महिनावारी नबारे पैसा पाइने

महिनावारी नबारे पैसा पाइने

आइतबार, १२ साउन २०७६

पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने भएको छ। ...

महिलाले सोधे- ‘सभामुखज्यू ! छाउपडी अन्त्यको कानुन कहिले आउँछ ?

महिलाले सोधे- ‘सभामुखज्यू ! छाउपडी अन्त्यको कानुन कहिले आउँछ ?

बिहिबार, ०२ साउन २०७६

‘सभामुखज्यू ! कर्णाली प्रदेशमा छाउपडी व्याप्त छ। महिनावारी भएको बेला पाँच दिनसम्म घर बाहिरै बस्नुपर्छ। यो कुप्रथा अन्त्यका लागि प्रदेशसभाले...

छाउ बार्दैनन् थारू महिला

छाउ बार्दैनन् थारू महिला

बिहिबार, २६ असार २०७६

सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी व्याप्त छ । कैयौं महिलाले महिनावारीको समयमा छाउ बारेका कारण अकालमा ज्यान गुमाउने गरेका छन् ।...

हट्दै छाउपडी प्रथा, गोठबाट घरमा सरे महिला

हट्दै छाउपडी प्रथा, गोठबाट घरमा सरे महिला

सोमबार, ०९ असार २०७६

हिमा गाउँपालिका ४ की सिद्धा शाही महिनावारी भएको समयमा घरभित्र बस्छिन्। त्यति मात्रै होइन महिनावारी भएको समयमा गोठमा बस्दा हुुन...

छाउपडी प्रथा कायमै

छाउपडी प्रथा कायमै

शनिबार, ११ जेठ २०७६

महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन्। साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महीनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन्। छाउपडी भएका बेला घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही महीजस्ता पोषणयुक्त खानेकुरा खान नदिने गरेको स्थानीय महिला भुजी सुनारले बताए।

छाउले पारेको घाउ

छाउले पारेको घाउ

शुक्रबार, २९ चैत २०७५

घर–घरमा पुजिने देवी, जस्तैः लक्ष्मी, सरस्वती, सीता, दुर्गा पनि पक्कै महिनावारी भए तर उनीहरूलाई किन कहिल्यै घरपरिवार र समाजबाट अलग गरिएन ?

घटनास्थल नै नपुगी संसदीय समितिको छाउपडी रिपोर्ट

घटनास्थल नै नपुगी संसदीय समितिको छाउपडी रिपोर्ट

सोमबार, ११ चैत २०७५

संसदको महिला तथा समाजकल्याण उपसमितिले छाउपडीमा मृत्यु भएको बारेमा स्थलगत रिपोर्ट तयार पार्दा घटनास्थल नै नपुगेको फेला परेको छ। संसदीय समितिका सदस्यहरू घटना भएको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दुई दिनसम्म बसे पनि घटनास्थल नपुगिकनै फिल्ड रिपोर्ट तयार पारेका हुन्।

छाउगोठमुक्त गाउँमै ठडिँदै छाउगोठ

छाउगोठमुक्त गाउँमै ठडिँदै छाउगोठ

बिहिबार, १७ माघ २०७५

तीन वर्षअघि वातावरण सुधार समाजको अगुवाईमा सुर्खेत र दैलेखका अधिकांस स्थानीय तहलाई छाउगोठमुक्त घोषणा गरियो। साविकका गाविस कार्यालयसँगको सहकार्यमा गाउँगाउँमा छाउगोठ भत्काइए। महिला समूह र धामी–झाँक्रीलाईनै छाउगोठ भत्काउन लगाइयो। तामझामका साथ छाउगोठमुक्त गरिएका गाउँहरुमा अहिले धमाधम छाउगोठ बनाउने अभियानै चलेको छ।

छुवाछूत, छुई र छाउ

छुवाछूत, छुई र छाउ

मङ्गलबार, १५ माघ २०७५

रजस्वला वा महिनावारी हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिल, कुमाई बाहुन क्षत्री परिवारमा चर्को छ। पश्चिम नेपालको उत्तरी भागमा रजस्वला हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा छाउगोठमा राख्ने चलनले अद्यापि कहालीलाग्दा नतिजा निकाल्ने गरेको कुरा प्रायः समाचारमा आइराखेका छन्।

जंगलमा पालमुनी छाउपडी

जंगलमा पालमुनी छाउपडी

बुधबार, ०९ माघ २०७५

छाउपडी कुप्रथाका कारण महिनावारी हुँदा ५ दिन घर भन्दा बाहिर छाउगोठमा बस्नुपर्ने सुदूरपश्चिमका महिलाहरूको पीडा नै हो। त्यसमा पनि जंगलको वास हिउँदको महिना पालमुनी बस्नु पर्दाको पीडा कस्तो होला ?

छाउ विकृति अन्त्यको प्रयास

छाउ विकृति अन्त्यको प्रयास

आइतबार, २९ पुष २०७५

मुलुक विकास र चेतनाका हिसाबले धीमा गतिमै किन नहोस् फड्को मार्ने अभियानमा भए पनि छाउपडीलगायतका  अन्धविश्वासमा आधारित प्रथा भने झन्झन् मजबुत हुँदैछन्। आधुनिकताले प्राचीन संस्कारहरूलाई दमन गर्दै गएका यथार्थ धेरैतिर देखिन्छन् तर यस्ता प्रथा भने फस्टाइरहनु चिन्ताको विषय हो। त्यसैले त कहिले जंगली जीवजन्तुका कारण छाउपडी गोठमै महिनावारी भएका महिलाको मृत्यु हुने गरेको छ भने कतिपय अवस्थामा घाइते ज्यान लिएर बाँच्न विवश छन्। छाउ अर्थात् महिनावारी। पडी अर्थात् महिनावारी भएकी महिला।

छाउगोठ भत्काउँदै महिला

छाउगोठ भत्काउँदै महिला

शुक्रबार, २७ पुष २०७५

सामान्यतयाः छाउपडी प्रथा पहाडी जिल्लामा मात्रै छ भन्ने धेरैको बुझाइ छ। तर यो प्रथा तराईका जिल्लामा समेत व्यापक मात्रामा देख्न सकिन्छ। तराईका ग्रामीण भेगमा बस्ने मात्रै हैन सहरबजारका महिलाले समेत छाउपडी प्रथा मान्दै आएका छन्।

छाउपडी कानून, दैव जानून्

छाउपडी कानून, दैव जानून्

सोमबार, ०९ पुष २०७५

मंसिर महिनाको चौथो साता राजधानीमा‘महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन’ आयोजना भयो। यस्तासम्मेलनहरूछाउपडी जस्ता जल्दाबल्दा मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बहस सिर्जना गर्न, संवाद गर्न र सचेतना फैलाउनका लागि उपयोगी हुन्छन्।

अछाममा छाउपडी प्रथाको कहालीलाग्दो अवस्था,छाउगोठमै महिलाहरु ज्यान गुमाउँदै

अछाममा छाउपडी प्रथाको कहालीलाग्दो अवस्था,छाउगोठमै महिलाहरु ज्यान गुमाउँदै

मङ्गलबार, २९ जेठ २०७५

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढा र उनकी साथी राधिका बुढा छाउगोठमा सुतिरहेका थिए। जेठ २६ गते शनिवार रातको साढे एक वजेको थियो १८ वर्षीया पार्वतीको शरिरमा सुतिरहेको गोठको छानावाट सर्प खस्यो। उनि चिच्याईन्।

धामीझाँक्रीले खाए छाउपडी कुप्रथा नमान्ने सपथ

धामीझाँक्रीले खाए छाउपडी कुप्रथा नमान्ने सपथ

मङ्गलबार, ०४ बैशाख २०७५

बडिमालिका नगरपालिका क्षेत्रका धामी झाँक्रीले छाउ कुप्रथा नमान्ने सपथसहित लिखित प्रतिवद्धता व्यक्त गरेका छन्। सामाजिक कुमान्यता र कानुनी रुपमा बन्देज कार्यलाई हटाउन आफूहरु बाधक नबन्ने र छाउ गोठ भत्काउन आफै सक्रिय हुने प्रतिवद्धता जनाएका हुन्।

आफैं बस्ने छाउपडी गोठ भत्काउँदै अछामका महिला (फाेटाे)

आफैं बस्ने छाउपडी गोठ भत्काउँदै अछामका महिला (फाेटाे)

मङ्गलबार, २० चैत २०७४

अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन्।

हटेन छाउपडी प्रथा

हटेन छाउपडी प्रथा

शुक्रबार, १८ फागुन २०७४

परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ।

छाउपडी गोठमा सुतेकी एक महिलाको मृत्यु

छाउपडी गोठमा सुतेकी एक महिलाको मृत्यु

सोमबार, २४ पुष २०७४

अछाममा महिनावारी भएको बेला छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन  । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति घरबाट टाढा छाउपडी गोठमा सुतेकी  वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

छाउपडी गोठ भत्काउने अभियान शुरु

छाउपडी गोठ भत्काउने अभियान शुरु

मङ्गलबार, ०४ पुष २०७४

वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ ।

छाउपडी अब दण्डनीय

छाउपडी अब दण्डनीय

बुधबार, २५ साउन २०७४

छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ। मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १ गतेबाट लागू हुनेछ।

छाउपडी : गर्न बाँकी काम

छाउपडी : गर्न बाँकी काम

मङ्गलबार, १७ साउन २०७४

अहिले पत्रपत्रिकामा 'छाउपडी' कुरीतिविरुद्ध 'जिहाद' नै छेडिएको छ। जसका लागि अधिकारकर्मीले धन्यवाद नै दिएका छन्। अब छाउगोठमा नबसेका महिला र किशोरीका कथा पनि छाप्नुपर्छ। ताकि सबैले थाहा पाऊन्– सुदूरपश्चिममा छाउगोठमा नजाने महिला पनि छन्। यसो गरेबापत उनीहरूलाई 'पाप' लागेको छैन भने घरमा 'बाघ' र 'आग' पनि लागेको छैन।

२१ वर्षीया किशोरीको छाउपडी गोठमा मृत्यु

२१ वर्षीया किशोरीको छाउपडी गोठमा मृत्यु

शनिबार, ०४ मङि्सर २०७३

अछाम जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ की एक किशोरीको छाउपडी गोठमा मृत अवस्थामा भेटिएकी छन्। २१ वर्षीया डम्बरा उपाध्यायको गए राति गोठमा सुतेको अवस्थामा मृत अवस्थामा भेटिएको स्थानीयले जनाए।

छाउपडी विरुद्ध तिज

छाउपडी विरुद्ध तिज

आइतबार, १९ भदौ २०७३

रालिही गाविस– ३ की विमला रावत अघिल्लो तिजमा कम्मर मर्काइ मर्काइ छमछमी नाचिन्। उनको नचाइमा ताल र लयको राम्रो मेल थियो। तर गीतको सन्देश भने पटक्कै थिएन। त्यो बेला तिजको नाच र गीतले कुनै अर्थ नराखेको भन्दै अर्को आउने तिजमा सन्देश मुलक नाचगान गर्ने जनाएकी थिइन उनले।

Ncell Footer Ad