१५ मंसिर २०७९ बिहीबार
खेल

मेयरकप रनिङ भलिबल प्रतियोगिता: यस वर्षको उपाधि पनि सिदिङ्वालाई

ताप्लेजुङमा मंगलबार सम्पन्न मेयरकप रनिङ भलिबल प्रतियोगिताको यसवर्षको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ। पाथिभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो। सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५-२१,२५–१७,२१–२५ र २५–२१ को स्कोरमा पराजित गर्‍यो। 

यसअघि सेमीफाईनलमा पाथिभरा याङ्वरकले फुङलिङ नगरपालिकाको टिमलाई र सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए। ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर गत ८ गते देखि जारी प्रतियोगिता मंगलवार सकिएको हो। सिदिङ्वाको यो लगातार दोस्रो जीत हो। उसले अघिल्लो बर्षको मेयरकप पनि जितेको थियो। 

जीतसँगै सिदिङ्वाले नगद २ लाख ७५ हजार १ सय रुपैंयाका साथ रनिङकप, मेडल प्रमाणपत्र पाएको छ। उपबिजेता पाथिभरा याङ्वरक गाउँपालिका नगद १ लाख ४० हजार १ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार भएको छ। सेमीफाईनलमा पुग्ने दुई टीम क्रमशःफुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाले प्रत्येकले नगद ४५ हजार १ सय रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने मेयरकप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक एवम् फुङलिङ नगरपालिकाका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिए।

प्रकाशित: ११ आश्विन २०७९ १९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App