टुँडिखेलमा पहिचान र संस्कृतिको कुरा

टुँडिखेलमा पहिचान र संस्कृतिको कुरा

मङ्गलबार, ०३ असार २०७६

टुँडिखेलको सहज परिचय काठमाडौंको बीच भागमा अवस्थित खुल्ला मैदान हो। यो शहिदगेट र रत्नपार्कको बिचमा अवस्थित छ। सामान्यतया आम मानिसको...

उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

शुक्रबार, २२ चैत २०७५

चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने...

टुँडिखेलमा सेना दिवस ( भिडियो )

सोमबार, २० फागुन २०७५

नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना...

मन्त्री अधिकारीकाे  अन्तिम श्रद्धाञ्जली टुँडिखेलमा सुरू

मन्त्री अधिकारीकाे अन्तिम श्रद्धाञ्जली टुँडिखेलमा सुरू

शुक्रबार, १७ फागुन २०७५

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ। ...

टुँडिखेलमा समावेशी ल्होसार

टुँडिखेलमा समावेशी ल्होसार

बुधबार, २३ माघ २०७५

खेन्जा (कोट), टागी (टोपी) जस्ता मौलिक भेषभुषामा सजिएका तामाङ युवायुवतीहरू डम्फु नाच नाचिरहेका थिए। लामा समुदाय जातीय पहिरनमा माक्पा र झुंबा, लिम्बू समुदाय धान नाच (च्याब्ब्रुङ नाच) प्रस्तुत गरिरहेका थिए। धामी झाक्रीहरूले  बजाएको ढ्याङ्ग्रोको आवाज पनि कम लोभ लाग्दो थिएन। यो दृश्य काठमाडौंको टुँडिखेलमा मंगलबार देखिएको राष्ट्रिय सोनाम ल्होसारको थियो।

टुँडिखेलमा धुमधामका साथ मनाइयो सोनाम ल्होसार (फाेटाे/भिडियाे)

मङ्गलबार, २२ माघ २०७५

राजधानीको टुँडिखेलमा यस वर्ष तामाङ समुदायले साेनाम ल्होसार धुमधामका साथ मनाएका छन्। यो पर्वको अवसरमा प्रदेश नम्बर ३ प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिएको थियाे।

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

शुक्रबार, १८ माघ २०७५

सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।

टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने

टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने

बुधबार, १६ माघ २०७५

सोनाम ल्होछार मूल आयोजक समितिले माघ २१ र २२ गते टुँडिखेलमा तामाङ साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो।

‘माघी’मा थारू परिकार

‘माघी’मा थारू परिकार

शुक्रबार, २७ पुष २०७५

हिन्दु समाजमा माघे संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ। विभिन्न जातजातिअनुसार भिन्न तौरतरिकाले माघ १ गते माघे संक्रान्तिलाई मनाउने गरेको पाइन्छ। माघ १ गते काठमाडौंका थारू समुदायहरू टुडिँखेलमा जम्मा भई नाचगान गरी विभिन्न परिकारहरू खाएर एकापसमा शुभकामना आदान–प्रदान गरेर मनाउँछन्।

टुँडिखेलमा साकेला रौनक

टुँडिखेलमा साकेला रौनक

सोमबार, २३ पुष २०७५

किराँत समुदायको महान चाडका रूपमा रहेको उधौली मनाउन भेला भएका युवायुवती ढोल झ्याम्टाको मिठासमा मग्न थिए।

ल्होसारमा झुम्यो राजधानी

ल्होसारमा झुम्यो राजधानी

सोमबार, १६ पुष २०७५

गुरुङ पोशाकमा सजिएका केही युवक ढोल, झ्याम्टा, र मादल बजाएर नाचिरहेका थिए। गुरुङ युवती पनि हातमा नाङ्ला र पिर्का प्रदर्शन गरिरहेका थिए। काठमाडौंको टुँडिखेलमा आइतबार देखिएको तमु ल्होसारको दृश्य हो यो। तमु ल्होसारका अवसरमा गुरुङहरू समुदायका व्यक्तिहरूले टुँडिखेलमा परम्परागत चुट्का कौडा नाच, कोडा नृत्यलगायत प्रर्दशन गरे। उनीहरूको नाच हेरेर प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओली मख्ख देखिन्थे।

टुँडिखेलमा रग्बी विश्वकप ट्रफी

टुँडिखेलमा रग्बी विश्वकप ट्रफी

मङ्गलबार, २५ मङि्सर २०७५

विश्व रग्बीको ‘प्रोजेक्ट एसिया १० लाख’ लक्ष्यको मुख्य अंगका रूपमा ‘रग्बी विश्वकप २०१९ मैदानबाहिर प्रभाव’ नामक कार्यक्रम यही शनिबार टुँडिखेलमा आयोजना गरिएको थियो। जसमा २,५०० मानिसले सहभागिता जनाएका थिए।

टुँडिखेलमा पिक एण्ड ड्रप सम्भव छ त?

टुँडिखेलमा पिक एण्ड ड्रप सम्भव छ त?

सोमबार, २४ मङि्सर २०७५

काठमाडौं महानगरपालिका आगामी पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आपपासमा चल्ने सार्वजनिक सवारीसाधनको लागि पिक एण्ड ड्रप प्रणाली लागू गर्ने तयारीमा जुटेको छ।

संविधान दिवसकाे अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना

संविधान दिवसकाे अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना

बुधबार, ०३ असोज २०७५

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ।

बिरानो बन्दै आँगनको टुँडिखेल

बिरानो बन्दै आँगनको टुँडिखेल

बिहिबार, ०३ साउन २०७५

गत वैशाखमा आयोजित चाैंथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको तयारी हुँदैगर्दा टुँडिखेलको विषयलाई लिएर आयोजक र नेपाली सेनाबीच ठूलो ‘चर्काचर्की’ पर्याे। सदरमुकामको ठूलो टुँडिखेल सर्वसाधारणको पहुँचमा हुनुपर्ने आयोजक माइभ्याली फुटबल क्लबको जिकिर र आफूमातहतको टुँडिखेलमा कुनै गतिविधि गर्न ‘माथिल्लो’ तहको अनुमति चाहिने सेनाको अडान ‘भनाभन’मै परिणत भयो।

खुम्चँदै टुँडिखेल

खुम्चँदै टुँडिखेल

शुक्रबार, ०६ साउन २०७४

अहिले त्रिपुरेश्वर दशरथ रंगशालापछाडि आर्मी अफिसर्स क्लब छ । उत्तरतिरको रत्नपार्क र खुलामञ्च पनि टुँडिखेलबाट अलग्गिएको छ । खुलामञ्चमा त महानगरपालिकाले बसपार्क बनाइदिएको छ । सहरको बढ्दो जनसख्यासँगै खुला स्थानको खोजी भइरहँदा नगरको बीचमा रहेको एउटै मात्र खुला स्थान नासिँदा सर्वसाधारण चिन्तित छन् ।

Ncell Footer Ad