घुस दिन खोज्दा गाडी चालक परे प्रहरीकाे फन्दामा

घुस दिन खोज्दा गाडी चालक परे प्रहरीकाे फन्दामा

बुधबार, २७ चैत २०७५

प्रहरीलाई घुस दिन खोज्ने एक जना गाडी चालक पक्राउ परेका छन्। धादिङ घर भई काडमाडौं सतुंगल बस्ने ३३ वर्षीय एक...

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

आइतबार, २४ चैत २०७५

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ५ पेदाङमा निर्माण भइरहेको सडक खन्ने क्रममा माथिबाट चट्टान खस्दा स्काभेटरसंगै चालक पुरिएर मृत्यु भएको...

जीपको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

जीपको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

शनिबार, २३ चैत २०७५

जीपको ठक्करबाट शुक्रवार राती एक वृद्धको मृत्यु भएको छ। श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को. २ च २१० नम्वरको जीपले ठक्कर...

चालकहरुलाई एक वर्षे केरुङ पास दिइने

चालकहरुलाई एक वर्षे केरुङ पास दिइने

शुक्रबार, ०८ चैत २०७५

- चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकले एक वर्षे अस्थायी अनुमति पत्र पाउने भएका छन्। ...

पोल्ट्रीका सवारीसाधन चालकलाई ट्राफिक नियम

पोल्ट्रीका सवारीसाधन चालकलाई ट्राफिक नियम

बिहिबार, ०७ चैत २०७५

गाडीमा ठूलो आवाजमा स्पिकर घन्काउँदै, बत्तिँदै आउने गाडी पोल्ट्री व्यवसायको उत्पादन ओसारपसार गर्ने गाडी हुन् भन्ने छाप आम सर्वसाधारणमा रहेको छ। तीव्र गतीमा हुइँकिने र ठूलो हर्न बजाउने गरेका कारण सर्वसाधारण पोल्ट्रीका सवारीसाधनदेखि तर्सिने गर्छन्।

सडकमै चालकको स्वास्थ्य जाँच

सडकमै चालकको स्वास्थ्य जाँच

मङ्गलबार, ०५ चैत २०७५

खोटाङमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलको आयोजनामा मंगलबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो।

ट्राफिक नियम मिच्ने दुई पांग्रेका चालक धेरै

ट्राफिक नियम मिच्ने दुई पांग्रेका चालक धेरै

सोमबार, ०४ चैत २०७५

मुलुकभर सबैभन्दा धेरै ट्राफिक नियम उल्लंघन गर्नेमा दुई पांग्रे अर्थात् मोटरसाइकल र स्कुटरका सवारीसाधनका चालक छन्। दुई पांग्रे सवारीसाधनको संख्या अत्यधिक भएकाले ट्राफिक नियम उल्लघंन गर्ने चालकको संख्या धेरै देखिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४–७५ मा मुलुकभर ट्राफिक नियम उल्लघंन गर्ने १६ लाख ४९ हजार ८ सय ४३ चालक कारवाहीमा परेका थिए। त्यसमध्ये दुई पांग्रेका चालकको संख्या पाँच लाख ५७ हजार ८ सय ७९ थियो। यस्तै, कार, जिप र भ्यान चालक तीन लाख २२ हजार ३०, ट्रक तथा ट्यांकरका चालक तीन लाख ८७ हजार १६ र बस तथा मिनिबसका चालक २ लाख २४ हजार ५ सय ६५ थिए।

टयाक्टर पल्टिँदा चालकको मृत्यु

टयाक्टर पल्टिँदा चालकको मृत्यु

शनिबार, २५ फागुन २०७५

सर्लाहीको बागमती नगरपालिकामा टयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। बागमती नगरपालिका–१२ स्थित क्षेत्रीय सडकमा लु २ त ३३४३ नम्बरको ट्याक्टर पल्टिँदा सोही टयाक्टरका चालक यज्ञबहादुर बुढाथोकीको मृत्यु भएको हो।

‘अब त ट्याक्सीसँगको नाता धुमिलिइसक्यो’

‘अब त ट्याक्सीसँगको नाता धुमिलिइसक्यो’

शनिबार, १८ फागुन २०७५

राति ११ बजे । ट्याक्सी चालक कुमार विश्वकर्मा दुई तन्नेरी लिएर बालाजु जाँदै थिए, रत्नपार्कबाट। ट्याक्सीको म्युजिक सिस्टम बन्द थियो। केटाहरू बाचाल थिए। उनीहरूसँगै गफमा गाँसिए कुमार पनि। यात्रुहरूले आफू पनि ड्राइभर भएको बताएपछि मन मिलेको ठानें उनले।

सिडियो कार्यालयका चालककी पत्नीका नाममा करोडौंको सम्पत्ति

सिडियो कार्यालयका चालककी पत्नीका नाममा करोडौंको सम्पत्ति

आइतबार, १२ फागुन २०७५

प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौंको जग्गा रहेको खुल्न आएको छ। पुख्र्यौली जग्गाबाट ५ कट्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन्।

गुडिरहेको ट्याक्टरमाथि पहिरो खस्दा चालक घाइते

गुडिरहेको ट्याक्टरमाथि पहिरो खस्दा चालक घाइते

शनिबार, ११ फागुन २०७५

डोल्पाको करवगाड खदाङ्ग सडक खण्डमा पर्ने कुच्चिभीर नजिकै सडक माथिबाट खसेको पहिरोले एक ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। डोल्पाको खदाङ्ग हरियापनीबाट रुकुमको छरेबगरका तर्फ गइरहेको भे १ त ७८९३ को ट्याक्टर शुक्रबार साँझ ७ बजेतिर सडकमा गुडिरहेको बेला सडक माथिबाट खसेको पहिरोसंगै आएको ढुंगा लागेर आठबीसकोट नगरपालिका ४ का ट्याक्टर चालक गोपाल नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय करबगार्डले जनाएको छ।

बारा घटना : चालक राउतको नाममा करोडौं सम्पत्ति

बारा घटना : चालक राउतको नाममा करोडौं सम्पत्ति

शुक्रबार, १० फागुन २०७५

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल सवार जीप चालक अहिले ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा छन्। उनले चलाएको जीप दुर्घटनामा सीडीओ भट्टराई र एसपी पोखरेलको ज्यान गएको थियो। तिनै चालक नारायण राउत कुर्मीकी पत्नी प्रेमशीलादेवीको नाममा करोडौंको घर र जग्गा रहेको खुल्न आएको छ।

सात महिनामा साढे तीन सयको मृत्यु

सात महिनामा साढे तीन सयको मृत्यु

बिहिबार, ०९ फागुन २०७५

माघ २० गते आफैंले चलाएको जिप दुर्घटनामा गुल्मी मुसीकोटका ठाकुर सापकोटाको निधन भयो। आफ्नै गाउँठाउँमा स्वरोजगार हुने अठोट बोकेर भारतको रोजगारी छाडेर सात महिनाअघि स्वदेश फर्केका सापकोटाले छ महिनाखघि बोलेरो जिप किनेका थिए।

दुर्घटना कम गराउने चालक सम्मानित

दुर्घटना कम गराउने चालक सम्मानित

बुधबार, ०८ फागुन २०७५

जिल्ला प्रहरी कार्यालय मुगुले ट्राफिक नियमको पालना गरी सुरक्षित तरिकाले सवारी चलाउने चालकलाई बुधबार सम्मान गरेको छ। लामो समयदेखि मुगु जिल्लाभित्र र बाहिर सवारी चलाई सडक दुर्घटना न्यूनिकरण गर्ने लु१ज ३८१६ नम्बरका जिपचालक खत्याड गाउँपालिका २ का जगतबहादुर बुढालाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो।

पाँच महिनामा ११ सय ७६ जनाले ज्यान गुमाए

पाँच महिनामा ११ सय ७६ जनाले ज्यान गुमाए

सोमबार, २८ माघ २०७५

सवारी दुर्घटनामा परी सिरहामा पाँच महिना यता ३९ जनाले ज्यान गुमाएका छन्। ५० जनाभन्दा बढी अंगभंग भएका छन्। सिरहामा मात्र नभई देशैभर बढ्दो दुर्घटनाका कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषण बाहिर आइरहेका छन्। यसबारे ट्राफिक निर्देशनालयले समेत कारण केलाएको छ।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

आइतबार, २७ माघ २०७५

इलामको देउमाई नगरपालिकामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मेची राजमार्गमा पर्ने देउमाई नगरपालिका–१ देउरालीमा आइतबार विहान दुर्घटना भएको हो।

सवारी चालकलाई एकवर्षे ‘चाइना पास’ दिने तयारी

सवारी चालकलाई एकवर्षे ‘चाइना पास’ दिने तयारी

आइतबार, २० माघ २०७५

चीनको केरुङ जान सवारी चालक र सहचालकलाई एकवर्षे पास दिने तयारी भएको छ। चीनसँग सीमा जोडिएका बाहेकका जिल्लाका राहदानीवाला चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एकवर्षे अस्थायी प्रवेश अनुमति दिन लागिएको हो।

विमान दुर्घटनामा चालक दोषी

विमान दुर्घटनामा चालक दोषी

सोमबार, १४ माघ २०७५

एकाउन्न जना यात्रुको ज्यान जाने गरी भएको युएस बंगला विमान दुर्घटना हुनुमा चालकको लापरबाही भएको ठहर छानबिन समितिले गरेको छ।

वैज्ञानिक भाडादार कायम गर्न ट्याक्सी व्यवसायीको माग

वैज्ञानिक भाडादार कायम गर्न ट्याक्सी व्यवसायीको माग

शुक्रबार, ११ माघ २०७५

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सीको वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन्। ट्याक्सी व्यवस्थापन विषयमा बिहीबार भृकुटीमण्डपमा भएको बृहत् अन्तरक्रिया कार्यक्रममा सो माग गरिएको हो।

सडकमै चालकको स्वास्थ्य परीक्षण

सडकमै चालकको स्वास्थ्य परीक्षण

मङ्गलबार, ०८ माघ २०७५

बसमा यात्रु बोकेर भैरहवाबाट काठमाडौं जाँदै गरेका चालक लोकबहादुर पाण्डेलाई धादिङको फुर्खेखोलामा अचानक ट्राफिक प्रहरीले रोके। उनी झस्किए र बसबाट बाहिर निक्लिए। ट्राफिक प्रहरीले उनलाई नजिकै रहेको स्वास्थ्य शिविरमा लगे र स्वास्थ्य परीक्षण गराए।

१४ हजार २३१ सवारी चालक कारवाहीमा

१४ हजार २३१ सवारी चालक कारवाहीमा

आइतबार, २९ पुष २०७५

चालु आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालक कारवाहीमा परेका छन्।

केरुङ जानका लागि १५ दिनको अस्थायी प्रवेश अनुमति

केरुङ जानका लागि १५ दिनको अस्थायी प्रवेश अनुमति

बुधबार, २५ पुष २०७५

चीनको केरुङ जानका लागि राहदानी बाहक चालकले १५ दिनको अस्थायी प्रवेश अनुमति पाउने भएका छन्। चीनबाट सामग्री आयात गर्ने रसुवा बाहिरका कन्टेनर चालकलाई प्रवेशका लागि अस्थायी अनुमति दिन लागिएको हो। नेपाल चीन सीमा क्षेत्र र सुवागढीमा मंगलबार बसेको सीमा सुरक्षा बैठकले व्यापारिक वातावरण सहज बनाउनका लागि चालकलाई अस्थायी अनुमित दिने निर्णय गरेको हो।

भाँडा बोक्ने गाडीमा लागुऔषध बरामद, चालकसहित तीन जना पक्राउ

भाँडा बोक्ने गाडीमा लागुऔषध बरामद, चालकसहित तीन जना पक्राउ

मङ्गलबार, २४ पुष २०७५

उदयपुर प्रहरीले भाँडाकुडा बोक्ने गाडीमा लागुऔषध ओसार पसार गर्ने गरेको फेला पारेको छ मंगलबार विहान ५ बजे चेकजाँचको क्रममा उदयपुर र सप्तीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्ता प्रहरी चौकीले उक्त भाँडाकुडा बोक्ने गाडीमा लागुऔषध बरामद गरेपछि ओसार पसार हुने गरेको तथ्य बाहिर आएको हो।

चार सयबढी चालकको सवारी अनुमतिपत्र खारेज

चार सयबढी चालकको सवारी अनुमतिपत्र खारेज

बुधबार, १८ पुष २०७५

चार सयबढी चालकको सवारी अनुमतिपत्र खारेज भएकाे छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४ सय २३ चालकको सवारी अनुमतिपत्र(लाइसेन्स) खारेज गरेको हाे।

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

शनिबार, २९ मङि्सर २०७५

नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ। ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको जनाएको छ।

मापसे गर्ने  स्कुल बसका चालक पक्राउ

मापसे गर्ने  स्कुल बसका चालक पक्राउ

मङ्गलबार, २५ मङि्सर २०७५

मापसे गरेर स्कुल बस चलाउने नमुना विद्यामन्दिर विद्यालयका बस चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नमुना विद्यामन्दिरको को १ च ११६३ नम्बरको बसका चालक अबुद राजवंशीलाई मंगलबार नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

बिहिबार, २९ कार्तिक २०७५

ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला। सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला।

फरार चालक पक्राउ

फरार चालक पक्राउ

मङ्गलबार, २७ कार्तिक २०७५

पैदलयात्रीलाई ठक्कर दिई फरार एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चारपछि सोमबार पक्राउ गरेको छ । गत कात्तिक २२ गते दिउँसो बा१४च १९५९ को गाडीका चालक दोलखा कालिञ्चोक गापा–४ का २० वर्षीय सुरोज थापाले एक पैदलयात्रीलाई ठक्कर दिएका थिए।

टिपर चालकलाई सुधार्नै कठिन

टिपर चालकलाई सुधार्नै कठिन

बुधबार, १४ कार्तिक २०७५

काठमाडौं उपत्यकामा दिउँसो टिपर प्रवेशमा निषेध गरेको प्रशासनले गत शनिबारदेखि जुनसुकै बेला टिपर छिर्न दिने निर्णय गरेको छ । प्रशासनको यो निर्णयलगत्तै बागमती टिपर व्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रेम लामाले फेसबुकमा टिपर चालकका लागि ‘मिनी’ आचारसंहिता जारी गरे।

किशोरीमाथि सामूहिक बलात्कार अभियोगमा टेम्पु चालक पक्राउ

किशोरीमाथि सामूहिक बलात्कार अभियोगमा टेम्पु चालक पक्राउ

मङ्गलबार, २९ साउन २०७५

एक अपरिचित यात्रुलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक टेम्पु चालक पक्राउ परेका छन्। गाईघाटस्थित बसपार्कबाट त्रियुगा नगरपालिका २ मोथियाहीस्थित घर जाने भनेर टेम्पु चढेकी १७ वर्षीया युवतीलाई बाटोमा बलात्कार गरेर होटलमा ल्याएर सामूहिक बलात्कार गराएको अभियोगमा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय विकास परियार पक्राउ परेका हुन्।

रोल्पामा ट्रयाक्टर दुर्घटना, चालक र सहचालकको मृत्यु

रोल्पामा ट्रयाक्टर दुर्घटना, चालक र सहचालकको मृत्यु

बिहिबार, १७ साउन २०७५

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।

भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

शुक्रबार, ११ साउन २०७५

भारत निकासी गर्न लागिएका २५ वटा गोरुसहित गोरु बोकेको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक अनुमतिपत्र परीक्षामा आधाभन्दा बढी अनुत्तीर्ण

चालक अनुमतिपत्र परीक्षामा आधाभन्दा बढी अनुत्तीर्ण

आइतबार, ३१ असार २०७५

पोखरामा सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन चाहने सर्वसाधारणको चाप उत्तिकै छ। तर फाराम दर्ता गराएका मध्ये आधाभन्दा बढीले लिखित तथा ट्रायल परीक्षा उत्तीर्ण गर्न नसकेको तथ्यांकले देखाएको छ। पछिल्लो समय चालक अनुमतिपत्र लिन निकै कठिनाइ छ । तर यातायात व्यवस्था विभागले तीनपटक अवसर भने दिँदै आएको छ।

गोली प्रहार गरी रौतहटमा मोटरसाइकल सहित चालक लुटिए

गोली प्रहार गरी रौतहटमा मोटरसाइकल सहित चालक लुटिए

आइतबार, २४ असार २०७५

अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी एक जनालाई लुटेको छ।

कालिगण्डकीमा खसेको जीपका चालक एकसातापछि सम्पर्कमा आए

कालिगण्डकीमा खसेको जीपका चालक एकसातापछि सम्पर्कमा आए

बुधबार, २० असार २०७५

रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपका चालक एक सातापछि सम्पर्कमा आएका छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सीमानामा दुर्घटना हुँदा बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षीय रवी खड्का र घराम्दीकी २० बर्षीया सबिता नेपाली  सम्पर्कविहिन भएका थिए।

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

शुक्रबार, १५ असार २०७५

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन् ।

ट्याम्पु चालक  स्वस्तिमा

ट्याम्पु चालक स्वस्तिमा

मङ्गलबार, १२ असार २०७५

ग्यामरस र चञ्चले युवतीको भूमिकामा पर्दामा देखिँदै आएकी स्वस्तिमा खड्का सोमबार घोषणा भएको नयाँ फिल्ममा भने ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन्।

अव साउदीका महिला पनि सवारी चालक

अव साउदीका महिला पनि सवारी चालक

आइतबार, १० असार २०७५

साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन्। शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो।

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

शनिबार, ०९ असार २०७५

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको एक टेम्पोमा नयाँ चालक देखिइन्। टेम्पोकि चालकलाई हेर्न भिड नै जम्मा भयो।

मनपरी हर्न बजाउँछन् चालक

मनपरी हर्न बजाउँछन् चालक

शुक्रबार, २५ जेठ २०७५

पेप्सिकोलाबाट चावहिलका लागि छुटेको नेपाल यातायातको बा५ख १२७५ नम्बरको बसले बुधबार कोटेश्वरदेखि तीनकुनेसम्म आइपुग्दा आठ पटक हर्न बजायो ।

भारतीय सुरक्षाकर्मीले नेपाली ट्यांकर चालक कुटेपछि...

भारतीय सुरक्षाकर्मीले नेपाली ट्यांकर चालक कुटेपछि...

सोमबार, २१ जेठ २०७५

पेट्रोलियम इन्धन बोकेका ट्यांकरका चालकहरुसंग सीमामा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले दुर्व्यवहार र कुटपिट गरेपछि उत्पन्न तनाव सोमबार सर्वपक्षीय बैठकपछि साम्य भएको छ।

ट्यांकर चालक हडतालमा

ट्यांकर चालक हडतालमा

सोमबार, २१ जेठ २०७५

पेट्रोलियम पदार्थ ढुवानी गर्दा विभिन्न बहानामा भारतीय प्रहरीले कुटपिट गरेको भन्दै ट्यांकर चालक हडतालमा उत्रिएका छन् । सुरक्षा माग गर्दै करिब पाँच सय ट्यांकर चालकले आइतबार रक्सौल–अमलेखगन्ज, काठमाडौं, पोखरा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गरेनन्।

स्कुटरलार्इ ठक्कर दिएर फरार टिपर चालक पक्राउ

स्कुटरलार्इ ठक्कर दिएर फरार टिपर चालक पक्राउ

बिहिबार, १० जेठ २०७५

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलासेमा बुधबार ठक्कर दिई भागेका टिपर चालक पक्राउ परेका छन्।

१५ हजार हेभी इक्विपमेन्ट चालक अनुमतिपत्रविहीन

१५ हजार हेभी इक्विपमेन्ट चालक अनुमतिपत्रविहीन

सोमबार, २१ फागुन २०७४

मुलुकभर सञ्चालनमा रहेका झन्डै १५ हजार हेभी इक्विपमेन्ट चालक अनुमतिपत्रविहीन रहेको पाइएको छ । झन्झटिलो नियमावलीका कारण १७ हजारमध्ये दुई हजारले मात्र अनुमतिपत्र लिएर काम गरिरहेको सम्बन्धित व्यवसायीको भनाइ छ।

नुहाउन गएका टिपर चालक सुनकोशीमा डुबेर बेपत्ता

नुहाउन गएका टिपर चालक सुनकोशीमा डुबेर बेपत्ता

आइतबार, २० फागुन २०७४

महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन्। कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन्।

त्रिशूलीमा ट्यांकर खस्दा  चालक च्यापिए, सहचालक बेपत्ता

त्रिशूलीमा ट्यांकर खस्दा चालक च्यापिए, सहचालक बेपत्ता

बिहिबार, २५ माघ २०७४

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।

रसिद देखाउँदै गाडी कुदाउँछन् चालक

रसिद देखाउँदै गाडी कुदाउँछन् चालक

शुक्रबार, १२ माघ २०७४

सरकारले पर्याप्त तयारी र उपकरणविनै ‘स्मार्ट लाइसेन्स’ जारी गरेको थियो । हाल सेवाग्राहीले कम्तीमा ६ महिनादेखि बढीमा १० महिनासम्म पर्खेर मात्र लाइसेन्स पाइरहेका छन् ।

बालुवा चोरी गर्ने चालक गाडी सहित नियन्त्रणमा

बालुवा चोरी गर्ने चालक गाडी सहित नियन्त्रणमा

आइतबार, २३ पुष २०७४

प्रहरीले अवैध रुपमा वालुवा निकाली लोड गरिरहेको अवस्थामा गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ।

इटहरी चोकमा प्रहरी र चालक समूहबीच झडप

इटहरी चोकमा प्रहरी र चालक समूहबीच झडप

शुक्रबार, ०७ पुष २०७४

सिटी सफारी चालकहरुको समूह र प्रहरीबीच इटहरी चोकमा झडप भएको छ। प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरी भिडलाई तितरबितर पारेको छ। एक घन्टादेखि चोक ठप्प पार्दै सिटी सवारी चालकहरुले प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

सवारी चालक अनुमतिपत्र वितरण नगर्दा सेवाग्राही मारमा

सवारी चालक अनुमतिपत्र वितरण नगर्दा सेवाग्राही मारमा

शनिबार, ०१ पुष २०७४

यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित वितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन्।

Ncell Footer Ad