इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

मङ्गलबार, २८ साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव...

घुस लिएको आरोपमा सुब्बा थापाविरुद्ध मुद्दा

घुस लिएको आरोपमा सुब्बा थापाविरुद्ध मुद्दा

आइतबार, १२ साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचरौता नगरपालिका बारामा करार सेवामा कार्यरत नायब सुब्बा बद्रीबहादुर थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...

जग्गा हडपे, कसुर अस्वीकार

जग्गा हडपे, कसुर अस्वीकार

शनिबार, ०४ साउन २०७६

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा अहिले भूमाफिया, व्यापारी,...

एक लाख ७५ हजार घुससहित सडकका कर्मचारी पक्राउ

एक लाख ७५ हजार घुससहित सडकका कर्मचारी पक्राउ

बिहिबार, ०२ साउन २०७६

घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्युटर अपरेटर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस रकम सहित सडक डिभिजन...

अख्तियारद्वारा इन्जिनियरसहित तीन कर्मचारी पक्राउ

अख्तियारद्वारा इन्जिनियरसहित तीन कर्मचारी पक्राउ

मङ्गलबार, २४ असार २०७६

पचरौता नगरपालिकाका ईन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलवार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।

घुस लिएको आरोपमा मुद्दा

घुस लिएको आरोपमा मुद्दा

शुक्रबार, २० असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वडाध्यक्षले घुस मागेपछि...

वडाध्यक्षले घुस मागेपछि...

बिहिबार, १९ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चार लाख घुुससहित ईन्जिनियर पक्राउ

चार लाख घुुससहित ईन्जिनियर पक्राउ

मङ्गलबार, १७ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ।

पूर्वउपसचिवसहित ८९ जना फरार सूचीमा

पूर्वउपसचिवसहित ८९ जना फरार सूचीमा

शुक्रबार, १३ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न ८९ आरोपितलाई फरार सूचीमा राखेको छ। ललितानिवासको जग्गा हिनाबिलश्रसम्बन्धी अनुसन्धानमा पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि आयोगले पूर्व उपसचिव हुपेन्द्रमणि केसी, भाटभटेनी सुपरमार्केटका सञ्चालक कल्याण गुरुङ, व्यापारिक घराना गोयल समूहका अध्यक्ष कैलाशचन्द्र गोयल, भूमाफियाद्वय रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित ८९ आरोपीलाई फरार सूचीमा राखेको हो।

घुससहित क्याफेबाट समातिए त्रिविका सहायक डीन

घुससहित क्याफेबाट समातिए त्रिविका सहायक डीन

बुधबार, ०४ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान संकायका सहायक डीनलाई घुससहित पक्राउ गरेको छ।

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

आइतबार, ०१ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेलका नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ।

वाइडबडीबारे अख्तियारसँग नागरिक आयोगको असन्तुष्टि

वाइडबडीबारे अख्तियारसँग नागरिक आयोगको असन्तुष्टि

शुक्रबार, ३१ जेठ २०७६

वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानबिन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाहीप्रति असन्तुष्टि जनाएको छ।

जग्गा किर्ते गरेकाे आरोपमा २८ कर्मचारी विरुद्ध मुद्दा

जग्गा किर्ते गरेकाे आरोपमा २८ कर्मचारी विरुद्ध मुद्दा

बिहिबार, ३० जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको विभिन्न स्थानका सार्वजनिक जग्गा कीर्ते गरेको आरोपमा २८ जना कर्मचारी विरूद्ध भ्रस्टाचार मुद्दा दायर गरेकाे छ।

हवाई टिकट खरीदमा हिनामिना गर्नेविरुद्ध आरोपपत्र दायर

हवाई टिकट खरीदमा हिनामिना गर्नेविरुद्ध आरोपपत्र दायर

बुधबार, २९ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा अनियमिता गरेको भन्दै हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

मङ्गलबार, २८ जेठ २०७६

घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

घुससहित समातिए इन्सपेक्टर

घुससहित समातिए इन्सपेक्टर

बिहिबार, २३ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले १५ हजार घुस सहित इलाका प्रहरी कार्यालय मुर्गिया रुपन्देहीका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुद्दा

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुद्दा

बिहिबार, २३ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

घुससहित वडाध्यक्ष पक्राउ

घुससहित वडाध्यक्ष पक्राउ

मङ्गलबार, २१ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ।

घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

शुक्रबार, १७ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा वडा अध्यक्षलाई पक्राउ गरेको छ।

घुससहित वडा सदस्य पक्राउ

घुससहित वडा सदस्य पक्राउ

शुक्रबार, १७ जेठ २०७६

जिल्लाकाे एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घुससहित पक्राउ गरेको छ।

अकूत सम्पत्ति कमाएको आरोपमा अध्यागमन अधिकृतमाथि मुद्दा

अकूत सम्पत्ति कमाएको आरोपमा अध्यागमन अधिकृतमाथि मुद्दा

बिहिबार, १६ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध आज मुद्दा दायर गरेको छ।

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

बिहिबार, १६ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ।

पुराना ठेक्कामा पनि नयाँ नियम

पुराना ठेक्कामा पनि नयाँ नियम

बिहिबार, ०९ जेठ २०७६

निर्माण व्यवसायीले काम नगरी मुलुकभर अलपत्र पारेका पुराना आयोजनाको कार्यान्वयन हालै संशोधन भएको सार्वजनिक खरिद नियमावलीले व्यवस्था गरे अनुसार हुने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले पुरानो ठेक्कामा समेत संशोधित सार्वजनिक खरिद नियमावलीका प्रावधान बमोजिम नै काम कारवाही अगाडि बढाउने बताएको हो। सार्वजनिक खरिद नियमावलीका प्रावधानप्रति निर्माण व्यवसायीले आपत्ति जनाए पनि कार्यालयका अधिकारीले संशोधित नियमावली जुनसुकै हालतमा कार्यान्वयन हुने बताए।

अनियमितताबारे अख्तियारले विस्तृत अनुसन्धान गर्दैछ : प्रमुख आयुक्त घिमिरे

अनियमितताबारे अख्तियारले विस्तृत अनुसन्धान गर्दैछ : प्रमुख आयुक्त घिमिरे

सोमबार, ०६ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले ललिता निवास जग्गामा भएको अनियमितताबारे अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको बताएका छन्। आयोगको हेटौंडा कार्यालयको आयोजनामा आइतबार कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उनले जग्गा अनियमितताबारे कार्यालय प्रमुखहरूलाई अनुगमन गर्न निर्देशन पनि दिए।

अख्तियारको सञ्चार विज्ञमा अधिकारी

अख्तियारको सञ्चार विज्ञमा अधिकारी

शुक्रबार, ०३ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको सञ्चार विज्ञमा पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ। आयोगको जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्देश्यका साथ उनलाई सञ्चार विज्ञमा नियुक्त गर्ने निर्णय गरेको हो।

पाठकले एक घन्टामै बुझाए ७८ लाख धरौटी

पाठकले एक घन्टामै बुझाए ७८ लाख धरौटी

बिहिबार, ०२ जेठ २०७६

घुस मुद्दामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतको आदेशपछि तारेखमा बस्न थालेका छन्। अदालतबाट ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश आएको एक घन्टाभित्रै उनले नेपाल बंगलादेश बैंकबाट सो परिमाणको रकमका लागि बैंक ग्यारेन्टी धरौटी बुझाएका थिए।

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

बुधबार, ०१ जेठ २०७६

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो समेत सार्वजनिक भएको थियो। पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गर्ने तीनविरुद्द मुद्दा

नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गर्ने तीनविरुद्द मुद्दा

मङ्गलबार, ३१ बैशाख २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ।

पाँच करोड भ्रष्टाचार गरेको अभियोगमा लेखापालविरुद्ध मुद्दा दायर

पाँच करोड भ्रष्टाचार गरेको अभियोगमा लेखापालविरुद्ध मुद्दा दायर

सोमबार, २३ बैशाख २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको अनुसन्धानबाट खुलेकाले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको जनाएको छ।

अवैध क्रसर खुलाउन अख्तियारको पत्र

अवैध क्रसर खुलाउन अख्तियारको पत्र

आइतबार, २२ बैशाख २०७६

मापदण्ड पूरा नगरी भेरीगंगा नगरपालिका–८ गोचेखोलामा सञ्चालित घुम्ती क्रसर उद्योग स्थानीय प्रशासनले गत चैतको पहिलो साता बन्द गराई केही उपकरण नियन्त्रणमा लियो। बन्द गराइएको सो घुम्ती क्रसर केही समयमा पुनः सञ्चालनमा आयो। यसको कारण थियो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र।

हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली

हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली

शनिबार, २१ बैशाख २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत तीर्थ चापागाईं र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा नेपाल निजामती कर्मचारी युनियन (संघ) का नेता विश्वबन्धु रेग्मीले फेसबुक स्टाटसमा ‘गन्तव्य सगरमाथा’ लेख्दै सम्पर्क अधिकारी (लियोजन अफिसर) का रूपमा मंगलबारदेखि सगरमाथा आरोहणका लागि यात्रा सुरु गरे।

घुससहित दुईजना पक्राउ

घुससहित दुईजना पक्राउ

शनिबार, १४ बैशाख २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले दुईजनालाई पक्राउ गरेको छ। चालक अनुमतिपत्र बनाउन दलालमार्फत पैसाको लेनदेन हुने गरेको सूचना पाएर खटिएको टोलीले ‘चारो’ को रुपमा नगद दिएर रंगेहात राकेश रौनियार र सुनिल यादवलाई पक्राउ गरेको हो।

अख्तियारद्वारा घुससहित पक्राउ

अख्तियारद्वारा घुससहित पक्राउ

शुक्रबार, १३ बैशाख २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले आज वीरगञ्जको प्रतीमा चोक नजिक रहेको शिखर इन्सुरेन्स कम्पनी लिमिटेडमा दुई जनालाई घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले सेवाग्राहीसँग काम गराइदिने भन्दै लिएको रु ३१ हजार नगदसहित काउन्टरमा रहेका रोशन रौनियार र सुनिल यादवलाई नियन्त्रणमा लिएको हो।

नारायणी अस्पतालमा अख्तियारको छापा

नारायणी अस्पतालमा अख्तियारको छापा

बिहिबार, १२ बैशाख २०७६

वीरगन्जस्थित नारायणी अस्पतालमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले केही कागजात नियन्त्रणमा लिँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुलहकसँग सोधपुछ गरेको छ।

राजस्वका दुई कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

राजस्वका दुई कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

मङ्गलबार, १० बैशाख २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको जगातीस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत नवराज भट्टराई र नायब सुब्बा सविन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पूर्वाग्रही ढंगले अख्तियारले पत्र काट्योः प्रेम सञ्जेल

पूर्वाग्रही ढंगले अख्तियारले पत्र काट्योः प्रेम सञ्जेल

बुधबार, ०४ बैशाख २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा हुने भ्रष्टाचार र दलालीविरुद्ध कडा रुपमा प्रस्तुत भएर चर्चामा आएका उपसचिव प्रेम सञ्जेललाई  पत्र काटेको छ। कार्यालयमा उपस्थित नभएरै खाना, खाजा र प्रोत्साहन भत्ता लिएको उजुरी आएको भन्दै अख्तियारले उनलाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखामा उपस्थित हुन मंगलवार पत्र काटेको हो।

भूमाफिया र मालपोत कर्मचारी फरार

भूमाफिया र मालपोत कर्मचारी फरार

मङ्गलबार, ०३ बैशाख २०७६

बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्।

घुस सहित २ जना पक्राउ

घुस सहित २ जना पक्राउ

शुक्रबार, २९ चैत २०७५

धनुषामा २ जना घुस सहित पक्राउ परेका छन्।

३० ठूला अनियमिततामाथि छानबिन जारी : अख्तियार

३० ठूला अनियमिततामाथि छानबिन जारी : अख्तियार

बुधबार, २० चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा छानबिन गरिरहेको जनाएको छ। आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचारका विषयमा ठूला धनराशिका ३० भन्दा बढी विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका हुन्।

‘अख्तियारले साना माछा मात्रै समात्यो’

‘अख्तियारले साना माछा मात्रै समात्यो’

मङ्गलबार, १९ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला भ्रष्टाचारीलाई समात्न नसकेको’ खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मंगलबार दिक्तेलमा आयोजना गरेको भ्रष्टाचारको नियन्त्रणमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले स–साना भ्रष्टाचारीलाई अख्तियारले समाते पनि ठूला भ्रष्टाचारीलाई समातेर कारबाही गर्न नसकेको गुनासो गरेका हुन्।

घुस लिएको आरोपमा राजश्वका नायब सुब्बा  पक्राउ

घुस लिएको आरोपमा राजश्वका नायब सुब्बा पक्राउ

सोमबार, १८ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ। आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियारको छानबिनपछि अध्यागमनको टेन्डर रद्द

अख्तियारको छानबिनपछि अध्यागमनको टेन्डर रद्द

आइतबार, १७ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएपछि अध्यागमन विभागले सर्भर, स्टोरेज तथा नेटवर्किङलगायत उपकरण खरिदका लागि आह्वान गरेको टेन्डर रद्द गरेको छ। सार्वजनिक खरिद कानुनविपरीत प्रतिस्पर्धालाई सीमित गर्नेगरी एउटा मात्र ब्रान्डको उपकरण खरिद गर्ने उद्देश्यले टेन्डर आह्वान गरेपछि सर्भर, स्टोरेज तथा नेटवर्किङ उपकरण खरिदका लागि एउटा मात्र कम्पनीको प्रस्ताव परेको थियो।

अख्तियारसँग अपेक्षा

अख्तियारसँग अपेक्षा

बिहिबार, १४ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मंगलबार दायर गरेको मुद्दा धेरै अर्थमा भविष्यका निम्ति पनि मार्गदर्शक बन्न सक्छ। अन्यथा, पदमा रहँदा अनियमिततामा संलग्न रहने ‘ठूला माछा’ ले राजीनामा गरी हटेपछि अनियमितताप्रति जवाफदेही हुनुपर्ने अवस्था रहँदैनथ्यो। कानुनतः आफूले गरेको अनियमितताप्रति जिम्मेवारी रहने भए पनि यहाँ व्यवहारिकता जस्तो बन्न पुगेको हो। आखिर पदमा रहँदा सबैले केही न केही गडबडी गरेकै छन्।

भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

मङ्गलबार, १२ चैत २०७५

अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष निगरानी सुरु गरेको हो। अकूत सम्पत्ति आर्जन, पदीय दुरुपयोगबाट भएका निर्णयलगायत आरोपमा अख्तियारले सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा बिचौलिया करिब हजारजनामाथि विस्तृत रूपमा छानबिन गरिरहेको छ।

मनगणन्ते उजुरीले सकस

मनगणन्ते उजुरीले सकस

सोमबार, ११ चैत २०७५

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित ६५ जनाविरुद्ध छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ माघ १५ गते विशेष अदालतमा मुद्दा दायर गर्दा चारजनामात्रै विपक्षी बनायो।

अख्तियारमा पोलिग्राफ बयान

अख्तियारमा पोलिग्राफ बयान

शनिबार, ०९ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका आरोपीसँग ‘पोलिग्राफ मेसिन’बाट बयान लिन सुरु गरेको छ। सेवाग्राहीबाट घुस असुलेको अभियोगमा सप्रमाण पक्राउ परेका तथा प्रारम्भिक छानबिनपछि अनुसन्धानमा रहेका आरोपितसँग पोलिग्राफ मेसिनको सहयोगमा बयान लिन थालिएको अख्तियारले जनाएको हो।

कलेज संचालक न्यौपाने फरार

कलेज संचालक न्यौपाने फरार

आइतबार, ०३ चैत २०७५

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो।

प्रहरी नायब निरीक्षक घिमिरेविरुद्ध मुद्दा दायर

प्रहरी नायब निरीक्षक घिमिरेविरुद्ध मुद्दा दायर

बुधबार, २९ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पाठकले फिर्ता गरेनन् रातो पासपोर्ट

पाठकले फिर्ता गरेनन् रातो पासपोर्ट

सोमबार, २७ फागुन २०७५

७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) बुझाएका छैनन्। चागुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी मुद्दा मिलाइदिने प्रलोभनमा घुस लिएको पुष्टि भएपछि आयुक्त पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।

अख्तियारमै प्रतिजासुस संयन्त्र

अख्तियारमै प्रतिजासुस संयन्त्र

शुक्रबार, २४ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ। तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीको निगरानीका लागि जासुस संयन्त्र परिचालन गरेका हुन्।

Ncell Footer Ad