८ वैशाख २०८१ शनिबार
खेल

ब्राजिलको फराकिलो जित

ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ।

बुधबार भएको खेलमा ब्राजिलले ट्युनिसियालाई ५-१ गोल अन्तरले हराएको हो।

ब्राजिलको जितमा राहिन्हाले दुई गोल गरे। रिचार्लिसन, नेयमार र पेड्रोले समान एकएक गोल गरे। यस्तै ट्युनिसियाका मोन्स्टासार ताल्बीले एक गोल फर्काए।

राफिन्हाले खेलको ११ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता बनाएका थिए। १८ औं मिनेटमा ताल्बीले गोल गर्दै ट्युनिसियालाई १-१ गोलको बराबरीमा ल्याए।

खेलको १९ औं मिनेटमा रिचार्लिसनले ब्राजिललाई २-१ को अग्रता दिलाए। २९ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता ३-१ गोल अन्तरको बनाए। खेलको ४० औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४-१ गोल अन्तरले अग्रता बनाए। त्यसपछि खेलको ७४ औं मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिललाई ५(१ को जित दिलाए।

प्रकाशित: १२ आश्विन २०७९ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App