६ वैशाख २०८१ बिहीबार
खेल

म्याराथन उपाधि जितेपछि रामले पाए साइकल

रौतहटको गरुडामा लायन्स युवाक्लबले हरेक वर्ष दशैँमा संचालन गर्दै आएको मनोजकुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिताको उपाधि गरुडा नगरपालिका ८ का अजेश रामले हातपारेका छन्।

प्रतियोगिताको ११ औँ संस्करणको उपाधि जित्दा रामले अन्य २६ प्रतिस्पर्धीलाई पराजित गरेका छन् भने उपाधिको साइकल उचालेर आफूलाई अब्बलधावक साबित गरेका छन्। रामले अन्य विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका छन्।

प्रतियोगितामा गरुडा नगरपालिका ४ काकविन्द्र शर्मा द्वितीय, द्वारिका साह तृतीयतथा गरुडा नगरपालिका ३ मलाहीकाओकेन्द्र सहनीचतुर्थ स्थानप्राप्त गरी पुरस्कृत भएका छन्। आगामी वर्षको लागि नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटका अध्यक्ष अरुणकुमार सोनीले कार्यक्रमको प्रायोजन गर्ने प्रतिबद्धता जनाएको छन्।

कार्यक्रमका प्रमुखअतिथि पुरस्कार प्रायोजक तथा वडाध्यक्ष सुनिलकुमार जयसवालले मनोजकुमार चौधरीको योगदानलाई जनमानसमा पुर्‍याउन उनको नाममा प्रतिष्ठानको गठन गर्ने बताएका छन्।  

कार्यक्रममा गरुडा नगरपालिकाकी नगर उपप्रमुख पूनमकुमारी चौधरी, नेकपा एसका बृजकिशोर यादव, पूर्व गाविस उपाध्यक्ष रामकृष्ण चौधरी, इलाकाप्रहरी कार्यालय गरुडाका डिएसपि बरुणबहादुर सिंह, नेपाल सुनचाँदीव्यवसायीमहासंघ मधेस प्रदेश अध्यक्ष रामजी साह सोनार, गरुडा उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरी, गरुडा खानेपानीतथा सर सफाइ उपभोक्ता समितिका अध्यक्ष पंकज जय सवाल र लायन्स युवाक्लबका पूर्व अध्यक्ष नागेन्द्र चौरसिया लगायतले शुभकामना मन्त व्यव्यक्त गर्दै गरुडाको पहिचानको रुपमा बनिसकेको म्याराथन दौड प्रतियोगितालाई निरन्तरता दिइनुपर्ने बताए।  

गरुडा चौकको दुर्गा मन्दिर देखि नेपाल पुलिस स्कुल विर्तासम्म करिब चार किलोमिटरको दौड प्रतियोगितामा २६ जनाले भाग लिएको आयोजकले बताएको छ। कार्यक्रमको संचालन सञ्जय साहमित्र र स्वागत संस्थाका सचिव रोशन साहले गरेका थिए।

प्रकाशित: १७ आश्विन २०७९ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App