coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दमक सेमिफाइनलमा

झापा दमकको दमक–लखनपुर भेट्रान क्लब ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’को सेमिफाइनलमा पुगेको छ।

सोमबार विराटनगरमै भएको मिल्स भेट्रानको फाइनलमा पराजय भोगेको विराटनगरको मर्निङ भेट्रान क्लबले हारको बदला लिने दाउका साथ मैदान आए पनि पुनः दमकसँग पराजित हुनु परेको छ। फाइनलमा बराबरी गोल भएपछि टाइब्रेकरमा पराजित भएको विराटनगरले बिहीबार पनि पुनः टाइब्रेकरमै ५–४ गोल अन्तरमा पराजय भोग्नु पर्‍यो।

दमक विजयी हुँदै सेमिफाइनल पुगेको हो। मध्यान्तरअघि दमक २ गोलले अगाडि रहे पनि मध्यान्तरपछि विराटनगरले २ गोल फर्काउँदै खेल बराबरी पारेको थियो। दमकका लागि देउमान लिम्बू, पुष्कर धिमाल, पेमा तामाङ, एलबी आले र सुवास आङ्थुपोले गोल गरे।

त्यस्तै विराटनगरका सुमन श्रेष्ठ, सुजन शाक्य, विष्णु सुनुवार र रानुप्रताप राना मागरले गोल गरे भने स्माइल मियाँ गोल गर्न चुके। खेलको १२औं मिनेटमा दमकका सुवास आङ्थुपोले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पुनः आङ्थुपोले १५ औं मिनेटमा दोस्रो गोल गरे। ४८औं मिनेटमा दमकका खेलाडीको डिबक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीमा विराटनगरका सुमन श्रेष्ठले गोल गरे।

५२औं मिनेटमा विराटनगरका सुजल शाक्यले गोल गर्दै खेल बराबरीमा ल्याए। म्यान अफ द म्याचको पुरस्कार दमकका सुवास आङ्थुपोले प्राप्त गरे। सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्बलले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको सेमिफाइनल खेल झापा दमकको दमक–लखनपुर भेट्रान क्बल र विराटनगरको विन्ध्यवासिनी भेट्रान क्बलबीच हुनेछ।

प्रकाशित: १२ आश्विन २०७९ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App