तीनकुनेको अतिक्रमित जग्गामा डोजर चल्यो

तीनकुनेको अतिक्रमित जग्गामा डोजर चल्यो

शनिबार, १० फागुन २०७६

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तीव्रता दिएको छ। ...

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर, व्यवसायी आक्रोशित

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर, व्यवसायी आक्रोशित

बिहिबार, २३ माघ २०७६

प्रदेश सरकारको निर्णयअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भाडामा लगाएका सटरमा बिहिबार डोजर चलाएको छ। ...

डोजर लगाएर पाखा भत्काउनु मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

डोजर लगाएर पाखा भत्काउनु मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

बुधबार, ०१ माघ २०७६

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय, प्रदेश र स्थानीय तीनै सरकार मुलुकको विकास निर्माणमा लागेको बताए। ...

ढिस्कोले डोजर च्यापिँदा चालकको मृत्यु

ढिस्कोले डोजर च्यापिँदा चालकको मृत्यु

आइतबार, १३ पुष २०७६

रोल्पामा सडक खन्दै गरेको जेसिबी (डोजर) माथि ढिस्को खस्दा चालकको मृत्यु भएको छ। बा २ क ५१२९ नम्बरको डोजर पूर्वी...

अवैध रुपमा उत्खनन् गर्ने डोजर स्थानीयको नियन्त्रण

अवैध रुपमा उत्खनन् गर्ने डोजर स्थानीयको नियन्त्रण

सोमबार, ०७ पुष २०७६

राप्ती नदीमा अवैध रुपले बालु्वा तथा गिट्टी उत्खनन् गरिरहेको एक डोजरलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

जनप्रतिनिधिले डोजर किन्दा हाम्रा थन्किए : व्यवसायी

जनप्रतिनिधिले डोजर किन्दा हाम्रा थन्किए : व्यवसायी

बिहिबार, २८ कार्तिक २०७६

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिले कुनै न कुनै तरिकाबाट हेभी इक्विपमेन्ट किनेकाले आफ्ना मेसिन थन्क्याउन बाध्य भएको भन्दै हेभी इक्विपमेन्ट व्यवसायीले गुनासो गरेका छन्।

डोजरले जताततै तहसनहस

डोजरले जताततै तहसनहस

मङ्गलबार, १९ कार्तिक २०७६

सिंहदरबार गाउँ आउँछ भन्थे तर पहाडमा नरभक्षी सिंह गाउँ पसेजस्तै डोजर आतंक फैलिएको छ। नेपाल सरकारले सडक निर्माण गर्दा एक करोडसम्मको योजनामा डोजर चलाउन नपाइने परिपत्र गरे पनि स्थानीय सरकारले केन्द्र सरकारको निर्देशन पालन गरेका छैनन्।

थप तीनजनाविरुद्ध मुद्दा दर्ता

थप तीनजनाविरुद्ध मुद्दा दर्ता

शनिबार, ०९ कार्तिक २०७६

ग्रामीण सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानसमेत थालेको छ ।

डोजरको डर

डोजरको डर

शुक्रबार, ०८ कार्तिक २०७६

समाज विकास भएर आज ‘डिजिटल युग’ मा आइपुगेको छ। हामीकहाँ बर्बरता भने कैयन् युगभन्दा अघिको जस्तो देखिन थालेको छ। बैतडीको यो डोजर काण्डको भिडियो सार्वजनिक नभएको भए शायदै यसलाई यति गम्भीररूपमा लिइने थियो।

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

बुधबार, ०६ कार्तिक २०७६

डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो।

बैतडीमा डोजर आक्रमणमा ८ घाइते, चालक पक्राउ

बैतडीमा डोजर आक्रमणमा ८ घाइते, चालक पक्राउ

मङ्गलबार, ०५ कार्तिक २०७६

सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

मेनरोडमा डोजर चल्ला ?

मेनरोडमा डोजर चल्ला ?

सोमबार, ०४ कार्तिक २०७६

छठ पर्व सकिनासाथ त्रिभुवन राजपथको एउटा खण्ड रहेको वीरगन्जको मेनरोडको मध्यबाट २५÷२५ मिटर दायाँबायाँ फराकिलो पार्ने कामका लागि घर संरचना भत्काउने भनेर हेटौंडास्थित सडक डिभिजन कार्यालयले सूचना जारी गरिसकेको छ।

डोजर पल्टिँदा सहचालकको मृत्यु

डोजर पल्टिँदा सहचालकको मृत्यु

मङ्गलबार, १४ असोज २०७६

जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

डोजरले च्यापिएर एकको मृत्यु

डोजरले च्यापिएर एकको मृत्यु

मङ्गलबार, ०७ असोज २०७६

मृतक तामाङ मादकपदार्थ सेवन गरी डोजर पछ्याएको र चालकले नदेख्दा डोजरले च्याप्न पुगेको वडाअध्यक्ष काजी शेर्पाको भनाई छ।

डोजरमा आगजनी

डोजरमा आगजनी

बिहिबार, २६ भदौ २०७६

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ।

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

मङ्गलबार, १७ भदौ २०७६

वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

मङ्गलबार, १७ भदौ २०७६

कुशेका तीन वडाध्यक्ष डोजर मालिक छन्। वडा नं २ का वडाध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका बताइएको छ।

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

मङ्गलबार, १७ भदौ २०७६

सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाड चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।

मापदण्डविपरीतका टहरामा डोजर

मापदण्डविपरीतका टहरामा डोजर

बुधबार, २२ साउन २०७६

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर बनाइएका टहरा हटाउन थालेको छ।

जथाभावी डोजर विनाशको कारक

जथाभावी डोजर विनाशको कारक

शनिबार, १८ साउन २०७६

डिभिजन वन कार्यालयमा वन उपभोक्ता समूहले वन संरक्षणसम्बन्धी उजुरी दिएको नदेखिनुले पनि वन तथा वातावरण विनाशमा उनीहरूको मौनता प्रस्ट हुन्छ।

मेयर चौधरीले लगाए आफ्नै कम्पाउण्डमा डोजर

मेयर चौधरीले लगाए आफ्नै कम्पाउण्डमा डोजर

मङ्गलबार, २४ असार २०७६

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन्।

उपमहानगरले डाेजर लगाएर १६ परिवार घरबारविहीन

उपमहानगरले डाेजर लगाएर १६ परिवार घरबारविहीन

शनिबार, ०७ असार २०७६

बुटवल उपमहानगरपालिका–१ मा २०२८ सालदेखि घरटहरा बनाई स्थायी रुपमा बसोबास गर्दै आएका करिब १६ घरटहरामा बुटवल उपमहानगरपालिकाले डोजर लगाई घरबिहीन बनाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

रंगशालाको बारमा डोजर चलाउने  प्रकाश कँडेलसहित ४ जना रिहा

रंगशालाको बारमा डोजर चलाउने प्रकाश कँडेलसहित ४ जना रिहा

सोमबार, २७ जेठ २०७६

धुर्मुस सुन्तलीले चितवमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपी प्रकाश कँडेलसहित ४ जना रिहा भएका छन्।

रंगशालामा डोजर लगाउने १७ जना पक्राउ, निर्माणकार्य स्थगित

रंगशालामा डोजर लगाउने १७ जना पक्राउ, निर्माणकार्य स्थगित

बिहिबार, १६ जेठ २०७६

चितवन भरतपुर १५ रामपुरमा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्।

डोजरले खनेको खाल्डोमा डुबेर मृत्यु

डोजरले खनेको खाल्डोमा डुबेर मृत्यु

शुक्रबार, १० जेठ २०७६

सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ। मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ।

पोखरी खन्ने मन छ

पोखरी खन्ने मन छ

बिहिबार, ०२ जेठ २०७६

सानो छँदाका सम्झनामध्ये सबैभन्दा धेरै याद आउने रहेछन्– गाँउका डाँडापाखा, पोखरी र खोला–खोल्साहरूमा चैत–वैशाखमा पनि छिपछिपाउने पानीका मूल र स–साना धाराहरू। पोखरीकै वरिपरि गुच्चा, कपडाको बल, कबड्डी र लुकामारी खेलेको।

डोजर आतंक !

डोजर आतंक !

मङ्गलबार, २४ बैशाख २०७६

छिमेकी गाउँको दाइसँग दिल्लीमा भेट भयो। कुराकानीका क्रममा गहभरि आँशु पार्दै उनले भने– ‘खेतबारीमा डोजर लगाइयो। जमिन चिराचिरा पारियो। चुलोमा आगो बल्न छाड्यो। हाम्रो रोजगारी खोसियो। गाउँघरमा मोटरगाडी कुद्न थाले। भौतिक पूर्वाधार तथा यातायातका साधानसँग जोड्न हामीसँग घरेलु उत्पादन भएन। कोकाकोला, चाउचाउ, बिस्कुट, रक्सी र अन्य खाद्यवस्तु बोकेर मोटरगाडी गाउँ छिरे। घरपरिवारको पालनपोषण र छोराछोरीको पढाइ खर्च जुटाउन हामी विदेश छि-यौँ। गाउँमा विकास त भयो, तर हामी भने न घरको न घाटको भयौँ।’

‘डोजर–एक्साभेटर आतंक बढ्दो’

‘डोजर–एक्साभेटर आतंक बढ्दो’

बिहिबार, २१ चैत २०७५

पूर्वराष्ट्रपति रामवरण यादवले प्रकृतिको अधिक दोहनप्रति चिन्ता व्यक्त गरेका छन्। पोखरामा मंगलबार आयोजित पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पूर्व–राष्ट्रपति यादवले पहाड तथा तराई भेगमा बढिरहेको डोजर र एक्साभेटर आतंकले प्रकृतिलाई मार पार्नुका साथै भविष्यमा आन्तरिक द्वन्द्व चर्किने खतरा रहेको बताए। यादवले डोजर एक्साभेटर चलाउँदा चुरे नोक्सान हुनुका साथै केही वर्षमा मुलुक नै ‘ध्वस्त’ हुने खतरा रहेको औंल्याए।

रोजगारी खोस्दै डोजर

रोजगारी खोस्दै डोजर

शुक्रबार, १५ चैत २०७५

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–६ मग्मामा रहेको विउनटाकुरा–मेलडाँडा सडक खण्ड मर्मतका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। तीन किलोमिटर लामो सडक बर्खाको समयमा भत्किएपछि अवरुद्ध भएको थियो। वर्षाका कारण ठाउँठाउँमा भत्किएको सडक मर्मतका लागि गाउँपालिकाले बजेट विनियोजन गरेपछि गाउँमै रोजगारी पाउने आशमा स्थानीय थिए।

तामाकोसीमा फेरि नदीभित्रै डोजर

तामाकोसीमा फेरि नदीभित्रै डोजर

बिहिबार, ०७ चैत २०७५

दोलखास्थित तामाकोसी नदीमा गिट्टी बालुवा उत्खनन गर्नेहरुले फेरि नदीभित्रै डोजर हालेका छन्। नदीभित्रै डोजर लगाएर जथाभावी खनिएका कारण बिच भागमा ठूल्ठूला खाल्डा देखिएर नदी नै बिरुप पारिएको छ भने कतिपय स्थानमा नदीले धार नै बदलिएको छ। जिल्लाको सिंगटीदेखि नागदहका साथै तामाकोसीदेखि ढोलीखोलासम्मका विभिन्न स्थानमा सञ्चालित क्रसर तथा बालुवा उद्योगले नदीभित्रै डोजर लगाएर गिट्टी बालुवा निकालेका कारण नदीले धार परिवर्तन गर्दै लगेको स्थानीयले बताएका छन्। धार बदल्दा दायाँ बायाँ कमजोर भूभाग भएको कतिपय स्थानमा जमिन नदीले तान्ने जोखिम बढेको छ।

खेतीमा धमाधम डोजर

खेतीमा धमाधम डोजर

शुक्रबार, २४ फागुन २०७५

मूल्य अकासिएर प्रतिमन (४० किलोग्राम) को एक लाख २० हजारसम्म पुग्दा अलैंचीलाई आर्थिक समृद्धिको माध्यम ठानेर धान खेत मास्दै खेती विस्तार गरेका पूर्वी पहाडका किसानलाई त्यो कदम अहिले अभिशाप भएको छ। अलैंची खेतीले उकालो नलगाउने भन्दै ताप्लेजुङका किसानले खेतीमा डोजर चलाएका छन्।

गाउँपालिकाको डोजरमा आगजनी

गाउँपालिकाको डोजरमा आगजनी

बिहिबार, २३ फागुन २०७५

डोल्पाको त्रिबेणी गाउँपालिकाको डोजरमा अज्ञात समुहले बुधबार राति आगजनी गरेको छ। त्रिबेणी गाउँपालिकाको वडा न. २ नुवागाउँ ह्याङमा राखिएको उक्त डोजरमा अज्ञात समूहले आगो लगाइएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले बताए।

खानीको नाममा मनोमानी उत्खनन

खानीको नाममा मनोमानी उत्खनन

शनिबार, ११ फागुन २०७५

२४ मंसिर २०७५ मा धनगढीमाई नगर कार्यपालिकाले मनी निर्माण समिति धनगढीमाईलाई निजी खानी सञ्चालन गर्न दिने निर्णय गर्‍यो। उक्त निर्माण कम्पनीले नगरपालिकालाई डेढ लाख राजस्व बुझाएर कसहा खोला किनारमा डोजर लगाएर अनियन्त्रित रुपमा ग्राभेल उत्खनन गर्दै आएको छ।

धादिङमा पनि बन्दाबारीमा ट्याक्टर

धादिङमा पनि बन्दाबारीमा ट्याक्टर

मङ्गलबार, ०७ फागुन २०७५

चितवनका किसानले बन्दामा डोजर चलाएको दुई महिना नहुँदै धादिङमा पनि त्यस्तै घटना भएको छ। बजार मूल्यभन्दा ९० प्रतिशत कममा पनि बिक्री नभएपछि बेनिघाट रोराङ गाउँपालिका–ं५ विशालटारका किसानले बारीको बन्दा ट्याक्टर लगाएर नष्ट गरेका हुन्। बारीमा लगाएको बन्दाकोभी, मुलालगायत तरकारीको मूल्य नपाएको स्थानीय किसान राजु बिसुरालले बताए। १५ वर्षदेखि कृषि पेसामा संलग्न बिसुराल तरकारी खेतीबाट अब हात धुनुपर्ने अवस्था आएको बताउँछन्।

डोजरको काममा ७५ प्रतिशत कमी

डोजरको काममा ७५ प्रतिशत कमी

सोमबार, ०६ फागुन २०७५

सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले डोजर व्यवसायी, मजदुर र सम्बद्ध प्राविधिक बेरोजगार बन्नुपर्ने अवस्था आएको छ।

कार्यान्वयनमा चुनाैती

कार्यान्वयनमा चुनाैती

मङ्गलबार, २९ माघ २०७५

सरकारले एक दशकअघि गाउँमै रोजगारी दिने उद्देश्यले विकास निर्माणमा प्रत्यक्ष जनसहभागिता हुनैपर्ने बाध्यकारी नीति ल्याएको थियो। जनश्रमबाट सम्भव नहुने योजनाका काममा प्राविधिक रिपोर्टका आधारमा मात्रै डोजर लगाउन पाउने व्यवस्था गरिएको थियो। तत्कालीन जिल्ला विकास समिति (जिविस) मार्फत कार्यान्वयन प्रक्रियामा जाने विकास निर्माणका काममा जनसहभागिता गराउने सरकारी नीति त्यतिबेला असफल बन्यो।

डोजर लगाएर बन्दा नष्ट गर्ने महतोलाई बुटवलमा सम्मान

डोजर लगाएर बन्दा नष्ट गर्ने महतोलाई बुटवलमा सम्मान

सोमबार, २१ माघ २०७५

प्राङगणमा विद्यार्थी लामबद्ध छन्। अगाडि पट्टी सानो मञ्च बनाइएको छ। त्यसको दायाँ छेउमा असरल्ल राखिएकोछ बन्दा। यो दृश्य हो, दीप बोर्डिङ्ग स्कूल बुटवलको। आफ्ना बच्चा लिन पुगेका अभिभावक पनि छक्क पर्दै भन्दै थिए —‘विद्यालयमा बन्दाको व्यापार भइरहेको छ की कसो ?’

मेहनत किसानको, नाफा बिचौलियालाई

मेहनत किसानको, नाफा बिचौलियालाई

बुधबार, १६ माघ २०७५

मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो। प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ।

मूल्य नपाएपछि बन्दामा डोजर लगाउँदै किसान

मूल्य नपाएपछि बन्दामा डोजर लगाउँदै किसान

आइतबार, १३ माघ २०७५

तरकारीले मूल्य नपाएपछि किसानले बारीमा चलाएका छन्। खैरहनी नगरपालिका–६, तुलसीपुरका कृषक पुरन चौधरीले बिहीबार बारीमा डोजर लगाएका हुन्। उनले बारीमा लगाएका बन्दा, काउली, मुला अहिले बेच्ने बेला भएको छ। उत्पादन बेच्ने बेलामा लागत मूल्य पनि नपाउँदा डोजर लगाएर तरकारी उत्पादन हटाएको उनी बताउँछन्।

सडकका नाममा जथाभावी वन मासिँदै

सडकका नाममा जथाभावी वन मासिँदै

मङ्गलबार, २४ पुष २०७५

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित चिउरीबोटे सामुदायिक वनमा डोजर लगाएर सडक खन्न सुरु गरेको भन्दै केही उपभोक्ताले गत मंसिर १४ गते डिभिजन वन कार्यालय दिक्तेलमा निवेदन दिए।

डोजरले पाल्दै डोल्पाका जनप्रतिनिधि

डोजरले पाल्दै डोल्पाका जनप्रतिनिधि

शुक्रबार, ०९ कार्तिक २०७५

नगर क्षेत्रको विकास कार्यमा प्रयोग गरिने भन्दै महँगो मुल्यमा खरिद गरिएकाे डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ।

गाउँ छियाछिया

गाउँ छियाछिया

मङ्गलबार, ३० असोज २०७५

आर्थिक वर्ष २०७४–०७५ मा खोटाङको खोटेहाङ गाउँपालिकाले डोजर प्रयोग गरेर ९१ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाले साना तथा ठूला आयोजना गरी ४६ वटा सडकको ट्रयाक खोलेको हो।

डोजरले किचेर बालकको मृत्यु

डोजरले किचेर बालकको मृत्यु

शुक्रबार, १२ असोज २०७५

जाजरकोटमा डोजरले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कुशे गाउँपालिका वडा २, टालेगाउँका कर्णबहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो।

पालिखेचोकका घरमा डोजर चल्यो

पालिखेचोकका घरमा डोजर चल्यो

बिहिबार, १७ साउन २०७५

पोखराको पुरानो बस्ती पालिखेचोक (साँघुको मुख) चक्ल्याउने गरि त्यहाँका पुराना घर भत्काउन थालिएको छ। लामो समयको रस्साकस्सीपछि चोक फराकिलो बनाउने गरि पुराना घर भत्काउन सहमति जुटेको हो। विहीबार चोकका घरमा डोजर चलेको छ।

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

बिहिबार, २८ असार २०७५

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले राझा स्थित इन्जिनियरिङ भवन डोजर लगाएर भत्काएपछि बिवाद उत्पन्न भएको छ।

पहिरोले डोजर पुरिँदा सहचालकको ज्यान गयो

पहिरोले डोजर पुरिँदा सहचालकको ज्यान गयो

शुक्रबार, १८ जेठ २०७५

सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ।

सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर

सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर

मङ्गलबार, १५ फागुन २०७४

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको छ। सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ नगरपालिकाले खरिद गरेको डोजर र रोलर नगरपालिका भित्र्याईएको हो।

रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त

रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त

शनिबार, १२ फागुन २०७४

म्यान्माली सेनाले रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त बनाएको छ।मानव अधिकारवादी संस्था ह्युमन राइटस् वाचका अनुसार रोहिंग्या मुसलमानहरूको बसोबास रहेको करिब ५० गाउँहरू डोजर लगाएर ध्वस्त बनाइएको हो।

सरकारी डोजर : बस्ती–वातावरण ध्वस्त

सरकारी डोजर : बस्ती–वातावरण ध्वस्त

सोमबार, ०७ फागुन २०७४

डोजर, लोडर, स्क्याभेटर खरिद गर्न छापा अखबारमा खुबसँग विज्ञापन प्रकाशित भए । त्यसपछि खबर छापियो– स्थानीय तहका रूपमा रहेका गाउँपालिका, नगरपालिकाका पदाधिकारीहरूले भकाभक डोजरजस्ता महँगा मेसिनरी किनेर मालिक बनेका छन् र आफ्नो गाउँपालिका, नगरपालिकाबाट बन्ने बाटोघाटो, सिँचाइ, कुलो खन्नमा तिनलाई भाडामा लगाएका छन् । त्योभन्दा पनि बढी त स्थानीय तहमा जितेका प्रतिनिधिहरूमध्ये ३०० भन्दा बढी संख्यामा (हेर्नुहोस्, हिमाल २१—२७ माघ, २०७४) पहिले नै ठेक्कापट्टामा लागेकाहरू छन्, जसले स्थानीय तहका विकास निर्माणका काम आफ्ना फर्म र मेसिन प्रयोग गरेर गर्न थालेको अवस्था छ । स्थानीय तहमा डोजर (डोजर, स्क्याभेटर, लोडर जस्ता हेभी इक्विपमेन्टलाई डोजर मात्र भनिएको) को खरिद र प्रयोगको नयाँ प्रवृत्तिका सम्भावित असरबारे विमर्श चलाउनु लेखको उद्देश्य हो।

जनताका घरमा डोजर नचलाउन सर्वाेच्चको आदेश

जनताका घरमा डोजर नचलाउन सर्वाेच्चको आदेश

बुधबार, १७ माघ २०७४

सर्वाेच्च अदालतले भक्तपुर कटुन्जेका आधा दर्जन घर भत्काउन डोजर नलगाउनु भनी आदेश दिएको छ ।

Ncell Footer Ad