coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘नारदमुनि स्मृति गोल्डकप’: गोर्खाज ब्वाईजलाई हराउँदै मोरङको विजयी यात्रा सुरु

खेलमा प्रतिस्पर्धा गर्दै मोरङ र गोर्खा व्वाईजका खेलाडी। तस्विरः महेश्वर/नागरिक

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहास्थि बसाहा क्लवले वर्षेनी आयोजना गर्दै आएको ‘नारदमुनि थुलुङ राई स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को आठौं संस्करण आईतबारदेखि सुरु भएको छ। स्थानीय बसाहा क्लबको आयोजनामा बसाहास्थित बर्खेडाँडा खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङले जितेको छ।  

आइतबार भएको उद्घाटन खेलमा मोरङले गोर्खाज ब्वाईज स्पोर्टस क्लव रुपन्देहीलाई २–० गोलको अन्तरले पछि पार्दै चारतारे क्लबले विजयी यात्रा सुरु गरेको हो। चारतारेका खेलाडी भुवन बस्नेत एक्लैले दुवै गोल गरेर टिमलाई विजयी यात्रामा साममेमल गराएका हुन्।  

खेल सुरु भएको ंं२३ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अघि बढाएका बस्नेतले इन्जुरी टाईममा थपिएको २ मिनेटको समयलाई उपयोग गर्दै अर्को गोल थप्न सफल भए। गोर्खाज ब्वाईले सुरुदेखि अन्तिमसम्मको गोल गर्ने प्रयास सार्थक तुल्याउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको छ। उद्घाटन खेलको ‘म्यान अफ दि म्याच’को उपाधि पनि बस्नेतले नै पाएर नगद ५ हजार तथा मेडलको हकदार हुन पुगे।  

चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले उद्घाटन गरेको प्रतियोगितामा १ विदेशी टोलीसहित ८ खेल समूहले सहभागिता जनाएको आयोजक बसाहा क्लबका खेल संयोजक भुपेन्द्र राईले बताए। संयोजक राईका अनुसार सोमबारको खेलमा गोर्खा स्पोर्टिङ क्लव झापा र भोजपुर जिल्ला फुटवल संघबीच प्रतिस्पर्धा हुनेछ।  

मित्र राष्ट्र क्यामरुनको एभिनीयर फुटबल क्बलसमेत सहभागी प्रतियोगितामा मोरङ र गोर्खा व्वाइजबाहेक बिभिन्न ए डिभिजनका खेल समूहहरु सहभागी रहेका छन्। जसमा चर्ज व्वाइर्ज काठमाडाँै, गोर्खा स्पोर्टस् क्लव झापा, भोजपुर फुटबल ब्लब, डिटिसी सुनसरी र घरेलु टिम बसाहाले उपाधिमा दावी गर्दैछन्।  

गत ०६८ सालदेखि गोल्डकप आयोजना सुरु गरेको बसाहा क्लबले हरेक वर्ष दसैं तिहारको अवसर पारेर प्रतियोगिता गर्दै आएको क्लबका निवर्तमान अध्यक्ष शेखर राईले बताए। उनका अनुसार प्रतियोगिता विजेता टिमले ४ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई २ लाख नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रतियोगितामा बिधागत पुरस्कार र उत्कृष्ट तथा उदीयमान खेलाडी घोषणा गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।  

३२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ खर्च अनुमान गरिएको प्रततियोगिताका लागि चौदण्डीगढी नगरपालिकाले १० लाख, ४ नं. वडा बसाहाले २ लाख र बेल्टारस्थित गोर्खा फाईनान्सले ३ लाख सहयोग गरेको आयोजकले जनाएको छ। अपुग रकम प्रयोजक र क्लब आफैले जोहो गरेको संयोजक राईले बताएका छन्। प्रतियोगिताका लागि वडा कार्यालयबाटै खेल मैदान सरसफाई र घेरावेरा गर्न ६ लाख रुपैया बिनियोजन गरिदिएको चौदण्डीगढी ४ का वडाध्यक्ष लुङ्गराज राईले बताएका छन्।  

प्रत्येक वर्ष दसैं र तिहारको बीचमा आयोजना हुँदै आएको प्रतियोगिता विश्वव्यापी कोविड कहरका कारण ०७५ चैत ११ गतेदेखि सुरु लडकडाउन यता यही वर्षदेखि निरन्तरता दिन लागिएको हो।

प्रकाशित: ९ आश्विन २०७९ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App