दसैंमा घुमफिर

दसैंमा घुमफिर

सोमबार, २७ असोज २०७६

दसैं हिन्दु नेपालीहरुको मुख्य र महत्वपूर्ण पर्व हो। मुलुक आधुनिकतातर्फ अघि बढ्दै गर्दा दसैं मनाउने शैली पनि क्रमशः परिवर्तन हुन...

छिम्केश्वरीकोे काखमा हिलेखर्क

छिम्केश्वरीकोे काखमा हिलेखर्क

शनिबार, ०४ साउन २०७६

गण्डकी प्रदेशबाट घुमफिरमा निस्कनेहरू आँबु खैरेनी हुँदै विभिन्न जिल्लामा पुग्छन्। तनहुँमा पृथ्वी राजमार्गको ७२ किलोमिटर दुरी यात्रा गर्नुपर्छ। यहाँ प्राकृतिक,...

११ दिने अद्भूत यात्रा

११ दिने अद्भूत यात्रा

शनिबार, १४ असार २०७६

घुमफिरबाट फर्कंदा मनमा धेरै कुरा खेलिरहे–प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो नेपालमा सिंगापुर, मलेसिया र थाइल्याण्डमा जस्तै पर्यटकीय चहलपहल गराउन...

खप्तड घुमाउने पुस्तक

खप्तड घुमाउने पुस्तक

सोमबार, ११ चैत २०७५

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले कवि/लेखक तथा साइक्लिष्टका अनुभव समेटेर ‘खप्तड काव्य–यात्रा’ नामक पुस्तक प्रकाशन गरेको छ। उसले गएको जेठमा...

आत्मीयताको मुहान टुटेपानी

आत्मीयताको मुहान टुटेपानी

शनिबार, २६ माघ २०७५

मिर्लुङकोट क्षेत्रको टुटेपानीमा ग्रामीण पर्यटनको सुवास मग्मगाउँदै छ।  प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी नै रहेछ टुटेपानी ! गाउँ घुमेर फर्कने बेला दालभातको पैसा त तिरियो तर गाउँलेको आत्मीयताको मूल्य तिर्नै सकिएन भनेर थकथकी मान्छन् पर्यटक।

महासागर यात्रा

महासागर यात्रा

शनिबार, २१ पुष २०७५

घुमफिरमा मेरो रुचि अलि बढी नै हो। मौका मिलेसम्म स्वदेश होस् वा विदेश घुम्न निस्कने बानी छ। नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएपछि घुम्न अलि बढी फुर्सद पनि मिलेको छ। तर, फुर्सद मिल्दैमा आफूले चाहे जसरी, खोजे जसरी घुम्न कहाँ पाइन्छ र ! त्यसमाथि अलि खर्चिला मुलुकमा घुम्नका लागि झनै बढी सोच्नुपर्ने हुन्छ।

जाने हैन त रारा ?

जाने हैन त रारा ?

शनिबार, ०७ पुष २०७५

यस वर्षको दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअघिदेखि नै हाम्रो परिवार र बाबाका केही साथीहरूको परिवार दसैँको लामो छुट्टीमा कतै घुमफिरका लागि जाने सल्लाह भएको थियो। कता जाने भनेर निश्चित टुङ्गो नभए पनि देशकै सबैभन्दा ठूलो ताल रारा जाने बढी नै सम्भावना देखिँदै थियो।

हरिनासदेखि टुटेपानीसम्म

हरिनासदेखि टुटेपानीसम्म

शनिबार, १५ मङि्सर २०७५

माथि आकाशबाट हेरिरहेका थिए जूनताराले। तल धर्तीमा अथवा हरिनाशको जंगलमा गीत गाइरहेका थिए झ्याउँकिरी। होमस्टेमा बस्ने व्यवस्था मिलाइएको रहेछ। आ–आफ्नो समूह बनाएर बाटो नाप्न थाले कवि तथा लेखकहरू। आयोजकले हामीलाई देखाउँदै एक महिलासँग भने– उहाँहरूलाई तपाईँकोमा लानु है। उनले टाउको हल्लाएर हुन्छ भनिन्। उनी अघिअघि कवि भूपिन, शम्भु अर्याल, दीपेन्द्रसिंह थापा, आकाश अधिकारी, हरिकृष्ण काफ्ले र म लगायतको एक जथ्था पछिपछि। कोदो बारी बीचको बाटो। हातहातमा प्रकाश छरिरहेका मोबाइल फोन।

गन्तव्य स्याङ्जा (फाेटाे फिचर)

गन्तव्य स्याङ्जा (फाेटाे फिचर)

मङ्गलबार, ३० असोज २०७५

शरद ऋतुको आगमन भइसकेको छ । दसैं–तिहारलगायतका चाडपर्वले छोइसकेको छ । हिमालका लर्कनहरू खुल्न थालेका छन् । फाँटहरू हुस्सुको बास, पहाडका टाकुरामा कुइरोको घेरो । मौसम न चिसो न त गर्मी नै । कस्तो मण्डले पाराको मौसम । खेतका फाँटमा पहेंलपुर धानका बाला झुलिरहेछ । बारीमा कोदोको बाला पनि । लाहोरबाट लाहुरेको आगमनले गाउँघरको रोधीँ ब्युझिएको छ।

छुट्टी मनाउन सन्तानेश्वर

छुट्टी मनाउन सन्तानेश्वर

शनिबार, २० असोज २०७५

काठमाडौँ उपत्यकाको जनजीवन अस्तव्यस्त छ । धुवाँधुलो र हिलोमैलोले आक्रान्त छ । त्यसैले हामीले फुर्सदमा घुमफिरमा निस्कनु पर्छ । स्वच्छ हावापानी भएको ठाउँमा निस्कँदा स्वास्थ्यलाई फाइदा पुग्छ।

सधैँ घुमफिर वर्ष

सधैँ घुमफिर वर्ष

आइतबार, २२ असोज २०७४

बर्सेनि लाखौं नेपाली मुलुकभित्र घुम्छन् । कसैको आग्रहमा घुमेका होइनन् उनीहरु, स्वेच्छाले घुम्दैछन् । आन्तरिक पर्यटकले हाम्रो अर्थतन्त्रमा पुर्याएको योगदानको कहिँकतै चर्चा गरिँदैन । कस्तो बिडम्बना ! आन्तरिक पर्यटन लक्षित नीति बनेका छैनन् । त्यसैले अब आन्तरिक पर्यटनको विषयमा राष्ट्रियरुपमै बहस छेड्नु पर्छ ।  पोहोर सामाजिक सञ्जालमा आन्तरिक पर्यटनका तस्बिर निकै छापिए । कोही मनाङको तिलिचो ताल पुगेका, कोही मुक्तिनाथ । कोही राराताल अनि कोही खप्तड डुलेका । घुमफिरका सुन्दर तस्बिर देख्नेहरुको टिप्पणी थियो, ‘अब नेपाली पनि घुम्न थाले ।’

योजनाबद्ध घुमफिर

योजनाबद्ध घुमफिर

शनिबार, २१ असोज २०७४

क्लै जाने कि साथीभाइ वा परिवारसहित त्यहीअनुसार गन्तव्य छनोट गर्नुपर्छ । एक्लै जाँदा आफ्नो रुचिअनुसार हुने हुन्छ । साथीसँग जाँदा साहसिक गतिविधि जस्तै पदयात्रा, ¥याफटिङ, साइक्लिङ, गाउँ पर्यटन, सफारीजस्ता गतिविधिमा सामेल हुन सकिन्छ । परिवारसँग जाँदा सहरी क्षेत्रका गतिविधि वा बालबालिकालाई नौलो अनुभूति दिन ग्रामीण परिवेश या होमस्टेको अनुभव गराउन सकिन्छ । यात्रामा वृद्धवृद्धा पनि छन् भने धार्मिक क्षेत्रको यात्रा राम्रो हुन्छ । बालबालिका वा वृद्धवृद्धा सहितको यात्रामा जाँदा यातायात सुविधा भएका गन्तव्य छान्नु उचित हुन्छ ।

साइकलमा घुमफिर

साइकलमा घुमफिर

आइतबार, २५ भदौ २०७४

तेह्रथुमको श्रीजुङ घर भए पनि धरान १० नारायणचोकमा बस्दै आएकी २२ वर्षीया आशा लिम्बू पुतलीलाइनस्थित कामना बेकरीमा आंशिक जागिरे छिन् । उनीसँग साधारण साइकल छ । त्यही साइकलमा घरबाट बेकरी आउजाउ गर्छिन् । साइकल चलाउनु उनको बाध्यता होइन, साइकल यात्रा उनलाई मनपर्छ । कामबाट फुर्सद पाउनासाथ उनी साइक्लिङमा निस्कन्छिन्, साइक्लिस्ट दाइहरुसँग । त्यसबेला उनीसँग आफ्नो साइकल हुँदैन, दाइहरुले उनका लागि माउन्टेन बाइक व्यवस्था गरिदिन्छन् । फुरुङ्ग हुँदै उनी दाइहरुसँगै पाइडल मार्दै घुमफिरमा निस्कन्छिन् । उनी पछिल्लो पटक धरानबाट चतरासम्म ‘बोलबम राइड’मा गइन् । आशा भन्छिन्, ‘साइकल चलाउन मनपर्छ, दाइहरुसँग समूहमा साइक्लिङ जाँदा बेग्लै रमाइलो हुन्छ, नयाँ ठाउँमा पनि पुगिन्छ ।’ धरान १५ का सायमन श्रेष्ठ र धरान १३ का ओसम राई पनि साइक्लिङ भनेपछि हुरुक्कै हुन्छन् ।

सांगीतिक ब्यान्डको घुमफिर

सांगीतिक ब्यान्डको घुमफिर

बुधबार, ०५ माघ २०७३

गत पुस २३ गते शनिबार नयाँ वर्षलाई स्वागत गर्ने भन्दै चर्चित लोक रक ब्यान्ड नेपथ्यले राजधानीस्थित टुँडिखेलमा कन्सर्ट गर्‍यो। पुसको जाडोका दर्शकलाई देश–विदेशका स्टेजमा आफूलाई जमाइसकेको नेपथ्यले राम्रैसँग ततायो।

घुमफिर जिन्दगी

घुमफिर जिन्दगी

शनिबार, ०९ पुष २०७३

जानेर हो या नजानेर बच्चाबेलैदेखि घुमफिरको लत बस्यो। बर्दियाको बगनाह गाउँमा जन्मे/हुर्केको म। एसएलसीसम्म गाउँकै चुरे माध्यमिक विद्यालयमा पढें। मंसिरमा स्कुलको परिक्षा सकिन्थ्यो। त्यही बेला बर्दियाका ठूल–ठूला फाँटमा जँगली वयर पाक्थ्यो। हामी बबई नदी र कर्नालीका भँगालामा पौडी खेल्थ्यौं। बयर खान्थ्यौं। नाच्थ्यौं। रमाउँथ्यौं।

घुमफिर वर्षमा रारा

घुमफिर वर्षमा रारा

शनिबार, २७ कार्तिक २०७३

चुच्चेमाराबाट हामीले रारातालको सिंगो स्वरुप देख्यौं। फेरी एकपटक हामी रमायौं। रोटी तरकारी खाँदै रारालाई हेरिरह्यौं। हेरिरह्यौं। जति हेरे पनि आँखा अघाएनन्।

Ncell Footer Ad