६ वैशाख २०८१ बिहीबार
खेल

एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपाल र भियतनाम भिड्दै

फाइल तस्बिर।

एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली भियतनामको सामना गर्दैछ।

नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे फु थोस्थित भियत त्रि स्टेडियममा सुरु हुनेछ। उच्च लयमा रहेको भियतनामविरुद्ध नेपाल पहिलो जितको खोजीमा हुनेछ।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो। भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ। पहिलो खेलमा आयोजक भियतनामले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो।

छनोट अन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन्। यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ।

प्रकाशित: २१ आश्विन २०७९ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App