७ वैशाख २०८१ शुक्रबार
खेल

स्पेन स्वीट्जरल्याण्डसँग पराजित

बलियो टोली स्पेन यूईएफए नेसन्स लिग फुटबलमा स्वीट्जरल्याण्डसँग पराजित भएको छ।

शनिबार राति भएको समूह चरण अन्तर्गतको खेलमा घरेलु टोली स्पेन स्वीट्जरल्याण्डसँग २(१ गोल अन्तरले पराजित भएको हो।

स्वीट्जरल्याण्डलाई जिताउन म्यानुएल एकान्जी रब्रेल एम्बोलोले समान एकएक गोल गरे। यस्तै स्पेनका जोर्डी अल्वाले एक गोल गरे।  

खेलको २१ औं मिनेटमा एकान्जीले गोल गर्दै स्वीट्जरल्याण्डलाई सुरुवाती अग्रता दिलाए। खेलको ५५ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई १(१ गोलको बराबरीमा ल्याए।

तर, खेलको ५८ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्वीट्जरल्याण्डलाई २(१ को जित दिलाए। यस हारसँगै लिग ए समूह २ को स्पेनले ५ खेलमा ८ अंक जोडेको स्पेन दोस्रो स्थानमा रहेको छ।स्वीट्जरल्याण्ड ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: ९ आश्विन २०७९ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App