८ वैशाख २०८१ शनिबार
खेल

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

‘बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरी इटहरीको जनता भेट्रान क्बल र विराटनगरको विन्ध्यवासिनी भेट्रान क्बल विजयी भएका छन्। विराटनगरले झापाको विर्तामोडलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने इटहरीले विराटनगरको युनाइटेडलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको पहिलो खेलमा इटहरीको जनता भेट्रान क्बलले विराटनगरको युनाइटेड भेट्रान क्बललाई २–१ गोलमा हराउँदै क्वाटर फाइनलमा पुगेको छ। युनाइटेडले पाहुना टोली इटहरीलाई अधिकांश समय दबावमा राख्दै खेले पनि गोल संख्या बढाउन सकेन भने पाएको अवसरलाई सदुपयोग गर्दै इटहरीले जित सुनिश्चित गरेको हो।

खेलको १४ औं मिनेटमा इटहरीका निरबहादुर आलेले बक्स लाइनमा पाएको बललाई गोलमा परिणत गरे। २९औं मिनेटमा पुनः आलले दोस्रो गोल गर्दै टोलीका लागि गोल संख्या दोब्बर पारे। उनले वान भर्रेस वानमा गोल गरे। विराटनगरका लागि एक मात्र सन्तवना गोल ३६औं मिनेटमा महेन्द्र खवासले गरे। बक्स लाइनमै पाएको फउलमा गरेको प्रहारमा इटहरीका गोलरक्षकले बचाउको कुनै मौका पाएनन्। म्यान अफ द म्याच इटहरीका निरबहादुर आले भए।

त्यसैगरी, दोस्रो खेलमा विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबले पाहुना टोली झापाको विर्तामोड भेट्रान क्लबलाई टाइब्रेकरमा ४–२ गाोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको छ। खेलको निर्धारित समयमा दुवै टोली गोल रहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो। विन्ध्यवासिनीका कृष्ण शाक्य, प्रेम घिमिरे, विनोद धिमाल र दीलिपकुमार क्षेत्रीले गोल गरे।

विर्तामोडका मोहन लिम्बू र झलकसिंह राजवंशीले गोल गरे भने केशवराज दाहाल र लक्ष्मी लिम्बूले गोल गर्न चुके। खेलको म्यान अफ द म्याच विन्ध्यवासिनीका गोलरक्षक दीलिपकुमार क्षेत्री भए। प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।

प्रकाशित: १० आश्विन २०७९ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App