जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवाती झड्का व्यहोरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले तेस्रो ओभरको पाँचौं बलमा आफ्नो पहिलो विकेट गुमाएको हो।
विराटनगर किङ्सका तीव्र गतिका बलर मार्चन्ट डी लांगेले सुदूरपश्चिमका ओपनर मुख्तार अहमदलाई बोल्ड आउट गरेका हुन्। अहमद १० बलमा २ चौकाको मद्दतले १० रन बनाउँदै पेभिलियन फर्किए।
हाल क्रिजमा विनोद भण्डारी र सेल्डन ज्याक्सन ब्याटिङ गरिरहेका छन्।
प्रकाशित: २३ मंसिर २०८२ १६:२० मंगलबार





