नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले चौथो विकेट गुमाएको छ। काठमाडौंका ब्याट्सम्यान जोन सिम्पसन सस्तैमा समेटिएका हुन्।
खेलको १२औँ ओभरको चौथो बलमा पोखराका कप्तान कुशल भुर्तेलले सिम्पसनलाई आफ्नै बलमा क्याच गर्दै पेभिलियन फर्काएका हुन्। सिम्पसनले ४ बलमा जम्मा २ रन मात्र बनाउन सके।
यसअघि मिलिन्द कुमारलाई पनि भुर्तेलले नै आउट गराएका थिए। लगातार विकेट गुमाएपछि काठमाडौं दबाबमा देखिएको छ।
अहिले क्रिजमा एक छेउबाट इनिङ सम्हालिरहेका बेन चार्ल्सवर्थ ३८ रन र भर्खरै आएका मोहम्मद आदिल आलम १ रन बनाएर खेलिरहेका छन्।
काठमाडौंले १२ ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको छ।
प्रकाशित: १८ मंसिर २०८२ १२:५३ बिहीबार





