२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

पहिलो हाफ: नेपाल र भारत गोलरहित बराबरीमा

श्रीलंकामा जारी साफ यू–१७ पुरुष च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा जारी खेलको पहिलो ४५ मिनेटमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि सफलता हात पार्न सकेनन्।

फाइनल प्रवेशका लागि जारी यो महत्त्वपूर्ण खेलमा नेपालले प्रतियोगिताको अपराजित टोली भारतलाई कडा टक्कर दिइरहेको छ। नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित: ९ आश्विन २०८२ २०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App