नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका मोहम्मद आदिल आलम ७ रन बनाएर पेभिलियन फर्किएका हुन्।
खेलको चौधौँ ओभरको तेस्रो बलमापोखराका बलर किरण ठगुन्नाले उनलाई जेसन रोयको हातबाट क्याच आउट गराएका हुन्। आदिलले ७ बलमा १ चौका प्रहार गर्दै ७ रन मात्र जोड्न सके।
लगातार विकेट गुमाउँदा काठमाडाैंको ब्याटिङ दबाबमा परेको छ। अहिले क्रिजमा बेन चार्ल्सवर्थ ४५ रन र भर्खरै आएका भीम सार्की १ रन बनाएर खेलिरहेका छन्।
हाल काठमाडौंले १३.५ ओभरमा ५ विकेट गुमाएर ८१ रन बनाएको छ।
प्रकाशित: १८ मंसिर २०८२ १३:०३ बिहीबार





