प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

बुधबार, ११ असार २०७६

भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। ...

एपिएफका खेलाडी सम्मानित

एपिएफका खेलाडी सम्मानित

शनिबार, २१ बैशाख २०७६

अन्नपूर्ण होटल दरवारमार्गले एपिएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ। एपिएफका खेलाडीलाई शुक्रबार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजुविक्रम शाहले सम्मान...

दुवै प्रहरी समूहविजेता

दुवै प्रहरी समूहविजेता

सोमबार, १६ बैशाख २०७६

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह विजेताका रूपमा...

थ्री स्टार उपाधिनजिक

थ्री स्टार उपाधिनजिक

बुधबार, ०४ बैशाख २०७६

विभागीय टोली एपिएफ क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टार क्लब सर्लाहीमा जारी तेस्रो तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको...

एपिएफ सेमिफाइनलमा

एपिएफ सेमिफाइनलमा

शुक्रबार, २९ चैत २०७५

साबिकको विजेता सुदूरपश्चिम–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ सर्लाहीमा जारी राजर्षि जनक कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा अन्तिम चारमा स्थानमा बनाउन एपिएफका प्रदीप स्याङ्तानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सुदीप सिखाकारले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै एपिएफलाई २–० को अग्रता दिलाए।

सुदूरपश्चिमलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुदूरपश्चिमलाई हराउँदै एपिएफ सेमिफाइनलमा

बिहिबार, २८ चैत २०७५

सुदूरपश्चिम–११ लाई हराउँदै सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ सर्लाहीमा जारी राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफद्वारा उपाधि रक्षा

एपिएफद्वारा उपाधि रक्षा

शनिबार, १६ चैत २०७५

न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै आयोजक एपिएफले छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

न्यु डाइमन्ड र एपिएफबीच उपाधि भिडन्त

न्यु डाइमन्ड र एपिएफबीच उपाधि भिडन्त

शुक्रबार, १५ चैत २०७५

चिर परिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड र आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लब सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा शुक्रबार भिड्ने भएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

बिहिबार, १४ चैत २०७५

सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल यात्राका लागि बिहीबार विभागीय टोली एपिएफ र नेपाल पुलिस तथा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

दीपेश तीनै विधाबाट सेमिफाइनलमा

दीपेश तीनै विधाबाट सेमिफाइनलमा

बिहिबार, १४ चैत २०७५

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा सेमिफाइनल पुग्न सफल भएका छन्।

पूजाको उत्कृष्ट प्रदर्शनमा एपिएफ विजयी

पूजाको उत्कृष्ट प्रदर्शनमा एपिएफ विजयी

मङ्गलबार, १२ चैत २०७५

युवा स्पाइकर पूजा चौधरीको उत्कृष्ट प्रदर्शनप्रेरित आयोजक एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

एपिएफलाई रोक्दै दाउफिन्स सेमिफाइनलमा

एपिएफलाई रोक्दै दाउफिन्स सेमिफाइनलमा

सोमबार, ११ चैत २०७५

हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलमा यानिक ओहानाले दाउफिन्सका लागि निर्णायक गोल गरे । नगामा अन्गोउलाको कप्तानीमा मैदान उत्रिएको दाउफिन्सका लागि ओहानाले खेलको ७९औं मिनेटमा सानदार गोल गरेका थिए ।

एपिएफ मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा

एपिएफ मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा

शनिबार, ०९ चैत २०७५

हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब हेटौंडामा जारी दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। वन विज्ञान अध्ययन संस्थानको चौरमा शुक्रबार भएको खेलमा हिमालयनलाई १–० ले एपिएफ अन्तिम आठमा स्थान बनाएको हो।

झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी अन्तिम चारमा

झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी अन्तिम चारमा

बुधबार, २२ फागुन २०७५

सशस्त्र प्रहरीको एपिएफ क्लबलाई क्वार्टरफाइनलमा रोक्दै त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। एपिएफलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चार सुरक्षित गरेको हो।

मनाङलाई रोक्दै एपिएफ सेमिफाइनलमा

मनाङलाई रोक्दै एपिएफ सेमिफाइनलमा

आइतबार, १२ फागुन २०७५

सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–० ले स्तब्ध हुँदै सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७५ को उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १७औं आहा रारा गोल्डकपबाट बाहिरिएको छ। विजयी एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक खेलमा शनिबार एपिएफले मनाङलाई पराजित गर्दा प्रदीप लामाको गोल निर्णायक भयो।

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमाया कोजुको पोल्टामा

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमाया कोजुको पोल्टामा

शनिबार, ११ फागुन २०७५

तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) की कान्छीमाया कोजुले जितेकी छिन्। शनिबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी १ घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

सहारा सडन डेथको सिकार

सहारा सडन डेथको सिकार

शुक्रबार, १० फागुन २०७५

सहारा क्लबको आतिथ्यलाई अविस्मरणीय बनाउने क्रममा बिहीबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबले घरेलु टोलीलाई सडन डेथमा सिकार बनाएको छ। उद्घाटन खेल जित्ने अभिलाषालाई एपिएफका विकी लामाले निर्णायक गोल गरेपछि सहारा निराश बन्यो। एपिएफले १७औं संस्करणको आहा रारा गोल्डकपको क्वार्टरफाइनल सुरक्षित गर्‍यो।

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

बिहिबार, ०९ फागुन २०७५

१७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

न्यु डायमन्ड र एपिएफ फाइनलमा

न्यु डायमन्ड र एपिएफ फाइनलमा

बुधबार, ०१ फागुन २०७५

होङ्गान्जी न्यु डायमन्ड र विभागीय टोली एपिएफ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

एपिएफको आश्चर्यजनक गोल

एपिएफको आश्चर्यजनक गोल

सोमबार, २१ माघ २०७५

फुटबल खेलमा कहिलेकाहीं निकै आश्चर्यजनक गोल हुन्छ। आइतबार पोखरा रंगशालामा त्यस्तै गोल भयो। खेल सुरु भएको ३५ सेकेन्डमै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रुस्लान थ्री स्टारको पोस्टमा गरेको गोल दुवै टिमका लागि आश्चर्यजनक हुन पुग्यो।

एपिएफको उपाधि सुनिश्चित

एपिएफको उपाधि सुनिश्चित

आइतबार, २० माघ २०७५

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबमाथि जित निकाल्दै अन्तिम खेलअगावै उपाधि सुनिश्चित गरेको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा शनिबार एपिएफले तेस्रो स्थानको आर्मीमाथि ३–१ को सेटमा जित निकालेपछि लिगको अन्तिम खेल बाँकी छँदै उपाधि आफ्नो बनाएको हो।

एपिएफको अपराजित यात्रा यथावत्

एपिएफको अपराजित यात्रा यथावत्

बिहिबार, १७ माघ २०७५

एपिएफ क्लबले जारी १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई जोगाइराखेको छ।

एपिएफ शीर्ष स्थानमा कामयै

एपिएफ शीर्ष स्थानमा कामयै

बुधबार, १६ माघ २०७५

साबिकको विजेता सशस्त्र प्रहरी बल एपिएफ क्लब १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो पहिलो राउन्डसम्म शीर्ष स्थानमै रहेको छ।

हिमालयन शेर्पालाई स्तब्ध पार्दै एपिएफको विजयी सुरुवात

हिमालयन शेर्पालाई स्तब्ध पार्दै एपिएफको विजयी सुरुवात

बुधबार, १६ माघ २०७५

पेनाल्टीले भाग्य कोरिदिएपछि विभागीय टोली सशस्त्र प्रहरी बल छैटौं सस्करणको मनकामना केबलकार पोखरा कपको अन्तिम आठमा प्रवेश गर्दा हिमालयन शेर्पा भने उद्घाटन खेलबाटै बाहिरिएको छ।

पुलिसको अपराजित यात्रामा पूर्णविराम

पुलिसको अपराजित यात्रामा पूर्णविराम

मङ्गलबार, १५ माघ २०७५

जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

एपिएफ र पुलिस शीर्षमा

एपिएफ र पुलिस शीर्षमा

शनिबार, १२ माघ २०७५

विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै १४औं ढोरपाटन महिला डबल लिगको शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग अंक बराबरी गरेको छ।

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

शुक्रबार, ११ माघ २०७५

विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले १४औं ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेका छन्।

एपिएफ र पुलिस फाइनलमा

एपिएफ र पुलिस फाइनलमा

शनिबार, ०५ माघ २०७५

दुईवटा प्रदेशले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दा दुई विभागीय प्रतिद्वन्द्वी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिको लागि आमनेसामुने हुँदै छन्। उपाधि भिडन्तका लागि एपिएफ र नेपाल पुलिस शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आमनेसामुने हुनेछ।

एपिएफ सिमरा गोल्डकपको अन्तिम आठमा

एपिएफ सिमरा गोल्डकपको अन्तिम आठमा

शुक्रबार, ०४ माघ २०७५

विशाल मेमोरियल फाउन्डेशन वीरगन्जलाई पराजित गर्दै विभागीय टिम एपिएफ क्लबले सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

आर्मीमाथि एपिएफको रबाफिलो जित

आर्मीमाथि एपिएफको रबाफिलो जित

शुक्रबार, ०४ माघ २०७५

सेमिफाइनल समीकरण पूरा हुँदा बिहीबार दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत साबिक विजेता एपिएफसँगै, प्रदेश नं.३, गण्डकी प्रदेश र अर्को विभागीय टोली पुलिस आआफ्ना प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा पुगेका छन्।

एपिएफ र आर्मीकाे  पहिलाे भिडन्त

एपिएफ र आर्मीकाे  पहिलाे भिडन्त

बिहिबार, ०३ माघ २०७५

साविकको विजेता एपिएफ क्लबसँगै प्रदेश नं ५ पोखरामा जारी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह विजेताको छिनोफानोका लागि बुधबार भएको खेलमा विभागीय टोली एपिएफल सुदूरपश्चिम प्रदेशलाई र प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गर्न सफल भएका हुन्।

न्यु डायमन्डलाई स्तब्ध बनाउँदै एपिएफ च्याम्पियन

न्यु डायमन्डलाई स्तब्ध बनाउँदै एपिएफ च्याम्पियन

आइतबार, २९ पुष २०७५

विभागीय टोली एपिएफले होङवान्जी न्यु डायमन्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबलको उपाधि शनिबार जितेको छ। नैकापस्थित न्यु डायमन्डको कोर्टमा सम्पन्न फाइनल खेलमा साबिकको विजेता आयोजक न्यु डायमन्ड एकेडेमीलाई स्तब्ध बनाउँदै उपाधि जितेको हो।

उपाधिका लागि आयोजक न्यु डायमन्ड र एपिएफ भिड्ने

उपाधिका लागि आयोजक न्यु डायमन्ड र एपिएफ भिड्ने

शनिबार, २८ पुष २०७५

साविकका विजेता र उपविजेताद्वय न्यु डायमन्ड एकेडेमी र विभागीय टोली एपिएफ दोस्रो होङ वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

‘ए’ डिभिजन लिग : संकटालाई पराजित गर्दै एपिएफ पाँचौं

‘ए’ डिभिजन लिग : संकटालाई पराजित गर्दै एपिएफ पाँचौं

मङ्गलबार, २४ पुष २०७५

उपविजेता संकटालाई २–१ ले पराजित गर्दै विभागीय टोली एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौं स्थान पक्का गरेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एपिएफले लिगको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो।

विभागीय टिमकै वर्चस्व

विभागीय टिमकै वर्चस्व

शनिबार, २१ पुष २०७५

इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा शुक्रबार पनि विभागीय टोलीले जितलाई निरन्तरता दिएका छन्।

विभागीय डर्बीमा पुलिसविरुद्ध एपिएफको फराकिलाे जित

विभागीय डर्बीमा पुलिसविरुद्ध एपिएफको फराकिलाे जित

बुधबार, १८ पुष २०७५

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गर्दै एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिकामा मंगलबार दुई स्थान सुधार गरेको छ।

‘ए’ डिभिजन लिग : विभागीय डर्बीमा एपिएफद्वारा आर्मी पराजित

‘ए’ डिभिजन लिग : विभागीय डर्बीमा एपिएफद्वारा आर्मी पराजित

आइतबार, ०८ पुष २०७५

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको छ।

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

बुधबार, ०४ पुष २०७५

विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उपाधिको दाबेदारिता प्रस्ट्याएको छ।

एपिएफसँग मछिन्द्र स्तब्ध, ९ खेलमा मछिन्द्रको पहिलो गोल

एपिएफसँग मछिन्द्र स्तब्ध, ९ खेलमा मछिन्द्रको पहिलो गोल

मङ्गलबार, ०३ पुष २०७५

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले चौंथो जित दर्ता गरेको छ।

‘ए’ डिभिजन लिग : सरस्वतीमाथि एपिएफको सहज जित

‘ए’ डिभिजन लिग : सरस्वतीमाथि एपिएफको सहज जित

आइतबार, २३ मङि्सर २०७५

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सरस्वती युथ क्लबलाई ३–० ले पराजित गरेको छ।

‘ए’ डिभिजन लिग : एनआरटीमाथि एपिएफको संघर्षपूर्ण जित

‘ए’ डिभिजन लिग : एनआरटीमाथि एपिएफको संघर्षपूर्ण जित

मङ्गलबार, १८ मङि्सर २०७५

संघर्षपूर्ण खेलमा न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्दै विभागीय टिम सशत्र प्रहरीको बलको एपिएफ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।

प्रवीणको गोलमा एपिएफ विजयी, दाेस्राे चरणका खेल सकिँदा थ्री स्टार शीर्ष स्थानमा

प्रवीणको गोलमा एपिएफ विजयी, दाेस्राे चरणका खेल सकिँदा थ्री स्टार शीर्ष स्थानमा

सोमबार, ०३ मङि्सर २०७५

प्रवीण स्याङ्तानको निर्णायक गोलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि १–० को कठिन जित निकालेको छ।

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

शनिबार, २७ असोज २०७५

नेपाल भलिबल संघ बागलुङद्वारा गलकोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

एपिएफलाई ढोरपाटन भलिबल उपाधि

एपिएफलाई ढोरपाटन भलिबल उपाधि

आइतबार, ०७ असोज २०७५

विभागीय टोली एपिएफले शनिबार पाँचौं ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

एपिएफ क्वार्टरफाइनलमा

एपिएफ क्वार्टरफाइनलमा

बिहिबार, ०४ असोज २०७५

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एपिएफलाई उपाधि

एपिएफलाई उपाधि

बिहिबार, २८ भदौ २०७५

दुई पटक रोकिँदै सुरु भएको राष्ट्रिय महिला भलिबलको उपाधि फेरि एक पटक सशस्त्र प्रहरी बलको पोल्टामा जाँदा शिवम् न्यु डायमन्ड गतवर्षझैं उपविजेतामै चित्त बुझाउन विवश भएको छ।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

बुधबार, २७ भदौ २०७५

झरीले प्रभावित बनाएको विभागीय डर्बीमा नेपाल आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब पोखराको लामाचौरमा आयोजित तीज महोत्सवअन्तर्गतको महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ।

एपिएफ महिला लिग च्याम्पियन

एपिएफ महिला लिग च्याम्पियन

बुधबार, १६ साउन २०७५

सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफले मंगलबार उप राष्ट्रपति राष्ट्रिय महिला लिगको उपाधि जितेको छ।

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

मङ्गलबार, १५ साउन २०७५

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्दै छन्।

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

शुक्रबार, ११ साउन २०७५

काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

Ncell Footer Ad