१६ चैत्र २०८० शुक्रबार
खेल

युरोपा लिग: बोडो ग्लिम्टविरुद्ध आर्सनल विजयी

आर्सनलले युरोपा लिग फुटबलमा बोडो ग्लिम्टविरुद्ध सहज जित निकालेको छ।

बिहीबार राति भएको समूह चरण अन्तर्गतको खेलमा  आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोल अन्तरले हराएको हो।

आर्सनललाई जिताउन एड्डी एनकेटीह,रोब होल्डीङ र फाबियो भिइराले एक एक गोल गरे।खेलको २३ औं मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता बनाए। खेलको २७ औं मिनेटमा रोबले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ८४ औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए।

जितसँगै समूह ए को आर्सनलले शीर्ष स्थानमा उक्लिएको छ। आर्सनलले २ खेलमा ६ अंक जोडेको छ। बोडो ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।  

प्रकाशित: २१ आश्विन २०७९ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App