नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्सविरुद्ध भइरहेको खेलमा विनोदले ४४ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्।
उनले यस क्रममा ३ चौका र १ छक्का प्रहार गरे।
एक छेउबाट विकेट झरिरहँदा पनि विनोदले संयमित ब्याटिङ गर्दै इनिङ्स सम्हालिरहेका छन्। सुदूरपश्चिमले १५.१ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको छ।
विनोद क्रिजमा डटिरहँदा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी ३ रनमा रनआउट भए भने इशान पाण्डे १३ रन बनाएर आउट भए।
अहिले विनोदलाई हरमित सिंहले साथ दिइरहेका छन्।
प्रकाशित: २३ मंसिर २०८२ १७:१७ मंगलबार





