डेंगु नियन्त्रण प्रभावकारी हुन सकेन

डेंगु नियन्त्रण प्रभावकारी हुन सकेन

बुधबार, ०४ असार २०७६

झापाको दमक, विर्तामोड, मेचीनगरको चारआली तथा धुलाबारी डेंगुको उच्च जोखिममा देखिएका छन्। ती स्थानमा स्थानीय सरकारले लामखुटेको बासस्थान नष्ट गर्न...

इनरुवामा पनि डेंगुका बिरामी भेटिए

इनरुवामा पनि डेंगुका बिरामी भेटिए

बुधबार, ०४ असार २०७६

रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा सङ्क्रमितको आशङ्का गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन। ...

बिपीमा झन्झट, निजी ल्याब मालामाल

बिपीमा झन्झट, निजी ल्याब मालामाल

बुधबार, ०४ असार २०७६

ज्वरोका बिरामीको संख्या बढ्नाले प्रतिष्ठानको रगत परीक्षण प्रयोगशाला (ल्याब)मा बिरामीहरूले धेरै सास्ती बेहोर्नुपरिरहेको छ। ...

पूर्वमा फैलियो डेंगु

पूर्वमा फैलियो डेंगु

बिहिबार, ३० जेठ २०७६

सुनसरीको धरानमा फैलिएको डेंगु मोरङमा पनि भेटिएको छ। मोरङको विराटनगर र सुन्दरहरैंचा नगरपालिकामा डेंगुका बिरामी फेला परेका हुन्। ...

धरान डेंगु प्रकोप क्षेत्र घोषणा

धरान डेंगु प्रकोप क्षेत्र घोषणा

बिहिबार, ३० जेठ २०७६

डेंगु रोग नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु रोग प्रकोप क्षेत्र घोषणा गरेको छ।

डेंगु महामारीले पूवाञ्चल क्याम्पसमा पठनपाठन स्थगित

डेंगु महामारीले पूवाञ्चल क्याम्पसमा पठनपाठन स्थगित

सोमबार, २७ जेठ २०७६

दुई सातायता सो क्याम्पसमा अध्ययनरत विद्यार्थीमा डेंगु ज्वरो देखिन थालेको थियो। डेंगु ज्वरोका बिरामी विद्यार्थीको संख्या बढ्दै गएपछि उनीहरूमा मनोवैज्ञानिक त्रास फैलिएको छ।

अफ सिजनमा डेंगुको महामारी

अफ सिजनमा डेंगुको महामारी

आइतबार, २६ जेठ २०७६

गत वैशाख ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत परीक्षणको क्रममा एकजना बिरामीको रिपोर्टमा डेंगु पोजेटिभ देखियो। चिकित्सकहरूको सल्लाहमा उपमहानगरपालिकाले बिपी प्रतिष्ठानका दुईवटा मेसिन मगाएर जोखिम क्षेत्रमा फगिङ (धुँवा फालेर मच्छर मार्ने) गरियो। यसअघि सन् २०१८ र २०१६ मा पनि धरानमा डेंगुका बिरामी भेटिएका थिए। डेंगु संक्रमण भेटिएको क्षेत्रमा फगिङ गरेपछि त्यसबेला नियन्त्रणमा आएको थियो। सोही अनुभवका आधारमा चिकित्सक र जनप्रतिनिधिहरूले यसपालि पनि डेंगु चाँडै नियन्त्रणमा आउला भन्ने आशा गरेका थिए। तर, वैशाख ३१ गतेयता हरेक दिन ज्वरो आएको भन्दै अस्पताल धाउने बिरामीको संख्या बढ्दै गयो भने परीक्षण गर्दा डेंगु पाजेटिभ हुने बिरामीहरू पनि दिन–प्रतिदिन बढ्दै गए। डेंगुका बिरामी कुनै एउटा वडामा सीमित रहेन, वडा १५ मा देखिएको डेंगु संक्रमण अन्य वडामा पनि फैलियो।

लामखुट्टेको लार्भा नष्ट गर्न जनपरिचालन

लामखुट्टेको लार्भा नष्ट गर्न जनपरिचालन

बिहिबार, २३ जेठ २०७६

धरानमा डेंगुका बिरामी भेटिएको झन्डै चार हप्तापछि नियन्त्रण अभियान थालिएको छ। प्रकोप नियन्त्रणभन्दा बाहिर गए पनि नियन्त्रणका लागि जनप्रतिनिधिहरू सक्रिय नभएको आलोचना हुन थालेपछि बल्ल बुधबारदेखि जनचेतनामूलक अभियान सुरु गरिएको हो। प्रिमनसुनमा देखिएको डेंगुको प्रकोप अहिल्यै नियन्त्रणमा नआए मनसुनपछि महामारीको रूप लिन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग, इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र चिकित्सकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले धरानका हरेक घरमा पुगेर लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्नुपर्ने सुझाव दिइरहे पनि अभियान सुरुआत गर्न भने ढिलाइ भएको थियो।

धरानमा दुईदिनमै डेंगुका ६८ बिरामी

धरानमा दुईदिनमै डेंगुका ६८ बिरामी

बुधबार, २२ जेठ २०७६

– हालसम्म बिपी प्रतिष्ठानमा एक सय ७३ र विजयपुर हस्पिटलमा २६ जना भर्ना – बिरामीको संख्या बढ्दै जाने हो भने उपचारमा असहज अवस्था आउनसक्छ।

नियन्त्रण नगरे मनसुनपछि महामारी फैलने आशंका

नियन्त्रण नगरे मनसुनपछि महामारी फैलने आशंका

मङ्गलबार, २१ जेठ २०७६

मनसुनपछि देखिने डेंगु ज्वरोको प्रकोप धरानमा भने प्रि–मनसुनमा नै फैलिएपछि चिकित्सकसँगै स्वास्थ्य विभाग र मन्त्रालय चिन्तित बनेका छन्।

धरानमा डेंगु भयावहतर्फ- १९ दिनमै ७३ जना बिरामी

धरानमा डेंगु भयावहतर्फ- १९ दिनमै ७३ जना बिरामी

शनिबार, १८ जेठ २०७६

पछिल्लो पटक धरानमा डेंगुका ७३ जना बिरामी भेटिएका छन्। यो संख्या धरानमा १९ दिनको अवधिमा भेटिएको हो।

डेंगुबाट बच्न धादिङमा सतर्कता अभियान

डेंगुबाट बच्न धादिङमा सतर्कता अभियान

सोमबार, १३ जेठ २०७६

डेंगु लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, गिजाबाट रगत आउने, उल्टी हुने, छालामा रगतको धब्बा देखिनेलगायत लक्षण देखिन्छन् ।

काठमाडौं–पोखरामा डेंगुको प्रकोप

काठमाडौं–पोखरामा डेंगुको प्रकोप

मङ्गलबार, १३ कार्तिक २०७५

विगतका वर्षमा तराईका जिल्लामा सिमित डेंगु पहाडी जिल्लामा पनि प्रकोपका रुपमा फैलिन थालेको छ।

सात जना बिरामीमा डेंगु

सात जना बिरामीमा डेंगु

शनिबार, १० कार्तिक २०७५

कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ। शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो।

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

मङ्गलबार, १२ असार २०७५

चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ ।

डेंगु प्रभावित क्षेत्रमा विशेष शिविर

डेंगु प्रभावित क्षेत्रमा विशेष शिविर

शुक्रबार, ०१ मङि्सर २०७४

डेंगुबाट अत्यन्त प्रभावित भनिएको रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईमा डेंगुसम्बन्धी एक दिवसीय विशेष शिविर सम्पन्न भएको छ।

बुटवलका डेंगु बिरामी राजधानी धाउँदै

बुटवलका डेंगु बिरामी राजधानी धाउँदै

बिहिबार, ०९ कार्तिक २०७४

स्थानीय तहकै स्वास्थ्यसंस्थामा उपचार हुनुपर्ने डेंगुका बिरामीले उपचार नपाएपछि  बुटवलबाट राजधानी धाउनुपरेको छ । बुटवलबाट राजधानीको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक बिरामी आइरहेको अस्पतालले जनाएको छ ।  ‘उतै उपचार हुनुपर्ने हो, बिरामी आत्तिँदै यतै आइरहेका छन्’, टेकु अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने।

बर्दिबासमा डेंगु रोगी बढे

बर्दिबासमा डेंगु रोगी बढे

बिहिबार, ०२ कार्तिक २०७४

महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ।  जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन्।

स्वास्थ्यमन्त्रीकाे गृहनगरमा ९८ जना डेंगु संक्रमित

स्वास्थ्यमन्त्रीकाे गृहनगरमा ९८ जना डेंगु संक्रमित

बुधबार, २५ असोज २०७४

महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट सुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार बर्दिबास अस्पतालमा ९८ जनालाई डेंगु रोग देखा परेकाे जानकाररी गराए ।

धादिङमा २७ जनामा डेंगु संक्रमण

धादिङमा २७ जनामा डेंगु संक्रमण

शुक्रबार, २० असोज २०७४

धादिङमा दुई सातादेखि डेंगु रोगको संक्रमण भेटिएको छ । दुई साताअघि जिल्ला अस्पताल धादिङमा जँचाउन आएका तीन जनामा संक्रमण भेटिएको थियो । जिल्ला अस्पताल धादिङबेसी र स्थानीय नीजी क्लिनिकमा परीक्षणका लागि आएका बिरामी मध्ये २७ जनामा डेंगुको संक्रमण भेटिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

चितवनमा स्क्रब टाइफस, डेंगु र स्वाइनफ्लु

चितवनमा स्क्रब टाइफस, डेंगु र स्वाइनफ्लु

शुक्रबार, १६ भदौ २०७४

नेपालमा तीन वर्षअघि मात्रै प्रमाणित भएको स्क्रब टाइफससँगै डेंगु, चिकनगुनिया र स्वाइनफ्लु प्रकोप एकैसाथ फैलिएको छ । यतिखेर चितवनका अस्पतालमा यी सबैथरी संक्रमितको उपचार पनि एकैसाथ भइरहेको छ । रोगको शंका लागेर जँचाउन आउनेको भीड बढ्दो छ ।

चितवनबाट फर्केकालाई डेंगु

चितवनबाट फर्केकालाई डेंगु

मङ्गलबार, ०२ कार्तिक २०७३

दसैं मनाउन चितवन गएकाहरुमा डेंगु भेटिएको छ। चितवनबाट फर्केका १० जनामा  डेंगुको लक्षण भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंले जनाएको छ। अस्पतालमा आएकामध्ये तीनजनामा डेंगु प्रमाणित भइसकेको र बाँकी परीक्षणकै क्रममा रहेको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।