coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लगातार तेस्रो वर्षसम्म नि भएन लिगलिगे दौड

पालुङटारको लिगलिगकोट।

विजया दशमीको अवसरमा हुँदै आएको लिगलिगे दौड यो वर्ष पनि संचालन हुन सकेन। लिगलिगकोट विकास अभियान, पालुङटार नगरपालिका लगायत संघ संस्थाको सहयोगमा चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दूरीमा दौड हुँदै आएको थियो।दौडेर पहिलो भएकालाई एक वर्षका लागि लिगलिगे राजा घोषण गरिन्थ्यो।  

नेपाल एकीकरणको बेला यहाँ रहेको बाईसे, चौबिसे राज्य आफ्नै तरिकाले संचालन हुन्थ्यो। ती साना राज्य मध्ये लिगलिगकोट छुट्टै पहिचान बनाउन सफल भएकाले इतिहास जोगाईराख्न हरेक वर्ष यहाँ दौडमार्फत राजा घोषणा गरिन्थ्यो। लिगलिगे दौडमा नेपाली सेनाले पनि सहयोग गर्दै आएको थियो।  

यो वर्ष लिगलिगकोट बिकास अभियानको अधिवेशन ढिला भएकोले तयारी गर्न समस्या भएको अभियानका अध्यक्ष संजिब थापा मगरले बताए। लिगलिगे दौड गर्न बजेट पनि अभाव भएको उनले बताए। बिभिन्न संघ संस्था सँगको सहकार्य गर्न समय अभाव हुँदा लिगलिग दौड गर्न संभव नभएको थापा मगरले बताए।  

नवौँ राष्ट्रिय खेलका लागि धावकहरु बन्द प्रशिक्षणमा रहेकाले खेलाडी सहभागी गराउन समस्या भएको उनले बताए।  

पालुङटार २ का वडा अध्यक्ष कृष्ण थापाले दौड वा खेलकुदको रुप जस्तो मात्र नभएर आगामी वर्ष लिगलिगे दौड सहित यहाँको इतिहास खोतल्ने र प्रचार गर्ने गरी कार्यक्रमको तयारी गरिने बताए। अहिले तयारी कम भएको, केही समय अघि नेपाली सेनाले एउटा दौड गरिसकेको, बन्द प्रशिक्षणमा रहेकाले खेलाडीहरु सहभागी कम हुने देखिएको यस वर्ष कार्यक्रम हुन नसकेको उनले बताए।  

कोरोना महामारीका कारण यस अघि पनि दुई वर्ष लिगलिगे दौड हुन सकेको थिएन। अहिले समेत लगातार तेस्रो पटक लिगलिगे दौड हुन नसकेको हो।

 

प्रकाशित: १५ आश्विन २०७९ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App