केसीको मुद्दामा पार्टीगत अडान थिएन : विवेकशील

केसीको मुद्दामा पार्टीगत अडान थिएन : विवेकशील

आइतबार, १३ साउन २०७५

विवेकशील साझा पार्टीले चिकित्सक डा. गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको...

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

बिहिबार, १० साउन २०७५

सरकारी वार्ता टोलीसँग भएको ७ बुँदे सहमतिमा डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि उनका प्रतिनिधि समाधान खोज्न बालुवाटार पुगेका छन्। विहीबार दिउँसो...

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

बिहिबार, १० साउन २०७५

त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। अस्पतालकी कार्यकारी निर्देशक...

डा. केसीको समर्थनमा टिचिङमा रिले अनशन, बसन्तपुरमा सामुहिक सत्याग्रह

डा. केसीको समर्थनमा टिचिङमा रिले अनशन, बसन्तपुरमा सामुहिक सत्याग्रह

मङ्गलबार, ०८ साउन २०७५

नेपाल चिकित्सक संघको आह्वानमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा आजबाट रिले अनशन सुरु गरेका छन्।

डा. केसीको समर्थनमा विपक्षीको विरोधले संसद स्थगित

डा. केसीको समर्थनमा विपक्षीको विरोधले संसद स्थगित

सोमबार, ०७ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधले प्रदेश नम्बर ७ को प्रदेशसभाको बैठक स्थगित भएको छ। चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीप्रति सरकार अनुदार बनेको लगायतका बिषयमा गत शुक्रबारदेखि कांग्रेसको विरोध कायमै रहेका कारण सोमबारको प्रदेशसभाको निर्धारित बैठक स्थगित गरिएको हो।

डा. केसीको समर्थनमा विद्यार्थीको पैदल यात्रा

डा. केसीको समर्थनमा विद्यार्थीको पैदल यात्रा

सोमबार, ०७ साउन २०७५

साउने सोमबारको दिन। धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पैदल जल चढाउन जाने गेरुवस्त्रधारी बोलबम भक्तजनहरुको लर्को थियो। करिब साढे १२ बजेतिर कोशी राजमार्ग हुदै युवाहरुको एक हुल पनि पैदल धरान प्रवेश गर्यो।

डा. केसीको समर्थनमा कैलालीदेखि अनशनमा

डा. केसीको समर्थनमा कैलालीदेखि अनशनमा

सोमबार, ०७ साउन २०७५

डाक्टर के.सी को सत्यग्रहको समर्थनमा बसन्तपुर डबलमा सामूहिक सत्यग्रह जारी छ। अधिकांश युवाले भरिएको सत्यग्रहमा एक जना वृद्ध दम्पतिसमेत छन्।

डा. केसीको सत्याग्रह पक्षमा सडक कविता

डा. केसीको सत्याग्रह पक्षमा सडक कविता

आइतबार, ०६ साउन २०७५

बुटवल ट्राफिकचौकमा उभिएर साहित्यकार गिरी श्रीसले यो कविता वाचन गरेपछि शुरु भयो, समाजवाद उन्मुख स्वास्थ्य शिक्षा नितिका लागि सडक कविता। डा. गोविन्द केसीको जीवन रक्षा गर्न र संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ताको माग सहित बुटवलमा साहित्यकारले आईबार सडक कविता वाचन गरे। डा.केसीको सत्याग्रह गरिब आम नेपालीको पक्षमा भएको भन्दै कविता मार्फत वुटवलको सडकबाटै सरकारलाई खबरदारी गरेका हुन।

बानेश्वरको दृश्य : वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरी झडप

बानेश्वरको दृश्य : वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरी झडप

शनिबार, ०५ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत प्राडा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भयो। केसीका स्वतन्त्र समर्थकहरुको बाहुल्यता रहेको प्रदर्शनमा विवेकशील साझा, नयाँ शक्ति पार्टी र नेपाली कांग्रेस निकट तरुण दल पनि मिसिएका थिए। तरुण दलले एक बजे माइतीघरमा भेला भएर बानेश्वर जाने कार्यक्रम तय गरेको थियो।

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

शनिबार, ०५ साउन २०७५

बलिउड अभिनेत्री मनिषा कोइरालाले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई सुझाव दिएकी छिन्।  डा. केसीको समर्थनमा शनिबार आयोजित कार्यक्रममा सहभागी भएकी कोइरालाले दिउँसो ट्वीटरमार्फत माथेमा प्रतिवेदन लागु गरे समस्याको समाधान निस्कने सुझाव दिएकी हुन्।

डा. केसीको समर्थनमा लहानमा प्रदर्शन

डा. केसीको समर्थनमा लहानमा प्रदर्शन

शनिबार, ०५ साउन २०७५

डा. गोबिन्द केसीको समर्थनमा सिरहाको लहानमा नेपाल बिद्यार्थी संघले प्रदर्शन गरेको छ । ठुलाे संख्यामा उपस्थित प्रदर्शनकारीकाे समुहले लहान नगर परिक्रमा गर्दै डा. केसीको पक्षमा नारा लगाएका थिए।

डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

शनिबार, ०५ साउन २०७५

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा पोखरामा शनिबार दवाव र्‍याली निकालिएको छ। नागरिक समाज, व्यापारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी, विद्यार्थी, सर्वसाधारण सहभागि र्‍यालीले केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको थियो।

गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशीला कार्की

गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशीला कार्की

शनिबार, ०५ साउन २०७५

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। शनिबार बानेश्वरमा डा केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। सरकारका नेतृत्वकर्ता माफियाको माकुरोका जालोमा फसिरहेको भन्दै चाँडो गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

डा. केसीको समर्थनमा प्रदर्शन : गगनदेखि मनिषा कोइरालासम्म (फोटो फिचर)

डा. केसीको समर्थनमा प्रदर्शन : गगनदेखि मनिषा कोइरालासम्म (फोटो फिचर)

शनिबार, ०५ साउन २०७५

चिकित्सा शिक्षा विधेयकको विरोधमा अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि प्रदर्शन सुरु भएको हो।

डा. केसीको समर्थनमा अाज माइतीघरमा प्रदर्शन हुँदै

डा. केसीको समर्थनमा अाज माइतीघरमा प्रदर्शन हुँदै

शनिबार, ०५ साउन २०७५

माइतिघरमा आज मध्यान्ह १२ बजे डा. गोविन्द केसीको समर्थनमा बिशाल प्रदर्शन हुने भएको छ।

डा. केसीको समर्थनमा संसद् अवरुद्ध

डा. केसीको समर्थनमा संसद् अवरुद्ध

शनिबार, ०५ साउन २०७५

प्रमु प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीप्रति अमानविय व्यवहार भएको भन्दै शुक्रबार प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

डाक्टर केसीको समर्थनमा नेविसंघको प्रर्दशन

डाक्टर केसीको समर्थनमा नेविसंघको प्रर्दशन

शुक्रबार, ०४ साउन २०७५

डाक्टर गोविन्द केसीको समर्थन र उनको जीवन रक्षाको माग गदै नेविसंघ तनहुँले शुक्रबार दमौलीमा विरोध प्रर्दशन गरेको छ।

कांग्रेसद्वारा गण्डकी प्रदेशको सदन अवरुद्ध,  डा. केसीको जीवन रक्षा माग

कांग्रेसद्वारा गण्डकी प्रदेशको सदन अवरुद्ध, डा. केसीको जीवन रक्षा माग

बिहिबार, ०३ साउन २०७५

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा हुनुपर्ने मागसहित गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबारको दोश्रो सदन बैठक अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा कांग्रेसले सदन अवरुद्ध गरेको हो।

केसीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

केसीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

बुधबार, ०२ साउन २०७५

जुम्लामा अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गर्दै नेपालगन्जमा दीप प्रज्वलन गरिएको छ। स्थानीय बीरेन्द्र चोकमा भेला भएर युवाहरुले दीप प्रज्वलन गरेका हुन्।

डा. केसीको जीवन रक्षा गरियोस् : राजपा नेपाल

डा. केसीको जीवन रक्षा गरियोस् : राजपा नेपाल

बुधबार, ०२ साउन २०७५

चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समय देखि आमरण अनशनरत डा.गोविन्द केसी को जीवन रक्षाको लागि गम्भिर हुन राजपा नेपालले सरकारसँग आग्रह गरेको छ ।

डा. केसीको अवस्था गम्भीर, चिकित्सकले दिए चेतावनी

डा. केसीको अवस्था गम्भीर, चिकित्सकले दिए चेतावनी

बुधबार, ०२ साउन २०७५

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि १९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

बुधबार, ०२ साउन २०७५

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। सरकार चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनशनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो। संघले भोलि विहीबार देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै र दिउँसो १ बजे माइतीघर मण्डलामा डा. केसीको जीवन रक्षाका लागि प्रदर्शन गर्ने जनाएको छ।

राँको बाल्दै जुम्लावासीले भने- डा. केसीको माग पुरा गर्न सरकारको चेत खुलोस

राँको बाल्दै जुम्लावासीले भने- डा. केसीको माग पुरा गर्न सरकारको चेत खुलोस

मङ्गलबार, ०१ साउन २०७५

१८ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको पक्षमा गठित संयुक्त संघर्ष समितिका संयोजक राजबहादुर महत साउने संक्रान्तिका बेला जुम्लीका घरघरमा आगोको राँको बाल्ने तयारी भइरहँदा सदरमुकाम खलंगाको बालमन्दिर नजिकै विधिवत रुपमा राँको बाल्दै थिए। यहाँका अगुवा नागरिकलाई भेला गरेर व्राह्मण बोलाएर डा. केसीको जीवन रक्षा गर्न र माग संवोधनका लागि सरकारको चेतना खुलोस भन्ने कामना गरे।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

सोमबार, ३२ असार २०७५

संयुक्त संघर्ष समिति जुम्लाले डा. गोविन्द केसीको माग संवोधनका लागि वार्ता टोली गठन गर्न माग गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे भन्दै समितिले सरकारसँग तत्काल वार्ता टाेली गठन गर्न माग गरेकाे हाे।

डा. केसीको अनशन र निकास

डा. केसीको अनशन र निकास

सोमबार, ३२ असार २०७५

संविधानको धारा ११० बमोजिम विधेयक पेश गर्ने प्रावधान छ। त्यस्तै संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने प्रावधान संविधानको धारा ११४ मा छ।

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

सोमबार, ३२ असार २०७५

सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।

डा केसीको जीवन रक्षा गरियाेस् : गच्छदार

डा केसीको जीवन रक्षा गरियाेस् : गच्छदार

आइतबार, ३१ असार २०७५

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन्।

डा. केसीको पक्षमा नेवि संघ सडकमा

डा. केसीको पक्षमा नेवि संघ सडकमा

आइतबार, ३१ असार २०७५

कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेवि संघ सडकमा उत्रिएको छ।

डा. केसीको समर्थन गर्दै माइतीघरमा चेकअप

डा. केसीको समर्थन गर्दै माइतीघरमा चेकअप

शुक्रबार, २९ असार २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले प्रदर्शन गरेका छन्। १५ औं पटक अनशनमा बसेका डा. केसीको समर्थनमा शुक्रबार माइतीघर मण्डलामा चिकित्सकहरुले विरामी जाँचेर संकेतिक विरोध जनाए। चिकित्सकहरुले नागरिक स्वतन्त्रता बहाल गर, डाक्टर अपहरण बन्द गर लगायतका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए।

केसीको जीवनरक्षाको माग गर्दै  प्लेकार्ड प्रर्दशन

केसीको जीवनरक्षाको माग गर्दै प्लेकार्ड प्रर्दशन

बिहिबार, २८ असार २०७५

नेपालको चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीहरुले बिहीबार प्ले कार्ड प्रदर्शन गरेका छन्।

डा. केसीको स्वास्थ्य गम्भीर

डा. केसीको स्वास्थ्य गम्भीर

बिहिबार, २८ असार २०७५

भान्जा ईश्वर शाहीको उपचारका लागि कालिकोटबाट जुम्ला आएका वीरबहादुर शाही जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सघन कक्षमा पुगे, जहाँ डा. गोविन्द केसी अनशनरत छन् ।

डा. केसीको पक्षमा जुम्ली महिला सडकमा

डा. केसीको पक्षमा जुम्ली महिला सडकमा

मङ्गलबार, २६ असार २०७५

चिकित्सा शिक्षा र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुनु पर्ने माग गर्दै ११ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा जुम्लाका महिला सडकमा उत्रिएका छन्। उनीहरुले तत्काल डा. केसीको जीवन रक्षा गर्नुका साथै जनताको पक्षमा उठाएका जायज माग पुरा गर्न सरकारलाई दबाव दिएका हुन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला नजिकैवाट निस्केको महिलाको जुलुस कृष्णमन्दिर विजयनगर हुदै वसपार्कमा गएर टुंिगएको थियो।

संसदबाटै मागियाे गोविन्द केसीको राजीनामा

संसदबाटै मागियाे गोविन्द केसीको राजीनामा

सोमबार, २५ असार २०७५

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको राजीनामा मागिएको छ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

सोमबार, २५ असार २०७५

जुम्लामा दश दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै रोगसंग लड्ने क्षमता कमजोर बन्दै गईरहेको छ। डा. प्रविण गिरीले डा. गोविन्द केसीको अवस्था गम्भीर बनेको प्रतिक्रिया दिए। उनले भने, 'अहिले पिसावका लागि शौचालयसम्म जान सक्ने अवस्था छैन।'

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको जरुरी प्रस्तावमाथिकाे छलफल अाज

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको जरुरी प्रस्तावमाथिकाे छलफल अाज

सोमबार, २५ असार २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसदमा दर्ता गराएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल हुने भएको छ।

काठमाडौंमा डा. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

काठमाडौंमा डा. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

शनिबार, २३ असार २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसिरहेका प्राडा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ।

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

शुक्रबार, २२ असार २०७५

नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। चिकत्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो।

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

बिहिबार, २१ असार २०७५

प्राध्यापक डा. गोविन्द केसीको मागप्रति हाम्रो ऐक्यवद्धता जनाउँदै नेपालगन्जमा प्रदर्शन गरिएको छ। विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाले बिहीबार स्वतःस्र्फुत रुपमा प्रदर्शनसहित कोणसभा गरेका हुन्।

डा. केसीको हरसम्भव उपचार गर्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

डा. केसीको हरसम्भव उपचार गर्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

बिहिबार, २१ असार २०७५

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनसनरत डा. गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रीले पठाएको चिकित्सक टोली जुम्लामा, डा. केसीको स्वास्थ्य सामान्य

स्वास्थ्य मन्त्रीले पठाएको चिकित्सक टोली जुम्लामा, डा. केसीको स्वास्थ्य सामान्य

बिहिबार, २१ असार २०७५

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट विहीबार दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ।

सघन कक्षमा डा. केसीको अनसन

सघन कक्षमा डा. केसीको अनसन

बिहिबार, २१ असार २०७५

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै आइरहेका डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षबाटै अनसन शुरु गरेका छन्।

डा. केसीको अनशन व्यक्तिगत : गृहमन्त्री

डा. केसीको अनशन व्यक्तिगत : गृहमन्त्री

बिहिबार, २१ असार २०७५

गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीको अनशन व्यक्तिगत भएको बताएका छन्।

डा. केसीको अवस्था गम्भीर, निषेधित क्षेत्र तोडेर अस्पताल लगियो

डा. केसीको अवस्था गम्भीर, निषेधित क्षेत्र तोडेर अस्पताल लगियो

बुधबार, २० असार २०७५

जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

डा. केसीको समर्थनमा पूर्व सांसददेखि सर्वसाधारणसम्म सडकमा

डा. केसीको समर्थनमा पूर्व सांसददेखि सर्वसाधारणसम्म सडकमा

बुधबार, २० असार २०७५

चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्। जुम्लाका पूर्व सांसददेखि सर्वसाधारण र नागरिक समाज सडकमा उत्रिएर डा. केसीको जीवन रक्षाको माग गर्न थालेको हो।

डा. केसीको उपचारमा प्रशासन बाधक

डा. केसीको उपचारमा प्रशासन बाधक

बुधबार, २० असार २०७५

डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ।

डा. केसीको समर्थनमा कर्णालीका स्वास्थ्य संस्था बन्द

डा. केसीको समर्थनमा कर्णालीका स्वास्थ्य संस्था बन्द

मङ्गलबार, १९ असार २०७५

कर्णालीको जुम्लामा अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गर्दा स्वास्थ्य उपचारको लागि अस्पतालसम्म लिन नदिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै

सोमबार, १८ असार २०७५

जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको कवर्डहलमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

डा. केसीको पक्षमा हस्ताक्षर संकलन

डा. केसीको पक्षमा हस्ताक्षर संकलन

आइतबार, १७ असार २०७५

चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको पक्षमा नागरिक समाज जुम्लाले हस्ताक्षर संकलन सुरु गरेको छ।

मुखमा टेप लगाएर डा. केसीको माइतिघर मण्डलामा प्रदर्शन

मुखमा टेप लगाएर डा. केसीको माइतिघर मण्डलामा प्रदर्शन

शनिबार, ०२ असार २०७५

डा. गोविन्द केसीले माइतीघर मण्डलालाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन्। शनिबार मुखमा टेप लगाएर केसीले मण्डलामा प्रदर्शन समेत गरे। स्थानीय प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको थियो। जनआन्दोलन, लोकमान कार्की, भ्रष्टाचार तथा वेथितिका विरुद्धका माइतिघर मण्डलाबाट आन्दोलन भएको बताउँदै केसीले सरकारलाई निर्णय सच्याउन आग्रह गरे।

फागुन २९ देखि अनशन बस्ने डा. केसीको घोषणा

फागुन २९ देखि अनशन बस्ने डा. केसीको घोषणा

शनिबार, १९ फागुन २०७४

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा संघर्ष गर्दै आएका डा. गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्। प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. केसीले फागुन २९ देखि सत्याग्रह गर्ने घोषणा गरेका हुन्।

Ncell Footer Ad