नीति तथा योजना आयोगको उपाध्यक्षमा पौडेल

नीति तथा योजना आयोगको उपाध्यक्षमा पौडेल

शुक्रबार, ११ साउन २०७५

गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गएको आईतबारको बैठकले पौडेललाई उपाध्यक्षमा...

मलेठबारे आयोगको प्रतिवेदन अस्वीकार्य : प्रदेश सरकार

मलेठबारे आयोगको प्रतिवेदन अस्वीकार्य : प्रदेश सरकार

शुक्रबार, ११ साउन २०७५

दुई वर्षअघि तत्कालीन नेकपा एमाले र मधेश केन्द्रित दलबीच सप्तरीको मलेठमा भएको घटनावारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन प्रतिवेदन...

कृषि उपज मूल्य निर्धारण आयोगको माग

कृषि उपज मूल्य निर्धारण आयोगको माग

बिहिबार, १० साउन २०७५

बहुसंख्यक किसानहरुले उत्पादन गरेको कृषि उपजको मुल्य निर्धारण गर्नका लागि कृषि उपज मूल्य निर्धारण आयोग बनाउन माग गरिएको छ। ...

गंगामायाको जीवन रक्षाको लागि आयोगको आग्रह

गंगामायाको जीवन रक्षाको लागि आयोगको आग्रह

शुक्रबार, १५ असार २०७५

राष्ट्रिय मानवअधिकार आयोगले छोराको हत्यामा संलग्नहरुलाई कानुनी कार्वाहीको माग गर्दै अनसनमा रहेकी गंगामायाको जीवन रक्षाका लागि संवेदनशील हुन आग्रह गरेको...

नीति आयोगको उपाध्यक्षमा डा देवकोटालाई नियुक्ति

नीति आयोगको उपाध्यक्षमा डा देवकोटालाई नियुक्ति

बुधबार, ३० जेठ २०७५

प्रदेश नं. ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ।

मानवअधिकार आयोगको कार्यालयमा धर्ना

मानवअधिकार आयोगको कार्यालयमा धर्ना

शुक्रबार, २५ जेठ २०७५

सशस्त्र द्वन्द्वपीडितहरुले न्याय माग्दै मानवअधिकार आयोगको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न माग राखी उनीहरुले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।

आयोगको सुझाव अटेरी गर्नेको नाम सार्वजनिक गरिने

आयोगको सुझाव अटेरी गर्नेको नाम सार्वजनिक गरिने

आइतबार, १३ जेठ २०७५

राष्ट्रिय मानवअधिकार आयोगले सुझाव कार्यान्वयन नगर्ने सरकारी निकाय तथा कर्मचारीको नाम सार्वजनिक गर्ने भएको छ। मानवअधिकारको सम्मान र कार्यान्वयन गर्न विभिन्न निकायलाई दिइने गरेको सुझाव कार्यान्वयन नहुने देखिएपछि आयोगले त्यस्ता निकाय तथा त्यहाँ कार्यरत कर्मचारीको नाम सार्वजनिक गर्ने तयारी गरिरहेको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए।

साढे छ लाखले गर्छन् लोकसेवा आयोगको तयारी

साढे छ लाखले गर्छन् लोकसेवा आयोगको तयारी

आइतबार, ०६ जेठ २०७५

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन्।

निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु

निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु

बिहिबार, २० बैशाख २०७५

लिबियाको निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भने अन्य १० घाइते भएका थिए।

मानवअधिकार आयोगको सिफारिसै  कार्यान्वयन भएन

मानवअधिकार आयोगको सिफारिसै  कार्यान्वयन भएन

सोमबार, १९ चैत २०७४

जातीय भेदभाव तथा दलित मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित उजुरीमा भएका कुनै पनि सिफारिस पूर्ण रुपमा कार्यान्वयन नभएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

शिक्षक सेवा आयोगको परीक्षा : खुला र आन्तरिक एकै पटक गर्ने तयारी

शिक्षक सेवा आयोगको परीक्षा : खुला र आन्तरिक एकै पटक गर्ने तयारी

शुक्रबार, १६ चैत २०७४

शिक्षक सेवा आयोगले आउँदो चैत २३ गते अस्थायी शिक्षकलाई स्थायी गर्ने तोकेको परीक्षा चौथो पटक स्थगित गरेको छ।

राष्ट्रपतिलाई प्रतिनिधि सभाको निर्वाचन परिणाम आजै बुझाउने आयोगको तयारी

राष्ट्रपतिलाई प्रतिनिधि सभाको निर्वाचन परिणाम आजै बुझाउने आयोगको तयारी

बुधबार, ०२ फागुन २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितको टोलीले राती आठ बजे राष्ट्रपतिभवन शीतलनिवास पुगेर निर्वाचन परिणामको प्रतिवेदन बुझाउने तयारी गरेको आयोग प्रक्त नवराज ढकालले जानकारी दिए।

सुरक्षा प्रभावकारी बनाउन आयोगको आग्रह

सुरक्षा प्रभावकारी बनाउन आयोगको आग्रह

शुक्रबार, ०५ माघ २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारले प्रदेशको राजधानी तोकेपछि दाङ  र डोटीमा उत्पन्न आन्दोलन साम्य पार्न सरकारसँग माग गरेका छन्।  माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश घोषणापछि उत्पन्न आन्दोलनले चुनावी सुरक्षामा प्रभाव पार्ने भन्दै उचित सुरक्षा प्रबन्ध गर्न माग गरेका हुन्।

संवैधानिक आयोगको कार्यालयसमेत राखिएन

संवैधानिक आयोगको कार्यालयसमेत राखिएन

मङ्गलबार, ०२ माघ २०७४

संविधान बमोजिम व्यवस्थापिका संसद्ले थप आठवटा संवैधानिक अयोग सम्बन्धी विधेयक पारित गरे पनि सरकारले ती आयोगको कार्यालय कुन ठाउँमा राख्ने हो भन्नेसमेत टुंगो लगाएको छैन।

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

बुधबार, २६ पुष २०७४

उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन्।

सत्य निरुपण र वेपत्ता आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने भन्नेमा विवाद

सत्य निरुपण र वेपत्ता आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने भन्नेमा विवाद

सोमबार, २४ पुष २०७४

द्वन्द्वकालीन घटनाको किनारा लगाउन गठित दुई आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने विषयमा यतिबेला बहस चलेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय आगामी माघ २७ गतेबाट सकिँदैछ।

टीकाटिप्पणीपछि आयोगको विज्ञप्ति

टीकाटिप्पणीपछि आयोगको विज्ञप्ति

सोमबार, २४ पुष २०७४

निर्वाचन आयोगका प्रमुखले अख्तियार प्रमुख र प्रमुख महालेखा नियन्त्रकसँग गोप्य छलफल गरेको चार दिनपछि आयोगले विज्ञप्ति निकाले र स्पष्टीकरण दिएको छ । आयोग प्रमुख अयोधीप्रसाद यादवले बुधबार अख्तियार प्रमुख र प्रमुख महालेखा नियन्त्रकसँग भेटवार्ता गरेका थिए । यस विषयमा आयोगले जानकारी नदिएपछि भेटवार्ताबारे टीकाटिप्पणी भएको थियो ।

सत्य निरूपण आयोगको म्याद नथप्न माग

सत्य निरूपण आयोगको म्याद नथप्न माग

शनिबार, २२ पुष २०७४

द्वन्द्वपीडित साझा चौतारीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपबारे पुनर्विचार गर्न माग गरेको छ। संक्रमणकालीन न्यायका सम्बन्धमा आएका सवाल एवं चुनौतीको सम्बोधन नगरी सरकारले केबल आयोगको म्याद थप्ने मात्रै काम गरेको चौतारीको भनाइ छ।

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

आइतबार, १६ पुष २०७४

निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ।

निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगको आह्वान

निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगको आह्वान

बुधबार, २० मङि्सर २०७४

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनका लागि निर्वाचन आयोगलेआवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ। आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरे।

द्वन्द्वपीडितलाई विभाजन गर्ने कार्यप्रति आयोगको चासो

द्वन्द्वपीडितलाई विभाजन गर्ने कार्यप्रति आयोगको चासो

मङ्गलबार, १९ मङि्सर २०७४

सशस्त्र द्वन्द्वकालको सबैभन्दा ‘दुभाग्र्यपूर्ण घटना’ का रुपमा परिचित चितवनस्थित बाँदरमुढे घटनालाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन

शुक्रबार, १५ मङि्सर २०७४

निर्वाचन आयोगले आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका तस्बिर, अडियो र भिडियो अनुचित रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

निर्वाचनका दिन बिदा दिन आयोगको आग्रह

निर्वाचनका दिन बिदा दिन आयोगको आग्रह

शनिबार, ०२ मङि्सर २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने मंसिर १० र २१ गते दुई दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । पहिलो चरणअन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणअन्तर्गत निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन आयोगले शुक्रबार सरकारसँग आग्रह गरेको हो ।

निर्वाचन तयारी पूरा, मनोनयन दर्तामा सहभागी हुन आयोगको अपिल

निर्वाचन तयारी पूरा, मनोनयन दर्तामा सहभागी हुन आयोगको अपिल

बुधबार, १५ कार्तिक २०७४

निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भोलि कात्तिक १६ गते बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ ।

निर्वाचन आयोगको सक्रियता

निर्वाचन आयोगको सक्रियता

मङ्गलबार, १४ कार्तिक २०७४

निर्वाचन आयोगले ढिलो गरी पूर्वसांसदले बाँडेका १० अर्ब रुपैयाँका योजना रद्द गर्नुलाई सकारात्मक कदमका रूपमा लिन सकिन्छ । लोकतन्त्र परिपक्व हुन यसभित्रका संस्थाहरूले आफूलाई सशक्त बनाउन सक्नुपर्छ । आयोगले यस किसिमको गतिविधि थाहा पाउनासाथ निर्णय गर्न सकेको भए अझ धेरै ठूलो रकम जथाभाबी खर्च हुनबाट जोगिने र अन्य व्यक्तिको प्रतिस्पर्धात्मक क्षमताको रक्षा पनि हुन सक्थ्यो ।

सर्वोच्चलाई आयोगको जबाफ, मुद्दा खारेजीको माग

सर्वोच्चलाई आयोगको जबाफ, मुद्दा खारेजीको माग

मङ्गलबार, १४ कार्तिक २०७४

सर्वोच्च अदालतमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अवहेलना मुद्दा खारेजीको माग गर्दै लिखित जबाफ पेस गरेका छन् । अदालतको आदेशमा भएको भावना, मर्मसमेतलाई सम्मान गर्दै प्रत्यक्षतर्फ बेग्लाबेग्लै पानामा मतपत्र छाप्ने निर्णय गरिएको आयोगले जबाफमार्फत स्पष्ट पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतपत्र एउटै बनाउने निर्णयविरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको आदेशपछि सोमबार आयोगका तर्फबाट लिखित जबाफ पेस भएको हो।

पूर्व सांसदका विकास योजना रद्द गर्न आयोगको निर्देशन

पूर्व सांसदका विकास योजना रद्द गर्न आयोगको निर्देशन

आइतबार, १२ कार्तिक २०७४

निर्वाचन आयोगले निवर्तमान सांसदहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यान्वयन गर्ने, नयाँ कार्यक्रम छनौट गर्ने, रकम निकासा गर्ने लगायतका काम नगर्न भनेको छ।

खड्कालाई मन्त्रालय तान्न निर्वाचन आयोगको अनुमति

खड्कालाई मन्त्रालय तान्न निर्वाचन आयोगको अनुमति

मङ्गलबार, ३१ असोज २०७४

निर्वाचन आयोगले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाउन अनुमति दिएको छ ।

चुनाबका लागि सुरक्षा कडा पार्न आयोगको निर्देशन

चुनाबका लागि सुरक्षा कडा पार्न आयोगको निर्देशन

बिहिबार, २६ असोज २०७४

निर्वाचन आयोगले आगामी चुनावमा सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षाकर्मी निकायलाई निर्देशन दिएको छ। आयोगले बिहीबार उच्चस्तरीय सुरक्षा समिति बैठक डाकेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको हो।

निर्वाचन प्रभाव पार्ने गतिविधि नगर्न आयोगको निर्देशन

निर्वाचन प्रभाव पार्ने गतिविधि नगर्न आयोगको निर्देशन

शनिबार, २१ असोज २०७४

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रादेशिक तहको निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव गर्ने कुनै पनि गतिविधि नगर्न नगराउन सरकार, राजनीतिक दल र सरोकारवालालाई निर्देशन दिएको छ ।

२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पर्यटनमन्त्री देवलाई  आयोगको निर्देशन

२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पर्यटनमन्त्री देवलाई  आयोगको निर्देशन

बिहिबार, १९ असोज २०७४

निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकारणका महानिर्देशकलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  जीतेन्द्रनारायण देवलाई २४ घण्टा भित्र आयोगमा उपस्थित भई स्पष्टीकरण दिन आदेश दिएको छ।

भोजभतेर नगर्न आयोगको निर्देशन

भोजभतेर नगर्न आयोगको निर्देशन

बिहिबार, ०५ असोज २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन चाडबाडको नाममा सार्वजनिक रुपमा भोजभतेर र चियापान नगर्न नगराउन आग्रह गरेको छ ।

मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति

मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति

बुधबार, ०४ असोज २०७४

सरकारले मन्त्रिपरिषद् विस्तार गरेर आचारसंहिता उल्लंघन गरेको ठहर निर्वाचन आयोगले गरेको छ । सरकारले सोमबार दुईजना राज्यमन्त्री थपेर निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धाको वातावरण बिगारेको निर्वाचन आयोगको ठहर छ ।

उपप्रधानमन्त्री गच्छदारसँग आयोगको स्पष्टीकरण

उपप्रधानमन्त्री गच्छदारसँग आयोगको स्पष्टीकरण

सोमबार, २६ भदौ २०७४

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री, राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ।

असाेज २ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

असाेज २ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

सोमबार, १९ भदौ २०७४

निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका दिन असोज २ गते उक्त प्रदेशमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

सोमबार, १९ भदौ २०७४

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन फोरमको माग

क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन फोरमको माग

शुक्रबार, १६ भदौ २०७४

संघीय समाजवादी फोरम, नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन माग गरेको छ। फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिवेदनले जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई विगारेको, मधेसमा मधेसी वाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेसी वहुल क्षेत्रमा गाभ्ने काम गरी मधेसमा मधेसी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास उल्लेख गरिएको छ।

आयोगको प्रतिवेदन जनसंख्या केन्द्रित, ३५ जिल्ला एक क्षेत्रमा खुम्चिए (सूचिसहित)

आयोगको प्रतिवेदन जनसंख्या केन्द्रित, ३५ जिल्ला एक क्षेत्रमा खुम्चिए (सूचिसहित)

बुधबार, १४ भदौ २०७४

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ। आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कूल ३९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।

आयोगको प्रेसविरोधी निर्णय

आयोगको प्रेसविरोधी निर्णय

शुक्रबार, २० साउन २०७४

लोकतान्त्रिक शासन व्यवस्था अपनाएको मुलुकको निर्वाचन आयोगले गरेको यो निर्णय नियन्त्रित मानसिकताको उपज हो। समाचारमा चित्त नबुझ्नेबित्तिकै पत्रकारलाई उपस्थित गराउन खोज्ने निरंकुश चरित्रको जति आलोचना गरे पनि कम हुन्छ। त्यसैले आयोगले यो हास्यास्पद निर्णयमा गल्ती महसुस गर्दै बैठकमार्फत तत्काल सच्याउन जरुरी छ।

योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

बिहिबार, १९ साउन २०७४

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनी योजना आयोगमा सदस्यका रुपमा कार्यरत थिए।

देशान्तरबारे आयोगको पत्रको आलोचना

देशान्तरबारे आयोगको पत्रको आलोचना

बिहिबार, १९ साउन २०७४

निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधानसम्पादकलाई उपस्थित गराइदिन प्रेस काउन्सिलमा पठाएको पत्रका बारेमा आलोचना भएको छ। काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले आयोगजस्तै काउन्सिल पनि स्वायत्त संस्था भएकाले पत्रिकाका प्रधानसम्पादक उपस्थित गराइदिन भनेर पत्र लेख्न नमिल्ने बताए।

प्रदेश/प्रतिनिधसभा चुनावको तत्काल मिति तोक्न आयोगको आग्रह

प्रदेश/प्रतिनिधसभा चुनावको तत्काल मिति तोक्न आयोगको आग्रह

शुक्रबार, १३ साउन २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीलाई भेटेर ततकाल प्रदेश र प्रतिनिधिसभा चुनाव मिति तोक्न आग्रह गरे।

निर्वाचन चिन्ह अंकित टिसर्ट नबाँड्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन चिन्ह अंकित टिसर्ट नबाँड्न निर्वाचन आयोगको निर्देशन

शनिबार, २७ जेठ २०७४

दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ।

भरतपुरमा फेरि मतदान गर्ने आयोगको निर्णय

भरतपुरमा फेरि मतदान गर्ने आयोगको निर्णय

सोमबार, २२ जेठ २०७४

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्णय गरेको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालको सहमतिविपरीत अन्य आयुक्तहरूको शनिबार बसेको बैठकले उक्त वडामा फेरि चुनाव गर्ने निर्णय लिएको हो।

मानव अधिकार आयोगको विशेष प्राथमिकतामा यातायात समस्या

मानव अधिकार आयोगको विशेष प्राथमिकतामा यातायात समस्या

आइतबार, २१ जेठ २०७४

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जिल्लाका मानव अधिकारका प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ।

निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

आइतबार, २१ जेठ २०७४

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनःमतगणना गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। भरतपुर महानगरपालिका-१९ का एमाले वडासदस्य प्रत्यासी गुञ्जमान विक र सोही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले पुनःमतदानको निर्णय खारेज गर्न माग गर्दै अाइतबार रिट दायर गरेका हुन्।

‘आयोगको निर्णय दलहरूले मान्नु पर्छ’

‘आयोगको निर्णय दलहरूले मान्नु पर्छ’

शनिबार, २० जेठ २०७४

नेपाली का“ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भरतपुरमा पतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले गरेको निर्णय दलहरूले मान्नुपर्ने बताएका छन् । शनिबार विराटनगरमा गुँरास पुस्तकालय वरगाछिले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा कोइरालाले संवैधानिक अंगहरूले गरेका निर्णय दलहरूले मान्नुपर्ने बताएका हुन् ।

स्थानीय तह थप्न आयोगको अस्वीकार

स्थानीय तह थप्न आयोगको अस्वीकार

सोमबार, ०८ जेठ २०७४

आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ। मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो।

७ उपसचिव निर्वाचन आयोगको कारवाहीमा

७ उपसचिव निर्वाचन आयोगको कारवाहीमा

बुधबार, ०३ जेठ २०७४

स्थानीय तह पहिलो चरण निर्वाचनको लागि खटाएर जिम्मेवारी पुरा नगर्ने सात कर्मचारीहरु कारवाहीमा परेका छन् । निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्तिमार्फत जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई १५ दिने अल्टिमेटम दिएको छ ।

मतगणना छिटो गर्न आयोगको निर्देशन

मतगणना छिटो गर्न आयोगको निर्देशन

मङ्गलबार, ०२ जेठ २०७४

निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad