसम्ममा जिल्लामा १० प्रतिशत रोपाइँ भएको थियो। गत वर्ष समयमै मनसुन सक्रिय भएका कारण जिल्लाका कृषकले जेठ मसान्तबाटै रोपाइँ सुरु गरेका थिए। यो वर्ष भने असारको पहिलो सातादेखि रोपाइँ सुरु भएको थियो।

साउन, निर्मला र दण्डहीनता

साउन, निर्मला र दण्डहीनता

आइतबार, २९ असार २०७६

भर्खरै रोपिएका धानका बोटका कारण सबैतिर हरियाली छाउने महिना हो– साउन। धानका कारण मात्र हैन, बोबिरुवा, तरकारी, फलफूल आदिका कारण पनि यतिबेला हाम्रा फाँटदेखि डाँडाकाँडासम्म हरिया भएका हुन्छन्। साउन हरियालीका कारण मात्र होइन, खासमा यही महिनाबाट हिन्दुको चाडपर्व पनि सुरु हुने भएकाले महत्वपूर्ण हुन्छ।

झापामा रोपाइँ १५ प्रतिशत मात्रै

झापामा रोपाइँ १५ प्रतिशत मात्रै

शनिबार, २१ असार २०७६

झापामा मध्य असार सकिँदासमेत धान रोपाइँले गति लिन सकेको छैन। सातायता वर्षा नभएकाले झापामा रोपाइँ गर्न किसानले पाएका छैनन्। झापामा अहिले १५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ।

धान रोप्न प्रविधि प्रयोग

धान रोप्न प्रविधि प्रयोग

सोमबार, १६ असार २०७६

कृषिलाई यान्त्रिकीकरणमा लैजान धान रोप्नका लागि प्रविधिको प्रयोग गरिएको छ। भरतपुर महानगरपालिका वडा २६ दिव्यनगरका कृषकले धान रोप्नका लागि मेसिनको प्रयोग गरेका हुन्।

सरकार, पुलाउ पकाउने धान खै?

सरकार, पुलाउ पकाउने धान खै?

सोमबार, १६ असार २०७६

२०४० को दशकसम्म पनौतीलाई ‘पोखरेली मसिनो’ चामल र रोशी खोलाको ‘असला’ माछा पाइने ठाउँ भनेर उपत्यकाले चिन्थ्यो। २०४४ सालतिर भित्रिएको खुमल–४ जातको धानले पोखरेली मसिनोलाई भुलाइदियो। यस्तै, रोशी खोला सुक्दै गएपछि असला माछा पनि हराए।

चैते धानमा मूल्यकै पिरलो

चैते धानमा मूल्यकै पिरलो

आइतबार, १५ असार २०७६

असार १५ मा राष्ट्रिय धान दिवस धुमधामले मनाउने तयारी हुँदै गर्दा किसान भने त्यही धानको मूल्य नपाएर हैरान छन्। झापामा प्रशस्त उब्जनी हुने चैते धानको मूल्य नपाउँदा किसानले लागत नै उठाउन पनि सकेका छैनन्।

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

आइतबार, १५ असार २०७६

आज असार १५ अर्थात् धान दिवस। धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ। तर, बाँकेमा भने रोपाइँको सुरसार छैन। “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन्, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन।”

किसानलाई धानको बिउ छर्न भ्याइनभ्याइ

किसानलाई धानको बिउ छर्न भ्याइनभ्याइ

शुक्रबार, ३१ जेठ २०७६

‘यो वर्ष रोपाइँको बेला पनि राम्रो पानी परिदियो भने धान मनग्य हुनेछ,’ पर्साको पोखरिया नगरपालिका–१० सिर्बावाका किसान बुनिनारायण राउत कुर्मीले भने, ‘अहिले बिउ हाल्ने बेलामा ठिक्क मात्रामा पानी परेको छ, बिउलाई राम्रो भयो ।’ जिल्लाका किसानलाई धानका लागि बिउको बिड तयार पार्न भ्याइनभ्याइ छ । धान यहाँको मुख्य बाली हो । जिल्ला कृषि ज्ञान केन्द्रको रेकर्डअनुसार पर्सामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ । यसका लागि जेठभरीमा बिड तयार गरेर किसानले बिउ छर्नुपर्ने हुन्छ । असारभरी रोपाइँ चल्छ । एकातिर खेती किसानीमा काम गर्ने मानिसको संख्या घट्दो छ भने अर्कोतिर प्राविधिले सघाएको छ । रोपाइँदेखि दाईसम्म ट्याक्टर र कम्बाइनजस्ता ठूला कृषि उपकरणले काम गरे पनि बिउको बिडको लागि गोरुकै जोताइ राम्रो हुने कृषकको अनुभव छ ।

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

बुधबार, ११ पुष २०७५

यो वर्ष करिब साढे चार लाख मेट्रिक टन धान उत्पादन बढेको छ। चालु आर्थिक वर्ष ०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यो वर्षको धान उत्पादन अहिलेसम्मकै धेरै हो। गत आर्थिक वर्ष ०७४/७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो।

धान उत्पादन घट्यो

धान उत्पादन घट्यो

सोमबार, ०२ पुष २०७५

खोटाङमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। गत आर्थिक वर्षको तुलनामा यस आव ०.२५ का दरले धानको उत्पादकत्व घटेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए।

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

आइतबार, १८ कार्तिक २०७५

विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो।

धानमा किराको प्रकोप

धानमा किराको प्रकोप

आइतबार, ११ कार्तिक २०७५

धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँटका बासु अधिकारीले लगाएको धानमा किराको प्रकोप फैलिएपछि चिन्तित छन् ।

उत्सवमय सेरीकी धान चुटाइ

उत्सवमय सेरीकी धान चुटाइ

शनिबार, १० कार्तिक २०७५

कृषिप्रधान हाम्रो देशमा परापूर्वकालदेखि नै धान मुख्य बालीका रूपमा रहँदै आएको छ । तराई त धानको भणडार नै भयो । उच्च पहाडी जिल्लाहरूमा पनि वातावरण अनुकुल स्थानीय जातको धान उल्लेख्य मात्रा उत्पादन हुन्छ ।

कालीमार्सी घट्दै, उन्नत धान बढ्दै

कालीमार्सी घट्दै, उन्नत धान बढ्दै

आइतबार, ०४ कार्तिक २०७५

पछिल्लो समयमा जुम्लामा कालीमार्सी धानको क्षेत्र फल घट्दै जाँदा उन्नत जातको धान खेती फस्टाउन थालेको छ। मार्सी धानमा रोककिराको संक्रमण बढेकोले उन्नत जातको धान उत्पादनलाई जोड दिन थालिएको किसान बताउँछन।

दसैँमा धान भित्र्याउने चटारो

दसैँमा धान भित्र्याउने चटारो

बिहिबार, ०१ कार्तिक २०७५

सर्वत्र दसैंको चहल पहल बढिरहेको बेला जुम्ला चन्दन्नाथ नगरपालिकाका स्थानीयलाई भने धान भित्र्याउने चटारोले छोडेको छैन। उनीहरू एकाबिहानै धानको खेतमा पुग्छन्, धान काट्छन, दिउँसो धान चुटेर भित्र्याउँछन। राति अबेर पछि मात्रै घर फर्कन्छन्।

राजधानीका फाँटमा तराईको गुन्जन

राजधानीका फाँटमा तराईको गुन्जन

सोमबार, २२ असोज २०७५

कतै भोजपुरी गीत बज्दै छ, कतै मिथिलाको धुन । कतै भैया हो, भैयाको खिलखिलाहट । कतै सूतीको थपथपाहट । उपत्यकामा धान काट्न सुरु भएलगत्तै यहाँका फाँटमा तराईको झल्को देखिएको छ।

उपत्यकाका किसानलाई धान काट्ने चटारो

उपत्यकाका किसानलाई धान काट्ने चटारो

शुक्रबार, १९ असोज २०७५

काठमाडौंका किसानलाई धान भित्र्याउने चटारो छ। बस्ती बस्न बाँकी रहेको उपत्यकाको काँठ क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो लागेको हो।

देशभर ९० प्रतिशत धान रोपाइँ

देशभर ९० प्रतिशत धान रोपाइँ

शनिबार, १९ साउन २०७५

देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ।

सामूहिक धान रोपाइँमा युवा

सामूहिक धान रोपाइँमा युवा

आइतबार, १३ साउन २०७५

टन्टलापुर घाममा कोही कोदाली बोक्दै त कोही मेसिन चलाउँदै थिए। अघिअघि हाते ट्याक्टरले धान रोप्नका लागि माटो सम्याउँदै थियो भने बाउसेहरु कोदालोको सहायताले कुनाकाप्चा मिलाउँदै थिए।

धान दिवसमा श्रष्टा सम्मान

धान दिवसमा श्रष्टा सम्मान

सोमबार, १८ असार २०७५

असार १५ अर्थात धान दिवसको अवसर पारेर नुवाकोट साहित्य प्रतिष्ठानले विगतका वर्षहरु जस्तै श्रष्टा सम्मान कृति विमोचन र रचना वाचन गरी मनाइएको छ।

धान निर्यात अब इतिहास

धान निर्यात अब इतिहास

शनिबार, १६ असार २०७५

साढे तीन दशकअघिसम्म सेती–महाकालीबाट बंगलादेश, भारतको उडिसालगायत ठाउँमा धान–चामल निर्यात गरिन्थ्यो ।

देशभर धान दिवसको रौनक (फोटो फिचर)

देशभर धान दिवसको रौनक (फोटो फिचर)

शुक्रबार, १५ असार २०७५

पन्ध्रौं राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार देशभर विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी मनाइयो। असार १५ लाई दहि चिउरा खाने दिनका रुपमा पनि चिनिन्छ।

धान दिवस : सरकारले खेती गर्न किसानलाई जमिन दिने

धान दिवस : सरकारले खेती गर्न किसानलाई जमिन दिने

शुक्रबार, १५ असार २०७५

प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जग्गा नभएकाले खेती गर्न नसक्ने किसानलाई सरकारले जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। १५ औं राष्ट्रिय धान दिवसको अवसरमा भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जग्गा नभएकाहरुलाई प्रदेश सरकारसँग समन्वय राख्न आग्रह गरे।

धान रोप्न खेतमा पसेका शशांकलाई नेता कार्यकर्ताले हिलाम्मे बनाइदिएपछि...

धान रोप्न खेतमा पसेका शशांकलाई नेता कार्यकर्ताले हिलाम्मे बनाइदिएपछि...

शुक्रबार, १५ असार २०७५

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सिन्धुलीको किसानको खेतमा धान रोप्न पुगेका छन्। १५ औँ राष्ट्रिय धान दिवसको अवसरमा कांग्रेस सिन्धुलीले आयोजना गरेको धान रोपाई कार्यक्रममा सरिक हुन यहाँको कमलामाई नगरपालिका ७ स्थित बर्देउटारको एक किसानको खेतमा कोइराला धान रोप्न पुगेका थिए।

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

शुक्रबार, १५ असार २०७५

प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा रुपन्देहीको सैनामैना १५ बाँसगढीमा धान दिवस मनाइएको छ ।

हिलाम्मे सडकमा धान रोपाई‌ं! (भिडियो)

शुक्रबार, १५ असार २०७५

चावहिल–साँखु सडक खण्डको जोरपाटीमा आज साहित्यकारहरुले सडकमै धान रोपेका छन्। अभिनव साहित्य समाजको अगुवाईमा अन्य केही साहित्यिक संस्थाले राष्ट्रिय धान दिवसको अवसर पारेर हिले सडकमा व्यंगात्मक धान रोपाई गरेका हुन्।

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

बिहिबार, २० बैशाख २०७५

नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ।

चैते धान खेती बढ्दै

चैते धान खेती बढ्दै

आइतबार, १८ चैत २०७४

सिँचाइ सुविधा भएको पूर्वी चितवनमा अहिले चैते धान रोपिँदै छ। पानी नपरे पनि भूमिगत सिँचाइ सुविधा भएका पिप्ले, भण्डारा, कठार, कुमरोज, बछ्यौलीलगायत क्षेत्रमा चैते धान रोपाइँ भइरहेको छ।

धान सुपरजोनमा सौर्य ऊर्जाबाट सिँचाइ

धान सुपरजोनमा सौर्य ऊर्जाबाट सिँचाइ

आइतबार, ०६ फागुन २०७४

झापामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको धान सुपरजोनमा सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको छ । भूमिगत पानी तानेर आधुनिक सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको सुपरजोन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाले जानकारी दिए ।

धादिङमा धान उत्पादन बढ्यो

धादिङमा धान उत्पादन बढ्यो

आइतबार, ०२ पुष २०७४

गत वर्षको तुलनामा धादिङमा धान उत्पादनमा वृद्धि भएको छ । मौसम अनुकूल र रोग किराको प्रभाव कम भएका कारण धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।

धान काट्न खेतखेतमा उम्मेदवार

धान काट्न खेतखेतमा उम्मेदवार

शुक्रबार, ०१ मङि्सर २०७४

एमाले प्रवेश गर्नासाथ टिकट पाएर चुनाव लडिरहेका पूर्व डिआइजी नवराज सिलवालदेखि कांग्रेसका चर्चित नेता विश्वप्रकाश शर्मासम्मले भोट माग्ने क्रममा धान काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । अरु थुप्रै नेता यस्तै चुनावी ‘स्टन्ट’ मा रमाइरहेका छन् । तर, चुनावको मुखमा नेताको रमाइलोका अघि किसानले धानको मूल्य नपाएको दुःख भने छोपिएको छ ।

असिनाले धान नष्ट, लाखौँको क्षति

असिनाले धान नष्ट, लाखौँको क्षति

बिहिबार, १६ कार्तिक २०७४

जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ।  कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा रु १० लाखभन्दा बढीको क्षति भएको कृषकले बताएका छन्।

सिन्धुलीमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने

सिन्धुलीमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने

मङ्गलबार, १४ कार्तिक २०७४

गत बर्षको तुलनामा यस बर्ष सिन्धुलीमा १० प्रतिशत बढी धान उत्पादन हुने भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको लागि सिन्धुलीमा उचित मौसम भएकाले विगतको बर्षको तुलनामा यस बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ।

Ncell Footer Ad