२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

महिला टी–२० विश्वकप छनोट: तयारीका लागि २६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

<br>

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि २६ जना खेलाडीलाई बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा बोलाएको छ।

क्यानले बिहीबार एक सूचना जारी गर्दै प्रारम्भिक चरणको प्रशिक्षणका लागि खेलाडीहरूलाई बोलाएको हो। क्यानका अनुसार बोलाइएका खेलाडीहरूको प्रशिक्षण भोलि (शुक्रबार) देखि काठमाडौंको मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।

यो अन्तिम टोली नभई बन्द प्रशिक्षणका लागि बोलाइएको प्रारम्भिक टोली हो। यही क्याम्पमा गर्ने प्रदर्शनका आधारमा विश्वकप छनोट खेल्ने अन्तिम टोली तय गरिनेछ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरू

इन्दु बर्मा (कप्तान), राजमति ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी।

प्रकाशित: १८ मंसिर २०८२ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App