मंसिर १ गतेदेखि जारी नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो संस्करणमा रमाउने कलाकार बढ्दै गएका छन् । जारी प्रतियोगिताको १२ दिन बित्दा कलाकारको खेलप्रतिको माया र उत्साह बढ्दै गएको देखिएको छ ।
एनपीएलमा कलाकारहरूको उत्साह उल्लेखनीय देखिएको छ। यो रोचक प्रतिस्पर्धामा कतिपय खेलकुदप्रेमी कलाकार क्रिकेट मैदानमै पुगेर आआफ्ना प्रदेशको टिमलाई समर्थन गरेको फोटो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
सुरुदेखि नै उत्साहित यी कलाकारहरू मैदानमा पुगेर आफ्नो रुची झल्काइ रहेका छन्।
आज गायिका रचना रिमाल र एलिना चौहान जर्सी लगाएरै क्रिकेट मैदानमा विराटनगरको समर्थनमा देखिए । झापा मुल घर भएकी रचना क्रिकेटसँग उत्साहित देखिन्छिन । उनी कहिले विराटनगर किङस्को जर्सी लगाएर त कहिले नेपालको झन्डा लिएर मैदानमा देखिन्छिन् ।

क्रिकेटप्रेमी कलाकार कुमार कट्टेल पनि सामाजिक सञ्जालमा पहेँलो जर्सी लगाएर तस्बिर सार्वजनिक गरेका छन् । कुमारले विराटनगरलाई नै समर्थन गरेका छन्। त्यसैगरि अभिनेता हरिवंश आचार्य पनि उत्साहित हुँदै रंगशालामा देखिएका थिए । उनी आफू रंगशाला गएका दिनको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएका छन् ।

अभिनेत्री करिश्मा श्रेष्ठले मैदानमा खिचेर सामाजिक सञ्जालमा राखेको तस्बिर भाइरल छ । गायक प्रताप दास, अभिनेता नाजिर हुसेन आफूले समर्थन गरेको टीमको जर्सीसँगै रमाइरहेको देखिए ।

प्रकाशित: १२ मंसिर २०८२ १८:५३ शुक्रबार





