coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जमैकाविरुद्ध अर्जेन्टिनाको जित, मेस्सीले गरे दुई गोल

फाइल तस्बिर।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकाविरुद्ध सहज जित निकालेको छ।

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे। जुलियन अल्भारेजले एक गोल गरे।

अल्भारेजले खेलको १३ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमको अग्रता २-० को बनाए।

त्यसको दुई मिनेटपछि मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए। होन्डुरसविरुद्धको खेलमा पनि मेस्सीले दुई गोल गरेका थिए।

प्रकाशित: १२ आश्विन २०७९ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App