coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रेडिअन्ट सेमिफाइनलमा

आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर  गर्ल्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले स्वर्णिमलाई १८-११ ले पराजित गर्‍यो। रेडिअन्टकी प्रशंसा बुढाथोकीले १० अंक जोडिन्। सोही स्पर्धामा न्यु भिजन एकेडेमीले इनोभेटिभलाई १३–१२ तथा डिफेन्डिङ च्याम्पियन निम्सले रिब्सलाई २८–४ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। न्यु भिजनकी मान्यता भट्टराई तथा निम्सकी निरु तामाङले समान ८/८ अंक जोडे। सिनियर ब्वाइजमा जेनिथले हार्टल्यान्डलाई ५०–३६, काठमाडौं जेभियरले बौद्ध चिल्ड्रेन हेभनलाई ३४–३१, साबिक विजेता निम्सले विल्सन एकेडेमीलाई ४८–२९, ओसिसले श्री नवीन ज्योतिलाई ३८–६, एचएचसिएले पिपुल्स एकेडेमीलाई ३८-२१ को स्कोरले हराए।

त्यस्तै ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमीलाई ३६–३५, पुष्पसदनले स्वर्णिमलाई ४१–२० र आयोजक रेडिअन्टले विस्डमलाई ३१–१७ ले पाखा लगाए। जितसँगै आठै टोली क्वार्टरफाइनलमा पुग्न सफल भए। जेनिथका रोनिश तामाङले २४, काठमाडौं जेभियरका आदित्य अधिकारीले १४, निम्सका सफल नेपालीले १८, ओसिसका सुरेश रोकाले २०, एचएचसिएका पवन मगरले १४, ग्रिनफिल्डका अर्जुन बस्नेतले १२, पुष्पसदनका रिकेश जिसीले १३ र रेडिअन्टका सुवास गौतमले १२ स्कोर गरे।

प्रकाशित: २७ कार्तिक २०७९ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App