गगनले इन्टर्नमा आवेदन मागे

गगनले इन्टर्नमा आवेदन मागे

सोमबार, २७ फागुन २०७५

‘इन्टर्नहरूले न्यूनतम् तीन महिना काम गर्छन्। उनीहरूले कुनै कुरामा दस्तावेज र नीतिगत कुराको अध्ययन गर्छन्’, उनले भने, ‘यसले दोहोरो फाइदा...

काङ्ग्रेसको चिन्ता ओलीले लिनुपर्दैनः गगन थापा

काङ्ग्रेसको चिन्ता ओलीले लिनुपर्दैनः गगन थापा

आइतबार, १३ साउन २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको चिन्ता नलिन आग्रह गरेका छन्। थापाले सरकारले आफ्ना कामहरु जनपक्षीय...

चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्ने झन्झट नगर्नुस् : गगन थापा

चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्ने झन्झट नगर्नुस् : गगन थापा

शुक्रबार, ११ साउन २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसी कसैको झोला बोक्ने मान्छे नभएको बताएका छन्। शुक्रबार संसद बैठकमा बोल्दै सांसद...

चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाए सरकार फेल हुन्छ : गगन थापा

चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाए सरकार फेल हुन्छ : गगन थापा

बुधबार, ०२ साउन २०७५

नेपाली कांग्रेस नेता एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले...

गगन थापाको प्रश्न : प्रधानमन्त्री ज्यू! तपाईको ज्ञानको स्रोत के हो ? (भिडियाे)

शनिबार, ३० असार २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले १० वर्षसम्म काठमाडौंमा जति मेडिकल कलेज खोलेपनि हुन्छ र नेपाललाई मेडिकल हब बनाउनुपर्छ भन्ने ज्ञानको स्रोत के हो भनी प्रश्न गरेका छन्। आज बानेश्वरमा डा गोविन्द केसी बचाउ अभियानले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीसँग यस्तो प्रश्न गरेका हुन्।

चिकित्सा शिक्षा विधेयकविरुद्ध संसदमा गर्जिए गगन

चिकित्सा शिक्षा विधेयकविरुद्ध संसदमा गर्जिए गगन

आइतबार, १७ असार २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन्।

संघीयताको संरक्षण सरकारले गर्न सक्दैन भने हामी गर्छौ: गगन थापा

संघीयताको संरक्षण सरकारले गर्न सक्दैन भने हामी गर्छौ: गगन थापा

बिहिबार, १४ असार २०७५

मुलुक संघीय संरचनामा गइसकेपनि सत्तारुढ सांसदले राखेको केन्द्रमुखी प्रस्तावलाई प्राथमिकता दिइएकाले विपक्षी कांग्रेसका सांसदले सरकारलाई संघीयता विरोधी भनेका हुन् ।

अर्थमन्त्रीले साहस गर्न सक्नुभएन : गगन थापा

अर्थमन्त्रीले साहस गर्न सक्नुभएन : गगन थापा

आइतबार, २० जेठ २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सांसदलाई बजेट दिने कुरा संघीयता र संसदीय व्यवस्थाको विपरित भएको बताएका छन्।

ढुंगेलको चालचलन ठिक छ वा छैन भन्न प्रधानमन्त्री राजा होइनः गगन थापा

ढुंगेलको चालचलन ठिक छ वा छैन भन्न प्रधानमन्त्री राजा होइनः गगन थापा

मङ्गलबार, १५ जेठ २०७५

प्रतिपक्षी दल नेपाली काँग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ।

संघीयता सफल नभए संविधान धरापमा : गगन थापा

संघीयता सफल नभए संविधान धरापमा : गगन थापा

आइतबार, १३ जेठ २०७५

लोकतान्त्रिक गणतन्त्र नेपालमा संघीयता सफल नभए संविधान धरापमा पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले बताएका छन्।

गगन गर्जिएः ‘तामझाम हेर्दा महालम्पसारवादी भन्न पाउने कि नपाउने?’

गगन गर्जिएः ‘तामझाम हेर्दा महालम्पसारवादी भन्न पाउने कि नपाउने?’

सोमबार, ३१ बैशाख २०७५

नेपाल काङ्ग्रेसका युवा नेता गगन थापाले ओली सरकारलाई महालम्पसारवादी भएको आरोप लगाएका छन्। आज प्रतिनिधि सभाको विशेष समयमा भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण सन्दर्भमा बोल्दै थापाले ओली सरकारलाई लम्पसारवादी भएको आरोप लगाएका हुन् ।

एमाले–माओवादी एकता हुन्न : गगन थापा

एमाले–माओवादी एकता हुन्न : गगन थापा

बिहिबार, २० बैशाख २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले एमाले–माओवादी केन्द्रबीच भागवण्डाका कारण एकता नहुने दाबी गरेका छन् । निर्वाचनको समयदेखि नै पार्टी एकताको हल्ला चलाइरहेको भएपनि भागवण्डा नमिलेकै कारणले अहिलेसम्म एमाले–माओवादी एक हुन नसकेको भन्दै थापाले एमाले–माओवादी एकता नहुने बताए ।

कम्पनी जस्तो एमाले लोकतन्त्रका लागि खतरा : गगन थापा

कम्पनी जस्तो एमाले लोकतन्त्रका लागि खतरा : गगन थापा

सोमबार, १७ बैशाख २०७५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सत्तारुढ नेकपा एमाले लोकतन्त्रका लागि खतरा भएको गम्भीर आरोप लगाएका छन्। उनले एमाले पार्टी प्राइभेट कम्पनी जस्तो भएको भन्दै यस्तो पार्टी भएको देशमा प्रजातन्त्रले कहिल्यै फस्टाउन नपाउने दाबी गरे।

गगन थापाले प्रधानमन्त्री ओलीमाथि उठाए प्रश्न

गगन थापाले प्रधानमन्त्री ओलीमाथि उठाए प्रश्न

बुधबार, २३ फागुन २०७४

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको भन्दै प्रश्न उठाएका छन्।

चुनावमा कति खर्च गरे रवीन्द्र मिश्र र गगन थापाले ?

चुनावमा कति खर्च गरे रवीन्द्र मिश्र र गगन थापाले ?

बुधबार, ०३ माघ २०७४

काठमाडौं जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए।

गगन थापालाई बम हान्ने धरौटीमा रिहा

गगन थापालाई बम हान्ने धरौटीमा रिहा

शनिबार, २२ पुष २०७४

निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ।

गगन थापाद्वारा मतदाताप्रति आभार प्रकट

गगन थापाद्वारा मतदाताप्रति आभार प्रकट

आइतबार, २४ मङि्सर २०७४

काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका काँग्रेस नेता गगन थापाले मतदाता एवं शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्। चुनाबी अभियानका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न निष्ठापूर्वक काम गर्ने प्रणसमेत उनले गरेका छन्।

काठमाडौं ४ मा गगन थापा विजयी

काठमाडौं ४ मा गगन थापा विजयी

शनिबार, २३ मङि्सर २०७४

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन्। उनले ३४१८ मतले विजयी भएका हुन्। थापाले २१५५८ मत पाए। उनक निकट्तम प्रतिद्वन्द्वी राजन भट्टराईले १८११० मत पाए।

काठमाडौं ४ मा गगन थापाको अग्रता

काठमाडौं ४ मा गगन थापाको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४

काठमाडौंमा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन्। थापाले ४२१६ मत ल्याउँदा नेकपा एमालेका डा. राजन भट्टराईले ४१९० प्राप्त गरेका छन्।

राजन भट्टराईलाई पच्छ्याउँदै गगन थापा

राजन भट्टराईलाई पच्छ्याउँदै गगन थापा

शुक्रबार, २२ मङि्सर २०७४

काठमाडौंमा क्षेत्र नम्बर ४ मा वाम गठवन्धनका डा. राजन भट्टराईले अग्रता लिएका छन्। भट्टराईले २८३२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गगन थापाले २४४५ मले पच्छ्इरहेका छन्।

काठमाडौं-४ को प्रारम्भिक परिणाममा गगन थापा पछाडि

काठमाडौं-४ को प्रारम्भिक परिणाममा गगन थापा पछाडि

शुक्रबार, २२ मङि्सर २०७४

काठमाडौं क्षेत्र नम्बर ४ मतगणनाको परिणाम आउन सुरु गरेको छ। प्रारम्भिक परिणामअनुसार बाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराई १ हजार २ सय ३९ मतका साथ अगाडि छन्।

काठमाडाै ४ मा नेकाका गगन अगाडि

काठमाडाै ४ मा नेकाका गगन अगाडि

बिहिबार, २१ मङि्सर २०७४

काठमाडाै ४ मा नेकाका गगन थापा अगाडी देखिएका छन् । एक्जिट पाेल नतिजा अनुसार गगन थापाको पक्षमा ४४ प्रतिशत, एमालेका राजन भट्टराइकाे पक्षामा २४ प्रतिशत र विवेकशीलकी सुबुना बस्नेतकाे पक्षमा १७ प्रतिशत मतदाता देखिएका छन् ।

गगन र राजनले भाेट हाले

गगन र राजनले भाेट हाले

बिहिबार, २१ मङि्सर २०७४

काठमाडाै क्षेत्र नं ४ का प्रतिष्रपर्धी गगन थापा र राजन भट्रटराइले भाेट हालेका छन् । थापा नेपाली कांग्रेसका उम्मेदवार हुन्र भने भट्रटराइ एमालेका उम्मेदवार हुन् । दुवैले मैतीदेवीका मतदान केन्द्रमा भाेट हालेका हुन् ।

बम विस्फोटका घाइतेलाई गगन थापाले भने, ‘गेट वेल सुन!’ (भिडियो)

बम विस्फोटका घाइतेलाई गगन थापाले भने, ‘गेट वेल सुन!’ (भिडियो)

बुधबार, २० मङि्सर २०७४

नेपाली काँग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापाले बम विस्फोटका घाइतेको अवस्थाबारे जानकारी लिएका छन्। बुधबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाबारे उनले जानकारी लिएका हुन्। सोमबार बुढानिलकण्ठ–२ चपलीको माटो कोलनीमा चुनाबी घरदैलोका क्रममा भएको विस्फोटमा परी १२ जना घाइते भएका थिए। गम्भीर घाइते भएका राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ एवं जयराम लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। नेता थापाले उनीहरुसँग भेटघाट गरी स्वास्थ्य अवस्था बुझेका हुन्।

टाउकोमा ब्यान्डेज लगाएर गगन थापा सभामा सहभागी (भिडियाे)

टाउकोमा ब्यान्डेज लगाएर गगन थापा सभामा सहभागी (भिडियाे)

सोमबार, १८ मङि्सर २०७४

बम विस्फोटको घटनामा सोमबार दिउँसो टाउकोमा चोट लागेका काठमाडौं—४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापा चुनाबी सभामा सहभागी भएका छन्। सोमबार साँझ काठमाडौंको सिफलमा आयोजित सभामा उनी सहभागी भएका हुन्।

गगन आक्रमणको ३ घन्टा भित्र ३० जना नियन्त्रणमा

गगन आक्रमणको ३ घन्टा भित्र ३० जना नियन्त्रणमा

सोमबार, १८ मङि्सर २०७४

काठमाडौ–४ का कांग्रेस उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट तीन घन्टामै ३० जनालाई  गिरफ्तार गरेको छ ।

निर्वाचन गतिविधि स्थगित नगर्न गगन थापाको आग्रह

सोमबार, १८ मङि्सर २०७४

बम आक्रमणमा घाइते भएर त्रिवि शिक्षण अस्पताल भर्ना भएका काठमाडौं क्षेत्र नं. ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले निर्वाचन अभियान जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले मतदातालाई सुरक्षाको स्थिति मजबुद छ भन्ने आश्वस्त बनाइदि सरकारसँग आग्रह गरे।

गगन थापाको चुनाबी अभियानमा बम अाक्रमण : घाइतेको अवस्था बुझ्न शिक्षण अस्पतालमा शुभेच्छुकको भिड (फोटो)

गगन थापाको चुनाबी अभियानमा बम अाक्रमण : घाइतेको अवस्था बुझ्न शिक्षण अस्पतालमा शुभेच्छुकको भिड (फोटो)

सोमबार, १८ मङि्सर २०७४

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापा बम आक्रमणमा घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। बुढानिलकण्ठ नगरपालिका(२ चपलीको माटो कोलनीमा चुनाबी अभियानका क्रममा उनीमाथि सोमबार आक्रमण भएको हो। घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्।

‘गगन थापामाथि ताकेरै बम प्रहार’

‘गगन थापामाथि ताकेरै बम प्रहार’

सोमबार, १८ मङि्सर २०७४

करिब एक महिनादेखि चल्दै आएको निर्वाचन कार्यक्रम अन्तिमतिर अाइपुग्दा सोमबार बिहान बुढानिलकण्ठ नगरपालिका दुई नम्बर वडामा घरदैली गर्ने कार्यक्रम तय भएको थियो। पूर्व निर्धारित कार्यक्रम अनुसार हामी सबै बिहानैदेखि बुढानिलकण्ठको चपली क्षेत्रमा थियौं। गगन दाईको घरदैलोमा नेपाली काँग्रेसका स्थानीय कार्यकताहरु पनि सहभागी हुनुहुन्थ्यो।

गगन थापालाई लक्षित गर्दै बम प्रहार,  ६ घाइते

गगन थापालाई लक्षित गर्दै बम प्रहार, ६ घाइते

सोमबार, १८ मङि्सर २०७४

काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम अाक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित पाँच जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटोकोलनीमा बम अाक्रमण भएको हो।

डा.केसीले दिए गगन थापालाई जितको शुभकामना (भिडियो)

डा.केसीले दिए गगन थापालाई जितको शुभकामना (भिडियो)

शनिबार, १६ मङि्सर २०७४

चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्त डा.गोविन्द केसीले प्रतिनिधि सभाका उमेदवार गगन थापा तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता भएको भन्दै उनलाई जितको लागि शुभकामना दिएका छन्।

कांग्रेस हार्न तयार छ देश हार्नु हुँदैन: गगन थापा

कांग्रेस हार्न तयार छ देश हार्नु हुँदैन: गगन थापा

सोमबार, ०४ मङि्सर २०७४

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले निर्वाचन हार्दा देश नै हार्ने बताएका छन्। बागलुङको गल्कोटमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस चुनाव हार्न तयार रहेको तर देशले हार्ने अवस्था आउन नहुने बताए।

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

शनिबार, ०२ मङि्सर २०७४

कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं। ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

नक्सालका गल्लीभित्र गगन थापाकाे घरदैलाे (भिडियो)

मङ्गलबार, २८ कार्तिक २०७४

मंगलबार बिहान ७ः३० बजेतिर नक्साल क्षेत्रमा बसोबास गर्ने अमिर श्रेष्ठ मर्निङ वाकबाट फर्किरहेका थिए। काठमाडौंको ठण्डीमा पशुपतिको एक फन्को लगाएर फर्किंरहँदा भगवती बहाल क्षेत्र चुनाबी घरदैलोले तातिसकेको थियो। चारतारे झन्डा बोकेका काँग्रेस कार्यकर्ता नागपोखरी जाने बाटोमा भोट माग्दै थिए। कोही गगन थापाको चुनाबी अभियानका लागि तयार पारिएको र्‍याप गीतमा अप्ठ्यारोसँग कम्मर मर्काइरहेका देखिए।

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

आइतबार, २६ कार्तिक २०७४

काठमाडौं–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा अाइतबार बिहानदेखि घरदैलो कार्यक्रममा सक्रिय देखिए । काठमाडौं–४ मा पर्ने मित्रपार्क, गुहेश्वरी र जय बागेश्वरी वरपर घरदैलो कार्यक्रममा निस्किएका उनले स्थानीयहरूसँग भेटघाट गरेर गुनासा सुनेका थिए।

गगन थापाको घरदैलो:  काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग

गगन थापाको घरदैलो: काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग

मङ्गलबार, २१ कार्तिक २०७४

काठमाडौं–४ बाट नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले मंगलबार बिहान घरदैलो अभियान सञ्चालन गरेका छन्। कालोपुल, ज्ञानेश्वर, सिफल क्षेत्रमा घरदैलोमा निस्किएका उनी समक्ष स्थानीयले अाफ्ना समस्या र गुनासा सुनाए। कालोपुलका सुरेशप्रसाद उपाध्यायले विकास निर्माणका लागि भनेर ठूलो रकम आए पनि ठेकेदारले समयमै काम नसक्दा स्थानीयबासी धुलो र हिलोबाट सास्ती खेप्नु परेको गुनासो सुनाए।

काँग्रेस प्रवक्तामा गगन थापाको चर्चा

काँग्रेस प्रवक्तामा गगन थापाको चर्चा

बिहिबार, ०९ कार्तिक २०७४

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा गगन थापालाई मनोनित गरेकाे विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ। पार्टी महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्री प्रत्यासी बनेका थापा माओवादीसँगको मिलिजुली सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए।

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

बिहिबार, ०१ भदौ २०७४

नेपाली काँग्रेसका नेता गगन थापाले तराई डुबानको समस्या हल गर्न सबै दल र संसद एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै नेता थापाले राष्ट्रिय समस्याको हल गर्न राष्ट्रिय एकता जरुरी रहेको बताए।

गगन थापाले आफ्नै कार्यकालको यसरी गरे समिक्षा

गगन थापाले आफ्नै कार्यकालको यसरी गरे समिक्षा

आइतबार, २१ जेठ २०७४

९ महिना ११ दिनअघि स्वास्थ्य मन्त्रीको रुपमा पदबहाली गरेकै दिन गगन थापाले भनेका थिए ‘मप्रतिको विश्वास एउटा पुस्ता प्रतिको विश्वास हो मैले त्यो विश्वास तोड्नुहुन्न।’

गगन थापाले भोट खसाले

गगन थापाले भोट खसाले

आइतबार, ३१ बैशाख २०७४

स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगन थापाले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।

गगन थापालाई एमाले कार्यकर्ताको दुर्व्यवहार

गगन थापालाई एमाले कार्यकर्ताको दुर्व्यवहार

शनिबार, ३० बैशाख २०७४

कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापामाथि नेकपा एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्। निजी गाडीमा काठमाडौंको कपन पुगेका मन्त्री थापालाई ‘गगनेलाई लखेट’ भन्दै एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्।

सन् २०३० सम्म 'टोबाको फ्रि जेनेरेसन'  तयार पार्ने गगन थापाको योजना

सन् २०३० सम्म 'टोबाको फ्रि जेनेरेसन' तयार पार्ने गगन थापाको योजना

मङ्गलबार, २६ बैशाख २०७४

स्वास्थ्यमन्त्री गगन थापाले धुम्रपान नियन्त्रणगर्न एक वर्षभित्रै सूर्तिजन्य पदार्थको बट्टा तथा ¥यापर्सको शतप्रतिशत भागमा चेतावानीमूलक चित्र र सन्देश छाप्ने व्यवस्था ‘प्लेन प्याकेजिङ’ र सन् २०३० सम्ममा धुम्रपानमुक्त पुस्ता निर्माण गर्ने बताएका छन्।

महाअभियोग प्रस्तावबारे गगनः आरोप पुष्टि नभए मूल्य चुकाउनु पर्छ

महाअभियोग प्रस्तावबारे गगनः आरोप पुष्टि नभए मूल्य चुकाउनु पर्छ

सोमबार, १८ बैशाख २०७४

कांग्रेस केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा जाने निर्णयको पार्टीले पुष्टि गर्नुपर्ने बताएका छन्। आफ्नो पार्टीले महाअभियोग प्रस्ताव दर्ता गरिसकेको सन्दर्भमा त्यसप्रति आफ्नो व्यक्तिगत विचारको कुनै अर्थ नहुने उनले बताए।

स्वास्थ्य शिविर अवलोकन गर्न गगन थापा राैतहटमा

स्वास्थ्य शिविर अवलोकन गर्न गगन थापा राैतहटमा

शुक्रबार, ११ चैत २०७३

स्वास्थ्य मन्त्री गगन थापा स्वास्थ्य शिविर निरीक्षणका लागि राैतहट अाएका छन्। शुक्रबार बिहान गाैर अाइपुगेका उनले आम नेपाली जनताहरुको आधारभूत आवश्यकता स्वास्थ्य भएको बताए। समुचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका क्षेत्रमा स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले स्वास्थ्य शिविर संचालन गरी मानवीय धर्म निर्वाह गरेको उनको भनाइ थियो।

गतिमान गगन

गतिमान गगन

शनिबार, ०५ चैत २०७३

पाँच बजिसकेको छ। सरकारी कार्यालयमा ताला लागिसक्यो। मन्त्रालयका कति कर्मचारी घर फर्किसके, कति फर्किने हतारोमा छन्। स्वास्थ्य मन्त्रालय पछिल्तिर सानो भवनको २१९ नम्बर कोठामा भने चहलपहल सुरु भएको छ। यो स्वास्थ्यमन्त्री गगनकुमार थापाका सल्लाहकार, स्वयंसेवक र सहयोगीको कक्ष हो, साँझ परेपछि मन्त्रीको मुकाम।

सरकारी अस्पताललाई सबैको साझा अस्पताल बनाउँछु: गगन थापा

सरकारी अस्पताललाई सबैको साझा अस्पताल बनाउँछु: गगन थापा

मङ्गलबार, ०५ पुष २०७३

स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पताललाई गरिव र सर्वसाधारणको साझा अस्पताल बनाउनुपर्ने बताएका छन्।

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

बिहिबार, ०९ मङि्सर २०७३

स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाल सरकारले कम्तिमा स्वास्थ्य संस्था र स्कूलहरुमा तत्काल सफा खानेपानी र शौचालयको सुविधा पुर्याउने गरी काम सुरु गरिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

'गगन थापाले दिएको निर्देशन कार्यन्वयन गर्न सक्दैनौं'

'गगन थापाले दिएको निर्देशन कार्यन्वयन गर्न सक्दैनौं'

मङ्गलबार, ०७ मङि्सर २०७३

सरकारी चिकित्सक सङ्घ नेपालले सरकारी अस्पतालमा बहिरङ्ग सेवा लगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ।

गगन थापाको जनपक्षीय निर्णयः  मृगौलाको सम्पूर्ण डायलाइसिल निःशुल्क

गगन थापाको जनपक्षीय निर्णयः मृगौलाको सम्पूर्ण डायलाइसिल निःशुल्क

सोमबार, २२ कार्तिक २०७३

सरकारले मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस निःशुल्क भएको छ। यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो।

लोकमान नियुक्तिमा हामी हारेको कोसँग हो? : गगन थापा (भिडियो)

लोकमान नियुक्तिमा हामी हारेको कोसँग हो? : गगन थापा (भिडियो)

मङ्गलबार, ०९ कार्तिक २०७३

स्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद गगनकुमार थापाले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय स्वाभिमानसँग जोडिएको बताएका छन्। लोकमानसिंह कार्कीको नियुक्ति भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ (रअ) को चलखेलमा भएको विषयलाई संकेत गर्दै स्वास्थ्यमन्त्री थापाले कार्कीको नियुक्तिमै मुख्य दलका शीर्ष नेताहरु गम्भीर रुपमा चुकेकाे उल्लेख गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad