प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ। राष्ट्रसंघीय महासभामा भाग लिन सोमबार न्युयोर्क प्रस्थान गर्ने तयारी थियो।
शिविरमा रहेका लडाकुको भरणपोषण र सरकारले उपलब्ध गराएको रकममा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले छानबिन अगाडि बढाइएको जनाएको छ ।...
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ। सर्वोच्चका...
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्बन्धमा रहेका विवादास्पद फाइलको सक्कल विवरण उपलब्ध गराउन सरकारको नाममा...
शनिबार, २९ साउन २०७३
जिल्ला प्रशासन कार्यालय काठमाडौंले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित पछिल्ला दिन अख्तियारअगाडि प्रदर्शन हुँदै आइरहेको थियो।
शुक्रबार, २८ साउन २०७३
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय रहेको क्षेत्रवरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
शनिबार, २२ साउन २०७३
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित डा. गोविन्द केसीका समर्थकले व्यवस्थापिका संसद्को सुशासन समिति सभापति मोहनसिंह राठौरलाई ज्ञापनपत्र बुझाएका छन्।
बुधबार, १९ साउन २०७३
जब कानुनको पखेँटा काट्दै अति जिम्मेवार निकायको कुनै एक व्यक्ति सर्वेसर्वा बनेर पदको चरम दुरूपयोग गर्छ तब मुलुकमा अराजकता बढ्छ, सन्त्रास पैदा हुन्छ।
मङ्गलबार, १८ साउन २०७३
प्रमुख राजनीतिक दलका नेताले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध कारबाही अगाडि बढाउनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनीहरूले कार्कीलाई कारबाही दायरामा ल्याउनुपर्ने धारणा राखेका हुन्।
सोमबार, १७ साउन २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै ५५ जनाले आयोगमा निवेदन दिएका छन्। डा. गोविन्द केसी ऐक्यबद्धता गठबन्धनको अग्रसरतामा आइतबार आयोगमा निवेदन परेको हो।
सोमबार, १७ साउन २०७३
सरकारले परम्परा मिचेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करलाई भारतका लागि इकोनोमिक काउन्सिलर नियुक्त गरेको छ। यसअघि अर्थ र वाणिज्य मन्त्रालयमा लामो अनुभव बोकेका सहसचिवमध्ये एक जनालाई काउन्सिलर नियुक्त गरिँदै आएकोमा पुस्करको नियुक्ति त्यो मान्यताविपरीत छ।
आइतबार, १६ साउन २०७३
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावबारे संसदमा छलफल हुने भएको छ।
बुधबार, १२ साउन २०७३
काठमाडौं-काठमाडौं विश्वविद्यालय (केयु) को प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपबारे छलफलका लागि संसद्को सुशासन तथा अनुगमन समितिमा मंगलबार बोलाइएका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित कुनै पनि आयुक्त उपस्थित भएनन् ।
सोमबार, १० साउन २०७३
डा. गोविन्द कोसीको समर्थकले सोमबार विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेका छन्। अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आयोग कार्यालय अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमो केसीका समर्थकसहित आइओएमका विद्यार्थीकोसमेत सहभागीता रहेको छ।
शुक्रबार, ०७ साउन २०७३
काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित सबै अायुक्तहरुलाई संसदको सुशासन तथा अनुगमन समितिले उपस्थित हुन निर्देशन दिएको छ। शुक्रबार बसेको समिति बैठकमा अख्तियार प्रमुख कार्कीले शक्ति र पदको चरम दुरुपयोग गरी मेडिकल माफियाको संरक्षक बनेको विषय गम्भीरतापूर्वक उठेको थियो।
बिहिबार, ०६ साउन २०७३
काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त भएदेखि पद र शक्तिको दुरुपयोगका कारण विवादित बन्दै आएका लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय अन्ततः संसद प्रवेश गरेको छ।
मङ्गलबार, २८ असार २०७३
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै तीन दिनभित्र जवाफ दिन आदेश गरेको छ।
सोमबार, १३ असार २०७३
रौतहट— सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सन्त डाक्टर गोविन्द केसीले किन अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग माग गरे भन्ने आफूले बुझ्न नसकेको बताएका छन्। माओवादी सांसद सत्यनारायण भगत बिनकी छोरीको विवाह समारोहमा भाग लिन सोमबार चन्द्रनिगाहपुर आइपुगेका अध्यक्ष दाहालले डा.केसी एकाएक अख्तियार प्रमुख कार्कीविरुद्ध खनिएको बताए।
सोमबार, १३ असार २०७३
चिकित्सा शिक्षा सुधारका लागि सातपटकसम्म अनशन बसिसकेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसहित आठौं अनशन घोषणा गरेका छन्।
आइतबार, १२ असार २०७३
काठमाडौं- त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रक्रिया अविलम्ब थाल्न माग गरेका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।