८ वैशाख २०८१ शनिबार
खेल

‘नारदमुनि थुलुङ स्मृति गोल्डकप’ को उपाधि एमिनियर क्यामरुनलाई

विजेता समूह क्यामरुनको एभिनियर टिम ट्रफि लिएर रमाउँदै । तस्विरः महेश्वर

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा सम्पन्न‘८ औं नारदमुनि थुलुङ स्मृति गोल्डकप प्रतियोगिता २०७९’ को उपाधि छिमेकी मुलुक एभिनिएर क्यामरुनले चुमेको छ।

बसाहा स्थित नारद स्मृति रंगशालामा गत ९ गतेदेखि सुरु भएर आईतबार सम्पन्न खेलमा चारतारे फुटबल क्लव मोरङलाई पराजित गर्दै एभिनियर क्यामरुनले उपाधि हातपार्न सफलभएको हो।

क्यामरुनले टाईब्रकरमा ४–३ गोलको अन्तरले चारतारेलाई पराजित गरेको हो। निर्धारित ९० मिनटको समय दुवै पक्षबाट २–२ गोल बराबरीमा टुंगिएपछि टाईब्रेकरबाट नतिजा निकाल्नु परेको हो। फाईनलमा खेल सुरु भएको पहिलो मिनेटमै एभिनियर क्यामरुनका खेलाडी अबदुल्लाले पहिलो गोल गरेर टिमलाई उपाधिको हकदार बनाउने कोसिस गरेका थिए।  

खेलको ३३ औं मिनेटमा चारतारे मोरङका क्याप्टेन अभिशेष लिम्बुले गोल फर्काएर खेललाई बराबरीमा बनाए। मध्यान्तरपछिको खेलमा पहिलो मिनेटमै चारतारेका खेलाडी भुुवन बस्नेतले अर्को गोल थपेर टिमलाई दुईगोलमा पुर्याए। तर,अन्तिममा थपिएको ६ मिनेटको इन्जुरी टाइममा क्यामरुनका खेलाडी बेल्लीले दोस्रो गोल गरेर बराबरी पारेपछि खेल टाईब्रेकरमा धकेलिएको हो।  

प्रतियोगितामा विजयी टिम एमिनियर क्यामरुनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राइले ४ लाखनगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे। त्यस्र्तै  गरि चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले उपविजेता चारतारे लाई २ लाखनगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे।  

उत्कृष्ट गोलरक्षक क्यामरुनमा टिम्बा टिम्बा, उत्कृष्ट रक्षक क्यामरुनकै याकुव, उत्कृष्ट मिड फिल्डर चारतारे मोरङका सुशिल राई, उत्कृष्ट फोरवार्ड चारतारेकै भुवन बस्नेत भए। त्यस्तै म्यान अफ द टुर्नामेन्टको उपाधि क्यामरुनका बेल्ली र हाई स्कोरर चारतारेका अभिशेक लिम्बु, उदीयमान खेलाडी बसाहाक्लबका पवन कार्की भएका छन्।

बिधागत खेलाडीहरुलाई छिमेकी बेलका नगर प्रमुख अशोक कार्की, प्रतियोगिताका प्रायोजक बसाहा सेवा समाज हङकङका प्रतिनिधिजितेन्द्र साम्पाङ, प्रतियिोगिताका खेल संयोजक भूपेन्द्र राई तथा चौदण्डीगढी नगरपालिका ४ का वडाध्यक्ष लुङ्गराज राईल गायतले कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित: १६ आश्विन २०७९ १४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App