किसानले पाएनन् साढे आठ करोड अनुदान

किसानले पाएनन् साढे आठ करोड अनुदान

आइतबार, ०३ कार्तिक २०७६

सिरहाको नरहा गाउँपालिका–३ स्थित हिमालय सुगर मिल्समा उखु बेचेका किसानले साढे आठ करोड सरकारी अनुदान अझै पाएका छैनन्। गत वर्ष...

नवलपरासीका उखु किसानले ६१ करोड भुक्तानी पाएनन्

नवलपरासीका उखु किसानले ६१ करोड भुक्तानी पाएनन्

बिहिबार, ३० जेठ २०७६

बर्सेनि उधारोमा उखु बेच्न बाध्य नवलपरासीका किसानले यसपालि पनि उखुको भुक्तानी समयमै नपाउँदा मर्कामा परेका छन्।चिनी मिल बन्द भएको महिना...

भुक्तानी माग्दै उखु किसान अनशनमा

भुक्तानी माग्दै उखु किसान अनशनमा

सोमबार, ०६ जेठ २०७६

उधारो उखुको रकम भुक्तानी माग गर्दै उखु किसान संघर्ष समितिले आइतबारबाट मलंगवामा रिले अनशन सुरु गरेको छ। धनकौल गाउँपालिकामा रहेको...

किसान ठग्दै चिनी उद्योग

किसान ठग्दै चिनी उद्योग

बुधबार, २७ चैत २०७५

वर्षौंदेखि उखुको मूल्य र भुक्तानी दुवैमा किसानलाई अल्झाइरहेका चिनी उद्योगीले चालु आर्थिक वर्षमा पनि करिब आठ अर्ब रुपैयाँ अझै भुक्तानी...

लगानी डुब्ने चिन्तामा उखु किसान

लगानी डुब्ने चिन्तामा उखु किसान

सोमबार, २५ चैत २०७५

गर्मीयामसँगै उखु सुक्न र खर्च बढ्दै जाँदा किसान लगानी डुब्ने चिन्तामा परेका छन्। चिसोमाभन्दाअहिले उखु तयार गर्न ४० प्रतिशतभन्दा बढी लाग्ने किसानको भनाइ छ। खेतमाउखु सुक्दै गएपछि लगानीपनि उठ्दैन किभन्ने त्रास किसानमा छ। ‘चिसोमासय क्विन्टल बिक्रीगर्न आठ हजार रुपैयाँखर्च हुन्थ्यो,’ मेथुरापुरका किसान महेन्द्र यादवले भने, ‘गर्मी सुरु भएपछि खर्च बढेर १२ हजार जतिपुगेको छ।’

उखु बोकेका साधनले सवारी आगमनमा समस्या

उखु बोकेका साधनले सवारी आगमनमा समस्या

मङ्गलबार, २८ फागुन २०७५

उखु बोकेका सवारी साधनको चापका कारण राजमार्गमा दुर्घटना बढ्ने, राजमार्ग जामहुने लगायत समस्याबढेको छ।उखु बोकेका ट्याक्टरको ट्रेलर, टायरगाढामा पछाडि टल्कने वस्तु वाब्याकलाइट नहुने भएका कारण राती पछाडिबाट आउने अन्य सवारी साधन ठोकिने गर्दा दुर्घटनाको समस्या बढेको छ।

उखुको भुक्तानीप्रति किसान असन्तुष्ट

उखुको भुक्तानीप्रति किसान असन्तुष्ट

मङ्गलबार, २८ फागुन २०७५

रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले किसानबाट खरिद गरेको उखुको भुक्तानी रकममध्ये थोरै रकम पेस्कीस्वरुप भुक्तानी गर्न सुरु गरेकामा किसानले असन्तुष्टि जनाएका छन्। कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्सले किसानबाट खरिद गरेको उखुको भुक्तानी सरकार र चिनी मिल सञ्चालकबीचको सहमतिविपरित भएकामा असन्तुष्टि जनाएका हुन्।

उखुको अनुदान रकम वितरण सुरु

उखुको अनुदान रकम वितरण सुरु

बिहिबार, २३ फागुन २०७५

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवाले पहिलो चरणमा चारवटा स्थानीय तहका उखु किसानको सरकारी अनुदानवापतको रकम वितरण गर्न सुरु गरेको छ। मंगलबार उखु किसान नेताहरुले पत्रकार सम्मेलन गर्दै तीन दिनभित्र अनुदान रकम नपाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएसँगै बुधबार कोलेनिकाले ईन्दुशंकर चिनी उद्योगलाई नौ करोड २७ लाख २९ हजार दुई सय ३२ रुपैयाँ ७१ पैसाको चेक हस्तान्तरण गरेको हो।

कोलेनिकाद्वारा उखुको सरकारी अनुदान रकम इन्दुशंकर चिनी उद्योगलाई प्रदान

कोलेनिकाद्वारा उखुको सरकारी अनुदान रकम इन्दुशंकर चिनी उद्योगलाई प्रदान

बुधबार, २२ फागुन २०७५

सर्लाहीका उखु किसानले सरकारी अनुदानको रकम पाउने भएका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाले पहिलो चरणमा ४ वटा स्थानीय तहका उखु किसानको सरकारी अनुदान रकमको चेक इन्दुशंकर चिनी उद्योगलाई प्रदान गरेको छ।

चिनीमिलले समयमा भुक्तानी नदिएको रिसमा सस्तोमा उखु बेच्छन् किसान

चिनीमिलले समयमा भुक्तानी नदिएको रिसमा सस्तोमा उखु बेच्छन् किसान

बिहिबार, १६ फागुन २०७५

रौतहटका उखु किसानले भुक्तानी पाउने निश्चित नभएपछि सस्तोमा उखु बेच्न थालेका छन्। सस्तैमा बेच्न पनि उनीहरु मारामार गरिरहेका छन्। चिनीमिलसँग प्रतिक्विन्टल ५ सय ३८ रुपैयाँ दिने सहमति भएको थियो। तर, उक्त भुक्तानीप्रति अविश्वास भएको भन्दै किसानहरु सस्तोमै भए पनि नगदमै उखु बेचिरहेका छन्।

नगदे बाली वर्षौंको उधारो

नगदे बाली वर्षौंको उधारो

मङ्गलबार, ०७ फागुन २०७५

२०७३ सालमा खेती गरेको उखुको २०७५ साल बित्न लाग्दासमेत सरकारी अनुदानबापतकै भुक्तानी नपाएपछि किसान सडकमा उत्रिएका छन्। सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवनमा सर्लाही, महोत्तरी र रौतहट गरी तीन जिल्लाका किसानले उखुको लाँक्रे जुलुस प्रदर्शन गरेका छन्। उखु किसान सम्बद्ध विभिन्न संगठनको आह्वानमा मंगलबारदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम घोषणा भइसकेको छ।

वर्ष दिनमा उखुको अनुदान दिएन

वर्ष दिनमा उखुको अनुदान दिएन

बिहिबार, ०२ फागुन २०७५

वर्ष दिनमा सरकारका काम कारबाही कति प्रभावकारी भए भन्ने एक उदाहरण हेरौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकार गठन भएको महिना दिनमै उखु किसानलाई जसरी पनि बक्यौता दिलाउने भनेर चिनी उद्योगीलाई पक्राउ गराए।

उखुको भुक्तानी अब संसदको मुद्दा

उखुको भुक्तानी अब संसदको मुद्दा

आइतबार, २७ माघ २०७५

उखु किसानले समयमा भुक्तानी नपाएको विषय संसदमा प्रवेश गरेको छ। सरकार र चिनी उद्योगीले किसानलाई समय मै भुक्तानी नगर्दा किसान समस्या परेको विषय सञ्चार माध्यममा प्रकाशित भएसँगै सांसदहरुले पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

गुलियो उखुको तीतो कथा

गुलियो उखुको तीतो कथा

बिहिबार, २४ माघ २०७५

उखु नगदे बाली हो। नेपाली किसानका हकमा भने यो उधारो बाली बन्दै आएको छ। आफूले बेचेको उखुको मूल्य पाउन तिनले वर्षेनि संघर्ष गर्नुपर्छ। प्रत्येक वर्ष दोहोरिने यो तीतो कथा फेरि यसपटक पनि सामुन्ने आएको छ। कुल जनसंख्याको झन्डै ७० प्रतिशत नागरिकको जीवन आधार कृषि हो।

दुई हप्तामै उखु मिलले भुक्तानी लिन बोलाउँदा छक्क परे किसान

दुई हप्तामै उखु मिलले भुक्तानी लिन बोलाउँदा छक्क परे किसान

बुधबार, १६ माघ २०७५

रौतहटमा भर्खरै सञ्चालनमा आएको एक चिनी मिलले तोकिएको समयभन्दा अगाडि नै उखु किसानलाई भुक्तानी दिने भएको छ।

खेतमै सुक्न थाल्यो उखु

खेतमै सुक्न थाल्यो उखु

बुधबार, १६ माघ २०७५

सरकारले उखुको मूल्य तोकेसँगै चिनी उद्योग सञ्चालन हुने आशमा नवलपरासीको प्रतापपुर–६ गुठीप्रशौनीका बच्चाराज भरले गत बुधबारदेखि उखु काट्न सुरु गरे। १५ कट्ठामा लगाइएको उखुमध्ये बच्चाराजले सात–आठ कट्ठाको उखु काटिसकेका छन्। खहुरेर तयारी अवस्थामा राखिएका करिब १० क्विन्टल उखु उनले बिक्रीका लागि लैजान पाएका छैनन्। ‘उद्योग खुलेकै छैनन्, काटेको उखु खेतमै सुक्ने भयो,’ भरले दुखेसो पोखे।

कोही सुक्ने त्रासमा, कोही काट्ने चटारोमा

कोही सुक्ने त्रासमा, कोही काट्ने चटारोमा

बुधबार, ०९ माघ २०७५

सर्लाहीमा देशकै सबैभन्दा बढी उखु खेती हुन्छ। यहाँ यस वर्ष २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती भएको जानकार बताउँछन्। जिल्लामा तीनवटा चिनी उद्योग छन्। एउटै जिल्लाभित्र पनि उखु किसानको व्यथा भने फरकफरक छ।

उखुको मुल्य निर्धारण भएसँगै देशभरका चिनी उद्योग सञ्चालनमा

उखुको मुल्य निर्धारण भएसँगै देशभरका चिनी उद्योग सञ्चालनमा

शनिबार, ०५ माघ २०७५

उखुको मुल्य निर्धारण भएपछि देशभरका चिनी उद्योगहरू सञ्चालनमा आएका छन्। उखु उत्पादक महासंघले पहिला उखुको मुल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उखु बिक्री गर्ने अडान राखेका थिए। पुषको अन्तिम साता महोत्तरीको बर्दिबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मुल्य निर्धारण सम्बन्धी सम्झौंता भएपछि चिनी उद्योगहरू सञ्चालनमा आएका हुन्।

'इन्दुशंकर सञ्चालन अन्नपूर्णको टुंगो छैन्'

'इन्दुशंकर सञ्चालन अन्नपूर्णको टुंगो छैन्'

बिहिबार, ०३ माघ २०७५

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले चालू सिजनका लागि उखु क्रसिङ सुरु गरेको छ। उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले मंगलबार रातीबाट पूर्ण रुपले उद्योग सञ्चालनमा आएको जानकारी दिए।‘मंगलबार दिउँसो दुई बजेदेखि ट्रायल सुरु गरेका थियौं,’ नेपालले भने, ‘केही छिन चल्ने अनि केही छिन बन्द हुने भयो र रातीबाट भने पूर्ण रुपमा उद्योग चलिरहेको छ।’ इन्दुशंकरले पाँच दिनअघि किसानलाई उखु ल्याउने चलान पुर्जी वितरण गरेको थियो। चलान पुर्जी पाएसँगै किसानले धमाधम उखु काटेर उद्योगमा ल्याउन सुरु गरेका छन्।

मिल सञ्चालनसँगै किसानलाई उखु काट्ने चटारो

मिल सञ्चालनसँगै किसानलाई उखु काट्ने चटारो

आइतबार, २९ पुष २०७५

जिल्लाको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण गरेको छ। चलान पूर्जी पाएसँगै किसानले धमाधम उखु काट्न सुरु गरेका छन्। उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण सुरु गरिएको ईन्दुशंकरका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

मर्नु न बाँच्नुकाे अवस्थामा उखु किसान

मर्नु न बाँच्नुकाे अवस्थामा उखु किसान

बिहिबार, २६ पुष २०७५

जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिका–६, छटौल निवासी उखु किसान रामचन्द्र राय निकै तनावमा छन्। गत वर्ष पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिललाई बेचेको ६ सय क्विन्टल उखुको एक पैसा पनि नपाएको पीडासँगै उनलाई यस वर्ष अहिलेसम्म चिनी  उद्योग नै नचलेपछि खेतमै उखु सुक्ने त्रासले छोपेको छ।

उखु उत्पादक र उद्याेगीबीच सहमति, बन्द चिनी उद्याेग सञ्चालनमा आउने

उखु उत्पादक र उद्याेगीबीच सहमति, बन्द चिनी उद्याेग सञ्चालनमा आउने

बुधबार, २५ पुष २०७५

उखु उत्पादक संघ र चिनी उत्पादक संघबीच देश भरका चिनी  उद्योग सञ्चालनमा ल्याउने सहमति भएको छ। चालु आर्थिक वर्षको लागि नेपाल सरकारले उखुको मुल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो।

किसानको अर्बौ मूल्यको उखु खेतमा सुक्दै

किसानको अर्बौ मूल्यको उखु खेतमा सुक्दै

शनिबार, २१ पुष २०७५

बारा, पर्साका ११ हजार भन्दा बढी किसानहरुले खेतमा लगाएको अर्बौ मूल्य बराबरको उखु खेतमै सुक्न थालेको छ। मूल्यको विषयलाई लिएर चिनी मिल सञ्चालकले चिनी मिललाई सञ्चालन गर्न आनाकानी गर्दा किसानको अर्बौको उखुबाली अहिले बिक्री हुन नसकेपछि खेतमै सुक्न थालेको बताइएको छ।

मूल्य नपाउँदा उखु किसान मर्कामा

मूल्य नपाउँदा उखु किसान मर्कामा

बुधबार, १८ पुष २०७५

सरकारले तोकेको मूल्य नपाउँदा कपिलवस्तुका उखु किसानहरु मर्कामा परेका छन्। जिल्लाको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिल दुई वर्षअघि सर्लाहीमा स्थानान्तरण गरिएपछि उखु किसान निकै सस्तोमा उखु बेच्न बाध्य भएका हुन्।

उखुको मूल्य निर्धारणसँगै उद्योग सञ्चालनको तयारी

उखुको मूल्य निर्धारणसँगै उद्योग सञ्चालनको तयारी

बुधबार, ११ पुष २०७५

उखुको मूल्य निर्धारण हुन नपाउँदै श्रीराम सुगर मिल्स लिमिटेड गरुडाले चालु आर्थिक वर्षमा उखु सिजन क्रसिङ गर्नका लागि मंगलबार डोंग पुजा गरेको छ। गत वर्षको क्रसिङ सिजन पूरा गरेर बन्द भएको उद्योगको यो वर्ष सञ्चालनका लागि मिल्सको विभिन्न पार्टपुर्जा मर्मतसम्भारको काम सम्पन्न गरी उद्योग चलाउनका लागि मंगलबार शुभ मुहुर्त निकालेर वैदिक मन्त्र उच्चारण गरी एक समारोहबीच डोंगा पुजा गरेका हुन्।

उखुको मूल्य निर्धारणको पर्खाइमा श्रीराम सुगर मिल

उखुको मूल्य निर्धारणको पर्खाइमा श्रीराम सुगर मिल

मङ्गलबार, १० पुष २०७५

उखुको मूल्य निर्धारण हुन नपाउँदै श्रीराम सुगर मिल्स लिमिटेड गरुडाले चालु आर्थिक बर्षमा उखु सिजन क्रसिङ्ग गर्नको लागि डोगा पूजा गरेको छ। गत बर्षको क्रसिङ्ग सिजन पुरा गरेर बन्द भएको उद्योगको यो बर्ष सञ्चालनको लागि मिल्सको विभिन्न पार्टसको मम्र्मत सम्भारको कामकाज सम्पन्न गरी उद्योग चलाउनको लागि मंगलवार शुभ मुहुर्त निकालेर वैद्धिक मन्त्र उच्चारण गरी एक समारोहका विच डोंगा पूजा गरिएको हो।

'उखुमा सँधै किचलो'

'उखुमा सँधै किचलो'

शनिबार, ०७ पुष २०७५

इष्टर्न सुगर मिलले उखु क्रसिङ सुरु नगरेपछि पूर्वका उखु किसान  चिन्तित बनेका छन्। समयमा क्रसिङ सुरु नभएका कारण  उत्पादन भएको उखु खेतमै सुक्ने चिन्ताले किसानलाई सताउन थालेको छ।

उखुको मूल्य निर्धारण नभएसम्म चिनी उद्योग चल्न नदिने

उखुको मूल्य निर्धारण नभएसम्म चिनी उद्योग चल्न नदिने

बुधबार, २६ मङि्सर २०७५

कुनै बेला नगदेवालीको रुपमा परिपचित ‘उखु’ अहिले उधारो बालीको रुपमा चिनिन थालेको छ। समयमा पैसा नदिएको कारण यसपाली किसानले अग्रिम भुक्तानीको व्यवस्था हुनुपर्ने माग राखेका छन्। बर्षै पिच्छे उखु बेच्ने तर समयमा भुक्तानी नपाउने समस्याले गर्दा कृषकहरुले यसपालि चिनीमिल सञ्चालन अगावै उखुको मूल्य निर्धारण हुनुपर्ने माग गरेका हुन्।

पोहोरको भुक्तानी बाँकी, यस वर्ष आधा मूल्यमा बिक्री

पोहोरको भुक्तानी बाँकी, यस वर्ष आधा मूल्यमा बिक्री

बुधबार, १२ मङि्सर २०७५

सर्लाही चिनी उद्योग सञ्चालनमा नआएपछि किसानले धमाधम स्थानीय क्रसर उद्योगमा निकै कम मूल्यमा उखु बेच्न थालेका छन्। गत वर्ष बेचेको उखुको चिनी उद्योग र सरकारबाट भुक्तानी नपाएर छटपठाइरहेका किसान यस वर्ष निकै कम मूल्यमा बेच्नु पर्दा थप मारमा परेका छन्।

उखु किसानको पीडा : सरकारी अनुदान समेत कोलेनिकामा थन्कियो

उखु किसानको पीडा : सरकारी अनुदान समेत कोलेनिकामा थन्कियो

बिहिबार, ०६ मङि्सर २०७५

सरकारी अनुदान बापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवामै थन्किँदा उखु किसान मर्कामा परेका छन्।

‘दशैँमा भोकभोकै मर्नुभन्दा, गोली खाएर मर्छौं’

‘दशैँमा भोकभोकै मर्नुभन्दा, गोली खाएर मर्छौं’

आइतबार, २१ असोज २०७५

नेपालीहरुको महान चाड विजया दशमी, दिपावली एवं छठ पर्वको पूर्वसन्ध्यामा उखुको पैसा नपाउँदा किसानलाई निकै समस्या भएको उखु किसान नेताहरुले बताएका छन्।

चिनी अायात यो वर्ष १ लाख टनमात्र

चिनी अायात यो वर्ष १ लाख टनमात्र

सोमबार, ०१ असोज २०७५

विदेशबाट सस्तो मूल्यमा आयात हुने चिनीका कारण स्वदेशी चिनी विक्री हुन नसकेपछि सरकारले चिनी आयातमा यसवर्षका लागि कोटा निर्धारण गरेको छ।

उखु किसानकोे २७ करोड रुपैयाँ दसैंअघिनै भुक्तानी दिन निर्देशन

उखु किसानकोे २७ करोड रुपैयाँ दसैंअघिनै भुक्तानी दिन निर्देशन

सोमबार, १८ भदौ २०७५

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दशैँ, तिहार र छठ पर्वभन्दा पहिले नै उखु किसानले पाउन बाँकी २७ करोड रुपैया भुक्तानी दिन  श्रीराम सुगर मिल्सलाई निर्देशन दिएका छन्

उखु किसानले भुक्तानी पाएनन्

उखु किसानले भुक्तानी पाएनन्

मङ्गलबार, ०५ असार २०७५

गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए। चिनी उद्योगीले पनि चैतको दोस्रो साताबाट रकम भुक्तानी दिने प्रतिबद्धता जनाए। मन्त्री यादवले भुक्तानी नदिए थुन्ने धम्की दिए पनि उखु किसानले अहिलेसम्म रकम भुक्तानी पाएका छैनन्। मन्त्री यादवको निर्देशन बेकामे भएको छ।

बजेटको बहानामा उखु किसानको भुक्तानी बन्द

बजेटको बहानामा उखु किसानको भुक्तानी बन्द

आइतबार, २० जेठ २०७५

जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानको भुक्तानी बन्द गरेको छ । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले घोषणा गरेको बजेटबाट परेको असरबारे अध्ययन भइरहेकाले भुक्तानी रोक्नुपरेको भन्दै बुधबार उद्योगले सूचना प्रकाशित गरेको हो।

भुक्तानी नपाउँदा रौतहटका उखु किसान मारमा

भुक्तानी नपाउँदा रौतहटका उखु किसान मारमा

शनिबार, १२ जेठ २०७५

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडले भुक्तानी नदिँदा उखु किसान मारमा परेका छन्। हजारौँ किसानको करोडौँ रुपैया बाँकी राखेको उद्योगले समयमा किसानलाई भुक्तानी नदिँदा निकै समस्यामा परेको किसानहरु बताउँछन्।

पानी पर्दा उखु किसान खुसी

पानी पर्दा उखु किसान खुसी

मङ्गलबार, १८ बैशाख २०७५

दुई दिनयता परेको आकासे पानीले जिल्लास्थित दक्षिण पश्चिम क्षेत्रमा पर्ने बसबरियाका उखु किसान दिनेश महतोको खुसीको सीमै छैन । साढे पाँच बिघा क्षेत्रफलमा उखु लगाएका महतो पानी परेपछि हर्षित भएका हुन्।

बढी उखु क्रसिङ गर्दै इन्दुशंकर बन्द

बढी उखु क्रसिङ गर्दै इन्दुशंकर बन्द

बिहिबार, २९ चैत २०७४

स्थापनायताकै सबैभन्दा बढी उखु क्रसिङ गर्दै हरिवनस्थित इन्दुशंकर चिनी उद्योग यस सिजनका लागि बन्द भएको छ।

इतिहासकै सबैभन्दा बढी उखु क्रसिङ गर्दै यो सिजनका लागि इन्दुशंकर बन्द

इतिहासकै सबैभन्दा बढी उखु क्रसिङ गर्दै यो सिजनका लागि इन्दुशंकर बन्द

बुधबार, २८ चैत २०७४

स्थापनायताकै सबैभन्दा बढी उखु क्रसिङ गर्दै हरिवन स्थित इन्दुशंकर चीनि उद्योग यस सिजनका लागि बन्द भएको छ।

खेतमै उखु सुक्दा किसान चिन्तित

खेतमै उखु सुक्दा किसान चिन्तित

आइतबार, २५ चैत २०७४

उखु खेतमै सुक्न थालेपछि बारा र पर्साका उखुका किसान लगानी डुब्ने डरले चिन्ति बनेका छन्। कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले उखु सहज रुपमा खरिद नगर्दा किसान समस्यामा परेका हुन्।

इन्दुशंकरद्वारा उखु किसानलाई भुक्तानी सुरु

इन्दुशंकरद्वारा उखु किसानलाई भुक्तानी सुरु

शुक्रबार, २३ चैत २०७४

जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानको भुक्तानी सुरु गरेको छ। बिहीबारबाट किसानको बैंक खातामा उखुको भुक्तानी सुरु गरिएको इन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए।

भारतको गुणस्तरहीन उखु नेपाली मिलमा

भारतको गुणस्तरहीन उखु नेपाली मिलमा

बिहिबार, १५ चैत २०७४

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपाली चिनी मिलले भारतमा नबिकेको गुणस्तरहिन उखु सस्तो मूल्यमा किनेको आरोप लगाएका छन् । केही नेपाली मिलले विचौलिया प्रयोग गरेर भारतबाट कम गुणस्तरको उखु किनिरहेको मैनालीले आरोप लगाए । मिलले साढे ९ अर्ब रुपैयाँ स्थानीय किसानलाई भुक्तानी गर्न बाँकी छ।

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

मङ्गलबार, १५ फागुन २०७४

रौतहटका उखु किशानको यस पालिको होली पर्व खल्लो हुने भएको छ। श्रीराम सुगर मिल्स गरुडाले पुस महिनामै खरिद गरेको उखु चैत लाग्दासम्म भुक्तानी नदिँदा दोस्रो ठूलो चाडको रुपमा रहेको होली खल्लो हुने निश्चित भएपछि किसानहरु उद्योग विरुद्ध आन्दोलनको तयारीमा जुटेका छन्।

शिवरात्रिमा उखु किन्दै सर्वसाधारण

शिवरात्रिमा उखु किन्दै सर्वसाधारण

मङ्गलबार, ०१ फागुन २०७४

शिवरात्रीको अवसरमा उखुको खपत निकै बढेको छ । शिवरात्रीको बेलुकी धुनी बालेर उखु पोल्ने चलन छ ।

उखु किसानद्वारा चक्काजाम

उखु किसानद्वारा चक्काजाम

शुक्रबार, २६ माघ २०७४

गरुडास्थित श्री राम सुगर मिल्सले उखु नकिनेको भन्दै यहाँका किसानले बिहीबार दिउँसो चक्काजाम गरेका छन् । किसानले महेन्द्र राजमार्गस्थित जिल्ला सदरमुकाम गौर जोड्ने वीरेन्द्र राजमार्गको उद्योग गेटमा प्रदर्शनसमेत गरे ।

उखु खेतीबाट ५० लाख

उखु खेतीबाट ५० लाख

मङ्गलबार, १६ माघ २०७४

नदीको बगरमा उखुखेती गरी यहाँका किसानले ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।

‘क्रसर’मा उखु पेल्न भ्याइनभ्याइ

‘क्रसर’मा उखु पेल्न भ्याइनभ्याइ

शुक्रबार, ०५ माघ २०७४

‘पहिला–पहिला उखु पेल्ने मेसिनलाई काठेकोल भन्थे । पछि हामीलाई थाहा भएदेखि जमिनमा गाडेर तीनवटा डल्लामा गोरुले घुमाएर उखु पेलिन्थ्यो । यसरी उखु पेल्दा दिनमा एक टिन खुदो भन्दा हुँदैनथ्यो,’ ढोरबेंसीका केदारनाथ अधिकारीले उखु पेल्दै पहिलाको प्रविधिलाई स्मरण गर्दै भने, ‘९० दिनसम्म गोरुले उखु पोलेरर खुदो निकालेको अनुभव छ । अहिले बिजुलीको सहायतामा उखु पेल्ने मेसिन ‘क्रसर’आएसँगै सहजता भएको छ ।’

नगदे बाली उब्जाउने उखु किसान ऋणमा डुब्दै

नगदे बाली उब्जाउने उखु किसान ऋणमा डुब्दै

बुधबार, २६ पुष २०७४

‘हजुर उखु खेती त नगदे बाली हैन र ? केही दिनअघि पश्चिम धनकौल स्थित ईलाका प्रहरी कार्यालय परिसरमा शितलहर पीडितलाई न्यानो कपडा वितरण गर्न आएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल समक्ष जिल्ला स्थित खैर्वा बोहर्वाका किसान रामेश्वरप्रसाद यादवले गरेको प्रश्न हो यो। लगतै उनले प्रजिअसँग गुनासो थपे, ‘३ वर्षदेखि उखुको भुक्तानी पाइएको छैन, नगदे बाली भनेर खेती गरेको त, उधारो हुँदै ऋणमा पो डुबायो।’

उखु किसानलाई ‘मिठा’ उद्योगको साहरा

उखु किसानलाई ‘मिठा’ उद्योगको साहरा

बुधबार, २६ पुष २०७४

किसानका लागि उखुको गुलियो जोगाउने काम गरेका छन् ‘मिठा’ (भेली) बनाउने उद्योगले । स्थानीय बोलीमा खडसारी वा कोल्हु भनिने यस्ता उद्योगले पर्सामा उखु खेतीको चलन जोगाइराख्न मद्दत मिलेको छ । ‘चिनी कारखानाको मनोमानीले आजित किसान उखु खेती छाड्दै गएका छन्,’ बलुवाका किसान चिरिञ्जिवी यादवले भने, ‘थोरैले मात्रै अब उखुखेती गरिरहेका छन्, गाउँतिरका ‘खडसारी’ले उखु किनिदिने गरेपछि किसान र त्यस्ता उद्योग दुवै बाँचेका छन् ।’

उखु उत्पादनमा कमी

उखु उत्पादनमा कमी

आइतबार, २३ पुष २०७४

नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । उखु खेती छाडेर केरा तथा तरकारी खेतीसहित अन्य खेतीतर्फ किसान आकर्षित भएपछि उत्पादनमा कमी आएको हो ।

Ncell Footer Ad