सोल्टी होटलमा चिया, इलाममा तरंग

सोल्टी होटलमा चिया, इलाममा तरंग

बुधबार, २९ असोज २०७६

चीनकै कोसेलीका रूपमा डेढ सय वर्षअघि नेपाल भित्रिएको इलामे चिया केही दिनअघि काठमाडौं आएका चिनियाँ राष्ट्रपतिको ‘डिनर मेन्यु’मा प-यो। जब...

चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी

चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी

शनिबार, ११ असोज २०७६

मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ। ...

जापानमा इलाम चिनाउँछन् जो

जापानमा इलाम चिनाउँछन् जो

बुधबार, १५ साउन २०७६

‘चियामा ब्रान्ड दार्जिलिङको तर गुणस्तर चाहिँ इलामको उच्च छ,’ उनी इलामकै चियामा हुरुक्क हुनुको कारण खुलाउँछन्, ‘हाम्रो देश (जापान)मा मात्र...

चिया परीक्षण केन्द्र निर्माण हुने

चिया परीक्षण केन्द्र निर्माण हुने

आइतबार, १५ असार २०७६

चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ। मुलुकमै पहिलोपटक चियाको गुणस्तर...

सूर्याेदयका ५२ चिया उद्योग बन्द

सूर्याेदयका ५२ चिया उद्योग बन्द

शुक्रबार, १३ असार २०७६

हरियो पत्तीको खरिद मूल्य र लागत बढी भए पनि बिक्री मूल्य नपाएको भन्दै उद्योगीले सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग बन्द गरेका छन्।

चिया उद्योग बन्द गर्ने घोषणा, के हो विवाद ?

चिया उद्योग बन्द गर्ने घोषणा, के हो विवाद ?

बुधबार, ११ असार २०७६

किसानलाई हरियोपत्तीको मूल्य दिन नसकेको भन्दै सूर्योदय नगरपालिकाका उद्योगीले चिया प्रशोधन उद्योग बन्द गर्ने घोषणा गरेका छन्। स्थानीय सरकारले तोकेको हरियोपत्तीको न्यूनतम् मूल्य दिँदा आफूहरू डुब्ने अवस्था आएको भन्दै उनीहरूले बिहीबारदेखि सबै उद्योग बन्द गर्ने निर्णयसमेत गरेका हुन्।

वार्षिक सवा तीन अर्बको चिया निर्यात

वार्षिक सवा तीन अर्बको चिया निर्यात

आइतबार, १५ बैशाख २०७६

मुलुकमा झण्डै नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्‍याएको छ।

सवा तीन अर्बको चिया निर्यात

सवा तीन अर्बको चिया निर्यात

आइतबार, १५ बैशाख २०७६

अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ। चिया खेती विस्तारसँगै उत्पादन वृद्धि भएपछि निर्यात बढेको हो।

उद्योगीको प्रतिबद्धतामा चिया श्रमिक असन्तुष्ट

उद्योगीको प्रतिबद्धतामा चिया श्रमिक असन्तुष्ट

बिहिबार, ०५ बैशाख २०७६

निजी क्षेत्रका उद्योगले न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपनि असन्तुष्ट चिया श्रमिकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन्। सरकारी उद्योगले ज्याला कार्यान्वयनमा चासो नदेखाएको र निजी उद्योगले पनि ‘देखाउनलाई’ मात्रै न्यूनतम् ज्याला दिने प्रतिबद्धता जनाएको श्रमिकको गुनासो छ।

चिया श्रमिकको ज्याला दिने प्रतिबद्धता

चिया श्रमिकको ज्याला दिने प्रतिबद्धता

मङ्गलबार, ०३ बैशाख २०७६

सूर्याेदय नगरपालिकाका चिया उद्योगले सरकारले तोकेको श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। आफूहरूले राखेका माग सरकारले पूरा नगरे आन्दोलन गर्ने चेतावनीसहित तत्काललाई श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्न उद्योगी राजी भएका हुन्।

सबैको प्रिय लक्ष्मण दाईको चिया

सबैको प्रिय लक्ष्मण दाईको चिया

शुक्रबार, ११ माघ २०७५

वरिपरि घेरिएर बसेका केही मानिसहरु, कोही चियाको चुस्कीको मजा लिइरहेका थिए भने, कोही चियाको प्रतीक्षामा कुरिरहेका थिए। पानीलाई छेक्न पलास्टिकको ओत लगाइएको थियो। हेर्दा सानो झुप्रो जस्तो देखिन्थ्यो। बिचमा एउटा स्टोभमा दम दिँदै चिया उमाल्न व्यस्त थिए लक्ष्मण खड्का (६०)। बुधबार सिमसिम झरी परेका समयमा वीर र अस्पताल नजिकैको चिया पसलको दृश्य हो यो।

घुम्ती चिया पसल

घुम्ती चिया पसल

शुक्रबार, ०४ माघ २०७५

चिसो मौसम। यतिबेला धेरैजसोको बिहान सिराकभित्रै बित्छ। तर, गीता खरेलको दैनिकी भिन्न छ। बिहानको ४ बज्दै निन्द्राले छोड्छ उनलाई। चिया बनाएर बिहानै ग्राहकलाई पुर्याउन हतारिन्छिन् उनी। उनी बिहान ५ बजे चिया बेच्न निस्किसकेकी हुन्छिन्।

सहरी स्वाद : चिसोमा तात्तातो ‘कफी’

सहरी स्वाद : चिसोमा तात्तातो ‘कफी’

शुक्रबार, २० पुष २०७५

कफी खाने प्रचलन १६ औैं शताब्दिदेखि सुरु भएको मान्न सकिन्छ। युरोपको माल्टा (टापु)मा पहिलोपटक कफी प्रस्तुत गरिएको थियो। नेपालमा पाँच–सात वर्षदेखि कफी खाने प्रचलन निकै बढेको व्यापारी बताउँछन्। चिया पसलदेखि स्टार होटल सम्म कफीलाई ‘मेन्यु’का रूपमा राखिएको पाइन्छ। यसो त चियामा पनि कफी राखेर पिउने चलन यदाकदा देख्न सकिन्छ।

चियामा विविधता खोज्दै विदेशी व्यापारी

चियामा विविधता खोज्दै विदेशी व्यापारी

सोमबार, १० मङि्सर २०७५

तेस्रो मुलुकका व्यापारी र उपभोक्ताको मागअनुसार नेपाली व्यवसायीले तयारी चियाको विविधतालाई प्राथमिकता दिन थालेका छन्। विदेशी व्यापारीले यसअघिसम्म अर्गानिकको आधारभूत सर्तमा चित्त बुझाउने गरेपनि अचेल चियाको प्रकार रोज्न थालेका हुन्।

हरियो चियामा उठेन लगानी

हरियो चियामा उठेन लगानी

बुधबार, ०६ भदौ २०७५

देशका नौ हजारभन्दा बढी किसान चियामा व्यावसायिक भएपनि उनीहरूले चिया बेचेर उत्पादनमा हुने लगानी उठाउन सकेका छैनन् । हरियोपत्तीको मूल्य ज्यादै कम भएका कारण लगानी उठ्न नसकेको किसानको गुनासो छ।

दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

बिहिबार, १४ असार २०७५

न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ।

पूर्वमा आधा घट्यो हरियो चिया

पूर्वमा आधा घट्यो हरियो चिया

आइतबार, १० असार २०७५

चियाको राजधानी मानिने इलामसहित पूर्वी जिल्लाहरूमा हरियो चियापत्ती उत्पादन ठूलो परिमाणले घटेको छ।

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

मङ्गलबार, १५ जेठ २०७५

नेपाली तयारी चिया निर्यातमा भइरहेको अवरोध लामो समयसम्म सहज हुन नसक्दा उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ । पूर्वको पानीट्यांकी नाकाबाट चिया निकासी जटिल भएपछि उद्योगीहरू महँगो ढुवानी खर्च तिरेर वैकल्पिक नाका धाउन बाध्य भएका छन् ।

चिया निकासीमा भारतको तगारो

चिया निकासीमा भारतको तगारो

आइतबार, १३ जेठ २०७५

अनेक बहाना गर्दै नेपाली कृषि उपज निर्यातमा अत्तो थापिरहेको भारतले यतिबेला तयारी चियालाई मुख्य निसाना बनाएको छ।

खत्रीको चिया दोकान

खत्रीको चिया दोकान

शुक्रबार, ११ जेठ २०७५

नेपालको पूर्व क्षेत्र झापाको बिर्तामोडबाट शनिश्चरे हुँदै उत्तरतिर जाँदा जयपुर भन्ने गाउँ आउँछ। झण्डै पचास वर्षअघि त्यहाँ प्राथमिक विद्यालय र केही पुराना घरमात्र थिए । खत्रीको चिया दोकान गफाडीहरूको प्रतियोगिता हुने ठाउँ थियो। सात आठ वर्षको थियो, पंक्तिकार। त्यो बाटो हिँड्दा कहिलेकाहीँ हजुरआमाले ‘तँलाई भोक लाग्यो होला नाति, दूध बिस्कुट खा’ भन्नुहुन्थ्यो । खत्रीको दोकानमा भेला भएका केही टाठाबाठाले हजुरआमालाई आदरपूर्वक नमस्कार गर्थे, माहिला मुखियाकी आमा भनेर। झण्डै आधा घण्टा बस्दा चिया दोकानमा गाउँका ठूलाबडाले गरेको गफ सुन्ने मौका मिल्थ्यो यदाकदा। कतिपय कुरा अहिले पनि सम्झना आउँछ र हाँसो लाग्छ।

चिया निर्यातमा भारतीय अवरोध

चिया निर्यातमा भारतीय अवरोध

मङ्गलबार, २५ बैशाख २०७५

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ। पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन्।

अर्गानिक चिया नै खोज्छन् व्यापारी

अर्गानिक चिया नै खोज्छन् व्यापारी

सोमबार, २४ बैशाख २०७५

जिल्लामा चिया टिपाइ चलिरहेका बेला अर्गानिक चिया उत्पादन गर्ने किसान र उद्यमीलाई बजारको माग धान्न गाहाे भइरहेको छ । गुणस्तरीय अर्गानिक चिया उत्पादन गर्ने उद्योगी र किसानलाई हरेक वर्ष उत्पादन थोरै तर माग बढी हुँदा मागअनुसार पुर्‍याउन समस्या हुने गरेको छ।

मोदीलाई प्रश्न– विवाद सुल्झाउन चीन गएको की चिया पिउन ?

मोदीलाई प्रश्न– विवाद सुल्झाउन चीन गएको की चिया पिउन ?

आइतबार, १६ बैशाख २०७५

भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको कडा आलोचना गरेको छ। कांग्रेस प्रवक्ता पवन खेडाले कुनै एजेण्डाविना चिया पिउन मात्रै चीन जानु गलत भएको टिप्पणी गरे। ‘प्रधानमन्त्री चिया पिउन चीन गएका हुन की विवाद सुल्झाउन?’ उनले प्रश्न गरे।

इलामकाे श्रीअन्तुमा ८ देशका १५ चिया व्यापारी

इलामकाे श्रीअन्तुमा ८ देशका १५ चिया व्यापारी

मङ्गलबार, २७ चैत २०७४

२०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो।

चिया लोगोमा विवाद

चिया लोगोमा विवाद

सोमबार, २६ चैत २०७४

सरकारले शनिबार विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो विवादमा परेको छ।

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

आइतबार, २५ चैत २०७४

जर्मनीका चिया बायर (क्रेता) थोमस शुक्रबार सगरमाथाको फेदीमा पुगेर नेपाली चियाको चुस्की लगाउँदा दंग थिए। सेनाको हेलिकोप्टरबाट सगरमाथा आधार शिविर नजिकै स्याङबोचे पुगेका थोमस नेपाली चियाको स्वादसँगै त्यहाँको प्राकृतिक सौन्दर्यता देखेर निकै उत्साहित भएका थिए।

चिया कारखाना घुम्दै चिनियाँ राजदूत

चिया कारखाना घुम्दै चिनियाँ राजदूत

मङ्गलबार, २० चैत २०७४

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन् । आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

चिया कारखानामा चिनियाँ राजदूत

चिया कारखानामा चिनियाँ राजदूत

सोमबार, १९ चैत २०७४

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन्। आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

चिया गणना सुरु गर्ने तयारी

चिया गणना सुरु गर्ने तयारी

आइतबार, २८ माघ २०७४

चिया खेतीको वास्तविक तथ्यांक तयार गरेर भावी रणनीति तयार गर्न चिया गणना गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा देशभर चियाको विवरण संकलन गर्न लागिएको हो।

चोकमा चिया बेचेर जुट्यो ४ लाख ३४ हजार

चोकमा चिया बेचेर जुट्यो ४ लाख ३४ हजार

बुधबार, २४ माघ २०७४

ब्लड क्यान्सर पिडित गरिब साथीको उपचारका लागि बजारको व्यस्त चोकमा चिया बेचेर एउटा निजी बिद्यालयका बिद्यार्थीहरूले एक सातामा ४ लाख ३४ हजार रूपैयाँ संकलन गरेका छन्।

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बिहिबार, १८ माघ २०७४

बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे ।

ब्लड क्यान्सर पीडित साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

ब्लड क्यान्सर पीडित साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार, १७ माघ २०७४

बुधबार बिहानैदेखि चरिकोटको मौसम चिसो थियो। एका बिहानै कठ्याङग्रीने चिसोमा सातदोबाटो चोकमा स्कुले पोशाकमा केही बालबालिका देखा परे।

रोकिएन चिया किसानको पलायन

रोकिएन चिया किसानको पलायन

मङ्गलबार, ०२ माघ २०७४

बढ्दो लागत खर्च धान्न नसक्दाको आर्थिक बोझ, उत्पादनको मूल्य पाउन गर्नुपरेको संघर्ष र रोगाएको चिया जोगाउन नसक्दाको हैरानीले झापाका धेरै साना चिया किसानलाई खेतीबाट पलायन हुन बाध्य पारिरहेको छ ।

तयारी चिया निकासीमा अवरोध

तयारी चिया निकासीमा अवरोध

सोमबार, ०१ माघ २०७४

पटक–पटक नेपाली अलैंची र अदुवा निकासीमा अवरोध गरिरहेको भारतीय पक्षले तेस्रो मुलुक निर्यात हुने तयारी अर्गानिक चियामा समेत बाधा पुर्‍याउन थालेको छ। युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया कस्टमका कर्मचारीले नाकाबाटै फर्काइदिन समेत प्रयास गर्न थालेको व्यवसायीले गुनासो गरेका छन्।

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

मङ्गलबार, ०४ पुष २०७४

महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ ।

चिया उत्पादन बढ्यो

चिया उत्पादन बढ्यो

मङ्गलबार, २१ कार्तिक २०७४

अनुकूल मौसम र क्षेत्र विस्तारले यो वर्ष चिया उत्पादन बढेको छ । चियाको लागि उपयुक्त हावापानी, रोगकिराको प्रकोप न्यून हुँदा गत वर्षको तुलनामा करिब तीन हजार मेट्रिक टन धेरै चिया फलेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

ज्यान जोखिममा राख्दै  चिया मजदुरहरु काममा

ज्यान जोखिममा राख्दै चिया मजदुरहरु काममा

शनिबार, ११ कार्तिक २०७४

सरकारी स्वामित्वमा रहेको सोल्मा चिया वगानमा बिगत ३ दशक देखि काम गर्दै आएका मजदुर विष्णु सुवेदीले चिया बगानमा काम गरे यता बिभिन्न रोगले आफुलाई सताएको दुखेसो पोखेकी छिन् ।

पर्यटकलाई आकर्षित गर्दै चिया बगान

पर्यटकलाई आकर्षित गर्दै चिया बगान

आइतबार, २९ असोज २०७४

पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ।  क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो। पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउँछन्।

मन जित्दै मटका चिया

मन जित्दै मटका चिया

शुक्रबार, २३ भदौ २०७४

यही हप्ता सहरमा नयाँ चिया पसल खुलेको छ, द मटका । नयाँ बानेश्वरमा खुलेको द मटकाले चियालाई माटाको कपमा दिन्छ । यो नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटोमा पर्छ । चिया कफी पिउँदै आराम गर्न मन पराउनेका लागि नयाँ गन्तव्य हुन सक्ने सञ्चालक मध्येका एक प्रकाश प्याकुरेल बताउँछन् ।

सासू–बुहारीको चिया पसल

सासू–बुहारीको चिया पसल

बिहिबार, १५ भदौ २०७४

बर्दिया, बबइकी सरु पाण्डे विवाह हुँदा १७ वर्षकी थिइन् । विवाहपछि उनको नामपछाडि क्षेत्री झुण्डियो । उनी नेपालगन्ज, धम्बोझीस्थित क्षेत्री परिवारकी बुहारी बनिन् । तर, उनको जिन्दगीका पछिल्ला १७ वर्ष विवाहपूर्वका वर्षभन्दा भिन्न रहेनन् । ‘सासूआमाको व्यवहारले मलाई यो घरमा कहिल्यै पनि बुहारी हुँजस्तो लागेन,’ उनी भन्छिन्, ‘यहाँ पनि छोरीको जस्तै माया पाएकी छु ।’

हरियो चिया उत्पादन उकालो

हरियो चिया उत्पादन उकालो

मङ्गलबार, १९ बैशाख २०७४

समयमा वर्षा र मलखाद अभावले गत वर्ष ओरालो लागेको हरियो चियापत्ती उत्पादनले यो वर्ष भने किसानलाई उत्साह थपेको छ। समयमै वर्षा भएको र धेरै स्थानमा हावापानी अनुकूल हुँदा गत वर्षहरूको तुलनामा हरियो पत्ती उत्पादन बढेको चिया किसान र प्रशोधनकर्ताले बताएका छन्।

हरियो चिया उत्पादन बढ्यो, किसान उत्साही

हरियो चिया उत्पादन बढ्यो, किसान उत्साही

सोमबार, १८ बैशाख २०७४

समयमा वर्षा र मलखाद अभावले गतवर्ष ओरालो लागेको हरियो चियापत्ती उत्पादनले यो वर्ष भने किसानलाई उत्साह थपेको छ। समयमै वर्षा भएको र धेरै स्थानमा हावापानी अनुकूल हुँदा गतवर्षहरूको तुलनामा हरियो पत्ती उत्पादन बढेको चिया किसान र प्रशोधनकर्ताले बताएका छन्।

पाँच वर्षमा दश अर्बको चिया निर्यात

पाँच वर्षमा दश अर्बको चिया निर्यात

आइतबार, १७ बैशाख २०७४

अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा चिया निर्यातले भने कृषि क्षेत्रमा आशा जगाएको छ। चिया उत्पादन वृद्धि हुँदै गएपछि हरेक वर्ष चिया निर्यात बढ्दै गएको हो।

पूर्वको चिया विवाद अब न्यायालयसम्म

पूर्वको चिया विवाद अब न्यायालयसम्म

सोमबार, २८ चैत २०७३

उद्योगीहरुको मनोमानीलाई संरक्षण दिएर सरकारले किसान लुटिनमा सहयोग गरेको भन्दै झापाका चिया किसानले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

दुई हजारको चिया पसलबाट सात करोडको मालिक

दुई हजारको चिया पसलबाट सात करोडको मालिक

सोमबार, ०९ फागुन २०७३

उत्कृष्ट 'महिला उद्यमी अवार्ड' पाउनु हरेक महिला उद्यमीको सपना हो। देशभरिका उद्यमी महिलाबाट चुनिएर 'महिला उद्यमी अवार्ड' पाउनु महिला उद्यमशीलतालाई थप प्रोत्साहन र ऊर्जा त हो नै, उनको लागि आफ्नो कला, सीप, क्षमता प्रवर्द्धन गर्ने अवसर पनि हो।

घट्यो चिया उत्पादन

घट्यो चिया उत्पादन

मङ्गलबार, ०४ माघ २०७३

समयमा वर्षा र मल अभाव हुँदा यो वर्ष मेची पहाडमा चिया उत्पादन घटेको छ। गत हिउँदमा वर्षा कम भएकाले जिल्लाका केही बगानको चिया उत्पादन निकै घट्यो। चिसो क्षेत्रका बगानमा मात्रै सन्तोषजनक उत्पादन रहेको बगान र कारखाना सञ्चालकले बताएका छन्।

चिया प्रतिवेदन थन्कियो

चिया प्रतिवेदन थन्कियो

बिहिबार, २५ कार्तिक २०७३

समस्या समाधानका लागि भन्दै कार्यदल बनाउने, त्यसले बनाएको प्रतिवेदन पनि बुझ्ने तर त्यसलाई कार्यान्वयनमा लैजानुको साटो थन्क्याइदिने सरकारी शैली चिया क्षेत्रमा पनि दोहोरिएको छ।

ठमेलमा चिया पिउँदापिउँदै एक जनाको मृत्यु

ठमेलमा चिया पिउँदापिउँदै एक जनाको मृत्यु

बुधबार, १७ कार्तिक २०७३

ठमेलमा चिया पिउँदापिउँदै बेहोस भएर एक व्यक्तिको ज्यान गएको छ। काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित हिमालयन गाबा मण्डल स्टेडमा चिया पिउँदापिउँदै बुधबार एक्कासि बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको मृत्यु भएको हो।

चिया किसान फेरि आन्दोलित

चिया किसान फेरि आन्दोलित

बुधबार, ०१ भदौ २०७३

प्रत्येक वर्ष चर्किने चियाको हरियो पत्तीको मूल्य विवाद यसपटक पनि सुरु भएको छ । उद्योगीले मूल्यमा मनपरी गरेको भन्दै वर्षौंदेखि गुनासो गर्दै र पटक–पटक आन्दोलित बन्दै आएका झापाका चिया किसान फेरि आन्दोलनमा जुटेका छन् ।

नेपाली चिया प्रतिबन्ध गर्ने भारतीय ब्यापारीको चेतावनी

नेपाली चिया प्रतिबन्ध गर्ने भारतीय ब्यापारीको चेतावनी

आइतबार, ०९ साउन २०७३

भारतीय व्यापारीले नेपाली अर्थाेडक्स चियामा गुणस्तर नभएको भन्दै भारत आयातमा रोक लगाउन दबाब दिएपछि देशभरका चिया उद्योगी झस्किएका छन्। आउँदो अक्टोबरमा हुने नेपाल–भारत पारबहन सम्झौता नवीकरणको केही महिनाअघि त्यहाँका व्यापारीले यस्तो माग गरेपछि उद्योगीमात्र होइन, किसानमा समेत यसको तरंग छाएको छ।

Ncell Footer Ad