जर्मनका उपमन्त्री नेपालमा

जर्मनका उपमन्त्री नेपालमा

शनिबार, १८ असोज २०७६

जर्मनका उपआर्थिक सहायता एवं विकासमन्त्री नोर्बेट बर्थले तीनदिने नेपाल भ्रमणमा आएका छन्। उनी बिहीबार नेपाल आइपुगेका छन्। भ्रमणका क्रममा उनले...

शिक्षामा सहयोग गर्न जर्मनसँग प्रदेश ३ को आग्रह

शिक्षामा सहयोग गर्न जर्मनसँग प्रदेश ३ को आग्रह

बिहिबार, १९ भदौ २०७६

प्राविधिक शिक्षाको विकास र विस्तारमा सहयोग गर्न जर्मनीसँग प्रदेश ३ सरकारले आग्रह गरेको छ। नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरसँग...

प्रहरी प्रमुखमाथि नै अनुसन्धान

प्रहरी प्रमुखमाथि नै अनुसन्धान

शुक्रबार, १२ असोज २०७५

जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथी अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन्।  अपहरण सम्वन्धी मुद्धामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको...

जर्मन दम्पतीकाे जंको

जर्मन दम्पतीकाे जंको

सोमबार, २६ चैत २०७४

विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन् । आइतबार भने पहिलोपटक भक्तपुरबासीले...

बायर्न जर्मन कपको सेमिफाइनलमा

बायर्न जर्मन कपको सेमिफाइनलमा

बिहिबार, २५ माघ २०७४

आर्येन रोबेनको दुई गोलप्रेरित बायर्न म्युनिख मंगलबार तेस्रो श्रेणीको क्लब पाडरबर्नलाई ६–० ले पराजित गर्दै जर्मन कपको सेमिफाइनल प्रवेश गरेको छ ।कीर्तिमानी १९आै जर्मन कपको उपाधि जित्ने लक्ष्यमा भएको बायर्न किङ्सले कोमन, रोबर्ट लेवान्डोवस्की, जोस्वा किमिच र कोरेन्टिन टोलिसोको गोलमा सानदार जिततर्फ अघि बढेको थियो । क्लबका लागि रोबेनले अन्तिम समयमा थप दुई गोल गरेका थिए ।

शान्ति प्रक्रियाको प्रचार भएन: जर्मन राजदूत

शान्ति प्रक्रियाको प्रचार भएन: जर्मन राजदूत

बुधबार, ०८ कार्तिक २०७४

नेपालका लागि नवनियुक्त जर्मनीका राजदूत रोलान्ड सेफरले नेपालको शान्ति प्रक्रिया विश्वलाई नै चकित पार्ने खालको भए पनि यसको उचित प्रचारप्रसार हुन नसकेको बताएका छन्। शान्ति प्रक्रिया पूर्ण रूपमा टुंगिनसके पनि हालसम्म नेपालले प्राप्त गरेको सफलता विश्वकै लागि नमुना बन्नसक्ने उनले जनाए।

जर्मन राजदूतावासको रेड एरियाबाट लाङटाङ क्षेत्र हट्यो

जर्मन राजदूतावासको रेड एरियाबाट लाङटाङ क्षेत्र हट्यो

बुधबार, २५ असोज २०७४

नेपालस्थितजर्मन राजदूतावासले लाङटाङ क्षेत्रलाई रेड एरियाबाट हटाएको छ । २०७२ वैशाख १२ गते आएको भूकम्पपछि लाङटाङ क्षेत्र पदयात्रागर्न जोखिमपूर्ण रहेको भन्दै दूतावासले आफ्ना नागरिकलाई त्यस क्षेत्रमा नजान परिपत्र जारी गरेको थियो ।

जर्मन चान्सलर मर्केल चौथो कार्यकालका लागि निर्वाचित

जर्मन चान्सलर मर्केल चौथो कार्यकालका लागि निर्वाचित

सोमबार, ०९ असोज २०७४

जर्मनीमा चान्सलर एन्जिला मर्केल संघीय चुनावमा  चौथो कार्यकालका लागि निर्वाचित भएकी छिन्।  उनी चान्सलरका रूपमा निर्वाचित भएतापनि उनी  निकट पार्टी कन्जरभेटिभले सन्तोषजनक मत परिणाम ल्याउन सकेको छैन् ।  कन्जरभेटिभ पार्टीले करिब ३३ प्रतिशत मत ल्याएर संसदको पहिलो पार्टी बन्ने पूर्वानुमान गरिएको छ।

जर्मन राजदूतबाट १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण

जर्मन राजदूतबाट १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण

बुधबार, ११ साउन २०७४

वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ।

स्थलमार्गबाट घर फर्केका जर्मन राजदूतले ११ हजार किलोमिटर यात्रा तय गर्ने

स्थलमार्गबाट घर फर्केका जर्मन राजदूतले ११ हजार किलोमिटर यात्रा तय गर्ने

सोमबार, २९ जेठ २०७४

आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन्।

जर्मन सरकारले १ अर्ब ८५ करोड सहयोग गर्ने

जर्मन सरकारले १ अर्ब ८५ करोड सहयोग गर्ने

शनिबार, २७ जेठ २०७४

नेपाल र जर्मनीबीच १ करोड ६० लाख युरो (करिब १ अर्ब ८५ करोड रुपैयाँ) आर्थिक सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा शुक्रबार नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र जर्मनीका तर्फबाट नेपालका लागि जर्मनीका राजदूत माथियस मेयरले हस्ताक्षर गरेका थिए।

जर्मन राजदूत मायर काठमाडौंदेखि आफैँ मोटर हाँकेर ह्याम्बर्ग फर्किंदै

जर्मन राजदूत मायर काठमाडौंदेखि आफैँ मोटर हाँकेर ह्याम्बर्ग फर्किंदै

बिहिबार, २५ जेठ २०७४

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै छन्।

जर्मन चान्सलरलाई अमेरिकामा ट्रम्पको स्वागत

जर्मन चान्सलरलाई अमेरिकामा ट्रम्पको स्वागत

शुक्रबार, ०४ चैत २०७३

जर्मनीकी चान्सलर एन्जेला मर्केसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाषण गर्दै अमेरिकामा स्वागत गरेका छन् ।

जर्मन चान्सलर मर्केलले चौँथो कार्यकालका लागि उम्मेदवारी दिने

जर्मन चान्सलर मर्केलले चौँथो कार्यकालका लागि उम्मेदवारी दिने

सोमबार, ०६ मङि्सर २०७३

जर्मन चान्सलर एन्जेला मर्केलले आगामी कार्यकालका लागिसमेत उम्मेदवारी दिने सम्भावना रहेको उनको दल क्रिस्चियन डेमोक्रेट्स युनियन (सीडीयू) ले जनाएको छ ।

जर्मन चान्सलर मर्केललाई घरमै धक्का

जर्मन चान्सलर मर्केललाई घरमै धक्का

मङ्गलबार, ०४ असोज २०७३

जर्मनीमा बर्लिनको राज्य चुनावमा चान्सलर एंगेला मर्केलको दल क्रिश्चियन डेमोक्याटिक युनियनले नराम्रो धक्का बेहोरोको छ ।

जर्मन सरकारद्वारा काबुल हमलाको भर्त्सना

जर्मन सरकारद्वारा काबुल हमलाको भर्त्सना

बिहिबार, ०९ असार २०७३

जर्मन सरकारले अफगानिस्ताको राजधानी काबुलमा १२ जना नेपालीको ज्यान जानेगरी भएको हमलाको भर्त्सना गरेको छ। नेपालस्थित जर्मन दूतावासले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई पत्र पठाएर घटनाको भर्त्सना गरेको हो।

जर्मन र पोल्यान्ड अपराजित

जर्मन र पोल्यान्ड अपराजित

बुधबार, ०८ असार २०७३

विश्व विजेता जर्मनी र पोल्यान्ड युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा पुगेका छन् । मंगलबार राति जर्मनीले उत्तरी आयरल्यान्ड र पोल्यान्डले प्रतियोगिताबाट बाहिरिइसकेको युक्रेनलाई समान १–० ले हराउँदै नकआउट चरणको यात्रा तय गरेका हुन् ।

जर्मन प्रशिक्षक नेपालमा

जर्मन प्रशिक्षक नेपालमा

मङ्गलबार, १७ पुष २०६४

जर्मन बुन्डेसलिगाको क्लब एससी फ्रेइबर्गका युथ डिभेलपमेन्ट प्रशिक्षक मार्क जोन होफम्यानले उमेर समुहमा नेपाल र जर्मनीका खेलाडीको स्तर उस्तै भएको बताए। फुटबलमार्फत शिक्षा विकास कार्यक्रमसँग जोडिएका मार्क ६ हप्ताका लागि नेपाल आएका हुन्।

Ncell Footer Ad