२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

विराटनगरको इनिङ्स धरासायी, ३ रन जोड्दा ३ विकेट पतन

जितका लागि १५६ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सले खराब सुरुवात गरेको छ।

कीर्तिपुर मैदानमा जवाफी ब्याटिङ गरिरहेको विराटनगरले केवल ३ रन जोड्दा आफ्ना ३ शीर्ष ब्याटर गुमाइसकेको छ।

इनिङ्सको पहिलो ओभरको पहिलो बलमै ओपनर साम हेजलेट आउट भएपछि दबाबमा आएको विराटनगरले सोही ओभरको अन्तिम बलमा अनुभवी ब्याटर मार्टिन गप्टिललाई पनि गुमायो।

गप्टिल २ बलमा २ रन बनाएर रनआउट भए।

लगत्तै दोस्रो ओभरको पहिलो बलमा सुदूरपश्चिमका स्पिनर हरमित सिंहले नरेन भट्टलाई स्कट कुग्गेलेइनको हातबाट क्याच आउट गराउँदै विराटनगरलाई तेस्रो झड्का दिए।

भट्ट पनि खाता नखोली पेभिलियन फर्किए।

अहिले १.१ ओभरको समाप्तिमा विराटनगरको स्कोर ३/३ छ। क्रिजमा कप्तान फाफ डु प्लेसिस १ रनमा अविजित छन्। सुदूरपश्चिमले खेलमा पूर्ण पकड जमाएको छ।

प्रकाशित: २३ मंसिर २०८२ १८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App