२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

काठमाडौंलाई तेस्रो झड्का, भुर्तेलले लिए विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका मिलिन्द कुमार १३ रन बनाएर पेभिलियन फर्किएका हुन्।

खेलको दशौं ओभरको चौथो बलमा पोखराका कप्तान कुशल भुर्तेलले उनलाई विकेटकिपर एडम रोजिङटनको हातबाट स्टम्पिङ गराएका हुन्।

मिलिन्दले १४ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडे। यसअघि ओपनर आकाश त्रिपाठी (०) र राशिद खान (७) आउट भइसकेका छन्।

अहिले क्रिजमा बेन चार्ल्सवर्थ ३० रन बनाएर खेलिरहेका छन्। ताजा अवस्थामा काठमाडौंले ९.४ ओभरमा ३ विकेट गुमाएर ५४ रन बनाएको छ।

प्रकाशित: १८ मंसिर २०८२ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App