८ वैशाख २०८१ शनिबार
खेल

खेलकुद पूर्वाधारमा महत्वपूर्ण काम भएका छन्: मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलाडी र खेलकुद पूर्वाधारको विकासमा कर्णाली प्रदेश सरकारले उल्लेख्य कामहरु गरेको बताएका छन्। उनले नेपालमै पहिलो पटक भलिबल कवर्ड हलसहित १० औं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकार केन्द्रित रहेको बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताको ट्रफी अनावरण गर्दै मुख्यमन्त्री शाहीले पदक प्राप्त गर्ने खेलाडीहरुका लागि पुरस्कारको घोषणा पनि गरे। ‘अरुले पदक पाएपछि पुरस्कारको घोषणा गर्छन्, कर्णाली सरकारले सुरुमै घोषणा गरिसकेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘गण्डकी प्रदेशमा हुने प्रतियोगीतामा उच्च मनोवलका साथ सहभागी भएर ट्रफी कर्णालीमा ल्याउने गरेर खेलहरु खेल्न खेलाडीहरुलाई आग्रह गर्दछु।’ मुख्यमन्त्री शाहीले प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख पुरस्कार दिने घोषणा पनि गरे।  

मुख्यमन्त्री शाहीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगीता कर्णालीमा आयोजन ागर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार केन्द्रीत रहेको बताए। ‘प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रंगशाला निर्माण गरिरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र दक्ष खेलाडीहरु उत्पादनमा हामी केन्द्रीत छौं ।’

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि सरकारले आवश्यक मात्रामा बजेट छुट्याएको बताए। ‘खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गरेको छ,’ उनले भने, ‘उच्च मनोवलका साथ प्रतियोगीतामा सहभागी भएर ट्रफी कर्णालीमा ल्याउने गरेर तयारीमा लाग्नुहोस् ।’

ट्रफी टुरका संयोजक दिपक विष्टले कर्णालीका खेलाडीहरुले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले प्रदेश सरकारले खेलाडी र खेलकुदका पूर्वाधारमा गरेको लगानी अरुका लागि पनि उदाहरणीय हुने बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागीताका लागि ४२६ खेलाडीहरुलाई क्लोज क्याम्पमा राखिएको जानकारी दिए। उनले २९ वटा खेलमा कर्णालीले प्रतिनिधित्व गर्ने बताए।

प्रकाशित: ११ आश्विन २०७९ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App